Home / धर्म दर्शन (page 4)

धर्म दर्शन

समृद्ध नेपाल हिन्दु राष्ट्र को माग गर्दै जन्मियो नेपाल हिन्दु युवा संगठन

फाल्गुन १६ : 10494704_686783274736129_7594346873493312685_n

हिन्दुत्व संरक्षण तथा धर्म परिबर्तन बिरुद्ध महा अभियान  भन्ने मुला  नारा  सहित नेपाल हिन्दु युवा संगठन को जन्म भएको छ | बिशेष नेपाल  लाइ हिन्दु राष्ट्र घोसणा गराउने , समाज मा व्याप्त  जातीय छुवाछुत सामाजिक विभेद लाइ अन्त गर्ने , रास्ट्रिय स्तर मा हिन्दु  धर्म भित्र भएका अन्ध बिस्वास लाइ निर्मुल पार्ने ,तिब्र गति मा भै रहेको धर्म परिबर्तन बिरुद्ध आवाज उठाउने , भगवान को  नाम  लिइ  मन्दिर मा चडाइने बलि रोक्न पहल गर्ने लगाएत मेन एजेन्डा मा रहेर सक्रिय भै  लागि पर्ने  आज  बसेको केन्द्रिय कमिटि को बैठक मा बताइएको  छ |

श्री राम श्रेष्ठ को अदक्ष्यता मा बसेको  नेपाल  हिन्दु  युवा संगठन  केन्द्रिय कमिटि को बैठक मा बोल्दै संगठन का बक्ता ज्यु  हरु  ले  भन्नु  भयो  नेपाल मा बिकराल रुप मा भै रहेको  धर्म परिबर्तन लाइ रोक्न र नेपाल  लाइ हिन्दु  राष्ट्र घोषणा गर्न दवाब  दिन को  लागि  नै  यो संगठन को  स्थापना भएको हो | कार्य क्रम मा बोल्दै अर्का बक्ता  ले भन्नु  भयो  हिन्दु धर्म  भएको अन्ध बिश्वास  लाइ  समाप्त  गर्नु पर्ने र जातीय छुवाछुत सामाजिक विभेद लगाएत भगवान को नाम  हुने बलि प्रथा को अन्त गर्न को  लागि पनि नेपाल हिन्दु युवा संगठन अगी बढ्ने जनाइएको छ |

उक्त कार्यक्रम मा गठन भएको केन्द्रीय कमिट सहितकाे विज्ञप्ति यस प्रकार छ :-

नेपाल हिन्दु युवा संगठन
केन्द्रिय कार्यालय काठमाण्डौ
मिति : २०७२ /११ /१६
बिषय : केन्द्रिय कमिटि बिस्तार गरिएको बारे |

हिन्दुत्व संरक्षण तथा धर्म परिबर्तन बिरुद्ध महा अभियान भन्ने मूल नारा सहित समाज मा व्याप्त सामाजिक विभेद ,जातीय छुवाछुत ,आयातित धर्म को बहिस्कार ,भगवान को नाम मा चडाइने बलि प्रथा को अन्त ,नेपाल लाइ हिन्दु राष्ट्र घोषणा गराउन सरकार लाइ दवाब दिने र नेपाल मा अबस्थित धार्मिक स्थल लगाएत सास्कृतिक धरोहर लाइ जगेर्ना गरौ भन्दै नेपाल हिन्दु युवा संगठन ले आफ्नो सक्रियता लाइ बिस्तार गर्दै लानु पर्ने निचोड का साथ केन्द्रिय स्तर मा बसेको बैठक ले तटस्थ ११ सदस्यीय समिति गठन गराइएको जानकारी गराउदछौ | साथै ३ सदस्यीय संरक्षक र सल्लाहाकार समिति पनि गठन गरेको जानकारी गराउदछौ |
सम्पूर्ण पधाधिकारी ज्यु हरु लाइ निम्न नियम को दायेरा मा रही संगठन को कार्य गर्न या गराउन को लागि अनुरोध गर्दै सम्पूर्ण केन्द्रिय पधाधिकारी ज्यु हरु मा बधाई तथा सफल कार्यकाल को कामना गर्दछौ | धन्यवाद |
नेपाल हिन्दु युवा संगठन मा आबद्ध केन्द्रिय कमिटि सदस्य ज्यु हरु :-
१ : अध्यक्ष : श्री श्री राम श्रेष्ठ
२ : उपाध्यक्ष : श्री नारायण प्र. सुबेदी
३ : महासचिब : श्रीमती गायत्री ढकाल
४ : कोषाध्यक्ष : श्री सन्जिप पुरी
५ : सचिब : श्रीमती शुश शाही ठकुरी
६ : संयोजक : श्री नारायण न्यौपाने
७ : केन्द्रिय सदस्य : श्री यज्ञ प्रसाद सुबेदी
८ : केन्द्रिय सदस्य : श्री प्रकास शर्मा
९ : केन्द्रिय सदस्य : श्रीमती सिर्जना सुबेदी
१० : केन्द्रिय सदस्य : श्री बिबेक न्यौपाने
११ : केन्द्रिय सदस्य : श्री श्याम बाहादुर बि. क .
केन्द्रीय सल्लाहाकार : श्री नबराज सुबेदी
संरक्षक : श्रीमती मनोहरी आचार्य
संरक्षक : श्री केदार मान भण्डारी
संरक्षक : श्री शिब राज अधिकारी

12782060_215103448842083_653780068_n

 

तामाङ भएर किन हिन्दु राज्य माग्दै छु ? – मोहन लामा रुम्बा धर्म निरपेक्षबाट बौद्ध धर्मावलम्बीलाई के प्रभाव पार्छ ,कसरी पर्छ ,किन ?

mohnlama-300x259

मोहन लामा रुम्बा

मलाई सोधिने धेरै प्रश्न मध्य यो एक हो, मैले बौद्ध र हिन्दु धर्म बारे यसभन्दा अगाडि धेरै उदाहरण प्रमाण दिइसकेको हुनाले आज म केवल राजनीतिक रूपमा धर्म निरपेक्ष भएपछि त्यसबाट बौद्ध धर्मावलम्बीहरुलाई के प्रभाव पार्छ कसरी पर्छ किन पर्छ भन्ने बिषयमा संक्षिप्त टिप्पणी गर्छु ।
धर्म निरपेक्ष भएपछि राज्यको कुनै एक धर्म हुदैन भन्ने मान्यता बाट राज्यसत्ता संचालन हुन्छ, धर्म ब्यक्तिगत रूपमा मान्ने छोड्ने स्वतन्त्र हुन्छन् कुरा यत्ति हो ।

धरातलीय यथार्थ -१

यसको प्रभाव हामी तामाङ जाति जो आर्थिक भौतिक शैक्षिक रूपमा पिछडिएको क्षेत्रगत हिसाबले दुर्गम पहाडी भूभागमा अत्यधिक बसोबास गर्ने विपन्न समुदायमा पर्दछ ।

धरातलीय यथार्थ -२-

अर्ध उपनिवेश, कम्जोर राज्यसत्ता, बिदेशीको दान र ऋण अनि बिदेशमा मजदुरी गरेर आएको रेमिटेन्समा निर्भर हाम्रो देशको सत्ता संयन्त्र।

धरातलीय यथार्थ -३-

बिशाल भूगोल ओगटेर महाशक्ति बन्ने होडमा लागेको दुई देश चीन र भारतको बिचमा बसेको सानू बिपन्न देशमा आफ्नो पाइला अड्याउन प्रयासरत आजको महाशक्ति अमेरिका र युरोपको प्रत्येक्ष अप्रत्यक्ष रणनीतिक द्वान्दको प्रभाव हाम्रो समुदायमा पर्छ । यी माथि मैले उल्लेख गरेको हाम्रो बस्तुगत अवस्थाको बारेमा तपाई धर्म निरपेक्ष भन्ने र सापेक्ष भन्ने कोहीपनी साहेत असहमति नहोला ।

हिन्दुराज्य नहुदा-

१ धर्म छोड्न पाउने स्वतन्त्र भनेर अहिले परिभाषित गरेको छ, तर बुझ्न पर्ने गाँठी कुरा के हो भने छोडाएर नै छोड्ने हो, हाम्रो बाउ बाजेको पालामा गाउँ गाउँमा छोडाउने मान्छे थिएन भएपनी राज्यको कानुनी रूपमा प्रतिबन्धित थियो र छोडेर गएन अहिलेको जस्तो घर घरमा बिज्ञापन गरेर स्किम पेश गरेर त्यतिबेला पनि हिड्ने स्वतन्त्रता भएको भए साहेत आजसम्म हामी पनि यतिबेला कहाँ पुगिसकेको हुने थियो होला ।

त्यसैले त्यो छोड्न पाउने स्वतन्त्र भनेको अप्रत्यक्ष रूपमा छोडाउन पाउने स्वतन्त्र वा अधिकार भनेको हो । फ़ेरि कसैले भन्लान् होइन त्यो छोडाउन पाउने अधिकार त बौद्धमार्गी लाई पनि हुन्छन् नी ! पनि भन्लान्, कुरा सहि हो अधिकार बौद्धमार्गी लाई पनि बराबर हुन्छ, अधिकार त बिश्व उदारीकरण भनेर नेपालले पनि WTO मा हस्ताक्षर गरेको छ, आफ्नो देशमा उत्पादन भएको बस्तु बिश्व बजारमा ढोका खुल्ला हुने भनेर के हामीले त्यो WTO को महासन्धि मुताबिक भारतको ढोका खोल्न सकेको छौं ? चीन अमेरिका युरोपमा बजार पाएका छौं ? छैन किनभने हामीले महासन्धिको दफा देखाएर न निर्यातको लागि बोल्न सक्छौ न दवाब दिन सक्छौ न आफ्नो बस्तु लाई ढोका नखोल्ने देशको उत्पादित बस्तुलाई हामीले ढोका बन्द नै गर्न सक्दछौं, हो यही WTO महासन्धिमा उल्लेख गरेको खुल्ला उदारीकरण भनेको जस्तै हामी आज धार्मिक स्वतन्त्र को नाउँमा छोडनु पाउने स्वतन्त्रको उपभोग हामी बौद्ध मार्गीले कसैलाई छोडाउन त के छोडेर गएको आफ्नै दाजुभाइ लाई समेत पनि फर्काउन सक्दैनौं के यो तितो सत्य होइन ?

कसैले भन्लान् किन सक्दैन ? किनभने मैले माथिनै भनिसकें हाम्रो तामाङ जातिको आर्थिक भौतिक शैक्षिक रूपमा पिछडिएको एउटा समाजले समुदायले बिकासित महाशक्ति राष्ट्रको interest भित्रको लगानीमा संचालित संरक्षित परिचालित एउटा खास धर्म संग राज्यको संरक्षण बेगर ब्यक्तिगत रूपमा प्रतिस्पर्धा गर्नु भनेको साँढे संग बोकाले प्रतिस्पर्धा गर्छु भन्नू बराबर हो । यदि प्रतिस्पर्धा भएको भए अंतरिम संविधानमा धर्म निरपेक्ष भएको यो ७ बर्षमा बौद्धमार्गी तामाङ जातिले कतिको प्रतिस्पर्धा गर्‍यो त ? अवस्था के छ गाउँ गाउँमा ? रसुवा धादिङ मकवानपुरको तथ्यांकले के देखाएको छ ? चितवनवासी मित्रहरूले त सिद्धि गाबिस र कोराक तिर गएर हेरेर नांगो आँखाले देखेकै होला धेरै किन भनुँ ? त्यसैले धर्म छोडन पाउने अधिकार भनेको छोडाउन सक्ने लाई हो यो सुबिधा हामिलाई होइन कुरा बुझ्नु होला।

२ मैले धर्म निरपेक्ष संविधान भएपछि राज्यको ढुकुटीबाट बितरण गरेको गुम्बा निर्माण जिर्णोद्दार गर्ने गुम्बा बिकास समितिको बजेट पनि काट अबदेखि भनेको थिएँ त्यसको प्रतिक्रियामा एकजना तामाङ भाइले गुम्बामा के लाई पैसा दिने राज्यले ? दिनु पर्दैन दिए सबैलाई देउ रे, अर्को एकजनाले चाहिँ “कटौती गर्न पाइन्न पहिला देखिन उपभोग गरिआएको चिज लाई रे ।”

यश सन्दर्भमा धर्म निरपेक्ष राज्यको धर्म हुदैन भन्ने परिभाषामा राज्यले धर्ममा लगानी पनि लगाउदैन र लगाउन पनि हुदैन यो बिश्वब्यापी प्रचलित मान्यता हो,उदाहरणका लागि टाढा जान पर्दैन छिमेकी भारत सरकारको निति निर्णय हेर्दा हुन्छ, दोस्रो टिप्पणी “हिजो देखिन उपभोग गरिरहेको गुम्बाको बजेट कसरी काटिन्छ ?”हो अहिले तत्काल काटिन्न, किनभने अहिलेनै बजेट काट्यो भने हिन्दुराज्य माग्ने हरुले बल पाउछ त्यसैले अहिले होइन पाँच सात बर्ष पछि जब हाम्रो समाज स्थिर हुन्छ त्यतिबेला संबैधानिक ब्याख्या सर्वोच्च अदालतले गरेर धर्म निरपेक्ष संविधानको दफा यतिको उप दफा यति बमोजिमको प्रतिकुल भएकोले बजेट बिनियोजन तुरुन्त रोक्नु भनेर सरकार लाई कार्यान्वयन गराउछ, त्यसपछि तैं चुप मै चुप !!अहिलेसम्म हिजोको हिन्दुराज्यको संविधान मुताबिक उपभोग गरेको सुबिधा लिने हो सधैं लाई होइन।

अबदेखि के गर्ने ?

३ के अब गुम्बा बिकास समितिमा लामा चयन धर्म निरपेक्ष सरकारले गर्न मिल्ला ? राज्यको कुनै धर्म हुन्न भनेपछि
अब देखिन राज्यको ढुकुटीबाट बज्रयानी बौद्ध धर्मको मत्स्येन्द्रनाथको जात्राको खर्च राज्यले बेहोर्न मिल्छ ? एकपटक रथ बनाउदा ५७ लाख सम्म खर्च हुन्छ, बडा गुरुज्युको पल्टनले सलामी तोप पड्काएर मान्न पाउछ ? राष्ट्रपतीले राजकीय दर्शन गर्न पाईन्छ ?कुमारी गुठी घर राज्यले चलाउन पाईन्छ ? कुमारी जात्रामा सम्यक महादान पुजामा राज्यको ढुकुटीबाट खर्च गर्न मिल्छ ? त्यहाँ राष्ट्रप्रमुख राजकीय रूपमा जान पाईन्छ ? यस्तो हजारौं बर्ष पुरानो हाम्रो सनातन संस्कृतिहरु छन् जुन ब्यक्तिगत रूपमा संरक्षित हुन सक्छ ? राष्ट्र प्रमुखको ठाउँमा अब के ज्ञानेन्द्र लाने हो ?नभए भारतमा त उहिले फालिएको राजाको जेठो छोरा लाई लगेर सांस्कृतिक अनुष्ठान पूरा गर्न बाध्यता छ राष्ट्र प्रमुख भारतमा नभएर होइन किनभने धर्म निरपेक्ष राज्यको राष्ट्रपति प्रणव मुखर्जी आफू हिन्दुनै भएपनी उनले त्यहाँ हिन्दुको कुनै पनि साँस्कृतिक पर्वमा राजकीय उपस्थिति गर्न सकिन्न किनभने त्यहाँ “धर्म निरपेक्ष राज्य” जो भयो !!!
अन्तमा !

हामी बौद्धमार्गीहरुले बाख्राको पुच्छर काटेर बोकालाई सुबिधा गरेको त छैन ? कृपया एकपटक गहिरो संग मनन गर्नुहोस् ! धर्म सबै बराबर हुन्छ ठिकै हो !! देशको नागरिक पनि सबै बराबर हुन्छ ठिकै हो !! तर नागरिकता कसैको वंशजको हुन्छ कसैको अंगीकृत !! कुरा बुझ !!

साभार : EKOSHI

हिन्दू जागरण नेपालको धर्म परिवर्तन बिरुद्ध पस्चिमान्चल जनजागरण यात्रा सम्पन्न

काठमाडौं । धर्म परिवर्तन विरुद्ध महाअभियान हिन्दू जागरण नेपालले नेपालको मौलिक धर्म संस्कार र संरक्षणको लागि स्थापनाकाल देखि नै विविध गतिविधि सञ्चालन गर्दै आएको छ ।

सुन्दर शान्त नेपालमा विदेशीको आँखा परेको र आप्mनो स्वार्थ सिद्धि बमोजिम विश्वमा धार्मिक साम्राज्यवाद लाद्ने षडयन्त्रलाई आज हामी नेपालीले त्यसको रहस्यलाई बुझेर जनसमक्ष राख्नु जरुरी भएको कारणले गर्दा हिन्दू जागरण नेपालले धर्मपरिवर्तन विरुद्धको अभियानलाई निरन्तरता दिँदै विविध गतिविधि अन्तर्गत पश्चिमाञ्चल जनजागरण यात्रालाई यहि माघ २२ गते देखि २७ गते सम्म सञ्चालन गरेको छ ।

हिन्दू जागरण नेपाल दाङ्ग जिल्ला समितिले दाङ्ग जिल्ला लाई धर्मपरिवर्तन मुक्त बनाउने अभियानलाई सशक्त बनाउने क्रममा दाङ्ग जिल्लाका विभिन्न स्थानमा संगठन विस्तार पनि गरिरहेको छ र यहि समितिले केन्द्रको सहयोगमा पश्चिमाञ्चल जनजागरण यात्रामा लगभग १०० जना जति सक्रिय कार्यकर्ताहरु साथमा लिई दाङ्ग, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलबस्तु जिल्लाको प्रमुख नाकाहरुमा जनजागरणको पहिलो कार्यक्रम अन्तर्गत अमिलिया, नेपालगञ्ज,मैनापोखरी, ताराताल सानोश्री, गुलरिया,भूरिगाँऊ, महेन्द्रनगर,चन्द्रौटा आदि विभिन्न स्थानमा र्याली र कोण सभा सम्पन्न गरेको छ ।

सो कार्यक्रमको संयोजक श्री यम बहादुर भण्डारी उपसंयोजक सानु थापा, व्यवस्थापन संयोजक धनपति शर्मा आर्थिक संयोजक रुपा वली,महिला विभाग संयोजक सनम केसी, प्रचार संयोजक पूर्ण गुरुङ्ग, आन्तरिक व्यवस्थापन संयोजक गुमान सिंह वली , यातायात संयोजक लाल ब.डाँगी, सुरक्षा संयोजक टेकलाल आचार्य, कीर्तन संयोजक निर्मल डाँगी साथै रेखा खड्का, विष्णु प्रसाद गौतम, सरस्वती खड्का, गण बहादुर घर्ती, बालाराम चौधरी, बुद्धिकला शर्मा आदि पनि विभिन्न समितिमा रहेर धर्म परिवर्तन विरुद्धको जनजागरण यात्रालाई सघाईरहनु भएको थियो ।

६ जिल्लालाई समेटिएको यस कार्यक्रममा प्रमुख वक्ताको रुपमा हिन्दू जागरण नेपालका अध्यक्ष श्री रामकृष्ण उपाध्याय ज्यु हुनुहुन्थ्यो भने सहयोगी प्रवक्ताको रुपमा मङ्गल चौधरी, चन्द्र बहादुर वि.क., यम भण्डारी , हिन्दू जागरण नेपालको भ्रातृ संगठनका अध्यक्ष श्री पदम कुँवर तथा स्थानीय विशिष्ट व्यक्तिहरु रहेका थिए ।

आगामी समयमा हिन्दू जागरण नेपालले छिट्टै नै हरेक गाँउ धर्मपरिवर्तन मुक्त हुनुपर्छ भन्ने भावनाको साथ धर्मपरिवर्तन गाँउ घोषणा गर्ने र जनजागरण यात्रालाई गाँउ मुखी बनाउँदै मेची देखि महाकाली सम्मको यात्रा गर्ने तयारी रहेको जानकारी हिन्दू जागरण नेपालका पण्डित श्री रामकृष्ण उपाध्यायज्युले जानकारी गराउनु भएको छ ।

 

तिहार किनमेल गर्ने दिन २०७२

 कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिका दिन चिकित्सा शास्त्रका देवता धन्वन्तरीको जन्मदिन हो । यस दिन नेपालको तराई क्षेत्र
र भारतभरि धनतेरस पर्व मनाउने गरिन्छ । यो पर्व नेपालीले मनाउने दास्रो ठूलो पर्व तिहारको
पहिलो दिन हो । यस पर्वमा भगवान् धन्वन्तरिको पूजाआजा गर्ने विधान छ । तिहारको बजारको
रौनक यसै दिनबाट सुरु हुन्छ । धनतेरसका दिन लगानी गरेको धनको तेह्र गुना प्रतिफल प्राप्त
हुन्छ भन्ने आम विश्वास छ । परम्परा र ज्योतिषशास्त्रले आजको दिन किनमेलका लागि शुभ
हुने बताउँछ । यस दिन किनमेल गरिएको जुनसुकै वस्तुले घरमा शुभ शकुन भित्र्याउनुका साथै
उक्त वस्तु लामो समयसम्म टिकाउ हुने कुरामा आममानिसको विश्वास छ ।

प्रत्येक वर्ष धनतेरसका दिनको चन्द्रमाको प्रभावअनुसार ज्योतिषीले भिन्नभिन्न
राशिका व्यक्तिका लागि भिन्नभिन्न चिजबिज किन्ने सल्लाह प्रदान गर्दछन् र व्यक्तिले
तदनुसार खरिददारी गर्ने गर्दछन् । तर सबै राशिका व्यक्तिले तल लेखिएका चिजमध्ये कुनै
चिज वा सबै धनतेरसका दिन किनेर घरमा भित्र्याउनु वाञ्छनीय मानिन्छ ।
१- मसलाका रूपमा प्रयोग गरिने धनियाका दाना धनतेरसका दिन किनेर लक्ष्मीपूजाका दिन लक्ष्मीजीलाई चढाउनु
शुभ शकुन मानिन्छ । त्यसरी चढाइएको धनिया भोलिपल्ट गाईको पूजा गरेर करेसाबारीमा छरिदिनु
पर्छ र छरेको धनिया उम्रेर स्वस्थ बिरुवामा परिणत भयो भने त्यस घरमा आर्थिक स्तरमा
बढावा हुने मान्यता छ, त्यस्तै सामान्य बिरुवा उम्रिएमा सामान्य आर्थिक प्रगति हुने
र बिरुवा नउम्रिएमा वा उम्रिएर मरेमा त्यस घरमा आगामी वर्ष आर्थिक सङ्कट आइलाग्ने विश्वास
गरिन्छ ।
२- धनतेरस पर्वको दिन लक्ष्मी र गणेशको मूर्ति तथा सुन र चाँदीको सिक्का आदि किन्ने चलन
छ । यसरी खरिद गर्ने व्यक्तिको घरमा धन र अन्नको कमी हुँदैन । चाँदी चन्द्रमाको प्रतीक
हो, धनतेरसका दिन चाँदी किनेमा घरायसी वातावरण शान्त रहन्छ ।
३- धनतेरसका दिन रुद्राक्षको माला किन्ने चलन छ ।
४- धनतेरसका दिन कौडी किनेर घरमा ल्याउनु पर्छ र घरमा निरन्तर धनले प्रवेश गरिरहोस् र
अटूट धन प्राप्ति होस् भन्ने उद्देश्यले दीपावलीको रात्रीकालमा महालक्ष्मीको षोडशोपचार
पद्धतिले पूजा गरी ती कौडीलाई केशरीले रङ्गाएर माता लक्ष्मीलाई चढाउनु पर्छ। दीपावलीपछि
त्यसरी लक्ष्मीपूजामा चढाइएका कौडी पहेंलो रेशमको कपडामा बाँधेर सेफमा वा भण्डारकोठामा
राख्नु पर्छ ।
५- धनतेरस र लक्ष्मीपूजाका दिन नुनको पोको किनेर ल्याउनु पर्छ । त्यस्तै धनतेरस र दीपावलीका
दिन घर लिपपोत र सरसफाइ गर्दा नुन मिसाएर गरेमा घरमा रहेको आर्थिक मन्दी र गरिबीको
निवारण हुन्छ भन्ने विश्वास पनि छ ।
६- कुनै उद्योगधन्दा, कलकारखाना, शेयरकारोबारमा लगानी बढाउनु छ भने धनतेरसका दिन लगानी
गर्दा साइत हेरिरहनु पर्दैन, त्यस्तै कुनै बैङ्क, वित्तीय संस्था वा सहकारी संस्थामा
नयाँ खाता खोल्ने दिन पनि धनतेरसकै दिन हो ।

यसपटकको धनतेरस पर्व २०७२ साल कार्तिक २२ गते सोमबार तदनुसार ०९ नोवेम्बर २०१५ का दिन परेको छ । यस
दिन रातीको १०:१९ बजेसम्म कन्या राशिमा र त्यसपछि तुला राशिमा चन्द्रमा रहने छ । त्यसैले
अमृत वारबेलाबाट सुरु हुने यो धनतेरस अन्य वर्षका तुलनामा अत्यन्त राम्रो धनतेरस भएर
आएको देखिन्छ ।

यस दिन निम्न समयमा आफूले चाहेको
चिजबिज किनेमा त्यसबाट राम्रो फल प्राप्त हुने देखिन्छ :-
सबैभन्दा उपयुक्त अमृत वारवेला
:
साँझ ०३:५५ देखि ०६:५१ सम्म र अन्य समयहरूमा चर वारवेला : दिउँसो ०१:११ देखि ०२:३३ सम्म, लाभ वारवेला : दिउँसो ०२:३३ देखि ०३:५५ सम्म र शुभ वारवेला : बिहान ०९:०५ देखि १०:२७ सम्म ।
राशीबमोजिम यस पटकको धनतेरसमा ककसले के किन्ने ?
मेष –
सुनचाँदी, बहुमूल्य पत्थर आदि श्रृंगारिक क्षेत्रका सरसामान र लुगाफाटा
खरिद गर्दा यस पटक तपाईंका लागि शुभ हुन्छ । तर आठौं शनिको अढैया दशाको प्रभाव रहेकाकारणले
यस पटक मिलमेसिनरीका चिजबिज र मोटरवाहनबाट तपाईंलाई लाभ नहुन सक्छ । त्यस्तै वित्तीय
क्षेत्रमा लगानी गर्न र स्थायी सम्पत्ति खरिद गर्न तपाईंका लागि ठिक हुँदैन ।
बृष –
तपाईंको राशिमा उच्च शनिको पूर्ण दृष्टि रहेकाले यस वर्ष फलाम र त्यसबाट
बनेको चिजबिज किन्दा असाध्यै लाभ हुन्छ । त्यसबाहेक सुन, चाँदी, भाँडाकुँडा, गरगहना,
हीरा, वस्त्रादि किन्दा तपाईंका लागि राम्रो हुन्छ । तर छालाका सामान र रसायनिक पदार्थ
किन्नु शुभ छैन । यस पटक राशिको मालिक विद्यास्थानमा रहेकाले कुनै दार्शनिक वा
बौद्धिक पुस्तक किन्नु सबैभन्दा राम्रो हुनेछ ।
मिथुन –
सुन, चाँदी, पित्तल, काँसो, हीरा, कम्प्युटर, मोबाइल र भाँडाकुँडा किन्नु
तपाईंका लागि श्रेयस्कर रहने छ । तर यस पटक कृषिक्षेत्रका सामान, मलखाद, वाहन, तेल, छाला
र काठले बनेका फर्निचर आदि वस्तु किन्दा तपाईंका लागि हानिकारक बन्नसक्छ । तपाईंले
पनि धार्मिक र आध्यात्मिक ज्ञान प्रदान गर्ने पुस्तक किन्नु भएमा राम्रो हुनेछ ।
कर्कट –
घरायसी उपभोगका सामाग्रीका तुलनामा जग्गाजमिन, घर, प्लट, वित्तीय आदि
स्थिर क्षेत्रमा लगानी गर्नु तपाईंका लागि हितकारी हुन्छ । यस धनतेरसमा खरिद गरिएको
पुष्पराज रत्नले तपाईंको भाग्यबल बढाउनुका साथै शुभफल प्रदान गर्छ । दाजुभाइको सहयोग
लिई चाँदी वा पित्तलका भाँडाकुँडा किनेमा राम्रो हुनेछ ।
सिंह –
चौथो शनिको अढैया दशा चलिरहेको हुनाले तपाईंले यस पटक कुनै पनि चिजबिज
नकिनेको नै जाति हुन्छ । त्यसैले यस पटक केही किन्न मन छ भने परिवारका कुनै सदस्यको नाममा
किन्नु बेस हुन्छ । बरु साँझमा कुनै देवालय वा पवित्रस्थलमा फलफूल वा आफैंले निर्माण
गरेको गुलियो पदार्थ दान गर्नु तपाईका लागि बढी लाभप्रद रहने छ । केटाकेटीलाई चकलेट
बाँडेमा तपाईंका लागि शुभ हुन्छ ।
कन्या –
वाहन, बिजुलीका उपकरण, सुन, चाँदी, तामा, पित्तल भाँडाकुँडा, काठले
बनेका सरसामान आदि कन्या राशिका मानिसहरूले यस पटकको धनतेरसमा किन्ने चिजबिज हुन् ।
तर फलाम र माटोबाट बनेका चिजबिजले तपाईलाई शुभफल प्रदान गर्ने छैन । स्थिर सम्पत्ति
जग्गाजमिन, घर आदि किन्ने क्रममा आज बैनाबट्टा गर्नु बुद्धिमानी हुनेछ ।
तुला –
यस वर्ष धनतेरसका लागि तपाईंले स्थिरसम्पत्ति र पूँजीनिवेशमा जोड दिनु
बेस हुन्छ । तपाईंको राशिस्वामी सूर्यका साथमा आफ्नै राशिमा नै रहेकाले आज सेतो चिजबिज
र चाँदी किन्नु सबैभन्दा लाभप्रद हुन्छ । तर वस्त्राभूषण र कुनै किसिमका गरगहना खरिदका
लागि पनि आज राम्रो हुँदैन ।
बृश्चिक –
मध्य साढेसाती चल्दैछ र राशिको मालिक शत्रु गृहमा पुगेको देखिन्छ, त्यसैले
यस वर्ष कुनै कुरा किन्नु नै पर्ने छ भने घरमा कुनै बृद्ध सदस्यका नामबाट मात्र किन्नु
उचित हुन्छ । तपाईं आफैंले आज कुनै किसिमको आर्थिक क्रियाकलाप गर्न फाप्दैन । कुनै
स्थिर क्षेत्रमा पूँजी लगानी गर्ने योजनामा हुनुहुन्छ भने यो वर्षको अन्त्यसम्म धैर्य
गर्नु बुद्धिमानी हुनेछ ।
धनु – यस पटक सुनचाँदी, भाँडाकुँडा, पित्तल, वस्त्र, आभूषण, फलाम र फलामबाट बनेका
चिजबिज खरिद गर्नु मुनासिब हुन्छ । तर आद्य साढेसाती रहेकाले स्थिर क्षेत्रमा धननिवेशका
लागि यो वर्ष राम्रो हुँदैन । जुनसुकै सामान किन्दा पनि ब्राण्डेड र ट्रेडमार्क भएका
सामानबाट तपाईंले बढी लाभ उठाउन सक्नुहुन्छ ।
मकर – चन्द्रमा
र मंगल ग्रह तपाईंको राशिबाट भाग्य भावमा उपस्थित रहेकाले जग्गाजमिन, अपार्टमेण्ट,
माटोका सरसामान, ढुंगागिट्टी, सिमेण्ट, ईंटा, माटाका भाँडाकुँडा खरिद गर्दा तपाईंलाई
लाभ हुने देखिन्छ । राशिस्वामी शनि दशौं भावमा रहेकाले किमती पत्थर, सुनचाँदी आदिमा
लगानी गर्नुसमेत श्रेयस्कर रहनेछ ।
कुम्भ –
यस वर्षको धनतेरस तपाईंका लागि सौभाग्यशाली भएर आएको छ । सामान्यतया
जुनसुकै वस्तु किनमेल गर्दा तपाईंका लागि लाभदायक नै रहन्छ । खासगरी लुगाफाटा र सुनका
आभूषणले तपाईंलाई बढी फाइदा हुने देखिन्छ । घरायसी प्रयोगमा आउने सामानले पनि उत्तिकै
लाभ दिनसक्छ ।
मीन –
ज्ञान, बुद्धि र विवेकको प्रयोग हुने वस्तुको खरिददारी गर्नु यो वर्ष
तपाईंका लागि हीतकारक रहने देखिन्छ । पुस्तक, वाहन, मोबाइल, कम्प्युटर, फर्निचर, काठका
अन्य सजावटका सामान यस पटकको धनतेरसमा किन्न सक्नुहुन्छ । तर कुनै धार्मिक क्षेत्रसम्बद्ध शास्त्रीय
विषय समेटिएको किताब किन्दा सबैभन्दा बढी लाभ लिन सक्नुहुन्छ । आज तपाईंले स्थायी सम्पत्ति
र वित्तीय क्षेत्रमा धनलगानी गर्नु राम्रो छैन ।
 साभार : ज्योतिष साथि 

किराती हरु आर्य (हिन्दु ) नै हुन् किराती राजा ले जनै लगाएको प्राचिन मुर्ति यसको प्रमाण हो |

1530528_1402633783317071_450978581_n (1)

नेपालि आर्य वीर

[ नेपाली अर्यविर द्वारा लेखियको नेपालका जातिहरुको बिसयमा अप्रकासित पुस्तिकाको अंश ] वाल्मीकि रामायणका लेखक वाल्मीकिले आफनो मुखबाट स्वयं भन्नु भएको छ –
अहं पुरा किराँतेषु किराँतैस्सह वर्धितः ।
जन्ममात्रं द्विजत्वं मे शुद्राचाररतः सदा ।। (वाल्मीकि रामायण आदि. १÷५५÷३)
अर्थात– म किराँतहरुमा किरातहरुसँग पाली, पोसी, खेली, कुदी बढेको हु ।
किरातीहरु नेपालकै आदिवासी हुन भन्ने कुरामा सबैभन्दा ठुलो प्रमाण यो छ कि उनीहरुको थर, जात, जाति जति पनि छन्, ती सबै नेपाल भित्रकै एक ठाँउदेखि अर्को ठाँउमा बसाइ सराइ गरेको मात्रै बुझिन्छ ।
‘हामी हिन्दु होइनौ, हामी दानवका सन्तान हौं, हामी मङ्गोलियाबाट आएका हौ ।’ भनि इसाइले सिकाएपछि भन्ने लेख्ने गरेको पनि देखिन्छ । हामी राक्षसका सन्तान हौ भनेर आफ्नो इतिहासको हत्या आफै गर्छन भने हत्यारा खोज्न कहाँ जाने? राक्षस हौ महिषासुर हाम्रो किराती हो, देवीले मारेकाले दशै बहिस्कार गरेको पनि सुनियो । ईसाईले मच्चाइ दिएपछि गोरु काटेर खाने पनि यहि रिसवीको कारणले गर्दा हो ।

 
किरातीहरु हिन्दु(आर्य) नै हुन त्यसको प्रमाण उनीहरुको गोत्र(पाछा) काश्यप(काश्यप ऋषि)का सन्तान, काशी बढी पाइन्छ । अर्को उपगोत्र ‘लासा गोत्र’ हो, जुन व्यापार गर्न ल्हासा गएर भएको हो भनेर विद्वानहरु भन्दछन् ।
पुजा पनि आर्य(हिन्दु) कै हो आफनो इष्टदेवको पूजा गर्दा ‘माछा’ गर्दा सतलुङ्ग, पुलुङ्ग, मिलुङ्गको पूजा गर्दछन् । यी ३वटा ढुङ्गा चुलो वा अगेनामा राखेका हुन्छन्, जो ब्रहा, विष्णु, महेश्वरको प्रतिक मानेर पूजा गर्दछन् । ३वटा ढुङ्गामा पनि मिलुङ्गको बढी महत्व दिन्छन् र किराती भाषमा ‘मी’को अर्थ आगो र ‘लुङ्ग’को अर्थ ढुङ्गा यानेकि अगेनाका देवता । ‘मिलुङ्ग’ लाई ‘पारुहाङ्ग’ महादेव अथवा शिवजी मानेर पुजा गर्दछन् ।
मुन्धुम–विधान(मन्त्र) वेद, स्मृती आदिसँग मिल्न जान्छ । महाभारतको किरात पर्वमा हिमालय पर्वत र यहाँका किरातीको विषयमा धेरै लेखेको छ अन्य शिवपुराण, अग्निपुराण आदि पुराणहरुमा पनि लेखेको पाइन्छ । के मुन्धुम, वेष भुषा, व्यवहार, कुलदेवता आदि मङ्गोलियामा छन कि छैनन्? जहाँसम्म प्रमाण पाईन्छ यी कुरा मङ्गोलियामा पाइदैनन, त्यसैले आफुलाई किराती भनेर मङ्गोलियासँग नजोडऔ नत्र हासोको पात्र भइन्छ |

 
किरात परम्परागत वर्णनअनुसार राजा यलम्बरहाङले नेपालखाल्टोबाट पूर्वतिर गएका र उनका पुत्र पलम्बरहाङले दक्षिणमा राप्ती नदी र पूर्वमा सप्तकोसीसम्म आबाद गराएका थिए । उनका पुत्र मिलम्वाहाङका सन्ततिहरुले मुरेहाङका पालासम्म नेपाल खाल्टोमा राज्य गरेका थिए । मुरेहाङलाई भोटेले धपाई भगवतीको तपस्या गरी मानसरोवरको बाटो दोलखा पुगी मोरङलाई राजधानी गराएको वर्णन पाईन्छ । (धन्न मंङ्गोलिया गएनछन्) त्यहीँबाट किरातेश्वर महादेव र साम्पाङ जगन्माता हिमहाङमाङ इन्द्र, तांभूङमाङ वनदेवीको आराधना किरातहरुले गर्न थाले । किरातजाति शैवमार्गी हुन, , नेपालमा पशुपतिनाथको मन्दिर हुनु, भगवान शङ्करको किरातरुपलाई सबैले पूजा गर्नुको पछाडि किरातजाति सभ्य, सुसंस्कृत तथा आर्य भएको प्रमाण हो । किरातीहरु क्षत्री वर्णका हुन् ।किरातहरु वीर तथा लडाकु थिए जसले नेपालमा शासन गरेका थिए ।12115554_1673489936231453_8988660401180518000_n
नेपालका श्री ५को शाही निशान सिंह पनि किरातहरुकै राजचिन्ह हो किनभने किरातहरु याशोकदेवी, दन्तकाली, गुह्यकाली, पारु, म्याङलुङ जस्ता पार्वतीदेवीको पूजा गर्दथे, जसको वाहन सिंह हुनाले सिंहवाहिनी भनी सिंहको पुजा हुन्थ्यो ।
यलम्बर किरातवंशका पहिला राजा थिए । इन्द्रजात्राको दिन यलम्बरको मुर्तिलाई आकाशभैरव मानेर सार्वजनिक ठाउँमा राखि पूजा गरिन्छ । भुईमा आधागाडिएको विरुपाक्षको मुर्तिलाई पनि यलम्बरकै हो भनी अनुमान गरिएको छ ।
राई र लिम्बु गरी किरातहरु दुई समुहमा विभाजित भए ।
मकवानपुर देखि सिक्कीमसम्मको राज्य सेनराजवंशका राजा थिए । राई भन्ने खास गरी कुनै जातिको नाम होइन ।यो त गाउँको ठालु वा मुखिया भन्ने जनाउने पदवी हो । सेन राजाहरुका मन्त्रीहरुलाई राय पदवी दिइन्थ्यो, जसबाट राई हुन गएको हो । माझकिरातका धेरै जसो राईहरु आफुलार्य जिमी वा जिमिदार भन्ने गर्दछन् । याक्खा भन्ने किरातीहरुलाई पनि राई भन्ने चलन बढदै गएको छ नत्र धेरै जासो याक्खाहरुले आजसम्म पनि आफुलाई राई नभनेर देवान भन्ने गर्दछन् ।राईहरुको थरको नामले उनीहरुको परम्परादेखि बसि आएको गाउँ, ठाउँ छुट्टयाउन सकिन्छ । ती मध्ये केही यस्ता छने– कुलङ, फालिङ, तामाछाङ, खालिङ, थुलुङ, वाइङ, पेलमाङ, सोताङ, चामलिङ, साम्यााङ, बान्तावा, रुमदाली, लोहरोङ, याम्फु, केत्रा, साम, अठाप्रे, चौरसिया आदि ।

 
सेन राजाका चौतरियाहरुलाई लिम्बु पदवी दिइएको हो । केहि मुख्य थरहरु– तुमयाकपा, सेल्ले, आङताहाङ, आङथुपुहाङ, चोङ हाङ, चोवेगु हाङ, जाबेगु हाङ, एकतिन हाङ, फाङहाङ, फेन्दुवा, पुलुङ, फुरुम्बो कोगा, लिङदेन, मावुहाङ, फेम्बु, थेगिमहाङ, पुङलाङ, सामाहाङ, रोवान, थामसुहाङ, थेवे, सिंथेवे, थुप्पोको, इङवा दोकपा, फुरुम्बो, यङया, आङछोङवो, मयाम, लिङखिम आदि । घरमा देवता माङगेना पितृपूजा गर्छन । हिमालयका देवी पाथीभारा, कालिका र ठुलो देवीको पूजा गर्छन् ।
धिमाल– झापा र मोरङ जिल्लामा बसोबास गर्ने धेरै कुरा लिम्बुसँग र त्यसपछि राईहरुसँग मिल्दछ । यिनीहरुको बाह्र थरहरुको उल्लेख पाइन्छ । यी थरहरु दोगे नुनियाँ धिमाल, दिन धिमाल, तेङमाली धिमाल, कोचेले थारु धिमाल, नुनिया धिमाल, लेम्बाङ धिमाल, कस्यार धिमाल हुन् । यिनीहरु आफुलाई काशीगोत्रका ठान्दछन् । मेचेहरु धिमाललाई ‘हाइको’ भन्दछन् ।
यिनीहरुलाई लिम्बुको सन्तान मानिन्छ । यो कहावतलाई मान्नुको पछाडी एउटा किम्वदन्ती प्रचलित छ । कुनै बेला दाजु र भाई मिलेर खेतीकोलागी फडानी गर्दै जादा केराको जङ्गलमा पुगे । दाजु बलियो भएकाले अलि अगाडी भयो र केराको बन जति फाडे पनि फेरी बढेर जस्ताको तस्तै हुन्थ्यो । दाजु गएको बाटोमा भाइ पुगुन्जेल केरा बढेर भाइले बाटो बिरायो । भाइले मनमा सोच्यो सायद दाइले साथै लैजान मन नगरेको हुनाले छोडेर गयो होला । झापाको जङ्गलमा अलमलिएर बस्ने भाइका सन्तान नै आजका धिमाल हुन । दाइ चाहि अगाडी बढदै पहाड पुग्यो र उसका सन्तान लिम्बु भए ।
मेचे– यिनीहरुलाई बोडो पनि भनिन्छ र झापा जिल्लामा बसोबास गर्दछन । यिनीहरुलाई राईखलक मानिन्छ । यिनीहरुमा पाँच थर हुन्छन् । ती हुन– माछाओरे, नार्दन नारै, वस्मताहरे, सोवे आरे, छोम्प्रम आरे । यी पाँचै थरको एउटै गोत्र ‘शिजं’ हो ।
तामाङ – यिनीहरुको सम्बन्ध किरातहरुसँग पनि रहेको थियो । तामाङहरुलाई मुर्मी , इसाङ्ग र साइन पनि भनिन्छ ।
यिनीहरु किरातहरु जस्तै शिवका उपासक मानिन्छन् । तामाङ शब्दको अर्थ घोडचढी सैन्य वा घोडाको मालिक वा व्यापारी भन्ने पनि लगाइएको छ । ७औ शताब्दीमा स्रङचङगम्पोले १२ डिविजन फौज तिब्बतबाट ल्याई काठमाण्डौको सुरक्षाकोलागी वरिपरी तैनाथ राखे । तामाङ फौजको मतलब तिब्बतको घोडचढी फौज हो । जस्तो ता– घोडा, माङ – युद्ध र माङमी– सैन्य, माङ– युद्धमी मान्छे युद्ध गर्ने मान्छे हुन्छ ।
शेर्पा – तिब्बती भाषामा पूर्वलाई श्यार भनिन्छ र श्यार्पा भन्नाले पूर्वका बासिन्दा भन्ने बुझिन्छ । यसै श्यार्पा भन्ने शब्द अपभ्रंश भएर शेर्पा हुन गएको हो । सोलुखुम्बु जिल्लामा रहेका शेर्पाहरु ६ सय वर्षअघि तिब्बतबाट नेपालमा आएका थिए भन्ने किंवदन्ती रहेको पाइन्छ ।
थकाली– कालीगण्डकीको माथील्लो भाग मुस्ताङ जिल्ला थाकखोलाको थाकमा बसोबास गर्ने लाई थकाली भनिन्छ । यिनीहरुलाई दई समुहमा विभाजन गरिएको पाइन्छ । धासा र टुकुचेको बिचमा रहेको सात सय थकाली घरमा रहेका थकालीहरुलाई थाक सात सय भनियो । गौचन, तुलाचन, शेरचन, भट्टचन थरका थकालीहरु सात सय थकाली अन्र्तगत पर्दछन् । टुकुण्डे र जोमसोमको बिचमा पुलुङ्घाका माखा, यिनी, स्याङ , छिमाङ, चैरो गरी पाँच गाँउमा बस्ने थकालीहरुलाई पाँच गाँउले भनियो । उहिले यिनीहरुले आपसका तामाङ चलन थियो । भाषाको हिसाबले तामाङ भन्दा गुरुङ कुरासँग मिल्दछ ।
सुनुवार– यिनीहरु आफुलाई राईकै समुहमा पु¥याउने प्रयत्न गर्दछन । यिनीहरुलाई मुखिया पनि भनिन्छ । यिनीहरुको घना बस्ती लिखु र खिम्ती खोलाको बीचमा पाइन्छ । मकवानी सेन राज्यको पालामा सबभन्दा पहिले लिखु खोलाको चुप्लु भन्ने ठाँउमा बसेका थिए ।

दशैँ आदिबासी किराँतहरुको चाड हो,यसको अवज्ञा किराँत संस्कृतिकै अवज्ञा हो ।

डा. कविताराम श्रेष्ठ

हिन्दुशास्त्रले दशैँलाई आफ्नो चाड मान्दा आदिबासी /किराँत जातिले यो चाड आफ्नो नभनी यसको अवज्ञा गर्नु वा बहिस्कार गर्नु एक हिसावले ठूलै गलत सोच हुन्छ । हिन्दुहरुले यो संस्कृति ग्रहण गरेको प्रघटना आदिबासी/किराँतहरुको लागि एउटा गर्वको विषय हो । समस्त किराँतहरुले आफ्ना पूर्वरित अनुशार यस कृषी चाडलाई निरन्तरित गर्दै लानुपर्छ ।हिन्दुहरुको दशैँचाड मान्ने सद्भावलाई आदिबासी/किराँतहरुले प्रत्यूत्तरमा आदरसाथ लिनुपर्दछ । दशैँको अवज्ञा आदिबासी/किराँत संस्कृतिकै अवज्ञा हो ।

 

kavita

कुनै एक बाहुन नेताले यो दशैं भनेको किराँतहरुको आफ्नो चाड हो नबुझी दशैँका विरोध गर्दैछन् हीजोआजका आदिबासी /किराँतहरुले भनेर मसँग भन्नुभएको थियो । उहाँले दलीलस्वरुप भन्नुभएको थियो दशैँ अनाजसँग सम्बन्धित चाड हो । अनि अनाज भनेको कृषी उत्पादित वस्तु हो । हरप्पा र महेन्जोदडोको उत्खननबाट बुझिएको कुरो हो कि आर्यहरु यता आउनुभन्दा पहिले नै यताका जनजातीहरुले कृषी शुरु गरिसकेका थिए । आदि । म पनि त्यही हिसावले सोच्ने मान्छे परेँ र दशैँ मुखैमा आइपुगेको हुँदा त्यसलाई केही विश्लेषण गरी तपाईँ सामू राख्न मनलाग्यो ।

वेदहरुबाट बुझिन्छ आर्यहरु गाइपालुवा जाति थिए र गाई चराउँने सिलसिलामा स्थान सर्दै पश्चिम युराली भेगबाट पूर्व भारतीय उपमहादेशतर्फ आएका थिए । उनीहरु निश्चिरुपमा घुमक्कड थिए । एक स्थानमा बस्दैनथे र कृषी यीनिहरुको पेशा त्यसबेला थिएन । यता सिन्धुघाँटी तथा गङ्गाको मैदानमा पसेपछि यताकै जनजातिहरुको सिकोमा स्थायी बसोबास शूरु गर्नलागे र त्यही सिकोमा कृषीपेशामा लागे । यतैको संस्कृति ग्रहन गर्दा उनीहरुले कृषीबाट उत्पादित वस्तु चामल अर्थात अक्षेता निधारमा लाउने विजयादशमी वा दशैँचाड पनि ग्रहन गरे । कुरा त यही हो तर फरक कहाँ पर्न गयो भने आर्यहरुले दशैँलाई धर्मशास्त्रहरुमा उद्धरण गरे र आर्यदेवताहरुको पारलौकिक कथा जोडिदिए । अनि त युगौँ बीतेपछि हिन्दुका उनै शास्त्रीय आख्यानहरुका कारणले दशैँ हिन्दुहरुको धार्मिक चाडको रुपमा मात्र बुझिन लाग्यो ।

कसरी यो अनाज सम्बन्धित चाड हो त ? मुख्यतः यो चाडको साइत धान पाकेर घर भित्र्याउने बेला पारेर गरिएको छ । कृषि उत्पादित चामललाई अक्षेताको रुपमा निधारभरी टाँसेर त्यो उत्पादनको खुशियाली मनाइन्छ । धान वा मकै वा अन्नहरु खसेर उम्रिन गएका अङ्कूरहरुलाई जमरा भन्दै कानमा सिउरेर आफूलाई सिँगार्दछन् । धान भित्रिएको छ त्यसैको पकवान बनाएर रमाउँछन् । आफू खान्छन् यीनै उपलव्धीहरुका आतिथ्यसाथ नरनाता इष्टमित्रहरुसँग पनि भेट्घाट भलाकुसारी गर्दछन् । अन्न घरमा भित्रिएको छ त्यसलाई बेचेर लुगाफाटो वा अन्य रौसका सामग्रीहरु जोहो गर्दछन् । निश्चितरुपमा यो अनाजको चाड हो भन्न गहकिला प्रमाणहरु छन् ।

कुरा त यसोउसो जे भने पनि यो चाड आर्यहरुले पश्चिमबाट ल्याएको नभई यतैको उपज थियो र आर्यहरुले यसलाई पछि ग्रहण गरेको हो भन्नुमा छ । यसका प्रमाणहरु अरु कुराबाट पनि पुष्टि हुन सक्छ । तीमध्ये एउटा यो पनि हो कि यो चाड मनसुनी जलवायु क्षेत्रको उपज हो ।

मनसुनी जलवायु हिमालयदक्षिण सिन्धुघाँटी गङ्गामैदान र भारतको देक्कन प्लेटोमा हिन्दमहासागरवाट आउने वेष्टर्ली वीण्ड (पश्चिमतिरबाट आउने सामुद्रिक वायु) को कारणबाट निर्मित जलवायु हो ।यस वायुले हिन्द महासागर बाट वाष्प बोकी जुनजुन क्षेत्रका जलवायुमा प्रभाव पार्दछ त्यस क्षेत्रलाई मनसुनी क्षेत्र भनिन्छ । सूर्य ट्रपिकअफ केन्सर २३.५ डिग्री अक्षांश मा आउँदा र त्यहाँबाट फर्केर इक्वेटरतिर फर्केर जाँदा तीनचार महीना सूर्यको रापले हावा तातिन जान्छ र त्यस क्षेत्रमा हवाको छाप कम भई हावा माथि उठ्दछ । त्यहाँ हावाको मात्रा कम हुँदा दक्षिणपश्चिमबाट हुर्रिएर हावा पुरिन आउँछ । यसरी आउने हावाले हिन्दमहासागरबाट त्यतैका सामुद्रिक बाफ बोकेर आउँछ र यताका पहाडहरुमा ठोक्किएर वर्षा गराउँछ । यो वर्षा अन्दाजी ३ महीनासम्म हुन्छ । सूर्य ट्रपिक अफ केन्सरबाट उँधो झर्न लागेपछि वेस्टर्ली वीण्डले दिशा नै परिवर्तन गर्ने हुँदा यता वर्षा नै बन्द हुन्छ । अब यस क्षेत्रमा वर्षाबाट हुने बाढी पहिरो असिना आदि-इत्यादि कष्टहरुको अन्त्य हुन्छ । तर यसै बेलामा वर्षाको कारणले हुने उत्पादनहरु पाकेर पहेँलपुर भइरहेको हुन्छ । बनजङ्गलमा घाँस फलफूल भएका हुँदा पशूपन्छीहरु पनि मोटाएका हुन्छन् । कृषीकर्मको बाटोमा व्यवधान भएका दुखकष्टहरु नाश भएको हुन्छ । उनिहरुका परिश्रमहरु पाकेर धनधान्य भएका हुन्छन् । पानी संलिएका हुन्छन् । हीलो सुकिसकेका हुन्छन् । दिन खुल्ला भइसकेको हुन्छ । गर्मी हराइसकेको हुन्छ । त्यो वर्षाको दुख कष्टबाट उनीहरुले विजय प्राप्त गरेका हुन्छन् । त्यही दुखमाथिको विजयको उपलक्षमा उनीहरुले खुसियाली मनाए एउटा चाडको रुपमा । उनै उपलव्धीहरुले आफूलाई सृङ्गार गरेर- अर्थात् धानका चामल निधारमा टाँसेर खसेका दानाका अङ्कूरहरु शीरमा शीउरेर र उत्पादित मासु र चामलले आफू परिवार नातेदार अनि इष्टमित्रलाई सत्कार गरेर, अनि लामो समयको परिश्रम पछि फुर्सद पाइएकोले नातेदार अनि इष्टमित्र भेटघाट गरेर ।

पहिलो कुरा त आर्यहरु घुमक्कड पशुपालक त्यसैले निधारमा टाँस्ने धानचामल उनीहरुको लागि अनजानकै वस्तु थिए । त्यसमाथि उनीहरु जहाँबाट आए त्यहाँ मनसुनी जलवायु नहुँदा धान उब्जाउने प्रविधि पनि थिएन र जुन साइतमा दशैँ हुने गर्दछ त्यो साइत युराली भेगका जनजातीको लागि हुनै सक्दैन । किनभने यो साइत दशैँजस्तो मनसुनी जलबायुबाट प्रदत्त कृषीउत्पादनसँग सम्बन्धित छ । युराली भेकमा मनसुनी जलबायु नभएको हुँदा त्यसमासमा धानको उब्जाऊ हुँदैन र त्यही मितितिथिको साइत त्यहाँ बन्दैन । त्यसैले निर्क्यौल यही बन्दछ कि दशैँ मनसुनी जलबायु क्षेत्रका जनजातिकै चाड थियो र त्यो जनजाति यस क्षेत्रको प्रमुख जातिआदिबासी िकंराँतहरु मात्र हुन सक्दछन् । पछि यता स्थाइ बसोबास गर्न आइपुगेका आर्यहरुले पनि दुखमाथि विजय प्राप्त गरेको यो मितितिथिलाई उही रुपमा आदिबासी/किराँतहरुसँगै मनाए । आफ्ना शास्त्रहरुमा दुखमाथिको विजयलाई अद्यात्मिक रुप दिन असुरहरुमाथिको विजयको रुपमा कथाकृत गरे । एउटा फरकलाई ध्यानाकृष्ट गर्नुहोस् किराँतहरु चामल नरङ्गाई सेतो अक्षेताले टिका लगाउँछन् जब कि हिन्दुहरु यसलाई िसंदुरले रङ्गाउँछन् । सिन्दुर हिन्दुहरुको टिका भएकोले यसलाई रङ्गाइयो भने किराँतहरु आफ्ना पूर्वरुपमै अडिग थिए र छन् ।

दशैँलाई कृषिसँग जोड्ने भनाइबाहेक अरु केही सन्दर्भहरु पनि छन् जसले दशैँ आर्यहरुद्वारा ल्याइएका चाड नभई आदिबासी/किराँतहरुकै चाड भएको कुराको पुष्टि गर्दछ । पहिलो कुरा त के भने दर्शै दुर्गापूजासँग सम्बद्ध भएकोले यो मात्रिसतात्मक समूहको चाड भनेर मान्न पर्ने हुन्छ । हिन्दुजाती आइमाइजातीलाई सामान्य वस्तुसरह दासी मान्ने र मृतलोग्नैसँगै जीउँदै सति पठाउने पितृसतात्मक जाती भएको हुँदा स्त्रीशक्तिलाई नै सर्वशक्तिमान मान्ने चाडको प्रवर्तक आर्यहरु हुनै सक्दैन ।

पश्चिमबाट आउने आर्यहरु युरालबाट सिन्धुघाँटिसम्म आइपुग्दा उनीहरु इन्द्रपूजक थिए । सिन्धक्षेत्रमा पसेपछि उनीहरु विष्णुपूजक बने । यताका किराँतदेव वा द्रविडिएनदेव शिव गणेशलाई आत्मसात गर्न उनीहरुलाई हज्जारौँ वर्ष लाग्यो र गङ्गाको मैदानको उत्तरपूर्वी भेगमा आइपुगेर मातृसतात्मक समूह आदिबासी /किराँतहरुसँग उनीहरुको सम्पर्क बन्न अरु हज्जारौँ वर्ष लाग्यो । यसले के जनाउँछ भने हिन्दुहरुले यस चाडलाई आत्मसात गर्न हज्जारौँ वर्ष लाग्यो र शास्त्रहरुमा दशैँको उद्धरण भएको धेरै भएको छैन सम्भवतः केही हज्जार वर्ष मात्र ।

दशैँ हिन्दुहरुको चाड थिए भने त्यो प्रचलन पश्चिमतिर हुनुपर्दथ्यो वा हिन्दुहरुको प्रभुत्व भएका अन्य क्षेत्रहरुमा धुमधामले हुनुपर्दथ्यो । तर त्यस्तो छैन । दशैं उनीहरुको प्रमुख चाड त्यता छैन । चामलको टीका त त्यता प्रचलनमै छैन भने पनि हुन्छ । बुझ्नु पर्ने यो छ कि दशैँ गंगाउत्तर हिमाली भेक र वङ्गालजस्तो आर्यहरुको आगमनको अन्तिम सीमा क्षेत्रमा मात्र धुमधामले प्रमूख चाडको रुपमा मानाइन्छ र यो क्षेत्र पूर्णतः आदिबासी/किराँत क्षेत्र हो । यस भेकका हिन्दुहरुले दशैँ माने भन्दैमा हिन्दुहरुकै आयातित चाड मानेर आदिबासी /किराँतहरु पर सर्नू गलत नै हुनेछ । गङ्गापारिका हिन्दुहरुले नेपालीहरुलाई टीका लगाएको देख्दा- देखो पहाडीलोग चावल माथामे लगाके फिरता है भनेर मूर्ख बनाउने सन्दर्भ यहाँ विचारणीय छ ।

अर्को सन्दर्भ पनि यहाँ छेडूँ । हिन्दुहरुमा चार वर्ण छन् । उनमा ब्राह्मण र क्षेत्री वर्णहरु मात्र पूर्ववत् आर्यहरु हुन् । अरु थपिएका वैश्य र शुद्र वर्णहरु यता आगमन भएर सम्पर्कमा आएपछिका सम्झौताका जाति एवं विजित जातिहरु हुन् । वैश्यहरु कृषक वा व्यापार गर्ने समुदायका जातिहरु हुन् भनी हिन्दुशास्त्रले नै भन्दछ । आर्यहरु कृषक थिएनन् त्यसैले उनीहरु वैश्य भएनन् । वैश्य नभएका ती आर्यहरुका यो दशैँ भन्ने कृषकहरुका चाड आफ्ना कसरी हुन्छन् ? हिन्दुहरुका चाड त तब बने जब यताका आदिबासी/किराँत र उताका आर्यजाति मिसिन लागे वा जबदेखि आर्यहरुले किराँतहरुका संस्कृतिसमेत ग्रहण गरी यस भेगमा सहभागी बन्न थाले । बिचारनीय यो छ कि हिंदूसंस्कृतिको बिकास नै आर्य र किरांत लगायतका अन्य यस भेगका आदिबासी जनजातिहरुका संस्कृतिहरुको संमिश्रणबाट भयो ।

कुरा यीनै हुन् । हिन्दुशास्त्रले दशैँलाई आफ्नो चाड मान्दा आदिबासी /किराँत जातिले यो चाड आफ्नो नभनी यसको अवज्ञा गर्नु वा बहिस्कार गर्नु एक हिसावले ठूलै गलत सोच हुन्छ । हिन्दुहरुले यो संस्कृति ग्रहण गरेको प्रघटना आदिबासी/किराँतहरुको लागि एउटा गर्वको विषय हो । समस्त किराँतहरुले आफ्ना पूर्वरित अनुशार यस कृषी चाडलाई निरन्तरित गर्दै लानुपर्छ ।

हिन्दुहरुको दशैँचाड मान्ने सद्भावलाई आदिबासी/किराँतहरुले प्रत्यूत्तरमा आदरसाथ लिनुपर्दछ । दशैँको अवज्ञा आदिबासी/किराँत संस्कृतिकै अवज्ञा हो । इति ।

पहिचानबादी लेखक डा.कविताराम श्रेष्ठको नोटबाट साभार

ekoshi news