Home / राशिफल (page 17)

राशिफल

तपाईंको आजको राशीफल ( बैशाख ३० गते बिहिवार )

तपाईंको आजको राशीफल ( बैशाख ३० गते बिहिवार )

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कार्यमा सफलता प्राप्त गर्न प्रतिस्पर्धा गर्नुपर्नेछ । आलोचना हुने भएकाले संयमित रहनुहोला । कुरा काट्ने प्रशंसा गर्न थाल्नेछन् ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
लेखनकार्यमा मन लाग्नेछ । मनमा उत्साह र हर्ष बढ्नेछ । न्यायिक कार्यमा अल्झन आउनेछ । भाग्य कमजोर रहेको हुँदा कार्य अधुरा रहनेछन् ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
धार्मिक भावनाको विकास हुनेछ । अनावश्यक समस्याले सताउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । आर्थिक वृद्धि हुने देखिन्छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अधुरा कार्य पूरा हुनेछन् । नवीन कार्यको थालनी हुनेछ । मानसिक अस्थिरता रहनेछ । व्यापार व्यवसायका लागि समय मध्यम रहेको छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धर्मकर्ममा रुचि बढ्नेछ । अग्निभयको सम्भावना छ । राजनीतिक परिवर्तन हुनेछ । मानसिक नैराश्य बढ्नाले कार्य असफल रहनेछन् ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
भाग्यले साथ दिनेछ । धनलाभ हुनेछ । काममा सुधार आउनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । यात्रा हुनसक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
सम्मान प्राप्त हुनेछ । भेटघाटमा मन रमाउनेछ । अरूको मन जित्न सकिनेछ । सामाजिक कार्यमा गरिएका प्रयासहरू फलदायी रहनेछन् ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बोलीको प्रभाव बढ्नेछ । आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ । दिनको पूर्वाद्र्धमा लेनदेन नगर्नु होला । विश्वास गरेकाले धोका दिनेछन् ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
शारीरिक कमजोरी, मानसिक चञ्चलता बढ्नेछ । न्यायिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
अध्ययनअध्यापनमा मन लाग्नेछैन । स्वास्थ्यमा आंशिक सुधार हुनेछ । सञ्चार क्षेत्रमा सफलता मिल्नेछ । अनावश्यक चिन्ता बढ्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
धनआर्जनमा अवरोध आउने देखिन्छ । सूचना आदानप्रदान हुनेछ । स्मरणशक्ति बढ्नेछ । अचल सम्पत्तिको नास हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ । पारिवारिक सद्भाव कायमै रहनेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । खर्च बढ्नेछ ।

 

अाजकाे राशिफल: वि.सं. २०७३ वैशाख २४ गते शुक्रबार तदनुसार ई. सं. २०१६ मई ०६ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

 

मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

 

प्रतिकूल समय चल्दैछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्राबाट फाइदा छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

 

भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

 

प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । श्रममूलक काममा मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

 

आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

 

स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । बेकारको विवादमा फँस्न सकिन्छ, बोलीमा अङ्कुश लगाएकै बेस हुनेछ ।  तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, आज कुनै पनि नयाँ काम नथाल्नु होला । ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

 

हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

 

आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

 

सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

 

परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । कृषि–चौपायाबाट हानि पुग्नसक्छ, बन्दव्यापारमा घाटा देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

 

व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

 

आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, त्यसैले सचेत रहनु होला । कृषि, पशुपालन र झिनामसिना घरायसी काममा समय खर्च हुनेछ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन र श्रमको समुचित मूल्याङ्कन नहुनाले दिक्क लाग्नेछ । पढाइलेखाइमा समय दिन सकिंदैन ।

 

राशिफल – मिति वि.सं. २०७२ साल कात्तिक १० गते मंगलबार तदानुसार इश्वी सन् २०१५ अक्टोबर २७ तारिख

राशिफल – मिति वि.सं. २०७२ साल कात्तिक १० गते मंगलबार तदानुसार इश्वी सन् २०१५ अक्टोबर २७ तारिख – पूर्णिमा व्रत,कार्तिक स्नानारम्भ
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सम्मान पाइनेछ। मनग्य धनलाभ हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुनेछ। अधिकारका लागि केही संघर्ष हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। आफ्नो विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्, सजग रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिए पनि व्यापार व्यवसायमा फाइदा उठाउन सकिनेछ। धैर्यले काम लिने समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। शुभचिन्तकहरूले पूर्ण समर्थन नदिन सक्छन्। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। तापनि, नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धाबाट लाभ मिल्नेछ। मेहनत गर्दा प्रशस्तै धन आर्जन हुने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। फाइदा कममात्र हुनेछ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ।

तपाईको आज – मिति वि.सं. २०७२ साल कात्तिक ९ गते सोमबार तदानुसार इश्वी सन् २०१५ अक्टोबर २६ तारिख

राशिफल – मिति वि.सं. २०७२ साल कात्तिक ९ गते सोमबार तदानुसार इश्वी सन् २०१५ अक्टोबर २६ तारिख
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। गल्तीबिनै आरोप आइलाग्न सक्छ। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। चिन्तन–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदा हुने योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिवारजनसँग आत्मीयता बढ्नेछ। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू पनि बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ।

आजको राशीफल ,वि.सं.२०७२ साल कार्तिक ८ गते आइतबार,२०१५ अक्टोबर २५ तारिख ,

मेष ( चु , चे , चो, ला , लि , लु , ले , लो , अ) Aries :
शरीरमा अस्वस्थता छाउनेछ,गरिरहेको काममा रोकावट
आउनाले ढिला सुस्ती हुन सकछ,आज आकस्मिक समाचारले
दुःखी बनाउला, समयमा उचित निर्णय लिन नस्कदा
व्यापार–व्यवसायमा घाटा व्यहोर्नु पर्नेछ, धैर्यता कायम हुन
नसक्दा काममा केहि खराबी देखिन सक्छ, आजको लागि
शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु
पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे
सफलता हात लाग्नेछ ।

वृष (इ , उ , ए , ओ , वा, वि , वु , वे , वो) Taurus :
ब्यबसायमका लागि साझेदारीमा गरिएको काममा
बिशेष लाभ मिल्नेछ,ब्यापार व्यसाय फस्टाउनेछ,
बिगत लामो समय देखि रोकिएका कामहरु पुरा
गरिनेछन, तपाइले गरेको परिश्रमको आज उचित
मुल्यांकन हुनेछ,पैत्रिक सम्पत्तिबाट पनि प्रशस्ति
लाभ मिल्ने देखिन्छ,आजको लागि शुभ अंक ४,शुभ रंग
हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमो
भगवते बासुदेबाय मन्त्रको स्मरण गरेर अगाडी बढे
सफलता हात लाग्नेछ।

मिथुन (का , कि , कु , घ , ङ , छ , के , को , हा) Taurus :
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ
उठाउन सकिनेछ, व्यापारमा पनि राम्रै फाइदा हुने
देखिन्छ,मातापिताको सहयोग र आशिर्बाद मिल्नेछ,
प्रतिष्ठित काम गर्ने मौका पाइनेछ अरूलाई सजिलै प्रभावित
पार्न सकिनेछ, दाम, इनाम र प्रतिष्ठा कमाउनको लागि
अत्यन्त उत्तम समय रहेकोछ, आजको लागि शुभ अंक ९,शुभ
रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ देब्यै नम:
यो मन्त्र ९ पटक स्मरण गरेर अगाडी बढे सफलता हात
लाग्नेछ।

कर्कट (हि , हु , हे , हो , डा , डि , डु , डे , डो) Cancer :
गरेको काम बिग्रनाले मन खिन्न रहनेछ,आजको दिनमा लगानी
र श्रमको उचित मूल्य नपाइएला, व्यक्तिगत स्वास्थ्यमा
कमजोरी आउन सक्ने देखिन्छ,अप्ठ्यारो परिस्थितिमा
गरिएको पुरुषार्थले फाइदा नै दिलाउनेछ, आश्वासन बाँड्नेहरूले
झुक्याउन सक्छन्, सचेत रहनुहोला, आजको लागि शुभ अंक
३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु
पुर्ब ॐ नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर
अगाडी
बढे सफलता हात लाग्नेछ।

सिंह (मा , मि , मु , मे , मो , टा, टि, टु , टे) Leo :
शरीरमा आलस्यता देखिनेछ,आफ्नै कमि कमजोरीले
गर्दा आज बिबादित बनिन सकिन्छ, प्रतिस्पर्धामा
खासै सफलता हात पर्न नसक्ने देखिन्छ आफन्त तथा
नजिकका व्यक्तिहरुबाट चनाखो रहनुहोला,स्थान
परिवर्तनको सम्भाबना पनि देखिन्छआजको लागि
शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु
पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे
सफलता हात लाग्नेछ।

कन्या (टो , पा, पि , पु , ष , ण , ठ , पे , पो) Virgo :
नया कामको थालनी गरिनेछ,ब्यापार ब्यबसायमा
पनि राम्रै सफलता हात लाग्ने समय छ,साथी भाइको
सहयोग पाइनेछ,रचनात्मक काममा समय खर्चिने समय
छ,रोकिएका कामहरु पुरा हुनेछन, दुख गरे अनुरुप
सन्तोषजनक प्रातिफल पनि हात लाग्नेछ,आजको
लागि शुभ रंग हल्का रातो,शुभ अंक १ हो भने कामको
सुरुवात गर्नु पुर्ब ॐ गं गणपतये नमः मन्त्र जप गरेर
अगाडी बढे सफलता मिल्नेछ ।

तुला (रा , रि, रु , रे , रो , ता , ति, तु , ते) Libra :
निरन्तरको मेहनतले प्रतिस्पर्धामा जित दिलाउन
सक्नेछ,भौतिक शुख सुबिधाका साधनहरु जुट्नेछन,शत्रु पक्ष
तपाइको वशमा रहनेछ, जिद्दी गर्ने बानीले केहि
समय दुख
पाइएला,मनमा सद्विचार लिनेहरूका लागि समय उत्साहजनक
रहनेछ,गोपनियता राख्नुहोला, आजको लागि शुभ अंक
४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब
गणपति भगवानको दर्शन पूजा गरेर अगाडी बढे
सफलता हात लाग्नेछ।

वृश्चिक (तो , ना , नि , नु , ने , नो , या , यि , यु) Scorpio :
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला
मिल्नेछ,व्यवसायको उन्नतिको लागि सम्झौता संगै रमाइलो
यात्रा हुन सक्छ,सवारी साधन र मेसेनेरी बस्तुको
माध्यमबाट
अधिक आम्दानी हुनेछ, आतिथ्यपूर्ण सम्मान पाइनुका साथै
कामको उचित प्रतिफल पनि मिल्नेछ,प्रेम सम्बंध मिठास पूर्ण
रहनेछ, आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो
भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुलदेबताको दर्शन पूजा
गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

धनु (ये , यो , भा , भि , भु , धा , फा , ढा , भे) Sagittarius :
पारिवारिक असमझदारी बढ्नेछ,मान्यजनको सुझाब
सल्लाह आज अप्रिय लाग्नेछ,सामाजिक र जनता संग
प्रतक्ष सरोकार राख्ने काममा फाइदा
मिल्नेछ,माताको स्वास्थ्यामा कमजोरी देखिन
सक्छ,कृषि तथा जग्गा जमिनको क्षेत्रमा राम्रै
प्रतिफल हात लाग्नेछ,आजको लागि शुभ अंक ५,शुभ रंग
खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सों सोमाय
नमः मन्त्रको उच्चारण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

मकर (भो , जा ,जि ,खि, खु ,खे ,खो, गा, गि) Capricorn:
काममा असफलता हात लाग्न सक्छ,ब्यबसायिक
पाटोमा सामान्य रोकावट आउन सक्ने देखिन्छ,
बोलीको प्राभाब आज कमजोर हुनेछ भने आर्थिक
अबस्था खस्कन सक्ने देखिन्छ,आत्म-सम्मानमा चोट
पुग्न सक्छ,यात्रा पनि कष्टकरपूर्ण हुन सक्ने
देखिन्छ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो
भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ ईष्टदेबको दर्शन पूजा
गरेर अगाडी बढे शुभ फल हात लाग्नेछ।

कुम्भ (गु , गे , गो , सा , सि , सु , से , सो , दा) Aquarius :
स्वास्थ्यमा कमजोरी आउन सक्नेछ, अरुको कर बल र
बाध्यतामा गरिएको काममै समय बित्न सक्छ, आशा
देखाउनेहरूबाटै धोका पाइएला,व्यावसायिक काममा खर्च
बढ्नेछ,अरूका काममा महत्वपूर्ण समय खर्चिनु पर्ने हुन सक्छ,
आथिक कारोबार कमजोर रहनेछ, आजको लागि शुभ अंक
४,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु
पुर्ब ॐ के.केतवे नम: यो मन्त्र जपेर अगाडी बढे
सफलता
हात लाग्नेछ।

मीन (दि , दु , थ , झ , ञ , दे , दो , चा , चि) Pisces :
आत्मबल दरिलो बन्ने समय छ,विशिष्ट व्यक्तित्व
संगको भेटघाट फलदायी बन्नेछ,मन परेका बस्तु कपडा
अलंकार जस्ता चिजहरु हात लाग्नेछन,मिष्ठान्न
भोजन गर्ने सु अवसर मिल्नेछ, रोकिएका कामहरु
बन्नेछन् भने स्वास्थ्यमा केहि समस्या आउन
सक्छ,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो
भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम:शिवाय यो मन्त्र
११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
© ज्योतिषाचार्य पं . वासुदेव अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौ