Home / बिचार/ब्लग (page 2)

बिचार/ब्लग

महाअभियोगका प्रस्तावक सांसदलाई ‘सिध्याइदिने’ धम्की शाही भन्छन्- यमराजले भने पनि प्रस्ताव फिर्ता लिन्न

mahendra-bahadur-shahi

७ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने माओवादी सांसद महेन्द्रबहादुर शाहीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।

आफूलाई अज्ञात नम्बरबाट टेलिफोन आएको बताउँदै शाहीले अनलाइनखबरसँग भने- ‘लोकमानविरुद्ध किन प्रस्ताव दर्ता गरिस्, प्रस्ताव फिर्ता नलिए तँलाई सिध्याइदिन्छौं भनेर धम्की दिइयो ।’

तर, यस्तो धम्की दिने व्यक्तिलाई आफूले लुकेर फोन नगर्, सक्छस् भने आफ्नो परिचयसहित आइज भन्ने जवाफ फर्काएको शाहीले अनलाइनखबरलाई बताए । माओवादी सांसद शाहीले भने- ‘म पूर्वजनमुक्ति सेना पनि हुँ, त्यस्ता धम्कीसँग डराउने कुरै छैन, बरु मर्न तयार छु, तर महाअभियोगको प्रस्ताव फिर्ता हुँदैन ।’

 

यमराजले नै भने पनि प्रस्ताव फिर्ता लिन्न

अहिलेसम्म अध्यक्षको बचाउ हामी (पूर्वकमाण्डर) हरुले नै गर्दै आएका छौं । बादल, विप्लव कसैले पनि अध्यक्षको बचाऊ गरेनन्, हामी नै हौं, हेडक्वार्टरको रक्षा गर्ने

सिंगै नेपाली जनता लोकमानमाथि कारवाही हुनुपर्ने पक्षमा रहेको अनूकुल बेलामा समेत माओवादी पार्टीले महाअभियोगका पक्षमा खुलेर निर्णय गर्न नसक्नु र धर्मराउन दुःखद पक्ष भएको शाहीले सुनाए । उनले आफ्नै दलमाथि प्रश्न गरे- ‘यस्तो बेलामा पनि पार्टीले निर्णय लिन सक्दैन भने कहिले निर्णय लिन्छ ?’

लोकमानविरुद्ध महाअभियोग प्रस्तावको प्रस्तावकका रुपमा आफूले प्रतिगमनलाई रोक्न भूमिका खेलेको र नेपाली जनताको आवाजलाई आत्मसाथ गरेको शाहीको दाबी छ । उनले अगाडि भने- ‘म जनताको पक्षमा उभिएको छु, पार्टीले कारवाही गरे भोग्न तयार छु, तर यो प्रस्ताव फिर्ता लिन्न । पार्टी अध्यक्ष प्रचण्डले त के, यमराजले नै भने पनि म यो प्रस्ताव फिर्ता लिन्न । बरु मर्न तयार छु ।’

प्रचण्डलाई सधैंको साथ

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरु सधैं पार्टी अध्यक्ष प्रचण्डको साथमा रहने गरेको सांसद शाहीले बताए । उनले भने- ‘अहिलेसम्म अध्यक्षको बचाउ हामी (पूर्वकमाण्डर) हरुले नै गर्दै आएका छौं । बादल, विप्लव कसैले पनि अध्यक्षको बचाऊ गरेनन्, हामी नै हौं, हेडक्वार्टरको रक्षा गर्ने ।’

लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव पार्टी नेतृत्वको रक्षाकै निम्ति चालिएको शाहीले बताए । अहिले लोकमानसिंह विरुद्ध उत्रिएका बेला पार्टी नेताहरुले खुट्टा कमाउन नहुने भन्दै शाहीले आफूले फिर्ता नलिएसम्म महाअभियोगको प्रस्ताव फिर्ता नहुने तर्क गरे ।

शाहीले अनलाइनखबरसँग विशेष कुरा गर्दै भने- ‘मैले फिर्ता नलिएसम्म यो प्रस्ताव फिर्ता हुँदैन, पार्टीले लिँदैमा पनि फिर्ता हुँदैन । म मरीगए यो प्रस्ताव फिर्ता लिन्न ।’

‘लोकमान रमाइलो गर्न विदेश गएका थिएनन्’

माओवादी सांसद शाहीले लोकमानसिंह कार्की ठूलो षड्यन्त्रको तानाबाना बुन्नकै लागि विदेश गएको दाबी गर्दै भने- ‘उनी घुमघाम र रमाइलो गर्नका लागि विदेश गएकै थिएनन्, भारत पुगेर उनले प्रचण्ड, ओली र शेरबहादुरसम्मलाई समात्ने अनि अस्थिरता सिर्जना गरेर संविधान असफल पार्ने योजना बनाएका थिए ।

महाअभियोगका प्रस्ताव शाहीले भने- ‘हामी र एमालेका युवा साथीहरु मिलेर लोकमानको योजनालाई असफल पारिदियौं, अब संविधानको कार्यान्वयन पनि हुन्छ, राष्ट्रिय सहमति पनि हुन्छ ।’

लोकमान भारतबाट र्फकनु र यता वनकालीमा भारतीय नेता आदित्यसहित ज्ञानेन्द्र सार्वजनिक भाषणमा उत्रनु संयोगमात्रै नभएको शाहीले बताए । तर, यी सबै षड्यन्त्रलाई आफूहरुले एकै धक्कामा चकनाचूर पारिदिएको उनले दाबी गरे ।

‘ब्यारेक हानेजस्तै भएको छ’

पूर्वलडाकू एवं सांसद शाहीले अनलाइनखबरसँग आफ्नो अनुभव सुनाउँदै भने- ‘विगतमा जिल्ला सदरमुकाम वा ठूलो ब्यारेकमा आक्रमण गर्दा देशैभरि यस्तै तरंग आउँथ्यो, महाअभियोगको प्रस्ताव दर्तापछि आएको तरंग देख्दा मलाई त्यस्तै महसुस भइरहेको छ ।

यीे हुन् महेन्द्र बहादुर

लोकमानसिंह कार्कीविरुद्ध रातारात व्यवस्थापिका संसदमा महाअभियोगको प्रस्ताव दर्ता गर्नुपूर्व माओवादी केन्द्रका यी युवा नेतालाई धेरैले चिनेका थिएनन् । तर, यतिबेला उनी सबैका लागि चासो र चर्चाका पात्र बनेका छन् ।

डा. गोविन्द केसीले सांसदहरुलाई निरीह र कायरको संज्ञा दिइरहेकै बेला आखिर कहाँबाट उदाए यी महेन्द्र बहादुर ? धेरै मानिसमा जिज्ञासा छ अहिले ।

माओवादीका युवा नेता शाही कालीकोट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनको जन्म ०३३ साल माघ १५ गते कालीकोटको नानीकोट गाविस- ८ मा भएको हो । विवाहित शाहीका दुई छोरा र एक छोरी छन् ।

विद्यालय पढ्दा पढ्दै ९/१० वर्षकै उमेरदेखि माओवादीमा लागेका शाही ०५२ सालदेखि नै भूमिगत भए । जनयुद्धमा लागेका कारण एसएलसीभन्दा माथि अध्ययन गर्ने समय नपाएका शाहीले जनयुद्धकालमा डिभिजन कमाण्डरसम्म बनेर युद्धको नेतृत्व गरे । दोस्रो संविधानसभामा प्रत्यक्ष चुनाव जितेर सांसद बनेका उनी बाहिर चर्चामा देखिने भन्दा पनि ‘रिजर्भ’मा बस्न बढी रुचाउँछन् । उनले थाइल्याड र चीनको भ्रमण गरेका छन् ।

धक्का दिँदै, मोबाइलतिर हेर्दै !

आइतबार साँझ माओवादी संसदीय दलको कार्यालयमा पुग्दा सुगठित शरीर भएका यी युवा सांसद सोफामा बसेर चुपचाप स्मार्ट फोन खेलाइरहेका थिए ।

मोबाइलमा लोकमानसम्बन्धी समाचार र सूचनाहरु पढिरहेका रहेछन् । संक्षिप्त कुराकानीका क्रममा शाहीले अनलाइनखबरसँग भने- ‘पहिले पहिले ब्यारेक हानेका बेला यस्तो सोसियल मिडिया थिएन, अहिले सामाजिक सञ्जालमा प्रतिक्रिया पढ्न पाउँदा असाध्यै रमाइलो महसुस भइरहेको छ ।’

लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावको सर्जक नेकपा एमाले हो कि माओवादी ? यो प्रश्नमा शाहीले भने ‘हामी कुरामा हैन, परिणाममूलक काममा विश्वास गर्छौं, हामीले पनि पहल लियौं र एमालेबाट भानुभक्त ढकालजीहरुको टीमले पनि राम्रो भूमिका खेल्यो । हामी आफैं यसको प्रस्तावक हौं ।’

स्रोत : अनलाइन खबर

नेपाल हिन्दुराष्ट्र हुँदा कसको के बिग्रिन्छ ?

लालध्वज लामा
केन्द्रीय सदस्य, राप्रपा नेपालlaldhoj-lama-raprapa-nepal-2

हिन्दुराष्ट्रको बारेमा जनमत संग्रह गरौं

राप्रपा नेपालले सुरुदेखि नै भन्दै आएको छ । हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र । जुनसुकै काम गर्दा पनि विधिसम्वत, नियमसंगत हुनुपर्छ । नेपालका ठूला भनिएका तीन राजनीतिक दलहरु विदेशीको ईशारामा परिचालित भइदिए । जताजता जे–जे भन्यो त्यही मानिदिए । जसको परिणाम आज देशले भोग्दै आएको छ । सिंगो देश र जनताको हित भन्दा पनि दुई-चार जना नेताको स्वार्थ पूर्तिको लागि देशको अस्मितामाथि नै आँच आउने निर्णयहरु एकपछि अर्को गर्दै गए ।

१२ बुँदेमा गणतन्त्र, संघीयता, धर्मनिरेपक्षता थिएन

देशको हित भन्दा पनि विदेशीको हितमा ठूला दलका नेताहरु चले । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता लगायतको राष्ट्रिय महत्वको विषयमा जनताको म्यान्डेट नलिइनकन दुई-चार जना नेता मात्र बसेर निर्णय गर्नु नै गलत थियो । ठिक छ । धर्मको कुरामा जनमत संग्रह गरौ न त । आँट छ ? आँट पनि नगर्ने ? यो पनि हुन्छ ?

जनताको म्यान्डेट विना नै २०६२-०६३ सालको आन्दोलनको उपलब्धि भन्दै ठूलो दलले गणतन्त्र धर्मनिरपेक्षता, संघीयतालाई मागी खाने भाँडोको रुपमा प्रयोग गर्दै आएका छन् । के दिल्लीमा भएको १२ बुँदे सहमतिमा गणतन्त्र, संघीयता, धर्मनिरेपक्षताको कुरा समावेश गरिएको छ ? नभएको कुरालाई आन्दोलनको नाममा गोप्य कोठामा बसेर गरेको निर्णय मान्दैनौ भनेको हो राप्रपा नेपालले । नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डतामाथि आँच आउने गरि गरिएको निर्णय मान्न सकिन्न ।

नेपाल हिन्दुराष्ट्र हुँदा कसको के विग्रिन्छ ?

नेपालमा ९० प्रतिशत मानिसहरु हिन्दु धर्म मान्छन् । नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्दा कसको के विग्रिन्छ ? कसलाई के घाटा हुन्छ ? हिन्दुराष्ट्र कायम गर्दा धार्मिक सदभाव विग्रिन्छ कि ? गाउँगाउँमा क्रिस्चियनहरुले खुलेआम रुपमा धर्म परिवर्तन गराउदै हिँडेका छन् । नेपालमा हिन्दु धर्मलाई नामेट बनाउन खोजिदै भन्ने त दिनको घामजति कै छर्लङ्गै छ नि ? नेपालमा सबै समुदायको पाँच-दस प्रतिशत थियो भने ठिकै कुरा हो । होइन भने विश्वमा हिन्दुराष्ट्र नेपाल भनेर पहिचान बनाएको देशलाई किन धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो ? यसको मक्सत के हो ? राष्ट्रलाई चाहिने धरोहर भत्काएर तीन दलका केही नेताले के गर्न खोज्दै छन् ? घर निर्माणको लागि बलियो पिल्लर चाहिन्छ । पिल्लरहरु भत्काउने कमजोर बनाउने काम भइरहेको छ ।

धर्मनिरपेक्षताको नाममा गाउँगाउँमा धर्म परिवर्तन

धर्मनिरपेक्षताको नाममा आज गाउँगाउँमा धर्म परिवर्तनको लहर चलेको छ । हिन्दु धर्मको अस्तित्व नामेट बनाउने काम भएको छ । धर्मनिरपेक्ष भनेर कसलाई फाइदा छ ? आज गाउँका कुनाकाप्चामा धर्मपरितर्वनको श्रंङखला चलेको छ । यसको अर्थ के ?

धर्मनिरपेक्ष भनेर घोषणा गर्ने अनि गाउँगाउँमा धर्म परिवर्तन गर्नको लागि अभियान थाल्ने यो के भइरहेको छ ? यो के नियत हो ? यो नेपाल र नेपालीको हितको लागि काम भइरहेको छ ? नेपाललाई एकताबद्ध बनाउने भनेको धर्मले नै हो ।

हिन्दुराष्ट्र पुर्नवहाली गर्न कांग्रेस एमाले र माओवादी सक्रिय

बन्द कोठामा बसेर हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्ने नेताहरुले हिन्दुराष्ट्र चाहिन्छ भनेर महशुस गरिरहेका छन् । कांग्रेसका शीर्ष नेता महामन्त्री शंशाक कोइराला खुमबहादुर खडकाले अभियान नै चलाएका छन् । कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले सार्वजनिक कार्यक्रममा नै म हिन्दुवादी हुँ हिन्दुराष्ट्र नेपाललाई बनाउन सकिन्छ भनेर अभिव्यक्ति दिएका छन् । संविधानमा जे भनिए पनि हिन्दुराष्ट्र निर्माणको लाग्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । एमालेमा मोदनाथ प्रश्रित अभियान थालेका छन् । माओवादीका नेताहरु पनि हिन्दुराष्ट्र नै चाहिन्छ भनेर लागिरहेका छन् । राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले पनि हिन्दुराष्ट्रको पुनवाहालीको लागि लागेको छन् । कांग्रेस, एमाले, माओवादीको लगायतका पार्टीहरुको विधानमा छैन तर हिदुराष्ट्र कायम गर्नुपर्छ लागिरहेका छन् । धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्नु गल्ती भएको छ ।

प्रजातन्त्र सहितको राजसंस्था आउँछ

यो संघीयता दलहरुको लागि घाँडा भइसकेको छ । संविधान जारी भएको १३ महिना वितिसक्दा समेत कार्यान्वयन हुन सकेको छैन । संघीयताकै नाममा आरोप–प्रत्यारोप र विवाद छ । भनाभन छ । संघीयताको नाममा कार्यकर्तालाई नचाहिदो कुरा गरेर भडकाएका छन् । अहिले प्रमुख दल कांग्रेस, एमाले र माओवादीकै नेताहरु खुलेआम रुपमा संघीयताको विरोध गरिरहेका छन् । एमाले अध्यक्ष केपी ओली त संघीयता स्याललाई भैसींको सिङको संज्ञा दिइसेका छन् । प्रजातन्त्र सहितको राजसंस्था पुर्नवहाली गर्नको लागि कांग्रेस, एमाले र माओवादीेका पनि अहम भूमिका हुन्छ । केही ढिलोचाँडो मात्र हो नेपालमा हिन्दुराष्ट्र पुनवहाली हुन्छ ।

राजसंस्था नहुँदा देशमाथि खतरा

राजसंस्था अन्यायपूर्वक हटाइयो । २ सय ४० बर्ष पुरानो संस्था हटाउन न जनताबाट म्यान्डेट लिनुपर्ने । न सबै दलहरुसँग सहमति पर्ने । दुई-चार जना नेता बसेर विदेशीको इशारामा विदेशीको स्वार्थमा जुन तरिकाबाट राजसंस्था अन्त्य गरियो यसले देशमाथि नै खतरा पैदा गरेको छ ।

राजसंस्था भनेको आन्दोलनबाट फाल्नु पर्ने कुरा हो । विधान र नियमसँग कुरा गर्ने हो जनमत संग्रहबाट फालिएको पनि होइन । अन्यायपूर्वक फाल्ने काम भयो । नेपालको स्वतन्त्र अस्तित्वमाथि छिमेकीहरुले गिद्दे दृष्टिले हेर्न थालिसकेका छन् । राजसंस्था हटाएपछि कसरी हुन्छ नेपाललाई आफ्नो अधिनमा राख्ने काम भइरहेको छ । पहिला भुटानीकरण गर्दे जाने र अन्ततः सिक्मिकरण गर्ने जुन उदेश्यसँग राजतन्त्रको कुरा जोडिएको छ । राजतन्त्रसँग विदेशीहरुले कहिले पनि बागेर्निङ गर्न सकेनन । राजतन्त्रको स्थानमा राष्ट्रपति भयो  त्यसलाई सजिलैसँग आफ्नो अनुकुलमा खेलाउन सक्ने भो । यो नियत वंश राष्ट्रको स्वतन्त्र अस्तित्वसँग जोडिको कुरा हो । यो कारणले पनि राजतन्त्रको आवश्यक छ भनेर भनेको हो ।laldhoj-lama-raprapa-nepal-1

गणतन्त्रकालमा देश भन्दा मै ठूलो भन्ने जन्मिए

कुनै पनि पार्टीमा स्वच्छ राष्ट्रिय भावनाले भरिएको नेताको अभाव छ । राजनेताको रुपमा कुनै नेताहरु देखिएनन् । गणतन्त्रको कालमा देश भन्दा मै ठूलो । पार्टी र समाज भन्दा मै ठूलो । गुट र उप–गुटमा बाँडिएर स्वार्थ लुट्ने प्रवृत्ति नेताहरुमा देखिएको छ । विचार र सिद्धान्तको कुरा मिल्छ । तर पदमा आएर विभाजित हुन्छन् । पार्टीमा अध्यक्ष एउटै हुन्छ । सीमित अवसर हुन्छ । पार्टी ठूलो भएर के हुन्छ ? मैले के पाउछु त ? स्वार्थ यसरी जोडिएको छ ।

कांग्रेस माओवादीको देखाएको लोभमा पशुपति फसे

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने निर्णयले निकै ठूलो उत्साह ल्याएको थियो । दुवै पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको थियो । साउन २३ दुई कमल थापा, पशुपति शम्शेर राणा बसेर संयुक्त वक्तव्य दिने काम भयो ।

साउन २५ गते दुई पार्टीबीच एकता गर्ने निर्णय भएको थियो । पार्टी एकताको लागि देशभरबाट कार्याकर्ता आउन थालेका थिए । तर २४ गते माओवादी कांग्रेसको प्रलोभनमा पशुपति शम्शेर राणा फसे । राणा विदेशी शक्तिको दबाबको कारण पार्टी एकता प्रक्रिया भंग गरे ।

तीन दलले नै गर्ने भए आयोगको के काम ?

राज्य पुर्नसंरचना गर्नको लागि बनाइएको आयोगको सिफारिस तल्याउदै प्रमुख तीन दलले ९ सय २७ वटा इलाकालाई नै गाउँपालिका बनाउने गरी पुनः आयोगलाई निर्देशन दिएका छन् । संवैधानिक आयोग स्वतन्त्र हुन्छ । तीन दलले नै सबै काम गर्ने भए किन आयोग गठन गरेको ? आयोग पनि गठन गर्ने आयोगले गरेको सिफारिस पनि पालना नगर्ने यो तरिका ठिक भएन ।

इतिहास मा वि.सं. २०७२ कबिता संग्रह विमोचन

14619887_1281903645185622_139338925_n

२९ , असोज , शुभबिहानी

इतिहासमा वि.सं. २०७२ विमोचन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, के.पी.शर्मा ओली, शेर बहादुर देउवा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कुलपतिको शुभकामना सहित प्रकाशित भएको कवि ध्रुव प्रसाद गजुरेलबाट लिखित इतिहासमा वि.सं. २०७२ नामक कविता संग्रह वरिष्ठ हाँस्य कालाकार मदनकृष्ण श्रेष्ठद्वारा विमोचन सम्पन्न भयो ।

काठमाण्डौंको बालाजु स्थित पुरानो गुह्येश्वरीमा सम्पन्न विमोचन समारोहमा प्रमुख अतिथिको आसनबाट बाल्दै वरिष्ठ कालाकार श्री मदन कृष्ण श्रेष्ठले कविता सरल र सरस हुनुपर्ने र कविताले समाजलाई उज्यालो तर्फ दो¥याउन सक्नु पर्दछ भन्नुभयो । उहाले आफ्नो मनका कुरा समानता, जातभात, एकता आदी कुराहरुलाई पुस्तकमा उतारी निकै सरल र सबैले बुझ्नेगरी प्रकाशन गर्नुभएकोमा लेखकलाई धन्यबाद समेत दिनुभयो । कविले आफ्नो पुस्तक नै ऐतिहासिक धरोहर धरहरा पुननिर्माणमा समर्पण गर्नु उहाँको महानता भएकोमा खुशी प्रकट गर्नुभयो । क्षेत्र नं. ७ का सभासद रामवीर मानन्धरले कविता लेखेर मात्र होइन पुस्तकको रुप दिन सके त्यो समाजको लागि दस्तावेज हुने बताउनुभयो । वरिष्ठ साहित्यकार श्री घनश्याम पुडासैनीले कविता समाजको ऐना हो । कविताले समाजको सुख, दुःख, आरोह, ओवरोहोलाई प्रतिविम्बित गर्न सक्नुपर्छ भन्नुभयो । बर्ष दिन भित्रका कुराहरु समेटेर लेखिएको पुस्तक निकै रोचक भएको बताउनुभयो समालोचक देवेन्द्र फुयाल “आँसु” ले कविता लैख्दै जानुपर्छ । हरेक पछिल्लो लेखाई परिस्कृत र परिमार्जित हुँदै जान्छ भन्नुभयो ।

सो कार्यक्रममा उमा अर्याल, बृन्दा गजुरेल विष्णु तिवारीले पनि मन्तव्य दिनुभएको थियो । सो कार्यक्रममा धर्मराज अर्याल, विष्णु अर्याल, अर्जुन फुयाल, हरिकृष्ण अर्याल, सुमन श्रेष्ठ, गोपाल प्रसाज गजुरेल, श्रीराम पुडाशैनी, मदन सुवेदी लगायतका सर्जकहरुको उपस्थित रहेको थियो । सुलोचना अर्यालले उद्घोषण गर्नुभएको उक्त कार्यक्रममा कवि ध्रुव प्रसाद गजुरेलले आफ्ना केहि कविताहरु पढेर सुनाउनुभएको थियो ।

नर्सको सम्झनामा त्यो गाउँको दशैं, यो शहरको दशैं आहा ! त्यो बालापनको दशैं ! त्यो गाउँघरको दशैं !

परालको टौवामुनि नाम्लोको पिङ हालेर मच्चिनुको मज्जा म आधुनिक युगको लिङ्गे र रोटे पिङ्गमा पाउन सक्दिनँ । दशैं आएपछि घरमै खसी काटेर मासुमा झोल हालेर खाएको स्वाद म अहिलेको दैनिक सहज हुने मटनमा पाउन सक्दिनँ ।

गाउँघरमा कोइलीको कुहु कुहुमा रमाउने यो मन अहिले भेन्टीलेटरको टुटुमा बानी परेको छ । दशैं आएपछि उतिबेला छुट्टै रौनक हुन्थ्यो गाउँ घरमा ।

sarbada adhikariदाइ काठमाण्डौंमा बस्नुहुन्थ्यो, लाग्थ्यो दशैंमा दाइ घर आउँदा कस्तो लुगा ल्याइदिनु हुन्छ ? दाइ आउने दिन गन्दाको मज्जा नै बेग्लै हुन्थ्यो त्यसबेला ।
बाबा ममीका आँखा छलेर गाउँ भरिका साथीहरु भेला भई घर पछाडि लगाएको पिङ्ग खेल्दा रात परेको पत्तो नै हुँदैनथ्यो ।

उता पल्लो घरमा खसी काटेर रक्ति खान बोलाउँदा खुसीले मन प्रफुल्ल हुन्थ्यो ।

दशै आएसँगै गाउँ र घर वरपरको सरसफाइ एवं बाटोघाटो मर्मत गर्ने, रातो र सेतो कमेरोले घर लिप्ने जस्ता काम हुने हुँदा त्यस समयमा सबैजना व्यस्त हुन्थ्यौं ।
दशैंका बेलामा छरछिमेकमा प्रतिस्पर्धा नै चल्थ्यो, कसको घर राम्रो र सुन्दर बनाउने भनेर ।

साँझमा गाउँ घर डुल्ने त ममात्रै हुदैनथें । साझँ परेपछि पानी लिन जाँदा गल्ली छेउमा रुखको हाँगामा डोरीले बाँधेर हालेको पिङ्गमा घण्टौं हराएका क्षणहरु मानसपटलमा अहिले पनि ताजै छन् ।

अझ विजयादशमीको दिन आफन्तका घरघरमा टीका थाप्न जादाँ काटेका एक-एक टुक्रा केरा र मेवा खाँदै घर आएर पैसा गन्दाको मजा Û र, त्यो आनन्द अहिले मासिक थापिने तलबबाट कदापि पाउन सकिँदैन ।

उसबेला टीका थापेर लिइने आशिर्वादको खासै महत्व थाहा थिएन । आर्शिवाद भन्दा पनि नयाँ लुगा, र टीकापछि पाइने दक्षिणा अनि विद्यालयले दिने छुट्टी बढी नै प्राथमिकतामा पर्थे ।

टीका लगाएर सबैले दक्षिणा दिन्छन् । र माइजूले बनाएको खसीको सुकुटी मीठो हुन्छ भनेर रमाउँदै थकानको महसुससम्म नगरी घण्टौं हिँडेर मामाघर गइन्थ्यो ।
चाहे घर होस् या मामाघर, सानालाई दिने दक्षिणा सबैको भन्दा कम नै हुन्थ्यो । अरु आर्शिवादका लागि जाने गर्थे, तर आफु सानै भएर पनि होला, बढी दक्षिणाकै चासो र चिन्ता हुन्थ्यो । त्यति हुदाँ हुदै पनि सबैभन्दा थोरै दक्षिणा पाउदाँ मन सारै भारी भएर आउँथ्यो अनि लाग्थ्यो, कहिले ठुली भएर धेरै दक्षिणा लिनु ?

 आजकाल पनि दशैं नआउने हैन । तर, आजकालको दशैंमा त्यो खुसी भेट्टाउन सक्दिनँ म । अहिलेको दशैं, त्यो दशैंभन्दा बिल्कुल फरक लाग्छ । समय, उमेर र साथीहरु उही रहेनन्

आहा ! त्यो बालापनको दशैं ! त्यो गाउँ घरको दशैं ! अनि त्यति नै रमाइलो दशै !

हुन त आजकाल पनि दशैं नआउने हैन । तर, आजकालको दशैंमा त्यो खुसी भेट्टाउन सक्दिनँ म । अहिलेको दशैं, त्यो दशैंभन्दा बिल्कुल फरक लाग्छ । समय, उमेर र साथीहरु उही रहेनन् । यससँगै आफ्ना खुसीहरु पनि उही रहन सकेनन् अब ।

सायद यो परिवर्तन मेरो मात्रै अवश्य नै हैन । पक्कै पनि यहाँहरुको दशैंमा पनि केही न केही परिवर्तन आएको हुनुपर्छ । मेरो अनुभवमा यो शहरको दशैं गाउँको दशैंभन्दा विल्कुल फरक छ ।

दशैं आयो भन्नासाथ अस्पतालका ईन्चार्जहरुमा नर्सहरुको काम गर्ने समय तालिका बनाउने विषय फलामको च्युुरा चपाउनुजस्तै हुन्छ । यता अस्पतालमा कार्यरत हामीजस्ता नर्सहरुलाई छुट्टी पाइएला कि नपाइएला भन्ने ठूलो चिन्ता हुन्छ । गाउँ जाने टिकट पाउनै सास्ती, पाए पनि सुरक्षितरुपमा घर पुगिएला या नपुगिएला भन्ने ठूलो चिन्ता ।

यो चिन्तै चिन्ताको दशैं भन्दा त त्यो वालापनको निश्चिन्त दशैं कयाैं गुणा वेश । तर, के गर्नु ? बगेको खोला फर्कँदैन । र, गएको उमेर पनि फर्कँदैन । समयले जहाँ पुर्‍यायो, त्यही पुग्नुपर्ने वाध्यता त मेरो मात्रै नभई सबैको उस्तै होला ।

त्यसैले जहाँ, जो जसरी रहे पनि त्यही परिवेशअनुसार खुसीका साथ दशैं मनाउनुस् । सबैलाई शुभकामना !

(सर्वदा कान्ति बाल अस्पतालकी स्टाफ नर्स हुन्)

 

दशैं दुई चार प्याक लगाएर मनाइन्छः दिपकराज गिरी

नायक, दिपकराज गिरी

नेपाली कथानक चलचित्र छक्का पञ्जाको सफलताले दिपकराज गिरी र दीपाश्री निरौलालाई नयाँ उचाईमा पुर्याएको छ । दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पञ्जाको लोकप्रियतासँगै नायक दिपकराज गिरीले नयाँ चुनौती थपिएको बताएका छन् । उनका अनुसार अहिलेसम्म छक्का पञ्जाले ११ करोड रुपैयाँ कमाई सकेको छ ।

dipak-raj-giri

अपार माया पाइयो, चुनौती थपियो
छक्का पञ्जा निकै सफल फिल्म भयो । यो खुसीले मलाई थप चुनौती पनि थपिएको छ । सामजिक जनजीवनलाई टपक्क टिपेर ल्याएको हुनाले पनि हो छक्का पञ्जाले रेकर्ड नै तोडन सफल भयो । सबैलाई विशेष धन्यवाद दिन चाहन्छु । नेपाली फिल्म हेर्दैनन चल्दैनन भन्ने थियो । राम्रो गर्न सके राम्रो चल्छ भन्ने उदाहरण छक्का पञ्जाले पेश गरिसकेको छ । यो सफलताले खुसीको सीमा नै छैन् । दर्शकले निकै माया गर्नु भयो । आगामी दिनमा झन धेरै चुनौति थपिएको छ । यति धेरै फिल्मलाई दर्शकले माया गर्नुमा आफ्नो टिमको मेहनत नै हो ।

राम्रो फिल्म बनाउनु पर्छ नचल्ने कुरै छैन
फिल्म निर्माण गर्दा सामाजिक विषय वस्तुलाई नै पछ्याउनु पर्छ । कलात्मक रुपमा प्रस्तुत गर्दा फिल्म हेरेको हो कि समाजमा घटिरहेको घटना हेरिरहको छु भन्ने धेरै अन्तर नपरोस । हामीले हाम्रो मौलिकता समातेर फिल्म निर्माण गर्ने हो भने नचल्ने कुरै छैन् । जति फिल्म बने सबै राम्रो नै चलेको छ ।

छक्का पञ्जाले ११ करोड कमायो
वितरकका अनुसार छक्का पञ्जाले ११ करोड रुपैयाँ कमाएको मैले जानकारी पाएको छु । पैसा भन्दा धेरै दर्शकको माया पाएका छौ । यो मायाले थप नयाँ उर्जा थपेको छ । छक्का पञ्जा जतिकै शसक्त पुनः फिल्म निर्माण गर्ने योजना बनेको छ ।

दिपाजी हुनुहुन्न, दशैंमा खासै कार्यक्रम छैन
दीपाजी भाईको विवाहमा जानु भएको छ । उहाँ व्यस्त भएको कारण दशैको संयुक्त रुपमा खासै कार्यक्रम छैन् । दशैंमा फेरि सबै आ–आफ्नै काममा व्यस्त हुने गर्छन । सबै खुसी भएर दशैं मनाऔं । हाम्रो परम्परा चाडपर्वलाई व्यवस्थित ढंगले मनाऔं ।

दशैं दुई/चार प्याक लगाएर मनाइन्छ
दशैंको नेपालीहरुको महान चाड हो । फिल्म चलेकोमा खुसी छु । दशैमा दुई/चार प्याक लगाएर मनाइन्छ । घर परिवारसँग बसेर रमाईलो गरिन्छ । फिल्म चलेकै छ । अझै चल्छ । खुसी यसै पनि छु । दशैंमा झन खुसीको साथ मनाउने सोचमा छु । दशैंको सबैलाई शुभकामना ।

प्रेम एकपटक हुन्छ कि बारम्बार ? यहाँ हरु को बिचार ??

26092016040847palo-600x0

आश्विन १०, २०७३-

यो बानी हो । जो सँगै रहुन्जेल कायम रहन्छ, दूरी बढेपछि अर्कैसँग सामीप्यता बढ्छ । पत्याउनु हुन्न ? आफ्नै वरिपरिको समाज हेर्नुहोस्, प्रमाण देख्नुहुनेछ । श्रीमान् विदेशमा, श्रीमती अर्कैसँग भन्ने समाचार त्यत्तिकै त आएका होइनन् होला ।

सुमन धिताल
अहिलेको युगमा प्रेमलाई खेलौना सम्झिइन्छ र कुनै पनि महिला वा पुरुषले बारम्बार प्रेम गर्छन्, तर साँचो प्रेमचाहिँ जीवनमा एकपटक मात्र हुन्छ ।
राज

युवा–युवतीबीचको संकुचित प्रेमसम्बन्धका बारेमा नसोच्ने हो भने यो जति पटक पनि हुन सक्छ र जोसँग पनि हुन सक्छ ।
सुशील न्यौपाने
जीवनमा पवित्र र साँचो प्रेम त एकपटक मात्र हुन्छ । झूटो र लोभी अनि स्वार्थी प्रेम जति पटक गरे पनि त्यसको कुनै औचित्य छैन ।
भूपाल थापा
प्रेम एकपटक, दुई पटक भन्ने हुँदैन, साँचो–झूटो भन्ने पनि हुँदैन । जुनसुकै बेला जो–कोहीसँग प्रेम हुन सक्छ भने त्यो समयक्रमसँगै हराउन पनि सक्छ ।
लामा फुरी लामा
प्रेम त बारम्बार हुन्छ । किनभने प्रेमका अनेक रूप छन् । कसैको नजरमा प्रेमी–प्रेमिकाबीच मात्र प्रेम हुन्छ तर प्रेम हरेक चिजमा छ, हरेक मानिसको मनभित्र प्रेम छ किनभने प्रेम पवित्र हुन्छ ।
तंगलुवा

पहिलो प्रेम एकपटक मात्र हुन्छ, तर अवसरवादीहरूको प्रेम बारम्बार हुन्छ । जब प्रेममा धोका हुन्छ तब दुई किनारको जिन्दगी न वार न पार हुन्छ ।
आरके श्रेष्ठ
प्रेम हजारौं पटक हुन्छ । जीवनमा हरेक चिजसँग प्रेम गर्नुपर्छ । यदि गरिएन भने मान्छे कहिल्यै खुसी हुन सक्दैन । यसकारण पनि जिन्दगीमा हरेक चिजसँग बारम्बार प्रेम हुनु आवश्यक छ ।
उज्ज्वल लिम्बू
जीवनमा एकपटक मात्र प्रेम हुन्छ भन्ने कुरा गलत हो । मलाई त हरेक दिन प्रेम हुन्छ भन्ने लाग्छ । एकै दिनमा पनि पटक–पटक प्रेम हुन सक्छ । हो, म जब–जब ज–जसलाई सम्झन्छु तब–तब प्रेम हुन्छ ।
चेतन पन्थी निसान
हरेक चिज, हरेक वस्तु, मानिस मात्र होइन, हरेक प्राणीलाई हरबखत गरिने मायालाई नै प्रेम भनिन्छ । प्रेम हरबखत हुन्छ तर तन्नेरी भएपछि नारी र पुरुषबीच हुने प्रेम–प्रेम होइन, केवल वासना हो । एक–अर्काप्रति हुने आकर्षण हो, स्वार्थ हो ।
गौतम परदेशी
हाँसोलाग्दो कुरा, साँच्चै भनौं ? प्रेम भन्ने कुरै हँुदैन, हुन्छ त केवल चाहना मात्र, सँगै हुने सहयोग गर्ने चाहना ।
भुवन आचार्य
खासमा एकपटक हुनुपर्ने हो, तर कलियुगका मानिसहरूको मन असन्तोषी छ । त्यसैले बारम्बार हुन्छ ।
विदुरकुमार सिग्देल
मनसँग प्रेम जीवनमा एकपटक हुन्छ, तर शरीरसँग पटक–पटक हुनसक्छ ।
दर्शन पौडेल
प्रेम एकपटक हुन्छ र सधैंका लागि हुन्छ ।
झवीन्द्र गैरे
एकपटकको प्रेम पनि के प्रेम ? प्रेम भनेको त बारम्बार हुनुपर्छ ।
गणेश खनाल
प्रेम मानवीय गुण हो भन्दा फरक नपर्ला, यो जीवनपर्यन्त हुन्छ, भैरहन्छ ।
नुरु शेर्पा
खोइ, आफ्नो त परिरहन्छ, प्रेम हो कि आकर्षण ? बुझ्नै सकेको छैन ।
समीर भट्ट राय
त्यति पनि थाहा छैन ? आफ्नै मनसँग सोध्नुहोसन्, के–के न जानेजस्तो किन गर्ने ?
विश्वराज अधिकारी
प्रेम समय र मौका हेरेर गरिने चिज होइन, यो त अन्तर्आत्माबाट आउने अनुभूति हो, तर आजभोलि प्रेम निकै सस्तो भएको छ ।
शर्मिला घिमिरे

तपाइँ  को बिचार मा  प्रेम एक पटक मात्र  हुन्छ  कि पटक पटक कमेन्ट बक्स  मा  लेख्नु होला |

साभार : साप्ताहिक

डाक्टरले ‘घरमा बसेर मृत्यु कुर’ भनेपछि सन्ध्याले गगनलाई यस्तो पत्र लेखिन्

gagan-thapa-57e65a6e391444-25067017

माननीय स्वास्थ्यमन्त्री
गगन थापाज्यू
नमस्कार।
खासमा जुन दिन मलाई भक्तपुर क्यान्सर हस्पिटलले मृत्युको पूर्जा दिएर घरमा बसेर मृत्यु कुर्न भन्यो। त्यो दिन ,मेरो यो १९ वर्षे कलिलो मन कस्तो भयो होला। हजुरलाई के भनु म। तर, म त्यसदिन खुब रोए। धुरूधुरू रोए। नरोएर के गरू म। मेरो मुटु यति शोकाकुल र छियाछिया भएको थियो कि। त्यो कुरा शब्दमा कसरी लेखु म। बस रूने बाहेक मसँग केही थिएन उपाय। र अहिले पनि छैन।

मलाई हरेक मानिसलाई जस्तै बाच्ने, खेल्ने, रमाउने, घुम्ने अरू के–के रहरहरू थिए। तर जब हस्पिटलको मौखिक मृत्युको पुर्जी आयो। त्यसपछि म अबको पुग नपुग तीन महिना बाँच्छु अरे। यो कुराले हर रात। हर दिन मेरो मुटु घोचेको घोच्यै छ। म धेरै के पो बोल्न सक्छु र?

माननीय मन्त्री, त्यो दिन वा मेरो मरणको दिन सम्झन्छु। साच्चि त्यस दिन मेरा सारा आफ्त कसरी रोलान। कति भक्कानिएलान्। म कल्पनै गर्न सक्दिँन। मुख्य कुरा आफुले खाइनखाई यो उन्नाईस वर्षसम्म हुर्काउने मेरो बाआमा कति रोलान्। उनीहरुलाई सम्झाउने मानिसहरूले के भनेर सम्झाउँलान्। मैले सोचिरहेकी छु।

मलाई थाहा छ। म नेपालको कर्णाली भनिने भुगोलको जुम्ला जिल्लामा जन्मिए। हुर्के। जहाँ अनगिन्ती दुःखहरू छन्। अभावहरू छन्। जुन दुःख र अभावहरूले म जस्ता नागरिकहरूले केही न केही दुःखहरू पाइरहेका हुन्छन्। जस्तो कि म जब क्यान्सर रोगी भए। त्यसपछि आफैले अनुभव गरे। दुर्गम हर नागरिकका लागि कति पीडादायीक भुगोल रहेछ भनेर। अनि जब आफू बाँच्नका लागि हर मानिससँग आलाप विलाप गर्न थाले। बुझे मानिसका लागि दुर्गम शत्रु रहेछ भनेर। जे होस् मैले अनुभव गरेका कुरा सत्य छन्। र त त्यही कुराको प्रेरणाले आज तपाईँलाई मेरो मृत्युबारे जानकारी गराउन लागिरहेको छु। अनि यो पत्र सकिनसकि लेखिरहेको छु। कृपया मलार्इँ माफ गर्नुस् है।

Sandhya shaha-jumla

मैले सानैदेखि तपार्इँको बारे सुनेको छु। तपाईँको बारे पढेको छु। तपाईं जस्ता अरू पनि धेरै मानिसहरू हुँदा हुन यो देशमा। तर नचिने पनि तपार्इँलाई नजिकको जस्तो लाग्यो। सम्झे तपाईँले कुरो बुझ्नु हुन्छ मेरो। अनि यो चिठी लेखेकी हुँ। खास तपाईंलाई पनि मेरो मृत्युको खबरबारे जानकारी गराएकी हुँ यसै पत्रबाट।

मलाईँ थाहा छ। म मेरै मृत्यु मर्न लागेको छु । तर, यति सानो उमेरमा म मर्न लागे। त्यस कुराले म साह्रै दुःखी छु।माननीय मन्त्रीज्यू, म पनि यही देशमा जन्मे। यही देशमा हुर्के। जहाँ तपाईं पनि जन्मनु भो र हुर्कनु भो। तर तपाईंलाई एउटा कुरा सोध्न मन छ। तपाईं बिरामी हुँदा वा विरामी लगेर हस्पिटल जाँदा हस्पिटलले कति माया गर्छ? कति सम्मान गर्छन्? तपाईँलाई याद होला। अनुभव होला। तर मलाईँ त त्यस्तो कुराको अनुभवै भएन। यादै भएन। र, त हजुरलाई मेरो मृत्युको जानकारी दिइरहेकी छु।

खासमा मैले धेरै दुःख पाएँ। धेरै आपत खेपे। पाएको दुःख सम्झिँदा लाग्छ। म यो देशको नागरिक हैन जस्तो। मेरो आँखाले कति हो कति बेथितिहरू देखे। त्यो बेथितिको सिकार म पनि भएँ। र, सम्झे बेथितिहरूले म जस्ता अरू अरु पनि दिनदिनै मरिरहेका होलान्। अनि मनमनै सम्झेर तपाईँलाई जानकारी गराउन मन लाग्यो। चिठी लेखिरहेकी छु।

हुन त म एक दिन मर्ने नै थिएँ। तर, केही समय चाँडै मर्ने भए। यसैले म दुःखी त छु भन्नै पर्यो। हो, म दुःखी छु अनि म मर्नु पहिले तपार्इँलाई भेटेर केही कुरा गर्न चाहन्छु। खासमा हाम्रो देशमा लापरबाही किन हुन्छ? बुझेर मर्न चाहन्छु।

माननीय मन्त्रीज्यू। हुन त म बाँचेर पनि देशको लागि के गर्न सक्थे होला र। तर, म मर्ने पक्का भए पछि किन हो देशको हो या आफ्नो खुब माया लागिरहेको छ। किन हो खै। मैले देखेका बेथितिहरू प्रति मेरो मनमा धेरै घृणा छ। लाग्छ म अब त केही दिनपछि मर्छु पनि होला। तर, मैले मेरो उपचार गर्दा पाएको दुःख हजुरलाई सबै भन्न चाहन्छु। न कि म जस्ता यो देशका नागरिकले म जस्तो दुःख नपाउन। पीडा नपाउन। बेथितिको सिकारले मृत्यु नपाउन।

तपार्इँलाई मेरा धेरै कुराहरू भन्नुछ। जुन कुराहरू म चाहेर पनि यस पत्रमा लेख्न सक्दिँन। भन्न सक्दिँन। घाउ पनि दुखेर बढिरहेको छ। पीडाले मुटु कापिरहेको छ। म योभन्दा बढि लेख्न सकिनँ। कृपया सक्नु हुन्छ भने म मर्नु पहिले म हजुरसँग सबै कुरा भन्ने समय पाउँ। सक्नु हुन्न भने यो काम चाहिं गरिदिनुहोला। देशका हर नागरिकलाई मृत्यु दिने बेथितिहरूको अन्तहोस्। लापरबाहीले एक वर्षपछि मर्ने नागरिक एक वर्ष अघि न मरोस्। नमस्कार।

सन्ध्या शाही, जुम्ला
हाल–काठमाडाैं

पुष्पकमल दाहाल र बाबुराम भट्टराई र कृष्ण बाहादुर महरा क्रिश्चियन भएको खुलासा

1986575681

दीर्घराज प्रसाई-

काठमाण्डौं । पुष्पकमल दाहाल (प्रचण्ड) बाबुराम भट्टराई, कृष्णबहादुर महरा इसाई हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (पचण्ड) र बाबुराम भट्टराई यी दुबै इसाई हुन् ।

प्रचण्ड र बाबुराम भट्टराई यी दुबै प्रधानमंत्री बनेता पनि उनीहरुले नेपाल बनाउने सोच बनाउने सोच राखेनन् र अझ पनि त्यस्तो सोचमा छैनन् । उनीहरु जसरी हुन्छ नेपाल ध्वस्त गराउनमा व्यस्त छन् । प्रचण्डको मंत्रिपरिषदमा कृष्णबहादुर महरा अर्थमंत्री पनि इसाई हुन् ।

महरालाई अर्थमंत्री बनाएर पहिला लुटेका अबौं कालोधनलाई व्यवस्थित गराउने हो । बितेको १० बर्षदेखि नेपालको राष्ट्रिय अन्तराष्टिय अवस्था अत्यन्त बिकट र असंतुलीत बनेको छ ।

माओवादी सत्तामा आएदेखि राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्र लथालिङ्ग छ । उनीहरुले आफ्ना सम्पूर्ण शक्ति देशभित्र लुट मच्चाएर अर्बौं सम्पत्ति कुम्ल्याउने कुरामा मात्र केन्द्रीत गराएका छन् ।

२०६८ सालमा माओवादीका बाबुराम भट्टराई प्रधानमंत्री बनेर नेपालभित्रका सारा पहिचान, स्रोत समाप्त गरेर भारतका दास बन्न पुगे । अहिले माओवादीका पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमंत्री बनेका छन् ।

२०६३ सालपछि राजा ज्ञानेन्द्रसँग संझौता भएर बिसर्जन भएको जनआन्दोलनलाई धोका नदिई भारतीय कांग्रेस (आई) र ‘रअ’ को पारामा नलागेर नेपाल डुबाउन नखोजेको भए यिनीहरु यस्तो वदनाम हुने नैं थिएनन् ।

तर ,हुँडारहरुका दाँरा र दाँत झरिसकेता पनि उनीहरुको रक्तपिपासु बानी छोड्दैनन्, माओवादीहरु पनि त्यस्तै हुन् भने कांग्रेस र एमालेभित्रका भ्रष्ट देशद्रोही नेताहरु पनि त्यस्तै छन् । यिनीहरुको राष्ट्रघाती चरित्र हेर्दा राष्ट्रियताको पीडाले मन रुन्छ ।
नेपाली आमाले अव अत्याचारको परकाष्ठा सहेर बसिरहेने छैनन् ।

यिनीहरुको अन्त्य नजिकै आइरहेको छ । नेपाललाई युगयुगान्तरसम्म स्थिरता, शान्तिको लागि यसको गौरवमय सार्वभौमसत्ता बचाउन विश्वको एक मात्र हिन्दु अधिराज्य तथा राजसंथालाई यथावत कायम गरेर देश निर्माणमा कैन्दीत हुनसक्नु पर्छ ।

नेपाल अधिराज्यलाई स्थिर बनाउन– १० विश्वको एक मात्र हिन्दुअधिराज्य तथा संवैधानिक राजतन्त्र अटल राखियोस् । २० धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता खारेज गरियोस् । ३० अखण्ड–नेपाल युगयुगान्तरसम्म अटल रहनु पर्छ ।
यो लेखकको  नितान्त व्यक्तिगत विचार हो । सम्पादक

स्रोत : न्युज बिहानी 

नेपाल ‘निल्ने’ भारतीय योजनामा प्रचण्डको साथ ? ‘दक्षिण एसियाको भूगोल बदलिन सक्छ’

 कमलराज भट्ट/टिप्पणी

modi-prachanda-1-650x385

काठमाडौं, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुअघि भारतका एक जना पाका र अनुभवी राजनीतिज्ञ कपिल सिवलले सन् २०२४ सालसम्ममा पाकिस्तानको नामोनिशाना मेटिने तथा नेपाल, भूटान, बंगलादेश र श्रीलंका भारतको राज्यका रुपमा छिट्टै गाभिने बताए । भारतका विज्ञ कपिल सिवलले बोलेको एक–एक कुराले अर्थ राख्ने बुझाई आमा मानिसमा छ । जसलाई उनले पुष्टि गरिसकेका छन् ।

‘प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको परामर्श नै नलिएर भारतलाई संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका रुपमा समर्थन गर्ने सहमति गरेको, नयाँ दिल्लीबाटै नेपालका भूकम्प पीडितलाई पैसा बाँड्ने योजना बनाएको, नेपालमा निरन्तर विरोध र खारेजीको माग हुँदै आएका महाकाली पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनालाई कार्यान्वयन गर्ने फेरि सहमति भारतीय समकक्षी नरेन्द्र मोदीसँग गरेका छन् । जसलाई २५ बुँदे संयुक्त वक्तव्यमा स्पष्टसँग उल्लेख गरिएको छ ।’

त्यसैगरी सत्तारुढ भारतीय जनता पार्टीका महासचिव माधव रामले पनि केही समय पहिला पाकिस्तान, नेपाल, भूटान र बंगलादेश भारत देश बन्ने दाबी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीकै कार्यकालमा यो सम्भव भइसक्ने पनि बताएका थिए । उनको यो भनाईमा त पाकिस्तानले आपत्ति नै जनाएको थियो ।

यी दुई प्रतिनिधिमुलक घटना मात्रै हुन् । पूरा दक्षिण एसियालाई आफ्नो बनाउने भारतको चाँहना जवारलाल नेहरु र इन्दिरा गान्धीको पालादेखि नै थियो । जसअनुसार ख्याल ख्यालमै सिक्किमजस्तो स्वतन्त्र राष्ट्रलाई भारतले आफ्नो राज्य बनायो । सिक्किम कब्जा गर्दा भारतलाई अमेरिकाले पनि समर्थन गरेको तथ्यहरु बाहिर आइसकेका छन् ।

दक्षिण एसियालाई एक राष्ट्र बनाउने भारतको वर्षाै पूरानो योजनालाई अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निरन्तरता दिएको संकेत माथिका दुई घटनाक्रमबाट स्पष्ट हुन्छ । रह्यो अमेरिकाको समर्थन । सिक्किम कब्जा गर्दा जसरी अमेरिकाले भारतलाई समर्थन गरेको थियो त्यसरी नै दक्षिण एसियालाई भारत बनाउने योजनामा पनि अमेरिकाको समर्थन छ । भन्न त अमेरिकीहरु भन्छन् हामी नेपाललाई भारतको आँखाबाट हेर्दैनौ । तर, आजसम्म भारतका हरेक कदममा अमेरिकी समर्थन रहँदै आएको छ ।

भारतलाई अमेरिकाको समर्थनको मुख्य उद्देश्य भनेको चीनलाई ‘साइज’मा ल्याउनु हो । दक्षिण एसियामा आफ्नो प्रभुत्व जमाउन सके आफूलाई चुनौति दिइरहेको चीनलाई ठिक ठाउँमा ल्याउन सकिने अमेरिकाको बुझाइ छ । जसअनुसार अमेरिका एसियामै भारतसँग बढी नजिक छ ।

भारतीय योजनामा नेपालबाट प्रचण्डको साथ ?

nepal-india-statment

हाल भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा भारतलाई स्थायी सदस्यताका लागि समथर्न गर्ने सहमति भारतीय समकक्षी नरेन्द्र मोदीसँग जनाएका छन् ।

भूकम्पका कारण थिलथिलो भएका नेपाली जनतालाई नाकाबन्दी लगाउने भारतप्रति कृतज्ञता व्यक्त गर्दै राष्ट्रसंघ सुरक्षापरिषदमा भारतलाई स्थायी सदस्यता दिलाउनुपर्ने पक्षमा प्रचण्ड सरकारको समर्थन रहेको कुरा नेपाल–भारतको संयुक्त विज्ञप्तिको ११ नम्बर बुँदामा पनि उल्लेख छ ।

यदि भारत राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्य राष्ट्र भएमा दक्षिण एसियाको भूगोल बदल्नेजस्तो भारतको सम्भावित वृहत्त कदममा पनि अन्तर्राष्ट्रिय समुदायले राष्ट्रसंघमार्फत् अंकुश लगाउन सक्ने छैन । किनकी त्यतिबेला उसँग सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र हुनुको हैसियतले राष्ट्रसंघको निर्णयविरुद्ध भिटो प्रयोग गर्ने सामथ्र्य हुनेछ ।

विश्लेषक भन्छन्- भारतलाई समर्थन गर्नु प्रचण्डको गम्भीर गल्ती

राजकुमार रेग्मी विश्लेषण गर्छनः भारतले राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्यतामा दावी गरेको छ । विज्ञप्तिको ११ नम्बर बुँदामा नेपालले समर्थन जनाएको उल्लेख छ । दक्षिण एसियाका पछिल्ला घटनाक्रमले देखाएको छ– भारतले दक्षिण एसियामा साम्प्रदायिकता फैलाइरहेछ, पृथकतावाद निर्यात गरिरहेछ । पाकिस्तानको बलुचिस्तान पृथकतावादी आन्दोलनलाई समर्थन गरेको छ । अरुलाई असुरक्षित बनाउने देशलाई नै सुरक्षा परिषद्को सदस्यताका लागि समर्थन ! यो नसुहाउने विषय हो । साथै यो प्रचण्डको गम्भीर गल्ती पनि हो ।

‘अब विश्व मामिलामा धारणा बनाउन नेपाल स्वतन्त्र छैन’

नेपाल भारत संयुक्त विज्ञप्तिकै ११ नम्बर बुँदामा प्रमुख अन्तराष्ट्रिय परिघटनाहरुमा नेपाल र भारतले समान धारणा बनाउने भनिएको छ । संयुक्त राष्ट्रसंघ र अन्य अन्तराष्ट्रिय संस्थाहरुमा संयुक्त रुपमा आपसी तालमेलमा धारणा बनाउने भनिएको छ । एउटा स्वतन्त्र र सार्वभौम मुलुकले ठूलो र बलियो देशसँग यस्तो प्रावधानमा सहमति जनाउन कसरी मिल्छ ?

यो प्रावधानको सीधा अर्थ के हो भने अब विश्व मामिलामा धारणा बनाउन नेपाल स्वतन्त्र छैन । जे गर्दा पनि भारतसँग सोध्नुपर्ने हुन्छ । भारतले चाहिँ नेपाललाई सोध्ने छैन । भारतले निर्णय गर्नेछ, नेपालले त्यसलाई पछ्याउनुपर्ने छ । उत्तर कोरियाले आणविक परीक्षण गर्दा विरोधमा विज्ञप्ति दिउँ कि नदिउँ भनेर दिल्लीलाई सोध्नुपर्ने छ । नसोधी केही गरेमा भारतले के सम्म गर्छ भन्ने गत नाकाबन्दीका बेला देखिसकेका छौं ।

यसो भनेका थिए भारतीय राजनीतिज्ञ सिवलले

kapil-1भारतका अनुभवी एवं चर्चित राजनीतिज्ञ कपिल सिवलले सन २०२४ सालसम्ममा पाकिस्तानको नामोनिशाना मेटिने तथा नेपाल, भूटान, बंगलादेश र श्रीलंका भारतको राज्यका रुपमा छिट्टै गाभिने बताएका थिए । वरिष्ठ राजनीतिज्ञ सिवलेले ‘कपिल सिवले आर्मी’ नामक आफ्नो ट्विटरमा १३ सेप्टेम्बरका दिन लेखेका छन– ‘मोदीराज का मतलब है निश्चित रहिए २०२४ तक पाकिस्तान का नामानिशाँ मिट जायगा । नेपाल, भूटान, वंगलादेश, और श्रीलंका भारतके नये राज्य होंगे ।’

पंजावको जालन्धरमा जन्मेका र दिल्लीलाई अभ्यासको थलो बनाएका, विहारको राज्यसभामा रहेका तथा सन् १९९८ मा भारतको अपर हाउसको संसद सदस्य भएका कपिल चर्चित वकिल समेत हुन् । ३ पटकसम्म सर्वोच्च वारको सभापति भएका सिवले भारतको मन्त्रिपरिषदमा पनि विभिन्न जिम्मेवारी पुरा गरेका छन् । बार एशोसियसनको नेतृत्व लिइसकेका र विज्ञान तथ प्रविधि मन्त्री, मानव शंसाधन मन्त्री, संचार तथा सूचना प्रविधि, कानुन तथा न्याय मन्त्रालय सम्हालिसकेका कपिलले बोलेको कुरो सामान्य रुपमा लिन सकिदैन ।

दैनिक नेपाल बाट साभार

यी महिलाको उपचार गर्न सकिन्छ ?

upachar-story

जाजरकोट– देशका ‘हाइप्रोफाइल’ अनुहारको खर्चमा राज्यले करोडौं खर्च गरेको छ । आज मात्र पूर्व राष्ट्रपति राज्यकोषबाट रकम लिएर उपचारका लागि अमेरिका उडेका छन् । तर, दूर्गम गाँउका गरिव जनता आधारभूत उपचार नपाएर मर्नुपर्ने अबस्था छ ।

पूर्वराष्ट्रपछि डा.रामबरण यादवले उपचार खर्चका लागि तीन करोड मागेका थिए । उनलाई अहिले उपचारका लागि सरकारले ६० लाख दिएको छ ।

तर, जाजरकोटमा उपचारका लागि पैसा नभएपछि एक महिला जीवसँगै संघर्ष गरिरहेकी छिन् । आर्थिक अभावका कारण जिल्लाका दुर्गम क्षेत्रका ती महिला १२ वर्षदेखि जीवन–मरणको लडाईंमा छिन् ।

जिल्लाको सवै भन्दा दुर्गम क्षेत्रमा पर्ने रोकायगाउँ–७ का नरेन्द्र गिरीकी २९ वर्षीय श्रीमती रती गिरी विगत १२ वर्ष देखी रोगसँग लडिरहेका छिन् ।jajarkot-women

३ छोराछोरीका अभिवावक हुन् गिरी दम्पती । उनीहरु यस अघि स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेको वताउँछन् । रतीको पहिले–पहिले कमै छाती दुख्थ्यो ।

स्थानीय स्वास्थ्यकर्मीको सल्लाह अनुसार टिबीको औषधी खाइन् । ९ महिनासम्म औषधी लिदा पनि निको नभएपछि नरेन्द्र रतीलाई लिएर भारत गए । छोराछोरी च्यापेर ५ महिना अघि भारतको सिम्ला गएका थिए ।

‘भारतमा कमाई गदै उपचार गरौँला’ भनेर श्रीमती र छोराछोरी लिएर गएका थिए नरेन्द्र । दुई महिना अघि भारतको सिम्ला हस्पिटलमा श्रीमतीको एक्सरे गराएपछि फोक्सोमा समस्य रहेको देखियो । नरेन्द्रसँग उपचार गर्ने पैसा थिएन । दुई महिना काम गरेर एक्सरेका लागि पैसा जुटाएका थिए । बरु, नेपाली दाजुभाईले सहयोग जुटाएर गाडी भाडा दिए । त्यसपछि नरेन्द्र फेरि गाँउ फर्केका हुन् । भन्छन्, ‘उपचार गर्ने पसा थिएन । घरमै मरौंला भनेर आएको ।’ उनले भने । नरेन्द्रसँग विकल्प थिएन, मरेपनि पत्नी घरमै मरुन भनेर गाँउ फर्केका हुन् ।

रातोपाटी संवाददाताले भारतबाट घर फर्कदै गरेको बेला यो दम्पतीलाई भेटेका थिए ।

रतीलाई १२ वर्ष पहिले सामान्य छाती दुख्ने गरेको थियो । स्थानीय लिम्सा स्वास्थ्यमा निशुल्क पाईने औषधी लिएर उनले खाएकी थिइन् । रोग वल्झिदै जाँदा देवी,देवता देखी स्थानीय जडीवुटी सवै गरेका थिए नरेन्द्रले । केही नलागेपछि अन्तिममा अवस्थामा भारत गएको नरेन्द्र वताउँछ ।

‘लाखै रकम चाहिदो रहेछ फोक्सोको उपचार गर्न हामी संग गाडी भाडा सम्म नभएका मानिसले कसरी उपचार गर्नु ? अन्तिम अवस्थामा सास भएपनि घर पुग्ने ईच्छा अनुसार घर आएको रतीका श्रीमान् नरेन्द्रले भने ।

केही दिन पहिला स्वास्थ्य मन्त्री गगन थापाले कोही नेपाली अव उपचार नपाएर मर्दैनन् भनेका थिए । स्वास्थ्य मन्त्री थापाले रती गिरीका उपचारमा पहल लेलान ?

स्रोत : रातोपाटी