Home / बिचित्र संसार (page 3)

बिचित्र संसार

छोरी जन्मने आशामा १३ छोरा जन्माएका दम्पत्ती भन्छन्, ‘छोरी नजन्मेसम्म रोकिँदैनौं’

शीर्षक पढ्दा अचम्म लाग्यो होला । किनभने नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घटना हाम्रा लागि साधारण हुन् । तर यो घटना हाम्रो लागि रोचक त छ नै नेपाली समाजमा यस्तो घटना विरलै सुन्न पाइन्छ ।brazilian-family_1473514345-jpeg

ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार छोरीको आशा गरेर बसेका छन् । यही आशाले उनीहरुलाई १३ छोराहरुको आमा–बुवा बनाएको छ । । यी दम्पत्तीका सबै छोराहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन् ।

फुटबलका पारखी ४० वर्षीया यी छोराहरुका बुवाले आफ्ना सबै छोराहरुको नाम फुटबल खेलाडीहरुको राखेका छन् । इरिनुए र उनकी श्रीमती जूसिसिलेडीले छोरी नजन्माएसम्म आफूहरु नरोकिने बताएका छन् । श्रीमती पहिलो पटक गर्भवती भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए । यी दम्पत्तीले छोरीको नाम पनि जुराइसकेको बताएका छन् ।

यो सिलसिला १३ औं सन्तान भएपछि पनि जारी छ । दम्पत्तीका सबै छोराहरुको नाम अंग्रेजी अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबल खेलाडीहरुको नाममा राखेका छन् । दम्पत्तीले अघिल्लो महिना मात्र जन्मेका छोराको नाम ‘क्रिस्टियानो रोनाल्डो’ राखेका छन् ।

यो परिवार ब्राजिलको कानसिकाओको कोटी इलाकामा बस्ने गर्दछन् । ठूलो परिवारलाई खाना बनाउन निकै मेहनत गर्नुपर्ने जूसिसिलेडी बताउँछिन् । उनका अनुसा एकपटकमा उनले एक किलो चामल, एक किलो गेडागुडी र ठूलो प्याकेट म्याक्रोनी बनाउने गर्दछिन् ।

एजेन्सी

पाइपबाटै घरघरमा बियर

beer

असोज ७  । जर्मनीमा घर, घरमा ग्याँस मात्र होइन बिएर पनि पुर्याउने गरिन्छ । जर्मनीको सिको गरेर अन्य केही देशमले पनि आफ्ना नागरिकलाई यस्तो सुझाब दिएका छन् । जर्मनीको बियर निकै लोकप्रिय मानिन्छ । वर्षमा एक पटक विसाल बियर फेष्टिबल हुने गर्दछ ।

जसमा भाग लिन संसार भरबाट मानिस त्यहाँ पुग्ने गर्दछन् । त्यसकुरालाई ध्यानमा राखेर जर्मनीमा घर घरमा पाइपबाट बियर पुर्याउने व्यवस्था मिलाइएको हो । बियरको तलतल लागे बार वा रेष्टुरेष्ट धाउनु नै पर्देन । घरमै पाइपबाट बियर पानी जस्तै थापेर खान पाइन्छ ।

सुरुमा रुसी नागरिक आन्द्रेय एरेमिव नाम गरेका एक युवकको पसलबाट घरसम्म व्यक्तिगत पाइपलाइन बिछ्याएका थिए । यसबाट प्रेरित भएर जर्मनीमा पाइप राख्न मन गर्ने सबैका लागि पाइपलाइन बिछ्याइएको छ

फेसबुकमा फोटो शेयर गरेको भन्दै किशोरीले हालिन् आफ्नै आमा बाबुविरुद्ध मुद्दा

facebook-option

नियामा फेसबुक चलाउने अभिभावकहरुमध्ये सायद त्यस्ता अभिभावक नहोलान् जसले फेसबुकमा आफ्ना प्यारा सन्तानका तस्वीरहरु शेयर नगरुन् ।

तर आफ्नै सन्तानका तस्वीर फेसबुकमा शेयर गर्दा कतिपय अभागी अभिभावकलाई सन्तानबाटै मुद्दा खेप्नुपर्दोरहेछ । अस्ट्रियामा यस्तै भएको छ । आफ्नो बाल्यकालको फोटो फेसबुकमा शेयर गरेको भन्दै एक किशोरीले आफ्नो बाबुआमा विरुद्ध मुद्दा हालेकी छिन् ।

१८ वषर्ीय ती किशोरीले सन् २००९ मा खिचेको उनको फोटो उनका बाबुआमाले सोध्दै नसोधी फेसबुकमा पोस्ट गरेको भन्दै मुद्दा हालेकी हुन् । ती तस्वीरमध्ये कतिपय आफ्ना निकै निजी तथा गोप्य खालका तस्वीर पनि रहेको र त्यस्ता तस्वीर सार्वजनिक हुँदा आफुले साथीहरुबाट निकै असहज व्यवहारको सामना गर्नुपरेको उनको दाबी छ ।

ऋाफ्ना ती फोटोहरु फेसबुकबाट हटाउन आफुले कैयौँपटक बुवाआमालाई अनुरोध गर्दापनि नमानेको किशोरीको दाबी छ ।

पटक पटक आग्रह गर्दा पनि आफ्ना निजी तस्वीरहरु बुवाआमाले फेसबुकबाट नहटाइदिएपछि उनले बाध्य भएर मुद्दा हालेको किशोरीका वकिल माइकल रमीले बताएका छन् । किशोरीले आफ्ना बुवाआमा विरुद्धको मुद्दा जित्ने विश्वास उनको छ ।

कुमार युवकको पर्खाइमा छन् यहाँका नवयौवना युवतीहरु, कारण यस्तो छ

वैँशले उन्मुक्त भएका हरेक युवतीहरुको सपना हुन्छ की उनको विवाह धुमधामसँग होस् । तर दुनियामा एउटा यस्तो ठाउँ छ हाँ महिलाहरुका लागि बिहे गर्ने कुरा निकै कठीन कार्यको रुपमा रहेको छ ।

girlरुप र यौवनले मस्त हुँदाहुँदै पनि आफ्नो मनको राजा नभेट्टाएर पर्खिरहनुु उनीहरुको नियति बनिरहेको छ ।

ब्राजिलको नोइवा दो कोरडेएरो गाउँमा २० देखि ३५ वर्षसम्मका युवतीहरु आजपनि आफ्नो वरको खोजीमा जुटिरहेका छन् । हजारौँ युवतीहरु जवानी बिसाउनका लागि विवाहको पर्खाइमा छन् व्यग्रताका साथ ।

उक्त गाउँमा ठूलो संख्यामा सुन्दरताले भरिपूर्ण युवतीहरु छन् । तर विडम्बना उनीहरुलाई बिहे गर्ने अविवाहित युवकहरु भ्ने पर्याप्त संख्यामा छैनन् ।

यहाँका युवतीहरु प्रेम तथा विवाहको सपना त सजाउँछन् तर विवाह र प्रेमकै कारण गाउँ जन्मठाउँ छाडेर जाने कुरामा मन्जुर हुँदैनन् । बिहे गर्ने केटा घरज्वाइँ बन्न राजी नभएसम्म युवतीहरु बिहे गर्न तयार हुँदैनन् बरु थप पर्खिन तयार हुन्छन् ।

यो गाउँमा लैंगिक अनुपातको असन्तुलनका कारण युवतीहरु अविवाहित बस्नुपरेकाो हो । गाउँमा मातृसत्तात्मक व्यवस्था छ र महिलाहरुले बसालेको नियमानुसार पुरुषहरु चल्नुपर्छ ।

एजेन्सी

६० वटा रानी भएका राजा, जसले बर्मामा खाना खान्छन् भारतमा सुत्न आउँछन्

king

आधुनिक युगमा समेत ६० वटी श्रीमती भएका राजा ! अझ अनौठो कुरा त के भने हरेक दिन एक देशमा खाना खाने र अर्को देशमा सुत्न जाने ।

हो, आधुनिक युगका यी विचित्र राजा हरेक दिन म्यानमारमा खाना खान्छन् र सुत्नका लागि भारत आउँछन्, त्यो पनि कुनै जहाजमा नचढीकन ।

यो सत्य घटना हो भारतको नागाल्याण्डस्थित लोंगवा गाउँको । यहाँ कोन्याक जनजातिका मानिसहरु बस्दछन् । यो गाउँको आधा भाग भारतमा पर्दछ भने आधा भाग म्यान्मारमा । त्यसैले यहाँका मानिसहरु विना कुनै पासपोर्ट र भिसा भारत र बर्मा ओहोर दोहोर गर्दछन् ।

समाचार अनुसार यो आदिवासी समुदायका राजाको नाम अंग नगोवांग हो । यी राजाको अधिनमा लोंगवा समेत विभिन्न ७५ वटा गाउँ रहेका छन् । यी राजाको दरबारक्षेत्रको बीचमा भारत र म्यानमारको सिमाना पर्दछ ।

त्यसैले राजाको परिवारको भान्सा म्यान्मारमा पर्छ भने शयन कक्ष भारतमा । सोही कारण राजपरिवारले म्यान्मारमा खाना खान्छ र भारतमा गएर सुत्दछ । यी राजाको परिवार पनि निकै ठूलो छ । यिनका ६० वटा पत्नी छन् र उनका छोराहरु बर्माको सेनामा संलग्न छन् ।

यो गाउँका मानिसहरुले भारत र म्यानमार दुबै देशको नागरिकता लिएका छन् । यो आदिवासीलाई निकै खतरनाक आदिवासी मानिन्छ । यिनीहरु हृेड हन्टर्सको नामले पनि परिचित छन् ।

किनकी यिनीहरुले पहिले मानिसको सिकार गर्थे र मान्छेको टाउको साथमा लिएर जान्थे । तर सन् १९६० पछि उनीहरुले हेड हन्टिंग छाडिसकेका छन् । यद्यपि यो समुदायका मानिसहरुका घरमा सजिएका मानव खप्पर अहिलेपनि देख्न सकिन्छ ।

एजेन्सी

कुकुरकै कारण यसरी भयो बिहे रद्द

dog

केटा वा केटीले एक अर्कालाई मन नपराएका कारण बिहेका प्रस्ताव अस्विकार हुने गरेको त सुनिएकै थियो । तर कहिलेकाहीँ मान्छे मन पर्दापर्दै पनि कुकुर मन नपरेका कारण समेत बिहे नहुन सक्दो रहेछ ।

भारतको बैंगलोरमा भएको छ यस्तै । त्यहाँकी एक युवतीले आफ्नो कुकुर मन नपराएको भन्दै एक युवकसँगको बिहेको प्रस्ताव अस्विकार गरेकी छिन् ।

करिश्मा वालिया नामकी ती युवतीले आफुले कुकुरकै कारण बिहे प्रस्ताव अस्विकार गरेकी भनिएका एक युवकसँग व्हाट्सएपमा भएको कुराकानी मंगलबार फेसबुकमा पोष्ट गरेकी छिन् ।
उक्त फेसबुक पोष्टमा केटाकेटीबीच भएको कुराकानी छ । कुराकानीमा केटाचाहीँले केटीलाई उनको कुकुर छाड्न मनाउने कोसिस गरिरहेको छ ।

करिश्माका अनुसार ती युवकसँग आफ्नो मागी बिहेको प्रस्ताव आएको थियो । अन्य कुराकानीमा केटा ठिकै थियो । राम्रो कमाउथ्यो र जिउडाल पनि आकर्षक नै थियो । तर जब करिश्माले बिहेपछि पनि आफुले आफ्नो कुकुर सँगै राख्न चाहेको बताइन् तब युवकले करिश्माको त्यस्तो इच्छालाई मन पारेन । उसले त्यो कुकुरलाई छाड्न भन्यो ।

व्हासएपमा भएको कुराकानीका क्रममा उक्त युवकले करिश्मालाई प्रष्ट भन्यो की उसले उनीहरुको प्रेमको बीचमा कुनै कुकुर आएको र कुकुरले ओछ्यान शेयर गरेको कुरा मन पराउँदैन । साथै आफ्नी आमालाई पनि कुकुर मन नपर्ने कुरा युवकले भन्यो ।

जिवनको कुनै उमेरमा कुकुर मन पर्ने तर त्यस्तो मन पराइ अस्थायी कुरा रहेको भन्दै उसले कुकुरको साथ छाड्न करिश्मालाई भन्यो ।

त्थापि करिश्माले कुकुरको साथ छाड्न मानिनन् । त्यसपछि उक्त युवकले मेसेजकै क्रममा झोक्किँदै लेख्यो  त्यसोभए कुकुरसँगै बिहेे गर ।

युवकको त्यस्तो व्यवहार देखेपछि करिश्माले पनि आफ्नो प्यारो कुकुरलाई छाडेर त्यो हठी युवकसँग बिहे नगर्ने फैसला गरेकी छिन् ।

एजेन्सी

कवाडीमा किनेको कुर्सीले रातारात बनायो लखपति

cabadi

हिन्दीमा एउटा उखान छः उपरवाला जब भी देता हे, छप्पड फाँडकर देता हे । जब मानिसको भाग्य बदलिनु छ भने त्यो रातारात बदलिन सक्दछ । यदि आफ्नो भाग्य पनि क्षणभरमै बदलियो भने तपाइँ कत्तिको खुसी हुनुहोला ? स्कटल्याण्डमा एक दम्पत्तिको भाग्य पनि क्षणभरमै बदलिएको छ ।

कुर्सी खरीद गर्ने त्यो दम्पत्तिलाई के थाहा थियो की त्यहीँ कुर्सीले उनीहरुको भाग्य बदल्नेवाला छ । उक्त दम्पत्तिले करीब १० वर्ष पहिले उक्त कुर्सी ५ पाउण्ड अर्थात् झण्डै सात सय रुपैयाँमा किनेका थिए, कवाडीमा । टुटेफुटेको कुर्सी मर्मतका लागि रकम नभएपछि उनीहरुले त्यसलाई स्टोर रुममा राखिदिए ।

कुर्सी किनेको ६ वर्षपछि जब उनीहरुले कुर्सीको मर्मत गर्न थाले तब उनीहरु अचम्मित भए । कुर्सी मर्मत गर्ने बेलामा यो पत्ता लाग्यो की कुर्सीमा हिराका गहना लुकाइएको रहेछ । ५० वर्षका एंंगस ब्राउनले ४७ वर्षकी पत्नी एन्जिलालाई कुर्सीमा बहुमुल्य गहना भेटिएको बताए र त्यहाँ भेटिएको हिराको औठी श्रीमतीलाई उपहार दिए । त्यस्तै हिराका रिंग लगायतका गहना पनि एन्जिलाले प्राप्त गरिन् । त्यो पूरानो कुर्सीमा बाहिर लगाइएको पत्रभित्रको भागमा झण्डै ५ हजार पाउण्ड बराबरका हिराका गहना भेटिए ।

उक्त कुर्सीलाई मर्मत गरेर चिटिक्क पारिएको छ भने गहना पाएर एन्जिला मख्ख छिन् ।

एजेन्सी

अमेरिकी ज्योतिषको भविष्यवाणीः अक्टोबर २ साँझ ६ बजे संसारको अन्त्य (भिडियाे सहित )

sansaar

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा बस्ने एक चर्चित सन्त ज्योतिष हेरोल्ड क्याम्पिङले यो वर्षको अक्टोबर २ तारिखमा संसारको अन्त्य हुने दावी गरेका छन् ।अक्टोबर २ को साँझ ६ बजे संसारको अन्त्य हुने उनको भनाइ छ । उनको भनाइ अनुसार त्यतिबेला संसारको २ प्रतिशत जनसंख्या तत्काल स्वर्गवासी हुनेछ भने बाँकी अन्य कुनै स्थानमा पुग्नेछन् ।

पूर्व इन्जिनियर समेत रहेका ८९ वर्षीय क्याम्पिङले प्रत्येक दिन आफ्नो भविष्यवाणी रेडियो नेटवर्कको माध्यमबाट गर्ने गर्छन् ।यो रेडियो धार्मिक ब्रोडकास्टिङ संगठनले श्रोताको दान दातब्यको माध्यमबाट सञ्चालन गर्ने गर्छ । ७० वर्ष सम्म बाइबलको अध्यन गरेका सन्त हेरोल्ड क्याम्पिङले आफ्नो विशेष गणित विकाश गरेर भविष्यवाणी गर्दै आएका छन् ।

जिसस क्राइस्ट सुलीमा चढेको दिन देखि ७ लाख २२ हजार ५०० दिनपछि पृथ्वीको अन्त्य हुने तय रहेको दावी गर्दै उनले यो संख्या महत्वपूर्ण भएको बताएका छन् । बाइबलमा ५, १० र १७ लाई पवित्र तीन अंक मानिएको छ । यसको गुणनफलबाट आउने अंकलाई झनै महत्वपूर्ण मानिन्छ ।

सन्त हेरोल्ड क्याम्पिङले हैटी, जापान र नेपालमा आएको भूकम्पलाई समेत यो प्रलयको पूर्व संकेतकोरुपमा दावी गरेका छन् ।नेपाली हेडलाइनकाे सहयाेगमा   हेर्नुस् भिडियोः 

नाटकीय प्रेममा विश्वास गर्दा अपहरण मा परे भारतीय नागरिक

भाद्र २७, २०७३-

भारतीय सीमा सहर जुगौलीका खुर्सिद अहमद भदौ १२ गते सुनौलीबाट पोखरा आउने क्रममा निकै उत्साहित थिए । कारण उनलाई भेट्न भैरहवाकी एक युवतीले पोखरा बोलाएकी थिइन् । फोन–फोनमै चिनजान भएकी ती महिलाको आग्रहमा खुर्सिद पोखरा आउन तयार भए । ती महिलालाई भेटे पश्चातका योजना मनमा सजाउदै भदौ ११ गते रात्रि बस चढेका खुर्सिद १२ गते पोखरा आइपुगे ।

 

उनलाई लिन ती युवती पृथ्वीचोक बसपार्कमा उपस्थित थिइन् । अहमदलाई आफ्नो घर लाने भन्दै उनले लेखनाथ नगरपालिका–८ स्थित अशोक अधिकारीको घरमा रहेको आफ्नो डेरामा पुर्‍याइन् । त्यहाँ पुगपछि मात्र खुर्सिद अहमदलाई आफू अपहरणमा परेको थाहा भयो । उनी त्यही घरमा भाडा लिइएको कोठामा बन्धक बनेर बसे । कोठामा बन्दी बनाइएका अहमदले त्यहाँ झ्यालबाट निस्केर भाग्ने योजना बनाए । झ्यालबाट बाहिर निस्कने क्रममा उनलाई देखेपछि घरधनी र अरूले चोरी गर्न लागेको आरोप लगाए । त्यसपछि अहमदलाई प्रहरी कार्यालय पुर्‍याइयो ।

 

प्रहरीले सोधपुछ गरेपछि मात्र थाहा भयो उनी चोरी गर्ने मनासयले नभई अपहरणबाट मुक्त हुन झ्यालबाट भाग्न खोजिरहेका थिए । उता अपहरणकारीले भने उनका दाजुसँग एक करोड रुपैयाँको माग गर्दै फोन गरिसकेका थिए । अपहरणमा परेका अहमदलाई भदौ १३ गते साँझ कास्कीको लेखनाथ–८ शिशुवास्थित अशोक अधिकारीको घरबाट अपहरण मुक्त गरिएको प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

 

डीएसपी बज्राचार्यका अनुसार अपहरणकारीले एक महिनाअघि यो योजना बनाएका थिए । सोहीअनुसार अहमदलाई उनीहरूले पोखरा घुम्न बोलाएर अपहरण गरेका हुन् । अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले भारतीय नागरिक सहाबुद्धिन कुरैसीलाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले एक थान पेस्तोलसमेत बरामद गरेको छ । उक्त घटनामा संलग्न नवलपरासी कावासोती–११ बस्ने वर्ष २१ का अरुण घलेलाई रूपन्देहीबाट पक्राउ गरी कास्की ल्याइएको छ । अहपरणका मुख्य योजनाकारको खोजी भैरहेको डीएसपी बज्राचार्यले जानकारी दिए ।

 

पक्राउ परेकाहरूको बयानका आधारमा मुख्य योजनाकार पनि छिट्टै पक्राउ पर्ने बज्राचार्यको दाबी छ । घटनाका मुख्य योजनाकार पनि भारतीय नागरिक नैभएको अनुसन्धानका क्रममा देखिएको उनले बताए । अहमदसँग नाटकीय प्रेम गर्ने ती महिलासमेत फरार छिन् । पक्राउ परेकाहरू विरुद्ध अपहरण शरीर बन्धक मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता बज्राचार्यले बताए ।

 

चन्द्रमा मा समेत भूकम्प! सुन्दा अचम्म लाग्छ भूकम्पको कम्पन १० मिनेट लामो !

moonquake-earthquake
भदौ २५, काठमाडौं । चन्द्रमामा पनि धेरै भूकम्प जाने गरेको वैज्ञानिकहरुले बताएका छन् । चट्टानले बनेको साथै त्यहाँ भौगर्विक गतिविधि निकै कम हुने गरेपनि चन्द्रमामा धेरै भूकम्प जाने गरेको उनीहरुले बताएका छन् । चन्द्रमामा जाने भूकम्पलाई मुनक्वेक भनेर चिनिन्छ भने त्यो ४ प्रकारका हुन्छन् । सूर्यको तापले हुने, उल्काहरुका कारण हुने भूकम्प र डिप क्वेक सामान्य हुने भएपनि स्वालो मुनक्वेक भने खतरनाक हुने गरेको छ । स्वालो मुनक्वेक ५ दशमलव ५ रेक्टर स्केलसम्मको हुने र यसको कम्पन १० मिनेटसम्म रहन सक्ने वैज्ञानिकले बताएका छन् । यस्तो प्रकारको भूकम्प जाँदा चन्द्रमामा घण्टीको जस्तो आवाजसमेत निस्कने नासाले जनाएको छ । चन्द्रमामा पृथ्वीमा जस्तो सक्रिय टेक्टोनिक प्लेट नभएकाले के कारणले भूकम्प जान्छ भन्ने कुरा भने अध्ययनको विषय बनेको छ ।
चन्द्रमा सम्बन्धि बिशेष जानकारी 
१. चन्द्रमा चिहान बनिसकेको छ 
चिहान बनेको चन्द्रमा चन्द्रमालाई मानिसले अहिले पनि भगवान मानेर पूजा गर्छन् । तर चन्द्रमा चिहानको रुपमा पनि प्रयोग भएको छ । प्रख्यात भूगर्भविद् तथा खगोलविद् युजिन सुमेकरको अस्तु चन्द्रमामा विसर्जन गरिएको छ । उनले ब्रम्हाण्डको अध्ययनका लागि विभिन्न वैज्ञानिक अनुसन्धान गरेका थिए, जुन अध्ययनको सहयोगमा एपोलो यान चढेर चन्द्रमा पुग्ने मानिसको सपना पूरा भएको थियो । आफ्नो जीवनकालमा चन्द्रमा पुग्ने सुमेकरको धोको भएपनि त्यो पूरा हुन पाएन । उनको इच्छालाई पूरा गर्न सन् १९९८ मा लुनार प्रोस्पेक्टरमा उनको अस्तु चन्द्रमामा पठाइएको थियो ।
२. घातक धूलोको भण्डार 
घातक धूलोको भण्डार चन्द्रमामा रहेको धुलोका कण अर्थात लुनार डस्ट निकै घातक रहेको छ । पृथ्वीमा बालुवा भएजस्तै चन्द्रमामा पनि लुनार डस्ट प्रशस्त छ । यो धुलो मैदाको पिठो जस्तै मिहीन रहेपनि निकै खस्रो रहेको चन्द्रमा पुगेका अन्तरिक्षयात्रीले बताएका छन् । यो धुलोकै कारण धेरै वैज्ञानिक अनुसन्धानमा पनि असर परेको छ । चन्द्रमामा पुगेका अन्तरिक्षयात्रीलाई यसले मु हे फिभर समेत भएको थियो । साथै अनुसन्धान गर्न राखिएका विभिन्न उपकरणमा यस्ता धुलो पस्दा बिग्रने गरेको छ । यो धुलो गन्ध भने बारुदको जस्तै हुन्छ ।
३. चन्द्रमामा छायाँ पनि चुक घोप्टेजस्तो अँध्यारो 
चन्द्रमामा छायाँ पनि चुक घोप्टेजस्तो अँध्यारो चन्द्रमामा कुनै पनि वस्तुको छायाँ पृथ्वीमा भन्दा निकै गाढा हुने गरेको छ । जब नील आर्मस्ट्रङ र बज एल्ड्रिनले पहिलो पटक चन्द्रमामा पाइला टेके, उनीहरुको आफ्नै छायाँले अगाडिको बाटो अध्यारो बनाएको पाएका थिए । चन्द्रमामा वायुमण्डल नभएका कारण यस्तो भएको हो । आकाशमा सूर्य उदाएपनि छायाँ परेको ठाउँमा निस्पट्ट अन्धकार हुने हुँदा हिँड्न तथा उपकरणको मर्मत लगायत काम गर्न निकै अप्ठेरो परेको उनीहरुको अनुभव छ ।
४.  डम्पिङ साइट बन्दै 
डम्पिङ साइट बन्दै चन्द्रमा चन्द्रमामा मानिस पुगेको झण्डै आधा दशक पुग्न लागेको छ । यसबीचमा चन्द्रमामा फोहोर थुप्रिने क्रम पनि बढेको छ । वैज्ञानिकका अनुसार अहिले चन्द्रमामा झण्डै १ लाख ८१ हजार ४ सय ३७ किलो फोहोर थुप्रिएको छ । अन्तरिक्षयात्रीले प्रयोग गरेका सामान लगायत विभिन्न परीक्षणका काम नलाग्ने सामान चन्द्रमामा थुप्रिएको हो