Home / अन्तर्राष्ट्रिय खबर (page 5)

अन्तर्राष्ट्रिय खबर

पाकिस्तानको प्रहरी तालिम केन्द्रमा आक्रमण, ४४ को मृत्यु

९ कात्तिक, काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरमा प्रहरी तालिम केन्द्रमा चरपन्थीको आक्रमणमा भएको छ । अाक्रमणमा ४४ भन्दा धेरैको मृत्यु भएको छ ।  हमलामा सहभागि तीन आक्रमणकारीको पनि मृत्यु भएको छ ।

बलुचिस्तानका गृहमन्त्री सरफराज बुगटीले जवानहरुको मृत्युको पुष्टि गरेका छन् । उनले मृतकको संख्या बढ्नसक्ने बताए ।  हमलामा एक सय ६ भन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।

चरमपन्थी हमलाको जवाफि कारबाही चार घण्टासम्म चलेको प्रहरी अधिकारीले बताए ।

गृहमन्त्री सरफराजले मृतकमध्ये दुर्इले  अात्मघाती बम विस्फोट गराएका थिए भने अर्का एकलाई गोली लागेको थियो ।

police-trainingआइजी एफसी मेजर जनरल शेर अफगनका अनुसार हमलाबरको सम्बन्ध प्रतिवन्धित संगठन लश्कर ए झांगवीसँग रहेको छ । उनले हमलाबरले अफगानिस्तानबाट निर्देशन लिइरहेको बताए ।  घाइतेलाई सिभिल अस्पतालमा भर्ना गरिएको छ  भने डाक्टरहरुको बिदा रद्ध गरिएको छ ।

पाकिस्तान तथा अफगानिस्तानको सीमा क्षेत्रमा पाकिस्तानी सेना कबाइली इलाकामा चरमपन्थी विरुद्ध अभियान चलाइरहेको छ ।

विश्वका सबैभन्दा व्यस्त एयरपोर्ट, एकै फोटोग्राफरले खिचेका चकित पार्ने तस्बिरहरु

विश्वको बढ्दो एयर ट्राफिकको कारण एयरपोर्टमा पाइलटको लागि प्लेन टेकअफ र ल्याडिङ्ग गर्नु जोखिम पुर्णबन्दै छ। यहाँ विश्का सबैभन्दा व्यस्त एयर ट्राफिकका तस्बिरहरु छन्, जहाँ पाइटलको सानो गल्तिले पनि नतिजा कस्तो भयानक निस्कन्छ अनुमान लगाउन सकिन्छ।

लस एन्जल्सका फोटोग्राफर माइक केलीले दुई वर्षको मेहनत पश्चात आफनो फोटो सिरिज ‘Airportraits’प्रकासित गरेका छन्। विमानस्थलबाट उडेका र ल्याण्डिङ गर्न लागेका विमानहरुको एकै ठाउँबाट फरक फरक तस्बिर खिचि फोटोसप गरि एक साथ एकै तस्बिरमा देखाउने प्रयास गरिएको छ।air-traffic-65588910

यो तस्बिर लस एन्जल्स स्थिति अन्तर्राष्ट्रिय एयरपोर्ट आर वन Lax 24l को तस्बिर हो। तस्बिर बेलुकी ५-६ बजेको बिचमा रहने एयर ट्राफिकको हो।

air-traffic-73998210

दुबई इन्टरनेशनल एयरपोर्टबाट अन्य देशको लागि उडेका विमान

air-traffic-8778610

लण्डन हिथ्रो पनि विश्वका सबैभन्दा व्यस्त एयरपोर्ट मध्येको एक हो। यो तस्बिर पनि बेलुकी पख लिइएको हो।

air-traffic-93514410

यो तस्बिर लस एन्जल्स एयरपोर्ट (LAX) को दक्षिणी रनवेबाट उडान भरेका विमानहरुको हो।

air-traffic-112518610

स्विटजरल्याण्सको ज्युरिक इन्टरनेशनल एयरपोर्टबाट फरक फरक दिशामा उडान भरेका विमान

air-traffic-122150710

लन्डम हीथ्रो 27l (टर्मिनल 5):हिथ्रो एयरपोर्टमा सफा मौसमको प्रतिक्षामा तीन पटक गएपछि फोटोग्राफरले खिचेका तस्बिर

air-traffic-133629410

हल्याण्डको एम्स्टरड्याम चिफोल अन्तर्राष्ट्रिय एयरपोर्टको एनवे १८ बाट उडान भरेका विमान

air-traffic-154670410

दुबई को अन्तर्राष्ट्रिय एयरपोर्टको रनवे ३० बाट उडेका विमान

air-traffic-163786410

जर्मनीको अन्तर्राष्ट्रिय एयरपोर्टमा जुलाई २०१५ मा खिचिएका तस्बिर

मोदीको अनुहारमा जुत्ता हान्नेलाई निशुल्क कोल्ड ड्रिङ्क्स भिडियो सहित

४ कात्तिक, एजेन्सी ।

भारतको उरीमा भएको आक्रमणपछि भारत र पाकिस्तानबीच दुरी बढिरहेको छ । भारत र पाकिस्तानमा एक अर्काको देशका शासकहरुको खिल्ली उडाउने क्रम चलिरहेको छ ।

केही समय अघि मात्र पाकिस्तानमा पाकिस्तानी सेना प्रमुखले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काटिएको टाउको हातमा लिएको तस्विर सहित प्रदर्शन भएको थियो ।

अहिले आएर अर्को एउटा भिडियो भाइरल बनेको छ । जुन भिडियोमा पाकिस्तानको एक रेष्टुरेन्टमा मोदीको अनुहारमा जुत्ता हान्नेहरुलाई निशुल्क चिसो (कोल्ड ड्रिङ्क्स) वितरण गर्ने गरिएको बताइएको छ ।

shoe-on-modi-face

 

दुनिया न्यूजको खवर अनुसार पाकिस्तानका एक युवकले आफ्नो रेष्टुरेन्टमा मोदीको तस्विर राखेका छन् । त्यहाँ जाने ग्राहकहरुले मोदीको अनुहारमा जुत्ता प्रहार गरेपछि निशुल्क चिसो खान पाउँछन् ।

 

भिडियोमा युवक भन्छन्, “जव म आफ्ना भाँचिएका हातले त यसको यो हाल गर्न सक्छु भने मेरो शरीरमा बगेको खुनको अन्तिम थोपा रहे सम्म उसकोविरुद्ध लड्न तयार छु ।”

हेर्नुस् भिडियोः
भारत र पाकिस्तानबीचको तनाव घट्ने संकेत देखिएको छैन । २ साता अघि भारतको उरीमा भएको आतंकबादी आक्रमणमा २० भारतीय सैनिक मारिएका थिए ।

उक्त आक्रमणमा पाकिस्तानको हात रहेको आरोप भारतले लगाउँदै आएको छ ।

गोवा भेटपछि बेइजिङले भन्योः त्रिदेशीय साझेदारीका लागि चीन तयार

hua-chunying

२ असोज, काठमाडौं । चीनले आफू त्रिदेशीय साझेदारीका लागि खुला रहेको बताएको छ ।

ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री र चीनका राष्ट्रपति सी जिनपिङबीच अनौपचारिक सम्वाद भएको थियो । प्रतिक्षालयमा भएको उक्त भेटमा आफूले त्रिदेशीय साझेदारीको प्रस्ताव राखेको प्रचण्डले बताएका छन् ।

नेपाल र भारत चीनको असल छिमेकी हुन् । हामीलाई विश्वास छ कि त्रिदेशीय साझेदारीले तीन देशको आर्थिक र सामाजिक विकासलाई मात्र प्रोत्साहन गर्दैन, क्षेत्रीय स्थिरता र विकासमा पनि योगदान गर्छ

चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा तीन देशका नेताबीच भेटवार्ता भएको तस्वीर आएको भन्दै त्रिदेशीय साझेदारीबारे प्रश्न सोधिएको थियो ।

जवाफमा प्रवक्ता हुवा चुनयीङले भनिन्, ‘नेपाल र भारत चीनको असल छिमेकी हुन् । हामीलाई विश्वास छ कि त्रिदेशीय साझेदारीले तीन देशको आर्थिक र सामाजिक विकासलाई मात्र प्रोत्साहन गर्दैन, क्षेत्रीय स्थिरता र विकासमा पनि योगदान गर्छ ।’

उनले अघि भनिन्, हामी नेपाल र भारतसँग मिलेर साझा विकासका लागि त्रिदेशीय सामझदारी कसरी विकसित गर्न सर्न सपकन्छ भन्ने पहिल्याउन चाहन्छौं ।

चीनले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको भन्दै प्रयोगात्मक रुपमा सहकार्य गर्न तयार रहेको बताएको छ । प्रचण्ड र सीको भेटमा दुबै पक्षले उच्चस्तरीय आदान प्रदानलाई बलियाने बनाउने, राजनीतिक सम्पर्क बढाउनु पर्नेमा जोड दिएको हुवाले बताइन् ।

बि्रक्स सम्मेलनका क्रममा राष्ट्रपति सी र नेपालका प्रधानमन्त्री प्रचण्डबीच भेट भएको चर्चा गर्दै प्रवक्ता हुवाले चीनले आफ्नो देशका ठूला कम्पनीहरुलाई नेपालका विशेष आर्थिक क्षेत्र र औद्योगिक पार्कहरुमा लगानी गर्न प्रोत्साहन गर्ने बताइन् ।

कनेक्टिभिटी, उर्जा विकास, स्वतन्त्र व्यापास सम्झौतामा दुबै पक्ष सहमतिमा पुगेको भन्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले कार्यान्वयनमा चीनले जोड दिएको जानकारी दिइन् । साथै नेपालको पुनर्निर्माणमा निरन्तर सहयोग गर्न चीन तयार रहेको उनले बताइन् ।

प्रवक्ता हुवाले क्षेत्रीय तथा अन्तराष्ट्रिय संगठनहरुमा चीनसँग सहकार्य गर्ने नेपालले बचन दिएको दाबी गरिन् ।

भारतको एक अस्पतालमा आगलागी, २३ को मृत्यु

fire-india-hospital

२ कात्तिक, काठमाडौं । भारत उडिशाको राजधानी भुवनेश्वरको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तिमा २३ जनाको मृत्यु भएकोे छ । धेरैजसो बिरामीको मृत्यु श्वास फेर्न नसकेका कारण भएको जनाइएको छ ।

इन्स्टिच्युट अफ मेडिकल साइन्सेज एण्ड एसयूएम अस्पतालको डायलिसिस वार्डबाट आगलागी सुरु भएको जनाइएको छ ।
आगोले आइसीयू वार्डलाई प्रभावित पारेपछि विरामीहरलाई बाहिर निकालिएको थियो ।

क्यापिटल असपतालका अध्यक्षका अनुसार आगलागीपछि विरामीलाई अर्को अस्पताल लगिएको थियो ।  विरामीमध्ये १४ जनालाई सरकारी अस्पताल लगिदै गर्दा बाटोमा मृत्यु भएको थियो । घाइते ३२ विरामीलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ ।

बिरामीका आफन्त घाइते बिरामीको खोजीमा  अस्पताहरु चाहरिहरकेो बीबीसीले जनाएको छ ।

आगलागी नियन्त्रणमा लिन सातवटा दमकलको प्रयोग गरिएको थियो । उडिसाका मुख्यमन्त्री नवीन पटनायकले खुर्दा जिल्लाका कलेक्टरसँग घटनाबारे जानकारी लिएका छन् ।

मुख्यमन्त्री क्यापिटल अस्पतालमा भर्ती भएका बिरामीको अवस्था वुझ गएका थिए । र, उनले घटनाको जाँच गर्न आदेश दिए ।  प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दे घटनामा शोक व्यक्त गरेका छन् ।

अफगानिस्तानमा एकजना पत्रकारको गोली हानी हत्या

gun-5804d360137439-20685823

क्वालात: अफगानिस्तानमा एकजना पत्रकारको हत्या भएको छ। दक्षिणी अफगान प्रान्तमा ती पत्रकारको हत्या भएको प्रहरीले जानकारी दिएको छ।

दक्षिण अफगान प्रान्त जाबुलको क्वालात सहरमा ती पत्रकारलाई अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका हुन। हत्या भएका पत्रकार सरकारी रेडियो र टेलिभिजनका स्थानीय संवाददाताका रुपमा कार्यरत थिए।

उक्त नगरमा पत्रकार याकुबले आफ्नो सवारी साधनलाई सडक किनारामा राखेर स्थानीय किराना पसलमा सामान किन्न जान लाग्दा उनीमाथि कैयाैं राउन्ड गोली चलाइएको थियो। त्यस क्रममा उनीमाथि कैयाैं पटक गोली हानिएको छ, उक्त प्रान्तका प्रहरी प्रमुख जनरल मिरवाइस नुरजायीले जानकारी दिएका छन्।

उनको हत्यापछि आक्रमणकारी त्यहाँबाट भागेका थिए। त्यस हत्याको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन। प्रहरीले अनुसन्धान थालेको जनाएको छ। तर यसअघि पनि अफगानिस्तानमा सरकारी पत्रकारको हत्यामा तालिवानको हात रहने गरेकोले यस पटक पनि उनको हत्यामा तालिवानको हात रहेको अनुमान गरिएको छ।

अफगानिस्तानमा यसवर्षको पहिलो छ महिनामा मात्र कम्तीमा पनि दशजना पत्रकारको हत्या भएको पत्रकारको हकहितमा कार्यरत एक स्थानीय अधिकारवादी संस्थाले जनाएको छ।

अफगानिस्तानमा तालिवान हिंसा सुरु भएपछिको करिब डेढ दशकको समयमा कम्तीमा पनि ५० जना पत्रकार मारिएका छन्। यसै वर्षको जनवरी महिनामा मात्र एक टेलिभिजन नेटवर्कमा कार्यरत कम्तीमा पनि सातजना पत्रकारलाई एकै हमलामा हत्या गरिएको थियो। सो हमलामा परी अरु दर्जनौँ सर्वसाधारण सख्त घाइते भएका थिए। रासस/सिन्ह्वा

रुसपछि १६ देशका सेना पाकिस्तान आइपुगे, भारत तर्सिनेगरी एकाएक किन आए ? लाहोरमा १६ देशसँग मिलेर सैन्य अभ्यास गर्दै

श्रीलंका आर्मी

श्रीलंका आर्मी

काठमाडौं, २८ असोज । काश्मिरको उरी घटनापछि भारतसँग युद्ध हुने अवस्था आइरहेका बेला पाकिस्तानले आफ्नो देशमा ठूलो सैन्य अभ्यास गर्ने भएको छ  ।

सेनाको शारीरिक र सामरिक क्षमता वृद्धि गर्न तथा युद्धको तयारीस्वरुप पाकिस्तानले १६ देशसँग मिलेर आउँदो हप्ता विशाल सैन्य अभ्यास गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो अभ्यास लाहोरमा हुनेछ । सैनिक अभ्यासमा भाग लिन १६ देशका सेना पाकिस्तान आउने क्रम जारी छ । अहिलेसम्म श्रीलंकाको एक २५ सदस्यीय सैनिक दलसहित ८ देशका सेना लाहोर पुगिसकेका छन् । अन्य देशको नाम खुलाइएको छैन् । यो अभ्यास ६ दिनसम्म चल्ने बताइएको छ ।

पाकिस्तानको इन्टर सर्विसेज पब्लिक रिलेशन्सलाई उद्धृत गर्दै न्यूज इन्टरनेशनले यो समाचार सार्वजनिक गरेको छ ।

यसअघि २७ सेप्टेम्बरदेखि १० अक्टुबरसम्म पाकिस्तानले रुसी सेनासँग संयुक्त सैन्य अभ्यास गरेको थियो । त्यो बेला रुसी सेना पाकिस्तान आएको थियो । रुसी सेना आउँदा भारतमा हलचल मच्चिएको थियो ।

बोको हरामद्वारा अपहृत २१ युवतीको रिहा

boko-haram-58003fdfb67ef1-21938754

कानो नाइजेरियाः इस्लामिक सङ्गठनमा आवद्ध जिहादी बोको हराम समूहद्वारा सन् २०१४ को अप्रिलमा अपहरणमा लिएका २ सय जना छात्रामध्ये २१ जनालाई बिहीबार रिहा गरेको छ ।

नाइजेरियाली सरकार र विद्रोही बोको हराम समूहबीच भएको बन्दी रिहाईका लागि गरिएको सहमति अनुसार २१ युवतीको रिहा गरिएको हो ।

यी युवतीलाई रिहा गर्न उत्तरपूर्वी नाइजेरियाको बाँकीस्थित चार जना बोको हराम विद्रोहीलाई सरकारले छोड्ने सहमति भएको थियो । सहमति अनुरुप बिहीबार नै रिहा गरिएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तीमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी, बोको हराम, नाइजेरियाली सरकार र स्वीस सरकारका प्रतिनिधि सम्मिलित एक समितिले यस विषयमा सहमति गरेको हो ।

कार्यालयले उक्त समूहले अपहृत अन्य छात्राहरुलाई पनि क्रमशः रिहा गराउने बताएको छ ।

भारत र पाकिस्तान पर्ख र हेरको नीतिमा

13102016071746indiapakistan-1000x0

आश्विन २८, २०७३- भारतले सेप्टेम्बर २९ मा गरेको ‘सर्जिकल आक्रमण’ पछि बढेको भारत र पाकिस्तानबीचको तनाव अझै साम्य भएको छैन । जुनसुकै बेला दुई देशबीच युद्ध हुन सक्ने भय र त्रास हटेको छैन । दुवै पर्ख र हेरको रणनीतिमा छन् । दुवै देशका सैन्य अधिकारीहरू द्वन्द्व कम गर्न आसपासमा कुराकानीमा रहेको भनिए पनि सम्भावित युद्धका लागि समेत तयारी अवस्थामा छन् ।

भारतीय अधिकारीहरूले आफ्नोतर्फबाट अब कुनै पनि प्रकारको आक्रमण नगर्ने तर पाकिस्तानी पक्षबाट कुनै आक्रमण भए प्रतिकार गर्ने बताइरहेका छन् । तैपनि कतिपयको बुझाइ आगामी साता भारतको गोवामा हुने ब्रिक्स सम्मेलनसम्म दुवै पक्षले संयम अपनाएको र त्यसपछि दुई देशबीच सिमानामा तनावको अवस्था सिर्जना हुनसक्छ भन्ने छ ।

 

थाइल्याण्डका राजा भूमिबोलको निधन

bhumibol

२७ असोज, काठमाडौं । थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको ८८ वर्षको उमेरमा विहीबार बैंककमा निधन भएको छ । बीबीसीका अनुसार थाइ राजदरबारले उनको मृत्युको पुष्टि गरेको छ ।

पछिल्लो केही दिनदेखि बिरामी परेका भूमिबोलको निधन स्थानीय समय अनुसार विहीबार दिउँसो ३ बजेर ५२ मिनेटमा भएको हो ।

भूमिदेव संसारमा सबैभन्दा धेरैसमय सम्म राज गर्ने राजा मानिन्थे । उनले ७० वर्षसम्म राज गरेका थिए । उनका छोरा युवराज ६४ वर्षका छन् ।