Home / धर्म दर्शन (page 3)

धर्म दर्शन

ॐ (ओम) एक महामन्त्र र यसको बिज्ञानसंग यस्तो महत्वपूर्ण सम्बन्ध छ !

Om-Mantra

ॐ लाई ब्रह्म वा परमात्माकै प्रतीक मानिन्छ । भनिन्छ, ओमबिना सृष्टिको कल्पना गर्न सकिँदैन । ब्रह्माण्डमा सदैव ओमकार ध्वनि गुञ्जायमान रहन्छ । ॐ शब्द अ, उ र म तीन अक्षर मिलेर बनेको छ जसमा ‘अ’ को अर्थ उत्पत्ति, ‘उ’ को उत्थान अर्थात् विकास तथा ‘म’ को अर्थ मौन अर्थात् मृत्यु हुन्छ ।

ॐ लाई सनातन मान्यतामा ब्रह्मा, विष्णु र महेश तथा महाकाली, महालक्ष्मी एवं महासरस्वतीको प्रतीक मानिन्छ । ॐले सत्व, रज र तमजस्ता तीन गुणतर्फ पनि संकेत गर्छ । यसैगरी ॐ ले अणुभित्र विद्यमान इलोक्ट्रोन, प्रोटोन तथा न्युट्रोनको प्रतिनिधित्वसमेत गर्छ । वैदिक सनातन धर्ममा ॐ कारको उच्चारण बिना गरिने कुनै पनि कार्य सफल हुँदैन, तसर्थ ॐ लाई महामन्त्रको स्थान प्राप्त छ । यसको विधिपूर्वक नियमित उच्चारण गर्दा मानसिक एवं शारीरिक लाभ मिल्ने बताइन्छ ।

साप्ताहिककान्तिपुरबाट

एउटा यस्ताे किताब जसले जाेसुकैलार्इ पनि हिन्दु बनाइदिन्छ, त्यसैले क्रिश्चियनहरूलार्इ याे किताब पढ्नबाट राेकिन्छ

जाेसुकैलार्इ पनि यस महान् ग्रन्थले हिन्दु बनाइदिन्छ, त्यसैले अन्य  धर्ममा याे प्रतिबन्धित छ 

Biased-introduction-is-given-about-Hinduism-in-the-American-textbooks-300x157 (1)

भारतवर्षकाे मात्र हाेइन मानव मात्रकाे सबभन्दा सबैभन्दा प्राचीन धर्म भनेकाे सनातन हिन्दु धर्म नै हाे । नेपाल र भारतमा नदी, पर्वत,पहाड, रूखबिरूवा लगायत तमामा चीजलार्इ हिन्दु धर्मसँग जाेडिन्छ । कतिसम्म भने यस अार्यावर्तमा पानीकाे थाृपादेखि लिएर हावाकाे झाेक्कासम्मलार्इ यस सनातन धर्मसँग जाेडिन्छ । यहाँ हरेक वस्तुलार्इ धर्मकाे प्रवाहमा समावेश गरिएकाे पाइन्छ । यसै क्रममा यहाँकाे एउटा किताब कति प्रभावशाली छ भने जसकाे अध्ययनबाट जाेसुकै मानिसकाे साेचाइ पनि सहजै हिन्दुमय बनाइदिन्छ । तर त्याे किताबले हिन्दु धर्मकाे गुणगान नगरी असल मानिसका गुणहरूकाे व्याख्या र प्रचार गर्दछ । यसका बावजूद पनि इस्लामलगायत धर्ममा त्याे किताब वा महान् ग्रन्थ पढ्न वर्जित गरिएकाे छ र यिनीहरूमाथि इस्लाम तथा इसार्इहरूले पूर्ण प्रतिबन्ध लगाएका छन् ।

अब अाउनुहाेस् त्याे बहुमूल्य ग्रन्थरत्नका बारेमा विस्तृतमा जानीराखाैँः

सत्यार्थ प्रकाश

063315063352nnn979सनातन धर्मका महान् सन्त महर्षि दयानन्द सरस्वतीद्वारा लिखित पुस्तक सत्यार्थ प्रकाशमा हिन्दु धर्मकाे महत्व,कर्तव्य तथा कस्ता कुराहरू लेखिएका छन् भने याे किताबलार्इ एकचाेटी पढ्ने व्यक्ति स्वतस्फूर्त रूपमा सनातन धर्ममा डुबुल्की मार्न पुग्छ । वर्तमान समयमा यस पुस्तकलार्इ इस्लाम धर्ममा प्रतिबन्ध लगाइएकाे छ किनभने यस किताबलार्इ पढ्ने मुसलमान हिन्दु बनिहाल्छन् भन्ने उनीहरूकाे विश्वास छ ।

वास्तवमा याे किताबले हिन्दु धर्मकाे वकालत गरेकाे छैन बरू मानवता, भातृत्वलगायतका मानिसका असल पक्षका बारेमा विस्तृत प्रकाश पारेकाे छ। त्यसैले याे किताब पढ्ने मानिस चाहे जुनसुकै धर्मकाे किन नहाेस् उसले अाफूलार्इ हिन्दु धर्ममा विलीन गरिदिन्छ ।

यसका अलावा भागवत गीता, उपनिषद्, हाम्रा वेदहरू र रामायणलगायतका ग्रन्थहरू पढ्ने गैर हिन्दुहरू पनि हिन्दु धर्मप्रति अाकृष्ट नभइकन रहन सक्दैनन् । एक भारतीय ब्लगबाट नेपालीमा अनुदित । भाषा अनुवादकः कुमार पाैडेल

 

येसरी जोडिएको छ तपाइँको जीवन संग बेद का चर्चित १५ श्लोक हरु …

guru-shishya1-300x187

वेद हाम्राे सबैभन्दा प्रचीन ग्रन्थ हाे। वास्तवमा वेदलार्इ परमात्माकाे अनमाेल वाणी मानिन्छ जसले मानवलार्इ व्यावहारिक रूपमा जीवन जिउन सिकाउँछ। त्यसैले अाउनुहाेस् अाज हामी तपार्इंलार्इ मानव जीवनसँग प्रत्यक्ष जाेडिएका १५ श्लाेकहरूका बारेमा सविस्तार जानकारी गराउँछाैँ जुन तपार्इंकाे जीवनसँग पनि प्रत्यक्ष जाडिएकाे छ।

।। सं गच्छध्वम् सं वदध्वम्।। (ऋग्वेद १०.१८१.२)

अर्थात्: सँगै हिंडाैँ मिलेर बोलाैँ। जुन सनातन मार्गमा तिम्रा पूर्वजहरू हिंडे तिमी पनि त्यही मार्गकाे अनुसरण गर ।

 दार्शनिक, सन्त, साहित्यकार, नीतिज्ञ र वैज्ञानिकहरूकाे विचारलार्इ अध्ययन मनन गर्नाले जीवनमा धेरै फाइदा हुन्छ। मौर्यकालमा एकातिर नीतिज्ञमा चाणक्यकाे नाम विख्यात थियाे भने अर्कातिर दार्शनिक र मनोवैज्ञानिकहरूमा पाणिनी र पतञ्जलिकाे नाम सम्मानका साथ लिने गरिन्थ्याे। वैज्ञानिकहरूमा पिङ्गल, वाग्भट्ट, जीवक आदि महान् वैज्ञानिक थिए। हुनत भारतवर्षमा यसभन्दा अगाडि महाभारत कालमा त अरू पनि महानतम विद्वान् मानिसहरू थिए।

पहिलाे श्लोक : ।।ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्।। -ऋग्वेद

अर्थ : त्याे प्राणस्वरूप, दुःखनाशक, सुखस्वरूप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरूप परमात्मालार्इ हामी अंत:करणमा धारण गराैँ। त्याे परमात्मा हाम्राे बुद्धिलार्इ सन्मार्गमा प्रेरित गराेस्।

यस मन्त्र वा ऋग्वेदकाे पहिलाे वाक्यकाे निरन्तर ध्यान गरिरहनाले व्यक्तिकाे बुद्धिमा क्रान्तिकारी परिवर्तन आउँछ। उसकाे जीवन अचानक नै बदलिन सुरू हुनेछ। यदि व्यक्ति कुनै पनि प्रकारका रक्सी, मासु खाने तथा क्रोध आदि खराब कर्मकाे शिकार हुन्छ भने उसकाे पतन पनि त्यतिकै तीव्र गतिमा हुनेछ । याे पवित्र र चामत्कारिक श्लोक हाे। यसकाे ध्यान गर्नु पूर्व  यसका नियम र सर्तहरूलार्इ बुझ्नुपर्छ ।

दाेस्राे श्लोक : ।।उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत।। क्षुरस्य धारा निशिता दुरत्यया दुर्गं पथस्तत्कवयो वदन्ति।।१४।। -कठोपनिषद् (कृष्ण यजुर्वेद)

अर्थ : (हे मनुष्यहरू) उठ, जाग (सचेत होअाे)। श्रेष्ठ (ज्ञानी) पुरुषहरूलार्इ प्राप्त (उनीहरूसँग गएर) गरी ज्ञान अार्जन गर। त्रिकालदर्शी (ज्ञानी पुरुष) उक्त पथ (तत्वज्ञानकाे मार्ग) लार्इ चक्कुकाे तीक्ष्ण (नाघ्नलार्इ कठिन) धार समान ( सदृश) दुर्गम (घोर कठिन) मान्दछन्

तेस्राे श्लोक : ।।प्रथमेनार्जिता विद्या द्वितीयेनार्जितं धनं। तृतीयेनार्जितः कीर्तिः चतुर्थे किं करिष्यति।।

अर्थ : जसले प्रथम अर्थात् ब्रह्मचर्य आश्रमान विद्या अार्जन गरेन, द्वितीय अर्थात् गृहस्थ आश्रममा धन अार्जन गरेन, तृतीय अर्थात् वानप्रस्थ आश्रममा कीर्ति अार्जन गरेन भने त्यसले चतुर्थ अर्थात् संन्यास आश्रममा के गर्ला ?

चौथा श्लोक : ।।विद्या मित्रं प्रवासेषु भार्या मित्रं गृहेषु च।रुग्णस्य चौषधं मित्रं धर्मो मित्रं मृतस्य च।।

अर्थात : प्रवास वा विदेशकाे मित्र विद्या, घरकाे मित्र पत्नी, राेगीहरूकाे मित्र औषधि तथा मृत्योपरान्तकाे मित्र धर्म नै हुन्छ।

पाँचाैँ श्लोक : ।।ॐ असतो मा सद्गमय। तमसो मा ज्योतिर्गमय। मृत्योर्मामृतं गमय।।

अर्थात : हे ईश्वर (हामीलार्इ) असत्यबाट सत्यतिर लैजाउ। अन्धकारबाट प्रकाशतिर लैजाउ। मृत्युबाट अमरतातिर लैजाउ।उपर्युक्त प्रार्थना गरिरहनाले व्यक्तिकाे जीवनबाट अन्धकार हटेर जानेछ।अर्थात् नकारात्मक विचार हटेर सकारात्मक विचारकाे जन्म हुनेछ।

छैठाैँ श्लोक: ।। ॐ सह नाववतु। सह नौ भुनक्तु। सह वीर्यं करवावहै। तेजस्विनावधीतमस्तु मा विद्विषावहै।।१९।। (कठोपनिषद -कृष्ण यजुर्वेद)

अर्थात : परमेश्वर हामी शिष्य र आचार्य दूबैलार्इ एकसाथ रक्षा गर्नुहाेस्, हामी दुबैलार्इ एकसाथ विद्याकाे फल भोग गराउनुहाेस्, हामी दुबैलार्इ एकसाथ मिलेर विद्या प्राप्त गर्ने सामर्थ्य प्रदान गर्नुहाेस् , हामी दुबैकाे पढाइ तेजस्वी होस्, हामी दुबै परस्पर द्वेष नगराैँ। यस्ता किसिमका  भावना राख्नेहरूकाे मन निर्मल हुनेछ। निर्मल मनबाट नै निर्मल भविष्यकाे उदय हुन्छ।

साताैँ श्लोक : ।। मा भ्राता भ्रातरं द्विक्षन्‌, मा स्वसारमुत स्वसा। सम्यञ्च: सव्रता भूत्वा वाचं वदत भद्रया।।२।। (अथर्ववेद ३.३०.३)

अर्थात : भाइ, भाइसँग द्वेष नगरून्, बहिनी, बहिनीसँग द्वेष नगरून्, समान रूपमा एक-अर्काकाे आदर- सम्मान गर्दै परस्पर मिलिजुली कर्म गर्ने वा एकमतले प्रत्येक कार्य गरी भद्रभावबाट परिपूर्ण भएर सम्भाषण गरून्। यस्ताे खालकाे भावना राख्नाले कहिल्यै गृहकलह हुँदैन र संयुक्त परिवारमा बसेर व्यक्ति शान्तिमय जीवन व्यतितगरी सर्वांगिण उन्नती गर्ने गर्दछ।

आठाैँ  श्लोक : ।।यथा द्यौश्च पृथिवी च न बिभीतो न रिष्यतः। एवा मे प्राण मा विभेः।।१।।- अथर्ववेद

अर्थ : जसरी आकाश र पृथ्वी न भयग्रस्त हुन्छन्  न यिनीहरूकाे नाश नै हुन्छ, त्यसरी नै हे मेराे प्राण! तँ पनि भयमुक्त हाे। अर्थात् व्यक्तिले कहिल्यै कुनै पनि प्रकारकाे भय पाल्नु हुँदैन। भयबाट एकातिर शारीरिक रोग उत्पन्न हुन्छन् भने अर्कातिर मानसिक रोग पनि जन्मछन्। डराएकाे व्यक्तिकाे कहिल्यै पनि कुनै किसिमकाे विकास हुँदैन। संयमताूर्वक निर्भिक हुनु जरूरी छ। ईश्वरसँग मात्र डर मान।

नवाैँ श्लोक : ।।अलसस्य कुतः विद्या अविद्यस्य कुतः धनम्। अधनस्य कुतः मित्रम् अमित्रस्य कुतः सुखम्।।

अर्थ : अल्छीलार्इ विद्या कहाँ, अनपढ वा मूर्खलार्इ धन कहाँ, निर्धनकाे मित्र कहाँ र अमित्रलार्इ सुख कहाँ ?

दसाैँ श्लोक :आलस्यं हि मनुष्याणां शरीरस्थो महान् रिपु:। नास्त्युद्यमसमो बन्धुः कृत्वा यं नावसीदति।।

अर्थात् : मनुष्यहरूकाे शरीरमा रहने आलस्य नै (उनीहरूकाे) सबभन्दा ठूलाे शत्रु हुन्छ। परिश्रम जस्ताे अर्काे (हाम्राे) कुनै अन्य मित्र हुँदैन किनभने परिश्रम गर्ने (मानिस) कहिल्यै दुःखी हुँदैन।

एघाराैँ  श्लोक : ।।शरीरमाद्यं खलु धर्मसाधनम्।। -उपनिषद्

अर्थ : शरीर नै सबै धर्म (कर्तव्यहरू) पूरा गर्ने साधन हाे।

अर्थात : शरीरलार्इ स्वस्थ बनार्इ राख्नु अनिवार्य छ। यही शरीर हुनाले अरू सबै हुने हाे । अत: शरीरकाे रक्षा र यसलार्इ निरोगी राख्नु मनुष्यकाे सर्वप्रथम कर्तव्य हुन अाउँछ। पहिलाे सुख निरोगी काया हाे ।

बाह्राैँ  श्लोक : ब्रह्मचर्येण तपसा देवा मृत्युमपाघ्नत। (सामवेद११.५.१९)

अर्थ : ब्रह्मचर्यकाे तपले नै देवहरूले मृत्युमाथि विजय प्राप्त गरे।

अर्थात : मानसिक र शारीरिक शक्ति संचय गरी राख्नु अत्यन्त जरूरी छ। यही शक्तिकाे बलले नै मनुष्य मृत्युमाथि विजय प्राप्त गर्न सक्छ। शक्तिहीन मनुष्य त कुनै पनि कारणले मुत्युकाे शिकार हुन सक्छ। ब्रह्मचर्यकाे अर्थ र यसकाे महत्वलार्इ बुझ्नु जरूरी छ।

तेह्राैँ श्लोक: ।। गुणानामन्तरं प्रायस्तज्ञो वेत्ति न चापरम्। मालतीमल्लिकाऽऽमोदं घ्राणं वेत्ति न लोचनम्।। 

अर्थ  : गुणहरू, विशेषताहरूमा अंतर प्रायः विशेषज्ञहरू, ज्ञानीजनहरू नै थाहा पाउँछन् ।अरूले कदापि सक्दैनन्। जसरी चमेलीकाे वास्ना नाकबाट नै थाहा पाउन सकिन्छ, अाँखाबाट हाेइन ।

चौधाैँ श्लोक : ।। येषां न विद्या न तपो न दानं, ज्ञानं न शीलं न गुणो न धर्मः । ते मृत्युलोके भुवि भारभूता, मनुष्यरूपेण मृगाश्चरन्ति।।

अर्थ : जाेसँग विद्या, तप, ज्ञान, शील, गुण र धर्ममध्ये केही पनि छैन त्याे मनुष्य यस्ताे जीवन व्यतीत गर्दछ जस्ताे एक मृग।

अर्थात : जुन मनुष्यले कुनै पनि प्रकारकाे विद्या अध्ययन गरेकाे छैन, न त उसले व्रत र तप गरेकाे छ, धेरथाेर अन्न-वस्त्र-धन वा विद्या दान गरेकाे छैन, न त त्यसमा कुनै पनि प्रकारक ज्ञान छ, न शील छ, न गुण छ र न धर्म छ। यस्ताे मानिस यस धर्तीकाे बाेझ हुन्छ। यस्ताे मानिस मनुष्य रूपमा हुँदाहुँदै पनि पशु समान जीवन व्यतीत गर्दछ।

पन्ध्राैँ श्लोक : ।।सहसा विदधीत न क्रियामविवेकः परमापदां पदम्। वृणते हि विमृश्यकारिणं गुणलुब्धाः स्वयमेव संपदः।।

अर्थ : अचानक (आवेशमा आएर बिना सोचविचार) कुनै कार्य गर्नु हुँदैन किनभने विवेकशून्यता सबभन्दा ठूलाे विपत्तिकाे का घर हो। (यसकाे विपरीत) जुन व्यक्ति सोचविचार गरेर कार्य गर्दछ, गुणहरूबाट आकृष्ट हुने माता लक्ष्मी स्वयं नै त्यसलार्इ राेज्दछिन्। सनातन धर्म संस्कृतिकाे जगेर्ना गर्दै धार्मिक जागरण र अाध्यात्मिक उद्बाेधन गरार्इ समाजमा सुसंस्कारलार्इ प्रश्रय गराउने बृहत्तर उद्देश्यले याे लेख हामीले एक भारतीय अनलाइनबाट नेपालीमा भाषानुवाद गरी यहाँसमक्ष प्रस्तुत गरेका छाैँ । भाषा अनुवादक कुमार पाैडेल

ओमकार दर्पण बाट  साभार

७००० वर्षभन्दा पनि पुरानाे छ वेदकाे इतिहास…………

vedas-600x383

वेद सनातन धर्मकाे सबैभन्दा पुरानाे धर्मग्रन्थ मात्र हाेइन मानव सभ्यताकै सबैभन्दा पुरानाे पुस्तक पनि यही हाे । वेद विद शब्दबाट बनेकाे हाे जसकाे अर्थ हुन्छ जान्नु, ज्ञाता वा जान्ने । मान्नु वा मान्ने भन्ने अर्थ वेदबाट लाग्दैन । यसकाे अर्थ मात्र जान्ने वा जानेर बुझेर वा परख गरिएकाे ज्ञान भन्ने हुन अाउँछ । अर्थात् अनुभूत ज्ञान वा जाँच परख गरिएकाे ज्ञान मार्ग । वास्तवमा ब्रह्म वाक्य यसैमा संकलित छ । वेद मानव सभ्यताकाे सबैभन्दा पुरानाे लिखित दस्तावेज हाे । वेदका २८ हजार पाण्डुलिपिहरू भारतकाे पुणेस्थित भण्डारकर अाेरिएन्टल रिसर्च इन्स्टिच्युटमा राखिएकाे छ । तीमध्ये ऋग्वेदका ३० पाण्डुलिपिहरू असाध्यै महत्वपूर्ण छन् जसलार्इ युनेस्काेले अाफ्नाे सम्पदा सूचीमा समावेश गरेकाे छ ।

युनेस्काेले ऋग्वेदका इ. पू. १८०० देखि इ. पू.१५०० बीचका ३० पाण्डुलिपिहरूलार्इ अाफ्नाे सांस्कृतिक धराेहरका रूपमा समावेश गरेकाे छ । महत्वपूर्ण कुरा त के छ भने युनेस्काेका १५८ सांस्कृतिक धराेहरमध्ये भारतका मात्र ३८ वटा पाण्डुलिपिहरू त्याे सूचीमा सामेल भएका छन् । वेदलार्इ श्रुति पनि भनिन्छ । श्रु धातुबाट श्रुति बनेकाे छ । श्रु अर्थात् सुन्नु । के भनिन्छ भने प्राचीन तपस्वीहरू गहिराे तपस्यामा लीन भइरहेकाे समयमा यी मन्त्रहरू उनीहरूलार्इ  स्वयं र्इश्वरले अप्रत्यक्ष रूपमा सुनाएका थिए । सर्वप्रथम र्इश्वरले चार जना ऋषिहरूलार्इ वेदकाे ज्ञान दिएः अग्नि, वायु, अंगिरा र अादित्य । वेद वैदिककालीन वाचिक परम्पराकाे अनुपम कृति हाे जुन पछिल्लाे छ सात हजार इसा पूर्वबाट चलिरहेकाे छ । विद्वानहरूले संहिता, ब्राह्मण, अारण्यकउपनिषद् यी चारकाे संयाेगलार्इ वेद भनेका छन् । यी चार भागलार्इ संयुक्त रूपमा श्रुति भनिन्छ । अन्य बाँकी ग्रन्थ स्मृति अन्तर्गत पर्दछन् । वेदकाे संहिता भनेकाे मन्त्र भाग हाे । वैदिक मन्त्रहरू सुन्दरताले भरिपूर्ण छन् । वैदिक ऋषिहरू जब वेदकाे सस्वर पाठ गर्छन् त्याे सुनेर चित्त प्रफुल्ल हुन्छ। जसले सस्वर वेद पाठ सुन्छन् ती पनि मुग्ध हुन्छन् ।

वेदकाे ब्राह्मण भागमा यज्ञकाे बारेमा चर्चा गरिएकाे छ । यसमा वेदका मन्त्रहरूकाे व्याख्या गरिएकाे छ । यसमा यज्ञका विधान र विज्ञानका बारेमा विस्तारपूर्वक वर्णन गरिएकाे पाइन्छ । मुख्य ब्राह्मण ग्रन्थहरू यसप्रकार छः एेतरेय, तैत्तिरीयशतपथ । अारण्यक पनि वेदकाे एक महत्वपूर्ण हिस्सा हाे । संस्कतमा वनलार्इ अरण्य भनिन्छ । त्यसैले अरण्यमा उत्पन्न भएका ग्रन्थहरू नै अारण्यक अन्तर्गत पर्दछन् । पाँच मुख्य अारण्यक यसप्रकार छन्ः एेतरेय, शांखायन, बृहदारण्यक, तैत्तिरीयतवलकार । उपनिषद् वेदकाे शीर्ष भाग हाे । साथै उपनिषद् वेदकाे सर्वश्रेष्ठ अन्तिम भाग पनि भएकाले यसलार्इ वेदान्त पनि भनिन्छ । यसमा र्इश्वर, सृष्टि र अात्माका सम्बन्धमा गहन दार्शनिक तथा वैज्ञानिक वर्णन गरिएकाे छ । उपनिषदहरूकाे वास्तविक संख्या ११८० मानिन्छ तर हाल उपनिषदका १०८ संख्या मात्र उपलब्ध छन् । तिनमा मुख्य उपनिषद् यसप्रकार छन्ः र्इश, केन, कठ, प्रश्न, मुण्डक, माण्डुक्य, तैत्तरीय, एेतरेय, छान्दाेग्य,बृहदारण्यकश्वेताश्वेर । असंख्य वेद शाखाहरू, ब्राह्मण ग्रन्थ, अारण्यक र उपनिषदहरू लाेप भइसकेका छन् ।

हाल अाएर ऋग्वेदका दस, कृष्ण यजुर्वेदका बत्तीस, सामवेदका साेह्र र अथर्ववेदका एकतीस उपनिषदहरू अस्तित्वमा छन् । प्राेफेसर विन्टरनिट्जले वैदिक साहित्यकाे रचनाकाल २००० देखि २५०० इसा पूर्व मानेका छन् । तर खासमा वेदकाे रचना कुनै एक निश्चित कालखण्डमा भएकाे हाेइन । अर्थात् याे त बिस्तारै बिस्तारै रचना हुँदै गयाे र सबैभन्दा पहिले वेदका तीन भाग संकलन गरियाे जसमा ऋग्वेद, सामवेद र यजुर्वेदकाे संकलन भयाे । यसलार्इ वेदत्रयी पनि भनिन्छ । सनातन मान्यता अनुसार वेदकाे विभाजन रामचन्द्रकाे जन्मपूर्व पुरूरवा ऋषिकाे समयमा भएकाे हाे । कालान्तरमा अथर्वा ऋषिले अथर्ववेदकाे रचना गरेका हुन् । कतिपय विद्वानहरूका मतमा चाँहि श्रीकृष्णकाे समय द्वापर युगकाे समाप्तिपछि महर्षि वेदव्यासले वेदलार्इ चार भागमा विभाजन गरी व्यवस्थित गरेका हुन् । उनले यी चार भागकाे शिक्षा क्रमशः चार शिष्यहरू पैल, वैशम्पायन, जैमिनी र सुमन्तुलार्इ दिए । त्यस क्रममा उनले पैललार्इ ऋग्वेद, वैशम्पायनलार्इ यजुर्वेद, जैमिनीलार्इ सामवेद तथा सुमन्तुलार्इ अथर्ववेदकाे जिम्मेवारी दिए । यसकाे अाधारमा भन्दा वेद लिखित रूपमा अाजभन्दा ६५०८ वर्ष पुरानाे ग्रन्थ हाे । यसलार्इ पनि साेझै नकार्न सकिँदैन किनभने श्रीकृष्ण अाजभन्दा ५११२ वर्ष अगाडि यस धर्तीमा भएकाे तथ्य फेला परिसकेकाे छ ।

वेदका चार विभाग छन्: ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद। ऋग-स्थिति, यजु-रूपान्तरण, साम-गति‍शील र अथर्व-जड। ऋक भनेकाे धर्म, यजुः भनेकाे मोक्ष, साम भनेको काम, अथर्व भनेको अर्थ पनि मानिन्छ। यसैका आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रकाे रचना भएकाे हाे। ऋग्वेद : ऋक अर्थात् स्थिति र ज्ञान। यसमा १० मण्डल र १०२८ ऋचाहरू छन्। ऋग्वेदका  ऋचाहरूमा देवताहरूकाे  प्रार्थना, स्तुति र देवलोकमा उनीहरूकाे स्थितिकाे वर्णन पाइन्छ। यसमा ५ शाखाहरू छन् – शाकल्प, वास्कल, अश्वलायन, शांखायन, मण्डूकायन। यजुर्वेद : यजुर्वेदकाे अर्थ : यत् + जु = यजु। यत् काे अर्थ हो गतिशील तथा जु काे अर्थ हो आकाश। यसकाे अलावा कर्म। श्रेष्ठतम कर्मकाे प्रेरणा। यजुर्वेदमा १९७५ मन्त्र र ४० अध्याय छन्। यस वेदमा धेरैजसाे यज्ञका मन्त्रहरू छन्। यज्ञकाे अलावा तत्वज्ञानकाे वर्णन छ। यजुर्वेदका दुर्इ शाखाहरू छन् कृष्ण र शुक्ल। सामवेद : साम अर्थात रूपान्तरण र संगीत। सौम्यता र उपासना। यसमा १८७५ (१८२४) मन्त्रहरू छन्। यसमा ऋग्वेदका नै अधिकतर ऋचाहरू छन्। यस संहिताका सबै मन्त्र संगीतमय छन्, गेय छन्। यसमा मुख्य ३ शाखाहरू छन्, ७५ ऋचाहरू छन् र विशेष गरी संगीतशास्त्रलार्इ समावेश गरिएकाे छ। अथर्ववेद : थर्व काे अर्थ हाे कम्पन र अथर्व काे अर्थ अकम्पन। ज्ञानले श्रेष्ठ काम गर्दै जाे परमात्माकाे उपासनामा तल्लीन हुन्छ त्यही नै अकम्प बुद्धि प्राप्त गरेर माेक्ष धारण गर्दछ भन्ने अथर्ववेदकाे मुख्य अभिप्राय रहेकाे पाइन्छ । अथर्ववेदमा ५९८७ मन्त्र तथा २० काण्ड छन् । यस वेदमा पनि ज्यादातर ऋग्वेदका ऋचाहरू नै छन् । यसमा रहस्यमय विद्याकाे पनि वर्णन पाइन्छ । उपराेक्त सबैमा परमात्मा, प्रकृति र अात्माकाे विशद वर्णन र स्तुतिगान गरिएकाे छ । यसबाहेक वेदहरूमा अाफ्नाे समयका महापुरूषहरूकाे महिमा, गुणगान एवं उक्त समयकाे सामाजिक,राजनीतिक तथा भाैगाेलिक अवस्थाकाे वर्णन पनि पाइन्छ ।

छ वेदाङ्ग : (वेदका छ अंग)- (१) शिक्षा, (२) छन्द, (३) व्याकरण, (४) निरुक्त, (५) ज्योतिष र (६) कल्प।

छ उपांग : (१) प्रतिपदसूत्र, (२) अनुपद, (३) छन्दोभाषा (प्रातिशाख्य), (४) धर्मशास्त्र, (५) न्याय तथा (६) वैशेषिक।

माथि उल्लिखित छ वटा उपांग ग्रन्थहरू उपलब्ध छन् । यसैलार्इ षड्दर्शन भनिन्छ जुन यसप्रकार छन्ः सांख्य, याेग, न्याय, वैशेषिक, मीमांशा र वेदान्त । त्यसै गरी वेदका उपवेदहरू निम्न अनुसार छन्ः ऋग्वेदकाे अायुर्वेद, यजुर्वेदकाे धनुर्वेद, सामवेदकाे गंधर्ववेद तथा अथर्ववेदकाे स्थापत्यवेद ।

आधुनिक विभाजन : आधुनिक विचारधाराका अनुसार चार वेदहरूकाे विभाजन यसप्रकार गरिएकाे छ- (१) याज्ञिक, (२) प्रायोगिक र (३) साहित्यिक।

वेदकाे सार उपनिषद र उपनिषदकाे सार ‘गीता’ लार्इ मानिन्छ। यस हिसाबले हेर्दा वेद, उपनिषद र गीता नै वास्तविक धर्मग्रन्थ हुन्, अर्काे कुनै छैन। स्मृतिहरूमा  वेद वाक्यहरूलार्इ विस्तृत रूपमा व्याख्या गरिएकाे छ । वाल्मिकी रामायण र महाभारतलार्इ इतिहास तथा पुराणहरूलार्इ पुरातन इतिहासका ग्रन्थ मानिएकाे छ । विद्वानहरूले वेद, उपनिषद र गीताकाे पाठलार्इ नै उचित ठहर गरेका छन्। ऋषि तथा मुनिहरूलार्इ दृष्टा भनिएकाे छ भने वेदलार्इ ईश्वर वाक्य मानिएकाे छ ।

वेद ऋषिहरूका मन वा विचारका उपज हाेइनन्। ऋषिहरूले त त्यही लेखे वा भने जुन उनीहरूले पूर्णजाग्रत अवस्थामा देखे, सुने र परख गरे। मनुस्मृतिमा श्लोक (II.६) काे माध्यमबाट के भनिएकाे छ भने वेद नै सर्वोच्च र प्रथम प्राधिकृत वस्तु हाे। वेदले कुनै प्रकारकाे ऊँच-नीच, जात-पात, महिला-पुरुष आदिमा भेद गरेकाे छैन। ऋग्वेदका ऋचाहरूमा लगभग ४१४ ऋषिहरूकाे नाम पाइन्छ जसमा लगभग ३० नाम महिला ऋषिहरूकाे छ।

जन्मका आधारमा जातिकाे विरोध ऋग्वेदकाे पुरुष-सुक्त (X.९०.१२), तथा श्रीमद्‍भगवत गीताकाे श्लोक (IV.१३), (XVIII.४१) मा पाइन्छ। श्लोक : श्रुतिस्मृतिपुराणानां विरोधो यत्र दृश्यते। तत्र श्रौतं प्रमाणन्तु तयोद्वैधे स्मृति‌र्त्वरा॥ भावार्थ : अर्थात् जुन ठाउँमा  वेद र अन्य ग्रन्थहरूमा विरोध देखिन्छ, त्यहाँ वेद वाक्य नै  मान्य हुनेछ-वेद व्यास । प्रकाशभन्दा अधिक गतिशील तत्व अहिलेसम्म भटिएकाे छैन र न मनकाे गति नै मापन गरिएकाे छ । ऋषि-मुनिहरूले मनभन्दा पनि अधिक गतिमान किन्तु अविचल वस्तुकाे साक्षात्कार गरे र त्यसलार्इ ‘वेद वाक्य’ वा ‘ब्रह्म वाक्य’ बनाइदिए।वास्तवमा वेदकाे अध्ययन मनन र अनुभूतिविना सनातन धर्मकाे महिमा र गरिमा बुझ्न र बुझाउन सकिँदैन । त्यसैले वेद के हाे भन्ने बुझ्न सजिलाे हाेस् भन्ने अाशयले याे लेख इन्डियन नाेभाबाट नेपालीमा अनुवाद गरी पाठकहरूसमक्ष प्रस्तुत गरिएकाे छ। भाषा अनुवादक कुमार पाैडेल  ।। ॐ ।।

source : omkardarpan

वाल्मीकि रामायणका लेखक वाल्मीकिले आफनो मुखबाट स्वयं भन्नु भएको छ – अहं पुरा किराँतेषु किराँतैस्सह वर्धितः ।

download
वाल्मीकि रामायणका लेखक वाल्मीकिले आफनो मुखबाट स्वयं भन्नु भएको छ –
अहं पुरा किराँतेषु किराँतैस्सह वर्धितः ।
जन्ममात्रं द्विजत्वं मे शुद्राचाररतः सदा ।। (वाल्मीकि रामायण आदि. १÷५५÷३)
अर्थात– म किराँतहरुमा किरातहरुसँग पाली, पोसी, खेली, कुदी बढेको हु ।
किरातीहरु नेपालकै आदिवासी हुन भन्ने कुरामा सबैभन्दा ठुलो प्रमाण यो छ कि उनीहरुको थर, जात, जाति जति पनि छन्, ती सबै नेपाल भित्रकै एक ठाँउदेखि अर्को ठाँउमा बसाइ सराइ गरेको मात्रै बुझिन्छ ।
‘हामी हिन्दु होइनौ, हामी दानवका सन्तान हौं, हामी मङ्गोलियाबाट आएका हौ ।’ भनि इसाइले सिकाएपछि भन्ने लेख्ने गरेको पनि देखिन्छ । हामी राक्षसका सन्तान हौ भनेर आफ्नो इतिहासको हत्या आफै गर्छन भने हत्यारा खोज्न कहाँ जाने? राक्षस हौ महिषासुर हाम्रो किराती हो, देवीले मारेकाले दशै बहिस्कार गरेको पनि सुनियो । ईसाईले मच्चाइ दिएपछि गोरु काटेर खाने पनि यहि रिसवीको कारणले गर्दा हो । 
किरातीहरु हिन्दु(आर्य) नै हुन त्यसको प्रमाण उनीहरुको गोत्र(पाछा) काश्यप(काश्यप ऋषि)का सन्तान, काशी बढी पाइन्छ । अर्को उपगोत्र ‘लासा गोत्र’ हो, जुन व्यापार गर्न ल्हासा गएर भएको हो भनेर विद्वानहरु भन्दछन् ।
पुजा पनि आर्य(हिन्दु) कै हो आफनो इष्टदेवको पूजा गर्दा ‘माछा’ गर्दा सतलुङ्ग, पुलुङ्ग, मिलुङ्गको पूजा गर्दछन् । यी ३वटा ढुङ्गा चुलो वा अगेनामा राखेका हुन्छन्, जो ब्रहा, विष्णु, महेश्वरको प्रतिक मानेर पूजा गर्दछन् । ३वटा ढुङ्गामा पनि मिलुङ्गको बढी महत्व दिन्छन् र किराती भाषमा ‘मी’को अर्थ आगो र ‘लुङ्ग’को अर्थ ढुङ्गा यानेकि अगेनाका देवता । ‘मिलुङ्ग’ लाई ‘पारुहाङ्ग’ महादेव अथवा शिवजी मानेर पुजा गर्दछन् ।
मुन्धुम–विधान(मन्त्र) वेद, स्मृती आदिसँग मिल्न जान्छ । महाभारतको किरात पर्वमा हिमालय पर्वत र यहाँका किरातीको विषयमा धेरै लेखेको छ अन्य शिवपुराण, अग्निपुराण आदि पुराणहरुमा पनि लेखेको पाइन्छ । के मुन्धुम, वेष भुषा, व्यवहार, कुलदेवता आदि मङ्गोलियामा छन कि छैनन्? जहाँसम्म प्रमाण पाईन्छ यी कुरा मङ्गोलियामा पाइदैनन, त्यसैले आफुलाई किराती भनेर मङ्गोलियासँग नजोडऔ नत्र हासोको पात्र भइन्छ 
किरात परम्परागत वर्णनअनुसार राजा यलम्बरहाङले नेपालखाल्टोबाट पूर्वतिर गएका र उनका पुत्र पलम्बरहाङले दक्षिणमा राप्ती नदी र पूर्वमा सप्तकोसीसम्म आबाद गराएका थिए । उनका पुत्र मिलम्वाहाङका सन्ततिहरुले मुरेहाङका पालासम्म नेपाल खाल्टोमा राज्य गरेका थिए । मुरेहाङलाई भोटेले धपाई भगवतीको तपस्या गरी मानसरोवरको बाटो दोलखा पुगी मोरङलाई राजधानी गराएको वर्णन पाईन्छ । (धन्न मंङ्गोलिया गएनछन्) त्यहीँबाट किरातेश्वर महादेव र साम्पाङ जगन्माता हिमहाङमाङ इन्द्र, तांभूङमाङ वनदेवीको आराधना किरातहरुले गर्न थाले । किरातजाति शैवमार्गी हुन, , नेपालमा पशुपतिनाथको मन्दिर हुनु, भगवान शङ्करको किरातरुपलाई सबैले पूजा गर्नुको पछाडि किरातजाति सभ्य, सुसंस्कृत तथा आर्य भएको प्रमाण हो । किरातीहरु क्षत्री वर्णका हुन् ।किरातहरु वीर तथा लडाकु थिए जसले नेपालमा शासन गरेका थिए ।
नेपालका श्री ५को शाही निशान सिंह पनि किरातहरुकै राजचिन्ह हो किनभने किरातहरु याशोकदेवी, दन्तकाली, गुह्यकाली, पारु, म्याङलुङ जस्ता पार्वतीदेवीको पूजा गर्दथे, जसको वाहन सिंह हुनाले सिंहवाहिनी भनी सिंहको पुजा हुन्थ्यो ।
यलम्बर किरातवंशका पहिला राजा थिए । इन्द्रजात्राको दिन यलम्बरको मुर्तिलाई आकाशभैरव मानेर सार्वजनिक ठाउँमा राखि पूजा गरिन्छ । भुईमा आधागाडिएको विरुपाक्षको मुर्तिलाई पनि यलम्बरकै हो भनी अनुमान गरिएको छ । 
राई र लिम्बु गरी किरातहरु दुई समुहमा विभाजित भए ।
मकवानपुर देखि सिक्कीमसम्मको राज्य सेनराजवंशका राजा थिए । राई भन्ने खास गरी कुनै जातिको नाम होइन ।यो त गाउँको ठालु वा मुखिया भन्ने जनाउने पदवी हो । सेन राजाहरुका मन्त्रीहरुलाई राय पदवी दिइन्थ्यो, जसबाट राई हुन गएको हो । माझकिरातका धेरै जसो राईहरु आफुलार्य जिमी वा जिमिदार भन्ने गर्दछन् । याक्खा भन्ने किरातीहरुलाई पनि राई भन्ने चलन बढदै गएको छ नत्र धेरै जासो याक्खाहरुले आजसम्म पनि आफुलाई राई नभनेर देवान भन्ने गर्दछन् ।राईहरुको थरको नामले उनीहरुको परम्परादेखि बसि आएको गाउँ, ठाउँ छुट्टयाउन सकिन्छ । ती मध्ये केही यस्ता छने– कुलङ, फालिङ, तामाछाङ, खालिङ, थुलुङ, वाइङ, पेलमाङ, सोताङ, चामलिङ, साम्यााङ, बान्तावा, रुमदाली, लोहरोङ, याम्फु, केत्रा, साम, अठाप्रे, चौरसिया आदि ।
सेन राजाका चौतरियाहरुलाई लिम्बु पदवी दिइएको हो । केहि मुख्य थरहरु– तुमयाकपा, सेल्ले, आङताहाङ, आङथुपुहाङ, चोङ हाङ, चोवेगु हाङ, जाबेगु हाङ, एकतिन हाङ, फाङहाङ, फेन्दुवा, पुलुङ, फुरुम्बो कोगा, लिङदेन, मावुहाङ, फेम्बु, थेगिमहाङ, पुङलाङ, सामाहाङ, रोवान, थामसुहाङ, थेवे, सिंथेवे, थुप्पोको, इङवा दोकपा, फुरुम्बो, यङया, आङछोङवो, मयाम, लिङखिम आदि । घरमा देवता माङगेना पितृपूजा गर्छन । हिमालयका देवी पाथीभारा, कालिका र ठुलो देवीको पूजा गर्छन् ।
धिमाल– झापा र मोरङ जिल्लामा बसोबास गर्ने धेरै कुरा लिम्बुसँग र त्यसपछि राईहरुसँग मिल्दछ । यिनीहरुको बाह्र थरहरुको उल्लेख पाइन्छ । यी थरहरु दोगे नुनियाँ धिमाल, दिन धिमाल, तेङमाली धिमाल, कोचेले थारु धिमाल, नुनिया धिमाल, लेम्बाङ धिमाल, कस्यार धिमाल हुन् । यिनीहरु आफुलाई काशीगोत्रका ठान्दछन् । मेचेहरु धिमाललाई ‘हाइको’ भन्दछन् ।
यिनीहरुलाई लिम्बुको सन्तान मानिन्छ । यो कहावतलाई मान्नुको पछाडी एउटा किम्वदन्ती प्रचलित छ । कुनै बेला दाजु र भाई मिलेर खेतीकोलागी फडानी गर्दै जादा केराको जङ्गलमा पुगे । दाजु बलियो भएकाले अलि अगाडी भयो र केराको बन जति फाडे पनि फेरी बढेर जस्ताको तस्तै हुन्थ्यो । दाजु गएको बाटोमा भाइ पुगुन्जेल केरा बढेर भाइले बाटो बिरायो । भाइले मनमा सोच्यो सायद दाइले साथै लैजान मन नगरेको हुनाले छोडेर गयो होला । झापाको जङ्गलमा अलमलिएर बस्ने भाइका सन्तान नै आजका धिमाल हुन । दाइ चाहि अगाडी बढदै पहाड पुग्यो र उसका सन्तान लिम्बु भए ।
मेचे– यिनीहरुलाई बोडो पनि भनिन्छ र झापा जिल्लामा बसोबास गर्दछन । यिनीहरुलाई राईखलक मानिन्छ । यिनीहरुमा पाँच थर हुन्छन् । ती हुन– माछाओरे, नार्दन नारै, वस्मताहरे, सोवे आरे, छोम्प्रम आरे । यी पाँचै थरको एउटै गोत्र ‘शिजं’ हो । 
तामाङ – यिनीहरुको सम्बन्ध किरातहरुसँग पनि रहेको थियो । तामाङहरुलाई मुर्मी , इसाङ्ग र साइन पनि भनिन्छ ।
यिनीहरु किरातहरु जस्तै शिवका उपासक मानिन्छन् । तामाङ शब्दको अर्थ घोडचढी सैन्य वा घोडाको मालिक वा व्यापारी भन्ने पनि लगाइएको छ । ७औ शताब्दीमा स्रङचङगम्पोले १२ डिविजन फौज तिब्बतबाट ल्याई काठमाण्डौको सुरक्षाकोलागी वरिपरी तैनाथ राखे । तामाङ फौजको मतलब तिब्बतको घोडचढी फौज हो । जस्तो ता– घोडा, माङ – युद्ध र माङमी– सैन्य, माङ– युद्धमी मान्छे युद्ध गर्ने मान्छे हुन्छ । 
शेर्पा – तिब्बती भाषामा पूर्वलाई श्यार भनिन्छ र श्यार्पा भन्नाले पूर्वका बासिन्दा भन्ने बुझिन्छ । यसै श्यार्पा भन्ने शब्द अपभ्रंश भएर शेर्पा हुन गएको हो । सोलुखुम्बु जिल्लामा रहेका शेर्पाहरु ६ सय वर्षअघि तिब्बतबाट नेपालमा आएका थिए भन्ने किंवदन्ती रहेको पाइन्छ । 
थकाली– कालीगण्डकीको माथील्लो भाग मुस्ताङ जिल्ला थाकखोलाको थाकमा बसोबास गर्ने लाई थकाली भनिन्छ । यिनीहरुलाई दई समुहमा विभाजन गरिएको पाइन्छ । धासा र टुकुचेको बिचमा रहेको सात सय थकाली घरमा रहेका थकालीहरुलाई थाक सात सय भनियो । गौचन, तुलाचन, शेरचन, भट्टचन थरका थकालीहरु सात सय थकाली अन्र्तगत पर्दछन् । टुकुण्डे र जोमसोमको बिचमा पुलुङ्घाका माखा, यिनी, स्याङ , छिमाङ, चैरो गरी पाँच गाँउमा बस्ने थकालीहरुलाई पाँच गाँउले भनियो । उहिले यिनीहरुले आपसका तामाङ चलन थियो । भाषाको हिसाबले तामाङ भन्दा गुरुङ कुरासँग मिल्दछ ।
सुनुवार– यिनीहरु आफुलाई राईकै समुहमा पु¥याउने प्रयत्न गर्दछन । यिनीहरुलाई मुखिया पनि भनिन्छ । यिनीहरुको घना बस्ती लिखु र खिम्ती खोलाको बीचमा पाइन्छ । मकवानी सेन राज्यको पालामा सबभन्दा पहिले लिखु खोलाको चुप्लु भन्ने ठाँउमा बसेका थिए ।

#नेपालि आर्यभिर

संस्कृत भाषाकाे उत्पति कसरी भयाे ? किन यसलार्इ देवभाषा वा देववाणी पनि भनिन्छ ?

Sanskrit-best-language-300x158

रूसी, जर्मन, जापानी तथा अमेरिकीहरू सक्रिय रूपमा हाम्रा पवित्र पुस्तकहरूबाट नयाँ चीजहरूमा शोध गरिरहेका छन् र ती शाेध सामग्रीहरूलार्इ उनीहरू अाफ्नाे नामबाट दुनियाँभरि प्रचार गरिरहेका छन्। दुनियाँका कतिपय देशहरूमा एक वा अधिक संस्कृत विश्वविद्यालय संस्कृत र वेदका बारेमा अध्ययन र नयाँ प्रविधि प्राप्त गर्नका लागि जुटेका छन्।

 हाम्राे देश नेपालमा त अंग्रेजी बोल्नु शानकाे विषय मानिन्छ । अंग्रेजी नजान्दा मानिसहरू आत्मग्लानिकाे अनुभव गर्छन् जसकाे कारणले ठाउँ ठाउँमा इंग्लिश स्पीकिंग कोर्स चलिरहेकाे देखिन्छ।
संस्कृत विश्वकाे सबभन्दा प्राचीन भाषा हाे र समस्त भारतीय उपमहाद्वीपका भाषाहरूकाे जननी हाे। ‘संस्कृत’ काे शाब्दिक अर्थ हाे परिपूर्ण भाषा। संस्कृत पूर्णतया वैज्ञानिक तथा सक्षम भाषा हाे। संस्कृत भाषाकाे व्याकरणले विश्वभरिका भाषा विशेषज्ञहरूकाे ध्यानाकर्षण गरेकाे छ। यसकाे व्याकरणलार्इ देखेर नै अन्य भाषाहरूका व्याकरण विकसित भएका हुन्। आधुनिक वैज्ञानिकहरूका अनुसार याे भाषा कम्प्यूटरमा उपयोगका लागि सर्वोत्तम भाषा हाे तर उनीहरू यसलार्इ कहिल्यै पनि कम्प्युटरकाे भाषा बन्न दिँदैनन्।
भनिन्छ कुनै पनि देशका जाति, संस्कृति, धर्म र इतिहासलार्इ नष्ट गर्नु छ भने सबभन्दा पहिले त्यहाँकाे भाषा कोश नष्ट गर्नुपर्छ। मात्र ३००० वर्ष पहिलेसम्म भारतवर्षभरि संस्कृत भाषा बोलिन्थ्याे । त्यसै क्रममा ईसा पूर्व ५०० वर्ष पहिले पाणिनीले संसारकाे पहिलाे व्याकरण ग्रन्थ लेखेका थिए जुनचाहिँ संस्कृतकाे व्याकरण थियाे। यसकाे नाम ‘अष्टाध्यायी’ हाे।
सन् ११०० सम्म संस्कृत समस्त भारतवर्षकाे राजभाषाका रूपमा जोड्ने प्रमुख कडी थियाे। अरबीहरू र अंग्रेजहरूले सबभन्दा पहिले यसै भाषामाथि अाक्रमण गरे र भारतभरि अरबी र राेमन लिपि र भाषा जबरजस्ती लादिदिए । भारतका कयाैँ भाषाहरूकाे लिपि देवनागरी थियाे तर उनीहरूले त्यसलार्इ फेरेर अरबी बनाइदिए भने कतिपय भाषाका लिपिहरू पूर्ण रूपमा नष्ट गराइदिए। यसकाे श्रृंखला अझै राेकिएकाे छैन । त्यसैले उनीहरू अझै पनि नेपाली, हिन्दीजस्ता भाषाहरूकाे लिपिलार्इ छद्म रूपमा राेमन लिपिमा बदल्ने धृष्टता गरिरहेका छन्।
यदि त्याे समयमा संस्कृत व्यापक रूपमा बाेलिदैँन थियाे भने व्याकरण लेख्ने आवश्यकता नै हुँदैनथ्याे। भारतीय उपमहाद्वीप आज जति पनि भाषाहरू बोलिन्छन् ती सबै भाषाहरू संस्कृतबाट नै जन्मेका हुन् र यसकाे इतिहास मात्र १५०० देखि २००० वर्ष पुरानाे छ। यस अार्यावर्तमा त्यसभन्दा पहिले संस्कृत, प्राकृत, पाली, अर्धमागधि आदि भाषाहरूकाे प्रचलन थियाे।
आदिमकालमा भाषा अस्तित्वमा थिएन बरू त्याे समयमा ध्वनि संकेतमार्फत् सम्पर्क स्थापित गरिन्थ्याे। ध्वनि संकेतहरूबाट नै मानिसहरू एकले अर्काकाे भनाइ बुझ्दथे। समय क्रममा त्यसपछि चित्रलिपिहरूकाे प्रयोग गर्न थालियाे। प्रारम्भिक मनुष्यहरूले भाषाकाे रचना अाफ्नाे विशेष बौद्धिक प्रतिभाकाे भरमा गरेका हाेइनन्। उनीहरूले अाफ्ना-अाफ्ना ध्वनि संकेतहरूलार्इ चित्र रूप वा विशेष आकृतिका रूप दिन थाले। यसरी भाषाकाे क्रमश: विकास भयाे। यस क्रममा कुनै पनि प्रकारका बौद्धिक र वैज्ञानिक क्षमताकाे उपयोग गरिएकाे पाइँदैन।
img1140228014_2_1संस्कृत मात्र यस्ताे भाषा हाे जसकाे रचना भएकाे हाेइन। वास्तवमा भन्ने हाे भने यस भाषाकाे खोज गरिएकाे हाे।अार्यावर्तमा पहिलाे पटक ती मानिसहरूले मानव समुदायलार्इ एउटा कुनै लिपियुक्त र प्रखर भाषा  चाहियाे जसका माध्यमबाट उनीहरू परस्पर संप्रेषण र विचार विमर्श मात्र हाेइन यसकाे कुनै वैज्ञानिक र मनाेवैज्ञानिक अाधारभूमि पनि हाेस् भन्ने सोच-विचार गरे। यी मानिसहरू हिमालयका आसपास वा अर्काे शब्दमा भन्नुपर्दा हिमवत खण्ड नेपालकाे सेराेफेराेमा बस्दथे।उनीहरूले बाेल्न र व्यवहार गर्न थालेकाे भाषा वास्तवमा प्रकृतिसम्मत थियाे।यसरी संसारमा पहिलाे चाेटि यदि कुनै भाषा यति परिष्कृत हिसाबले व्यवहारमा प्रयाेग भएकाे भाषा कुनै भाषा थियाे भने अवश्यमेव त्याे संस्कत नै थियाे भन्दा अत्युक्ति हुँदैन। किनभने यसकाे आविष्कार गर्नेहरू अरू काेही नभएर स्वयं देवलोकका देवता थिए । त्यसैले त यसलार्इ देववाणी भनिन थाल्याे। संस्कृतलार्इ देवनागरी लिपिमा लेखिन्छ। देवताहरू हिमालयकाे उत्तरमा बस्दथे।
दुनियाँका सबै भाषाहरूकाे विकास मानव, पशु-पक्षीहरूद्वारा सुरूवातमा बालिएका ध्वनि संकेतहरूका आधारमा भयाे अर्थात मानिसहरूले भाषाहरूकाे विकास गरे र त्यसलार्इ अाफ्नाे देश र धर्मकाे भाषा बनाए। तर संस्कृत कुनै देश वा धर्मकाे भाषा हाेइन याे त अपौरूष भाषा हाे किनभने यसकाे उत्पत्ति र विकास ब्रह्माण्डका ध्वनिहरूलार्इ सुनी-जानीकन भयाे। याे आम मानिसहरूद्वारा बोलिएका ध्वनिहरू हाेइन।
धरती र ब्रह्माण्डमा गति सर्वत्र छ। चाहे वस्तु स्थिर होस् वा गतिमान हाेस्। गति छ भने ध्वनि त अवश्य निस्कन्छ। ध्वनि छ भने अवश्यमेव शब्द निस्कन्छ। देवताहरू र ऋषिहरूले उक्त ध्वनिहरू र शब्दहरूलार्इ समातेर त्यसलार्इ लिपिमा बाँधे र त्यसकाे महत्व र प्रभावलार्इ बुझे।
संस्कृत विद्वानहरूका अनुसार सौर परिवारकाे प्रमुख सूर्यकाे एकातिरबाट ९ रश्मीहरू निस्कन्छन् र यिनीहरू चारैतिरबाट अलग-अलग निस्कन्छन्। यसरी कुल मिलाएर ३६ रश्मीहरू हुन गए। यी ३६ रश्मीहरूका ध्वनिहरूका अाधारमा संस्कृतका २६ स्वर बने। यसे गरी सूर्यका जब ९ रश्मीहरू पृथ्वीमा आउँछन् त्यतिबबेला तिनीहरू पृथ्वीका ८ वसुहरूसँग ठक्कर खान्छन्। सूर्यका ९ रश्मीहरू र पृथ्वीका ८ वसुहरू आपसमा ठक्कर खाँदा जुन ७२ प्रकारका ध्वनिहरू उत्पन्न भए, तिनीहरू संस्कृतका ७२ँ व्यंजन बन्न पुगे। यस प्रकार ब्रह्माण्डमा निस्कने कुल १०८ ध्वनिहरूमा नै संस्कृतकाे वर्ण माला आधारित छ।ब्रह्माण्डकाे ध्वनिहरूकाे रहस्यका बारेमा वेदबाट नै जानकारी पाइन्छ। यी ध्वनिहरूलार्इ अन्तरिक्ष वैज्ञानिकहरूकाे संगठन नासा र इसरो ले पनि मानेकाे छ।

भाषा वैज्ञानिकहरूका अनुसार अरबी भाषा कण्ठबाट र अंग्रेजी भाषालार्इ केवल अाेठबाट नै ही बोलिन्छ तर संस्कृत भाषामा वर्णमालालार्इ स्वरहरूकाे आवाजका आधारमा कवर्ग, चवर्ग, टवर्ग, तवर्ग, पवर्ग, अंत:स्थ र ऊष्म वर्गहरूमा बाँडिएकाे पाइन्छ। वास्तवमा नेपाली जनमानसमा संस्कृत भाषाका बारेमा पर्याप्त जानकारी गराउने अभिलाषाले हामीले याे अालेख यहाँ प्रकाशित गरेका छाैँ । अाफ्नाे गाैरवशाली धराेहरका बारेमा उत्पन्न जिज्ञासालार्इ समाधान गर्दै त्यसप्रति भावी पुस्तालार्इ हस्तान्तरण गर्नु हाम्राे एक मात्र अभिष्ट हाे ।

दश प्रकारका पापहरण गर्न दशहरा स्नान मेला

काठमाडौँ, २ असार । दश प्रकारका पापहरण गर्न स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा ज्येष्ठ शुक्ल प्रतिपदादेखि सुरु भएको दशहरा स्नान आज घर घरमा तुलसी बीज रोपी सम्पन्न भएको छ ।

ज्येष्ठ शुक्ल प्रतिपदादेखि एकादशीसम्मका ११ दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, बिनायज्ञ हिंसा गर्नु, परस्त्रीगमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलबको प्रलाप गर्नु, अरूको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरूलाई हानि पु¥याउने इच्छा राख्नु र बिनाकारण दुराग्रह राख्ने जस्ता पाप ११ दिनको गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।

यस अवसरमा रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणी सङ्गम, काठमाडौँको उत्तरगया नजिकैको वाग्मती किनारस्थित हत्यामोचनघाट लगायत देशभरका नदीमा मेला लाग्ने गर्छ । शरीर, मन र वचनले गरिने दश प्रकारका पाप ज्येष्ठ शुक्ल प्रतिपदादेखि एकादशीका दिनसम्म स्नान गरेर नाश हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । “११ दिनमध्ये ज्येष्ठ शुक्ल दशमी गङ्गा दशहराको मुख्य दिन हो”, उहाँले भन्नुभयो ।

वाग्मती नदी सफा हुँदा हत्यामोचनघाटमा लाग्ने गङ्गा दशहरा मेलामा नुहाउनयोग्य पानी बग्न थालेपछि स्थानीयवासीले यस वर्ष तीन दिनसम्म निरन्तरता दिए । मेला आज बिहान तुलसीको बीज रोपेपछि समापन गरिएको मेला आयोजक समितिका अध्यक्ष रोहित लिम्बूले जानकारी दिनुभयो । तुलसी बीजारोपण गरिने आजको एकादशीलाई निर्जला एकादशी पनि भनिन्छ । रासस

 

जौको सातु र सर्वत वितरण गरी अक्षय तृतीया पर्व मनाइँदै

२७ वैशाख, काठमाडौँ  । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ ।

satuआजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षयअर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको सुरुवात भएको मानिन्छ ।

यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदिन र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुसी हुनुहुने धार्मिक विश्वास छ ।

यस अवसरमा निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्यस्य पुराणमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

९ दिन अक्सिजन विहिन बाकसमा बसेको दाबी गरेका सिद्धबाबासंग यक्ष प्रश्न (भिडियो)

प्रचण्डको भैंसी पुजामा के भएको थियो ?

जसले ९ दिन अक्सिजनबिनाको बाकसमा बसेको दाबी गरेका छन्, उनैसंग यक्ष प्रश्न । नाक र मुख थुनिदिने हो भने बाच्न सक्छन् गुरु ? किन आत्महत्या गरेका थिए सिद्धबाबाले ? प्रचण्डको भैंसी पुजामा के भएको थियो ?इशाइ हुनबाट कसरी जोखिए सिद्धबाबा ? १० गज गहिरो खाडलमा किन बस्दैछन् सिद्धबाबा ? यि प्रश्नको उत्तर यहां छ ।

 

‘गुरुत्वाकर्षण तरंग र मिलारेपा शिवलिंग’ बीचको वैज्ञानिकता- मोहन लामा रुम्बा

mohnlama

मोहन लामा रुम्वा

भाग १ ÷ गुरुत्वाकर्षण तरंग

हालै केहि महिना अगाडि मात्रै अमेरिकामा बिश्वको एक हजार बैज्ञानिकहरुले पत्रकार सम्मेलन गरेर gravity गुरुत्वाकर्षण तरंगको पुष्टि भएको घोषणा गर्‍यो, बैज्ञानिक हरुले अमेरिकामा रहेको दुई वटा प्रयोगशाला श्रवण(सुन्ने)केंद्र बाट गुरुत्वाकर्षण तरंगको पत्ता लगाएको हो,सेकेन्ड को केहि भाग मात्रै बैज्ञानिक हरुले सुनेको तरंग 1.3 अरब बर्ष अगाडिको दुई ब्ल्याक होलमा भएको संलयन थियो।

भाग २ ÷ कैलाश पर्वत बिज्ञानमा

mohlbbbb

 

कैलाश पर्वत निर्जन दुर्गम हिमवत क्षेत्रमा रहेको यो पर्वत धेरै कारणले महत्त्वपूर्ण रहेकोे छ, यसको बारेमा थुप्रैपटक बैज्ञानिक हरुले अनुसन्धान पनि गरेको छ।
कैलाश पर्वतको संरचना कम्पास को चार दिक् बिन्दुको पिरामिड आकारमा रहेको छ,यो पर्वत लाई स्पर्श गरेर चार हिम नदि सिंध,ब्रह्मपुत्र, सतलज र कर्णाली, बगेको छ,वैज्ञानिक हरुको अनुसार यो पृथ्वीको केंद्र हो,जसलाई एक्सिस मुंडी (Axis Mundi)भनिन्छ अर्थात संसारको नाभि अथवा आकाशीय ध्रुव र भौगोलिक ध्रुव को केंद्र जहाँ आकाश र पृथ्वीको बीच संबंधको एक बिंदु भएकोले दसै दिशा मिल्दछ।
कैलाश पर्वत र त्यसको वरिपरिको बातावरण को बारेमा अध्यन गरिरहेको रसिया को वैज्ञानिक Tsar Nikolai Romanov को यो रिपोर्ट U N Special Magzine मा January-August 2004
प्रकाशित रिपोर्ट अनुसार एक्सिस मुंडी
कैलाश पर्वत को चारैतर्फ एक अलौकिक शक्ति
का प्रवाह हुने गरेको छ, जहाँ गुफा हरुमा ध्यानस्थ तपस्वी लामा हरुले
आध्यात्मिक गुरु संग अझै पनि telepathic माध्यम बाट संपर्क गर्ने गरेको देखिन्छ भनेर प्रकाशित गरेको छ।

भाग ३ ÷ कैलाश पर्वत अध्यात्मिक रूपमा !

mohalblk

महायानी बौद्ध हरुले घाङरी रेम्पुर्छे हिन्दुले कैलाश पर्वत जैन ले पवित्र अष्टापद बौद्ध हिन्दु जैन बोन सबै धर्मको पवित्र साझा स्थल हो कैलाश पर्वत !
देवाधी देव महादेव शिवको बासस्थान, बोन धर्म को तेन्पा सेराप देखिन बौद्ध धर्मको गुरु रेम्पुर्छे मिलारेपा सम्मको महायोगी हरुले साधना गर्ने पावन पवित्र स्थल ! गुरु र्हेम्पुर्छे र तामाङको बोन्पो गुरु बिचमा सम्झौता गरेको स्थल।जैन धर्मको प्रथम तीर्थकर ऋषभदेवले यही भूमिमा निर्वाण प्राप्त गरेको स्थल भने आदि शंकराचार्य ले पनि यसै पवित्र स्थलकै ओरिपरी नै आफ्नो देह त्याग गरेको थियो भन्ने भनाइ रहेको छ।

भाग ४÷ महायोगी मिलारेपा

mohalkekh

यही कैलाश पर्वतको शिखरमा ११ औं सताप्दिमा बौद्ध धर्मको महा योगी मिलारेपाले आरोहण गरेको थियो, उहाँले सोझै अलौकिक ध्वनि स्रवण गरेर सम्बाद गर्नुहुन्थ्यो भन्ने बिश्वास रहेको छ त्यसैले पनि मिलारेपाको थाँका चित्रमा दायाँ हातले कानमा पुर्‍याएर केहि सुन्न खोजेको रूपमा चित्राङ्कित गरेको हुन्छ, मैले जोड्न खोजेको कुरा यो हो की आजको हजारौं बैज्ञानिक हरुले अमेरिकाको श्रवण प्रयोगशाला बाट गुरुत्वकार्षण तरंग सुन्न सफलता मिलेको भनेको यी महायोगीले हजार बर्ष अगाडि नै आफ्नो अध्यात्मिक योग बाट श्रवण गरिसकेको त होइन ?

mohallakahaka

भाग ५÷ शिवलिंग

Axis Mundi अर्थात पृथ्वी र आकाशको केन्द्र स्थल,प्राकृतिक रूपमा उभिएको एक प्रकारको पिरामिड जस्तो कैलाश पर्वतको प्रतिक चिन्ह हो शिवलिंग। लिंग अर्थात् चिन्ह स्तम्भ प्रतीक स्वरुप आदि।

sivling
जाँदाजाँदै एउटा कुरा पनि जानकारी गराउँदै……… शास्त्रीय रूपमा निर्मित शिवलिंग भएको स्थान हरुमा भारतको रेडियोएक्टिविटी म्यापमा न्युक्लिएर रिएक्टर देखिन रेडिएशन सम्म अधिक मात्रामा पाएको देख्यो।किन भयो यस्तो ? लिंग लाई पनि शिस्न भनेर बुझ्ने हरुलाई आजै देखि यसको खोजीमा जुट्नु होला।

स्रोत : इ कोशी