Home / खेलकुद (page 5)

खेलकुद

नेपाललाई भारतले गोलको वर्षागरेपछि…

काठमाडौँः एएफसी चौध वर्षमुनि ९यु–१४० को छात्रा रिजनल फुटबल च्याम्पियनसिपअन्तर्गत बुधबार भएको आफ्नो पहिलो खेलमा नेपाल  भारतसँग भारी अन्तरले पराजित भएको छ ।
ताजकिस्तानको एभिएटर स्टेडियममा भर्खरै सम्पन्न खेलमा नेपाल–भारत ९–० को भारी अन्तरले पराजित भएको हो ।
एकतर्फीय खेलमा भारतले खेल सुरु भएको पहिलो मिनेटमै अग्रता लिएको थियो । त्ससपछि नरोकिएको भारतले खेलको ११ औँ मिनेटमा दोस्रो गोल ग¥यो भने पुनः १३ औँ मिनेटमा अर्को गोल थप्यो ।
नेपालकी सरिता न्यौपानेले १८ औँ मिनेटमा आत्मघाती गोल गरेपछि नेपाल झन् निरास हुन पुग्यो ।
त्यस्तै, खेलको ३० औँ, ३९ औँ, ४४ औँ र ४५औँ मिनेटमा भारतले लगातार गोल गरेपछि थप निरास बनेर त्यसपछि सम्हालिन नसकेको नेपालले ६५ औँ मिनेटमा नवौँ गोल खायो ।
प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल शनिबार बङ्गलादेशसँग खेल्नेछ । विभिन्न सात राष्ट्रले भाग लिएको उक्त प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा नेपाल समूह ‘बी’ मा परेको छ ।
नेपालको समूहमा भारत र बङ्गलादेश छन् । त्यसैगरी, समूह ‘ए’ मा भने आयोजक ताजकिस्तानसहित किर्गिस्तान, भुटान र इरान छन् । रासस

 

नेपालले भारतविरुद्ध गाड्यो विजयको झण्डा, नेपाल २–१ ले विजयी

football

काठमाडौं, ३ फागुन । साग फुटबल अन्तर्गत आजको भएको रोमाञ्चक खेलमा नेपालले भारतविरुद्ध २ गोलसहित विजय हासिल गरेको छ । भारतको गुहाटीमा भएको खेलमा नेपालले भारतविरुद्ध दुई गोलको सानदार जित दर्ता गराएको हो । खेलको सुरुवातमा भारतले नेपालविरुद्ध एक गोल प्रहार गरेको थियो । तर दोस्रो हाफमा नेपालले दश मिनटको फरकमा दुई गोल गरेपछि जित सहज भएको हो । नेपालको दोस्रो गोल भएपछि भारतीय खेलाडी नेपाली खेलाडीविरुद्ध मैदानमा उत्रिएका थिए । उनीहरुले नेपाली खेलाडीमाथि जथाभावी प्रहार गरेका थिए । – See

माल्दिभ्सविरुद्ध खेल नेपाललाई ४-३ को अग्रता

काठमाडौंः १२ औं साग अन्तर्गत गुहावाटीमा भइरहेको सेमिफाइनल खेललाई नेपालले ४–३ को अग्रता लिएको छ ।
नेपालले खेलको पहिलो हाफमा गरेको २ गोलको अग्रता दोस्रो हाफमा तोडेको माल्दिभ्सल फर्काउँदै खेललाई बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा ३–२ को अग्रता लिएको थियो ।
तर अतिरिक्त समयको १२७ औं मिनेटमा माल्दिभ्सले आत्मघाती गोल उपहार दिएपछि खेल बराबरीमा ल्याएको हो । माल्दिभ्सले यसअघि खेलको ११५ औं मिनेटमा ३–२ को अग्रता लिएको थियो ।
निर्धारित समयमा २–२ गोल भएपछि खेल अतिरिक्त ३० मिनेटमा धकेलिएको थियो ।
नेपालका कमल श्रेष्ठले ६५ औं मिनेटमा रेडकार्ड पाउँदै १० खेलाडीमा सीमित भएर दबाबमा परेको नेपालविरुद्ध खेलको ८५ औं मिनेटमा माल्दिभ्सले गोल फर्काएको थियो ।
खेलको ६५ औं मिनेट नेपाली डी बक्समा माल्दिभ्सका खेलाडीलाई लडाएपछि उनले रेडकार्ड पाउँदै मैदान छाडेका थिए ।
खेलको १५ औं र ३६ औं मिनेटमा अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा अग्रता लिएको नेपालले ५२ औं मिनेटमा गोल खान पुगेको थियो ।
६५ औं मिनेटमा कमलले रेडकार्ड पाएपछि नेपालले १० खेलाडीमा सीमित भएर खेलिरहेको छ ।
कमल बाहिरिएपछि दबाबमा परेको नेपालले खेल बराबरी भएपछि बंगबन्धुमा निकालेको नतिजा कायम राख्ने गरी खेल्नुपर्ने भएको छ ।

 

साग फुटबलः भारतलाई पछाडी पार्दै पहिलो पटक नेपाल फाइनलमा

काठमाडौं, २९ माघ । भारतको सिलोङमा जारी १२ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको फुटबल खेलमा पहिलोपटक घरेलु टिमलाई पछ्याउँदै नेपाल फाइनलमा पुगेको छ ।Mahila-Football-650x414

नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँग पहिलोपल्ट गोलरहित बराबरी खेल्दै सागको फाइनल प्रवेश गरेको हो । यसअघि चार खेलमा भारतसँग पराजित हुँदै आएको नेपाली टिमले त्यसलाई पूर्णविराम लगाउँदै नेहरू स्पोर्ट्स कम्प्लेक्समा गोलरहित बराबरी खेल्यो । बराबरी खेलको मद्दतमा नेपाल राउन्ड रोबिन लिगमा ७ अंक जोड्दै एक खेल बाँकी छँदै फाइनलमा पुग्यो ।

खेलमा भारतीय टिममाथि सुरु देखिनै हाबी भएका नेपाली खेलाडीले गोल गर्ने प्रयास गरेपनि सफल भएनन् ।

आजको खेलसँगै नेपालले तीन खेलबाट ७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसैगरी बंगलादेशले ६ र भारतले ५ अंक जोडेका छन् । चार खेल खेलेको माल्दिभ्सको ४ अंक छ ।

तीनै खेल हारेको श्रीलंकाले अंकको खाता खोल्न सकेको छैन । पाँच देश सहभागी महिला फुटबलमा राउन्ड रोबिन लिगमा शीर्ष दुई स्थानमा रहने टिमले स्वर्णपदकका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो हुनेले सीधै कांस्य पाउनेछ ।

राउन्ड रोबिनको अन्तिम चरणमा शनिबार नेपालले श्रीलंकाको सामना गर्नेछ ।

भारतलाई पछ्याउँदै नेपाल फाइनल हुँदै शीर्ष स्थानमा पुगेपछि नेपाली टिमका प्रशिक्षक धुव्रबहादुर केसीले उपाधि जितेर स्वर्ण पदक आफूहरुको तयारी र उद्देश्य रहेको बताए । उनले भने- ‘भारतसँग पहिलोपल्ट बराबरी खेलेको छौं । हाम्रो लक्ष्य स्वर्णपदक जित्ने हो । त्यसका लागि तयारी गरिरहेका छौं ।’

 

गौरिकालाई रजतसहित चार पदक

गुवाहाटी: पौडीकी उदीयमान खेलाडी गौरिका सिंहले १२औं दक्षिण एसियाली खेलकुद (साग) मा व्यक्तिगत स्पर्धामा बुधबार रजत पदक जितेकी छन् । गुवाहाटीस्थित डा.जाकिर हुसेन एक्वाटिक पौडीपोखरीमा गौरिकाले दुई सय मिटर इन्डिभिज्युअल मिड्लेमा रजत पदक जितेकी हुन् । सागमा उनले जितेको पदक संख्या एक रजतसहित चार पुगेको छ ।
गौरिकाले निर्धारित दूरी दुई मिनेट ३३.६ सेकेन्डमा लक्ष्य पूरा गरेकी थिइन् । उनले निकालेको समय राष्ट्रिय कीर्तिमानसमेत हो । उक्त स्पर्धामा भारतकी श्रद्धा सुधीरले स्वर्ण जितिन् । गौरिकाको यस स्पर्धामा यसअघि दुई मिनेट ३८.१७ सेकेन्डको प्रदर्शन थियो । यस स्पर्धामा ६ देशका आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
नेपाली पौडीले सागमा व्यक्तिगत स्पर्धामा हात पारेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । यसअघि नेपाली पौडीले आठौं सागको रिलेमा स्वर्णपदक जितेको थियो ।
जारी सागमा यसअघि गौरिकाले दुई सय मिटर ब्याक स्ट्रोक, चार सय मिटर ब्याक स्ट्रोक र चार सय मिटर फ्रिस्टाइलमा कांस्य पदक जितेकी थिइन् । उनले जितेको सबै स्पर्धामा नेपालको राष्ट्रिय कीर्तिमानसमेत बनेको छ । उनी सागमा व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो नेपाली पौडीबाज हुन् । सागमा उनको यो पहिलो सहभागिता हो ।
गौरिका अहिलेसम्म सागको एउटै संस्करणमा सर्वाधिक पदक जित्ने नेपाली खेलाडी बनेकी छन् । १३ वर्षीया गौरिकाले १२औं सागमा १२ स्पर्धामा भाग लिएकी थिइन् जसमा उनले सातवटा स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाइन् । ‘म यो पदक नेपाल र भूकम्पले पीडित नेपालीलाई समर्पण गर्न चाहन्छु’, रजत पदक जितेपछि गौरिकाले भनिन् ।

निरन्तर अभ्यासले सफलता प्राप्त भएको उनले बताइन् । अब एसियाड र ओलम्पिकमा पदक जित्ने सपना रहेको पनि उनले बताइन् ।

गौरिका लन्डनको बरनेट कोप्थाल स्विमिङ क्लबमा दैनिक बिहान चार बजेदेखि पौडीको अभ्यास गर्छिन् । उनको हरेक साता १४ घन्टा पौडीपोखरीमा बित्छ । त्यसबाहेक पढाइमा पनि उनी अब्बल रहेको उनका बाबु पारस सिंहले बताए । ‘एउटा हातले ताली पक्कै बज्दैन । नेपालले गौरिकालाई पनि धेरै दिएको छ, गौरिकाले पनि नेपाललाई’, पारसले भने । उनले नेपाली पौडीका लागि ठूलै उपहार दिने योजनामा आफ्नो परिवार लागेको पनि बताए ।
पढाइ र खेलकुद सँगै अगाडि बढाएकी गौरिकाको सफलताका पछाडि उनकी आमा गरिमा राणाको पनि ठूलो हात छ । गरिमा एसएलसी परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी हुन् । गौरिका लन्डनस्थित ह्याब्स गल्र्स स्कुलमा सात कक्षामा अध्ययनरत छिन् । नेपाली पौडीमा लगातारको सफलतापछि गौरिकालाई शान्ति शिक्षा अभियान नेपालले सद्भावनादूत बनाएको छ ।
१२औं सागमा नेपालको पौडी यात्रा पनि सकिएको छ । सागमा सहभागिता जनाउन लन्डनबाट सोझै बुबा पारससँग गुवाहाटी आएकी गौरिका बिहीबार लन्डन फर्किनेछिन । स्कुलको परीक्षा भएकाले उनी हतारमा लन्डन जान लागेकी हुन् ।

 

भारातोलनबाट नेपाललाई पहिलो रजत

गुहावाटी: गुवाहाटी सागमा नेपालका लागि भारोत्तोलन खेल फापेको छ । प्रतियोगितामा पहिलो काँस्य पदकबाट खाता खोलेको नेपालले अर्को रजत पदक पनि जित्न सफल भयो ।
नेपालका लागि विकाश थापाले रजत पदक दिलाए । विकासले ६२ केजी तौलमा रजत पदक जितेका हुन् ।
कूल दुईसय ४२ केजी भार बहन गरेका विकासले स्न्याचमा एक सय १२ र क्लिन एन्ड जर्कमा एक सय ३० केजी तौल उठाएका थिए ।
विकासको यो अन्तर्राष्ट्रिय पहिलो पदक हो । स्न्याच तर्फ विकासको राष्ट्रिय कीर्तिमान हो । यसअघि उक्त किर्तिमान एकसय १० केजीको थियो ।
पदक जितेपछि विकासले आफू र प्रशिक्षकको मेहनेतले नै पदक जितेको बताए । नेपाल पुलिकस क्लबका खेलाडी उनले पदकको मुख्य श्रेय आफ्नो प्रशिक्षकलाई दिए ।
यसअघि नेपालका लागि देवी चौधरीले भारतोलनकै ५४ किलो समूहमा कास्य पदक दिलाउँदै नेपालको तर्फबाट पदकको खाता खोलेकी थिइन् ।

माल्दिभ्समाथि शानदार जितसँगै नेपाल फाइनलमा

काठमाडौं: माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै नेपाल बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
 Nepalai_player_nepal_269157902_398549836_499591617
आज साँझ बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालका नवयुग श्रेष्ठले तीन र विशाल राईले १ गोल गर्दै नेपाललाई जित दिलाए ।
नेपालका लागि खेलको ३१ औँ मिनेटमा नवयुग श्रेष्ठले पहिलो गोल गरे । विमल घर्तीमगरले प्रहार गरेको बल पोलमा ठोक्किएर फर्र्केपछि त्यसलाई नवयुगले गोलमा परिणत गरेका थिए ।
त्यस्तै, ५३ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए भने नवयुगले नै ६२ औँ र ९० औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरे ।
माल्दिभ्सका लागि ना सिद अहमदले खेलको ७५ औं मिनेटमा एक गोल फर्काएका थिए । नेपालले अब फाइनलमा बहराइनको यु–२३ टिमसँग माघ ८ गते शुक्रबार प्रतिष्पर्धा गर्नेछ ।
खेलमा ह्याट्रिक गरेका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । जितसँगै नेपाल १७ वर्षपछि अन्तर्राष्ट्र्रिय फुटबलको फाइनलमा प्रवेश गरेको हो । सन् १९९९ पछि नेपाल कुनै पनि अन्तर्राष्ट्र्रिय फुटबलको फाइनलमा नपुगेको एन्फाले जनाएको छ ।
एन्फाका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालकातर्फबाट ह्याट्रिक गर्ने नवयुग पाँचौ खेलाडी भएका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी र भरत खवासले ह्याट्रिक गरेका थिए ।
विश्व फुटबलको बरियतामा माल्दिभ्स दक्षिण एसियाको शीर्ष स्थानमा रहँदै १३१ र नेपाल दक्षिण एसियाको पुछारमा १८६ औं स्थानमा छ ।
यसअघि, समूहचरणको पहिलो, दोस्रो र तेस्रो खेलमा नेपालले क्रमशः मलेसियासँग गोलरहित बराबरी, श्रीलङ्कालाई १–० ले पराजित र बङ्लादेशसँग पनि बराबरी खेलेको थियो ।
प्रतियोगिताको समूह ‘बी’ मा सबैभन्दा राम्रो खेलेको माल्दिभ्सले तीन खेलबाट सात अङ्क बनाउँदै समूहको शीर्ष स्थानका साथ सेमिफाइनल प्रवेश गरेको थियो ।
सन् १९९९ मा नेपालले दक्षिण एसियाली खेलकुदमा अन्तिम पटक माल्दिभ्सलाई हराएको थियो । त्यसयता प्रत्येक पल्ट नेपालमाथि माल्दिभ्स हावी हुँदै आएको थियो ।

 

एएफसीद्वारा नेपाली यू–१६ फुटबल टोली निलम्बित, १४ हजार ५ सय डलर जरिवाना सहित नेपालले विजय हात पारेको खेलको नतिजा पनि खोसियो

कार्तिक ९, २०७२- एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाली यू–१६ फुटबल टोलीलाई प्रतिबन्ध लगाएको छ । बढी उमेरका खेलाडी खेलाएको भनेर एएफसीले अर्को वर्ष भारतमा हुने यू–१६ च्याम्पियनशिपमा नेपाललाई खेल्न प्रतिबन्ध लगाएको हो । गत वर्ष किर्गिस्तानमा भएको एएफसी यू–१६ छनोटमा नेपाल दोस्रो हुर्दै अर्को वर्ष सेप्टेम्बरमा हुने च्याम्पियनसिपका लागि छनोट भएको थियो । Capture469

नेपालले किर्गिस्तानमा जोर्डनलाई २–१ र घरेलु टोलीलाई ४–२ ले पराजित गरेको थियो । अन्तिम खेलमा ओमानसँग पराजित भए पनि नेपाल ५ उत्कृष्ट उपविजेता भएर च्याम्पियनसिपमा छनोट भएको थियो । नेपाललाई १४ हजार ५ सय अमेरिकी डलर जरिवाना लगाउनुका साथै नेपालले विजय हात पारेको खेलको नतिजा पनि खोसिएको छ । कार्वाहीपछि नेपालले खेलेको खेलहरुमा विपक्षीलाई ३–० को नतिजा दिइएको छ । क्वालालम्पुरको होटल मेजेस्टिकमा भएको छैटौं एएफसी अनुशासन समितिको बैठकले यो निर्णय गरेको एएफसीले जनाएको छ ।

उपप्रधानमन्त्री थापाद्वारा क्रिकेट खेलाडीलाई बधाई

६ कात्तिक, काठमाडौं ।

उपप्रधानमन्त्री कमल थापाले मलेसियामा सम्पन्न अन्डरनाइन्टिन क्रिकेटमा आयरल्यान्डलाई तीन विकेटले जितेर स्वदेश फर्केका विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकप्रति बधाई ज्ञापन गरेका छन ।

परराष्ट्रमन्त्री थापाले विश्वकप क्रिकेटको छनोट चरणमा प्रवेश गरेका सम्पूर्ण क्रिकेट खेलाडी, खेलपदाधिकारी र खेलप्रेमीप्रति बधाई ज्ञापन गर्दै विजयादशमीका दिन १९ वर्षमुनिका क्रिकेट खेलाडीले मलेसियामा हासिल गरेको सफलताबाट राष्ट्रवासीलाई हर्षित तुल्याएको र मुलुकको गरिमा बढेको बताए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बिहीबार बधाई दिँदै क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको र क्रिकेटलगायत अन्य खेलको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल ३ विकेटले विजयी, यू १९ विश्वकपका लागि छनोट

कार्तिक ५, २०७२- आयरल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपका लागि छनोट भएको छ । यो जितसँगै नेपालले सातौंपटक यू १९ विश्वकप खेल्ने पक्का भएको हो ।  मलेसियाको क्वालालमपुरमा भएको फाइनल खेलमा 22102015022150cricket-nepal-600x0आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । पहिलो विकेट मात्र ९ रनमा गुमाएको आयरल्याण्डको पारीलाई मध्यक्रमका ब्याट्स्म्यानहरुले सम्हालेका थिए । आयरल्याण्डका लागि ग्रे म्याक्लिन्टकले ४५, एन्ड्य्रु अस्टिनले ४४ र लोरकन टकरले ३३ रन बनाएका थिए । आयरल्याण्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १८४ रन बनाउन सक्यो । १८५ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपाली टोलीका प्रारम्भिक ब्याट्स्म्यान सन्दिप सुनारलाई पहिलो बलमै गुमाएको थियो । सन्दिपले हिजो बुधबार आयरल्याण्डसँगकै खेलमा ८५ रन बनाएका थिए । अर्का ओपनर ब्याट्स्म्यान सुनिल धमलाले ४७ रन बनाए । उनले हिजोको खेलमा ७५ रन बनाएका थिए । यस्तै नेपाल नेपालका मध्यक्रमका ब्याट्स्म्यान राजु रिजालले ३५ रनको योगदान दिएका थिए । यस्तै आरिफ शेखले २१ र दिपेन्द्रसिंह ऐरीले २६ रन बनाएका थिए । नेपालका लागि बलिंङ तर्फ आरिफ शेखले ३ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै मात्र २१ रन दिएका थिए । अर्का बलर ललितनारायण राजवंशीले ४ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ३६ रन दिएका थिए । दिपेन्द्र ऐरीले पनि २ विकेट लिएका थिए । बुधबार आयरल्याण्ड सँगै भएको खेलमा कसिलो बलिङ गरेका प्रेम तामाङ भने आज चलेनन् ।    प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बधाई दिएका छन् । आज विज्ञप्तिमार्फत बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले आज क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । प्रधानमन्त्रीले क्रिकेटलगायत अन्य खेलको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।