Home / Author Archives: admin

Author Archives: admin

बलात्कारपछि बालिकालाई जिउँदै जलाइयो

राँची — भारतको झारखण्डमा एक १६ वर्षीया किशोरीलाई बलात्कारपछि जिउँदै जलाइएको छ । ती किशोरीमाथि बलात्कार भएपछि अभिभावकले गाउँका अगुवालाई गुनासो गरेको भन्दै उनलाई जिउँदै जलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलत्कारपछि गाउँका अगुवाले दोषीलाई १ सय पटक उठबस गर्न र ५० हजार रुपैया जरिवाना तिर्न आदेश दिएका थिए । तर त्यसबाट कुद्ध बलत्कारीले किशोरीका आमाबाबुमाथि निर्घात कुटपिट गर्नुका साथै उनलाई आगो लगाएका हुन् ।
स्थानीय प्रहरी कार्यालयका प्रमुख अशोक रामले भने, ‘उनीहरुले आरोपीले पीडित किशोरीका आमाबाबुलाई कुटपिट गर्नुका साथै घरमा पुगेर किशोरीलाई आगो लगाएका हुन् ।’
उनीहरुले आफ्ना बुबाआमा आफन्तको विवाहमा गएका बेला किशोरीलाई ४ जनाले अपहरण गरेका थिए । प्रहरीका अनुसार अपहरणपछि राजा केन्डुवा गाउँ नजिकैको जंगलमा लगेर किशोरीमाथि बलत्कार गरेका थिए ।
घटनाबारे थाहा पाएलगत्तै उनका बाबुआमा दोषीमाथि कारवाहीको माग गर्दै गाउँका अगुवासमक्ष पुगेका थिए । तर गाउँ परिषदा अगुवाले कानूनी प्रक्रियाको साटो आफै विवाद समाधानको पहल गरेका थिए । भारतका कतिपय ग्रामिण इलाकामा अझैपनि त्यस्ता गाउँ परिषदो महत्वपूर्ण प्रभाव कायमै छ ।
बलत्कार र हत्याबारे अनुसन्धान गर्न प्रहरीले १४ जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार ४ जनाको खोजी भइरहेको छ । प्रहरीले कैयौं गाउँलेमाथि गैरकानुनी कार्य गरेको तथा घटनालाई तोडमोड गर्न प्रयास गरेको आरोपमा मुद्दा दायर गरिने जनाएको छ ।
भारतमा सन् २०१६ को एक प्रतिवेदन अनुसार वर्षमा करिब ४० हजार बलत्कारका घटना हुने गर्छन् । यद्यपी, उक्त प्रतिवेदनमा सामाजिक अपहेलनाको त्रासका कारण अधिकांश घटनाहरु सार्वजनिक नहुने उल्लेख छ ।

पुराना हेलिकप्टर बेच्दै, नयाँ किन्दै सेना

– दुई हेलिकप्टर चिनियाँ, एउटा अफ्रिकी आकाशमा
– लिलामीमा राखिएका ९ मध्ये ३ बिक्री, १ प्रक्रियामा
– ३ हेलिकप्टर र प्लेन किन्दै, चार स्काई ट्रक अमेरिकाले दिने

काठमाडौँ — नेपाली सेनाले लिलामीमा राखेका फ्रेन्च कम्पनीको दुई पुराना हेलिकप्टर चिनियाँ आकाशमा उड्ने भएका छन् । हेलिकप्टर तालिम दिने एक चिनियाँ कम्पनीले ती दुई हेलिकप्टरको लिलामी सकारेको हो ।

कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी आगामी साता चार दिन लगाएर नेपाली सेनाका पाइलटसहित उक्त हेलिकप्टर दक्षिणी चीन पुर्‍याइदिने छन्। हाल एयरबस हेलिकप्टरले त्यस्ता हवाई साधन निर्माण गर्छ। सेनाले भने युरो हेलिकप्टर कम्पनी हुँदै ती हेलिकप्टर खरिद गरेको हो।
सेनाले हेलिकप्टर बेच्ने सबै कागजी प्रक्रिया सकिएको जनाएको छ। कम्पनीले बैनाबापत १० प्रतिशत रकम (३ करोड २७ लाख) बुझाइसकेको छ। सेनाको हवाई निर्देशनालयले दुई थान ‘सुपर पुमा’ र त्यसका पार्टपुर्जालाई ३१ करोड ६६ लाख न्यूनतम बोल–कबोल मूल्य तय गरेको हो। बाँकी रकम आउनेबित्तिकै सेनाले ती हेलिकप्टर कम्पनीलाई हस्तान्तरण गर्नेछ।
निर्देशनालयका अनुसार हाल ती हेलिकप्टर मर्मत कार्य भइरहेको छ। यसअघि सेनाले बेचेको पुरानो ‘पुमा’ हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने निश्चित भइसकेको छ। त्यो हेलिकप्टर अझै अफ्रिका लाने प्रक्रियामै छ। नेपाली सेनाले त्यसको पूर्ण रकम पाइसकेको छ। एजेन्टमार्फत बिक्री गरिएको पुमा हेलिकप्टर दुई महिनाअघि नै अफ्रिका पुग्ने भनिए पनि अझै केही समय लाग्ने भएको छ।
सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको एक वर्षभित्र ३ हेलिकप्टर र एक विमान बिक्री भएको हो। एभ्रो विमान लिलामीबारे भने अझै निर्णय भइसकेको छैन। निर्देशनालयले लिलामीमा राखिएका सबै हवाई साधन र पार्टपुर्जाको कुल न्यूनतम मूल्य ६५ करोड ७६ लाख ५८ हजार निर्धारण गरी बोलकबोलमा बिक्री घोषणा गरेको थियो।
धेरै रकम आउने दुई सुपर पुमा र एक पुमा हेलिकप्टर बिक्री भएको हो। अरूको मूल्यांकन निकै न्यून छ। एभ्रो विमानको १० प्रतिशत बैना जम्मा भएको र अन्य रकमबारे छलफल भइरहेको सैनिक अधिकारीले बताए।
सेनाले अफ्रिकी महादेशमा कार्यरत आफ्ना सैनिक अधिकृतमार्फत बिक्रीको लबिइङ गरिरहे पनि त्यहाँ एउटा मात्र जाने भएको छ। चीनतर्फ प्रशिक्षणमा जाने सैन्य अधिकारीहरूमार्फतको लबिइङबाट दुई हेलिकप्टर चीन जाने निश्चित भएको हो। सेनाले आफ्नो सैन्य कूटनीतिलाई सक्रिय बनाइरहेका कारण बिक्री सम्भव भएको अधिकारीहरू बताउँछन्।
चीन लैजाने ‘सुपर पुमा’ पनि अफ्रिका पुर्‍याउने ‘पुमा’ कै शैलीमा सामान्य मर्मतपछि उडान भरेरै लैजान सकिनेछ। यी हेलिकप्टर मर्मतपछि राम्रै उडान भर्न सक्ने निष्कर्ष एजेन्टको छ। सेनाले मर्मतमा धेरै खर्च लाग्ने र यहाँ सुरक्षा सतर्कता बढी नै रहेका कारण पनि त्यो हेलिकप्टर नउडाउने निधो सेनाले गरेकाले कवाडीमा बिक्री गर्न लागिएको हो। हेलिकप्टर र त्यसमा उपयोग हुने पार्टपुर्जा पनि सँगै जोडेर बिक्रीमा राखिएको हो। धेरै पटक मर्मत गर्नुभन्दा नयाँ खरिद प्रक्रिया मुलुकको हितमा रहेको निष्कर्षमा सेनाले नयाँ तीन हेलिकप्टर खरिद प्रक्रिया पनि अघि बढाएको छ। यद्यपि अर्थ मन्त्रालयले केहीमा बजेट अभाव हुन सक्ने बताउँदै आएको छ।
‘तीन हेलिकप्टर जाने निश्चित भइसकेको छ। एक अफ्रिकी मुलुक र दुई छिमेकी चीन जाने भएको छ,’ सैन्य प्रवक्ता सहायक रथी गोकुल भण्डारीले कान्तिपुरसँग भने, ‘एक एभ्रो प्लेनका लागि १० प्रतिशत रकम जम्मा भइसकेको छ। त्यसमा पनि स्वीकृतिलगायतको विषयमा छलफल भइरहेको छ।’ एभ्रो जुन मुलुकमा लैजान लागिएको हो, त्यो मुलुकको स्वीकृतिलगायत प्रक्रियाका कारण ढिलाइ भए पनि एजेन्टले लैजाने प्रक्रियामा हार मानेको छैन। तीन थान पुमा र सुपर पुमा हेलिकप्टर तथा एभ्रो हवाईजहाज लिलामी निश्चित भए पनि एक चिता, दुई एलौट र दुई एमआई १७ हेलिकप्टर र त्यसका पार्टपुर्जा लिलामी हुन सकेको छैन। एलौट निकै पुरानो भइसकेको छ भने एमआई १६ को बडीको लाइसेन्सले समस्या परेको सेनाले बताएको छ।
बेलायतले नेपाललाई उपहार दिएको एमआई हेलिकप्टरको भने उत्पादन कम्पनीको लाइसेन्स नभएकाले बिक्रीमा समस्या आएको हो। एमआई १७ को अन्य सामग्री बिक्री नभए पनि ‘बडी’ बिक्री हुन सक्ने सैन्य अधिकारीहरूले बताए। तर बेलायतसँग सहकार्य गरेर त्यसको उत्पादन लाइसेन्सको प्रक्रियासमेत अघि बढाइएको एक अधिकारीले बताए।
सेनाले अहिले आठै पृतनामा उद्धारका लागि एक/एक हेलिकप्टर, केन्द्रमा केही हेलिकप्टर र स्काई ट्रक राख्न जोड गरेको छ। त्यसअन्तर्गत तीन हेलिकप्टर र प्लेन सेनाले खरिद गर्दैछ। त्यस्तै, चार स्काई ट्रक अमेरिकी सरकारले सहयोगस्वरूप उपलब्ध गराउँदै छ।
दुई एमआई १७ को मूल्य २० लाख रुपैयाँ न्यूनतम मूल्य राखेर लिलाम बिक्रीको सूचना प्रकाशित गरिएको थियो। पुरानो एलौटको मूल्य ५० लाख र १ करोड राखिएको छ। रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार सेनाले तय गरेको न्यूनतम लिलाम मूल्य वैज्ञानिक नभएकाले खरिदकर्ता त्यति आकर्षित छैनन्।

जुकाको चुसाइबाट जटिल रोगको उपचार ! जुकाको र्‍यालमा एक सयभन्दा बढी यस्ता तत्त्व हुन्छन्, जसले रगतलाई शुद्ध र पातलो बनाउँछ ।

काठमाडौँ — राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले छाला, रक्तसञ्चारलगायत केही जटिल रोगका बिरामीको उपचार जुकाको चुसाइ (लिच थेरापी) बाट गर्न थालेको छ ।

आयुर्वेदमा ‘जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट हालसम्म दुई जनाको उपचार गरिएको छ । लिच थेरापीबाट केही दिनभित्रै जटिलखालका अन्य शारीरिक समस्याको समेत उपचार गरिने विशेषज्ञहरूले बताएका छन् । आचार्य सुश्रुतले शताब्दियौं पहिले क्यान्सर, सिस्ट, हर्पिज, रक्तदोष, घाउलगायत जटिल शारीरिक समस्या भएका बिरामीमा जलौकावचारण कर्मलाई उपयुक्त ठहर्‍याएका थिए ।
लिच थेरापीका माध्यमबाट एक्जिमा, सोराइसिस, एलोपेसिया (तालु खुइलिनु), हरपिज जोस्टर, भेरिकोज भेन्स, डाइबिटिज वन्ड (मधुमेहका घाउ), वोइल्स एन्ड एवसेस, रुमेटिक डिजिज, अस्टियोअर्थराइटिस, रुमेटोयड अर्थराइटिस, सेल्युलाइटिस, सियाटिका, इम्फलामेट्रिक रियाक्सन, ब्लड प्युरिफिकेसन, हाइपरटेन्सन, थ्रम्बोसिस (ब्लड क्लाउट) लगायत रोगको उपचार गर्न सकिन्छ ।
‘वनारस हिन्दु युनिभर्सिटीको सहयोगमा हामीले उपचारका लागि उपयोग गर्न २५ वटा जुका ल्याएका छौं, यो संख्या बढाउँदै जान्छौं,’ केन्द्रका कार्यकारी निर्देशक डा. सिद्घार्थ ठाकुरले कान्तिपुरसँग भने, ‘यसअघि नेपालमा लिच थेरापी उपचार पद्धति थिएन ।’
चिकित्सकका अनुसार यो उपचारमा प्रयोग गरिने एउटा जुकाले बिरामीको समस्या भएको ठाउँबाट पाँचदेखि १० मिलिलिटर अशुद्घ रगत सेवन गर्न सक्छ । रगत चुस्ने क्रममा जुकाको मुखबाट निस्किने श्रावमा हिरुडिन नामक इन्जाइम हुन्छ । जुकाको र्‍यालमा एक सयभन्दा बढी यस्ता तत्त्व हुन्छन्, जसले रगतलाई शुद्ध र पातलो बनाउँछ । डा. ठाकुरका अनुसार जुकाले जमेको रगत निकालेर सामान्य रक्तसञ्चार हुन सघाउँछ, तन्तु र मासु कुहिन दिँदैन । जुकाले तन्तु प्रवद्र्धनको काममा समेत सहयोग पुर्‍याउँछ ।
‘घाउ, खटिरा, रक्त विकार वा छालासँग सम्बन्धितलगायत रोग निवारणमा जुका कुनै डाक्टरभन्दा कम हुन्न,’ डा.ठाकुर भन्छन्, ‘आयुर्वेदका अनुसार जुकाले पहिलो टोकाइमा मात्र अशुद्घ रगत चुस्छ र शुद्घ रगतलाई छाड्छ ।’ केन्द्रले सोराइसिस रोगमा लिच थेरापीको उपयोगिताबारे विस्तृत अनुसन्धान सुरु गर्ने जानकारी उनले दिए ।
ठाकुरका अनुसार जुकाले रगत चुस्न थाल्दा बिरामीलाई केही अनौठो महसुस मात्र हुन्छ, दुख्दैन । जुकाले अशुद्घ रगत चुस्दासम्म खासै अनुभव नभए पनि शुद्घ रगत चुस्न थालेपछि हल्का चिलाएको अनुभव हुन्छ, त्यसपछि जुकालाई हटाइन्छ । जुकाको रगत चुस्ने विज्ञानसमेत अचम्मको छ । जुकाले छाला छेड्न आफ्नो सुँड उपयोग गर्छ, त्यसपछि तीनवटा बंगारा र स–साना दाँत उपयोग गर्छ ।
करिब १० वर्षसम्म जीवन भएको जुका एक वर्ष खाना नखाइकन पनि बाँच्न सक्छ । यसलाई उपचारका लागि संरक्षित राख्दा क्लोरिनविहीन सामान्य पानीमा राखिन्छ । एक व्यक्तिमा उपयोग गरिएको जुका अन्य व्यक्तिमा उपयोग गरिँदैन । नियमित रूपमा थेरापी गराउनुपर्ने व्यक्तिमा उपयोग गरिएको जुकालाई पुन: उसकै लागि उपयोग गर्ने गरी संरक्षित गरेरसमेत राखिन्छ । एउटा जुकालाई बढीमा आधा घण्टासम्म चुस्न दिइन्छ ।

प्रधानसेनापति र चिनियाँ रेलवे ब्युरो ग्रुपका सीईओबीच भेट

६, वैशाख, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले चिनियाँ रेलवे ब्युरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सोङ रोङ जुङसँग भेट गरेका छन् ।

बिहीबार जंगी अड्डामा भएको भेटमा समसामयिक विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । क्षत्रीसँगको भेटमा चिनियाँ रेलवे ब्युरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत जुङसहित ३ जना सहभागी थिए ।

मेक्सिकोमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु

 

मेक्सिको सिटी — मेक्सिकोमा दुई पक्ष बीच भएको गोली हानाहानको घटनामा परी कम्तीमा १६ जना व्यक्तिको मृत्यु भएको छ ।

प्रहरी र अपराधिक समुहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना अपराधिक समुहका र ६ जना प्रहरी अधिकारीहरु रहेका जनाइएको छ ।
मेस्किकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटिय क्षेत्र झिहाउतानेगोमा भएको भिडन्तमा उनीहरु मारिएका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
गुइरेरोका सुरक्षा प्रवक्ता रोबर्ट अल्भारेज हेरेडियाले सो घटनामा मानवीय क्षति नै मंगलबार दिउसो पुष्टि गरेको बताएका छन् ।
ड्युटीमा खटिएका प्रहरीलाई अपराधिक समुहको तर्फबाट पहिला आक्रमण भएको र पछि प्रहरीले जवाफी कारबाही गरेको सुरक्षा प्रवक्ताको भनाई छ । दुई पक्षकाबीचमा झण्डै ३० मिनेट भिडन्त भएको थियो ।
राज्यका महान्यायाधिवक्ताले घटनाका बारेमा अनुसन्धान गरी यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् ।
गुइरेरो पछिल्लो दुई वर्षमा अत्याधिक धेरै हिंसा हुने मेक्सिकोको राज्य हो । यस अवधिमा यस राज्यमा मात्रै २२ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

थानकोटको सिन्डिकेट पनि तोड्दै मयुर, २३ ठूला बसले सेवा थाल्ने

६ वैशाख, काठमाडौं । अरनिको राजमार्गमा सिन्डिकेट तोडेर चर्चा कमाएको मयुर यातायातले थानकोटका यात्रुलाई पनि राहत दिने भएको छ । मयुर यातायातले नयाँ २३ वटा बस थानकोट-रत्नपार्क-धुलिखेल/पनौती रुटमा चलाउन तयारी गरेका छ ।

अहिले अहिले रत्नपार्क र रिंगरोडबाट थानकोट जाने रुटमा माइक्रो व्यवसायीहरुको सिन्डिकेट छ । त्यहाँ साँघुरा फोर्स माइक्रोबसको हालिमुहाली छ ।

 

त्यहाँ केही समयअघि साझा यातायातले जाने तयारी गर्दा स्थानीय यातायात समितिले बिरोध गरेका थिए । अब स्थानीय यातायात समितिको सिन्डिकेट तोड्दै मयुर थानकोट पुग्ने भएको हो ।

अहिले थानकोट पुग्न अधिकांश यात्रुलाई उभिएर, कोचिएर र झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ । मयुर यातायात प्रालिका अध्यक्ष मोहन श्रेष्ठले २३ मध्ये ६ वटा बस काठमाडौं आइसकेको र एक-दुई दिनमै सबै आइपुग्ने बताए ।

‘अब थानकोटसम्म पनि मयुरले सेवा दिन्छ । त्यहाँ यात्रुलाई निकै असुविधा रहेको हामीले पाएका छौं,’ उनले भने,’अबको १० दिनभित्र सेवा सुरु हुन्छ ।’

मयुरका ठूला बसले सेवा थालेपछि थानकोट, सतुंगल, नैकाप लगायतका क्षेत्रका यात्रुलाई सहज हुनेछ ।

मयुरका नयाँ २३ बस थानकोटबाट रत्नपार्क आएर धुलिखेल र पनौती पुग्नेछन् । त्यहाँबाट फर्किएका बस सोही रुट भएर पुन थानकोट नै जानेछन् ।

मयुर यातायातले निःशुल्क वाईफाईसहित ठूला बस ल्याएको छ । ठूला बसमा विभिन्न सुविधा पनि छन् ।

निःशुलक वाइफाइ सहितका यि बसमा फराकिला सिट छन् । मयुरले ४२ सिट क्षमताका ठूला बसहरु थानकोटमा चलाउन लागेको हो ।

अहिले चक्रपथ घुमेर धुलिखेलसम्म मयुरका २४ वटा बस चलिरहेका छन् ।

‘यात्रुलाई विकल्प दिन हामी ठूलो संख्यमा बस ल्याउँदैछौं । तत्कालै चक्रपथका लागि ५० वटा अरु बस पनि आउँछन्,’ अध्यक्ष श्रेष्ठले भने,’कसैले अवरोध गर्लान् भन्ने डर छैन । यात्रुलाई स्तरीय सेवा दिन प्रतिवद्ध भएर आएका हौं ।’

मयुर यातायातले बनेपासम्म रुट इजाजत पाएपछि भएको विवादका कारण उत्पन्न परिस्थितिले सरकारले समितिहरुको खारेज गर्नेसम्मको अवस्था सिर्जना भएको छ । सरकारले समितिहरुलाई कम्पनीमा जानैपर्ने बाध्यात्मक व्यवस्था पनि गरेको छ ।

source : onlinekhabar

येसरी पक्राउ परे दीपक मनाङ्गे

६ वैशाख, काठमाडौं । फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

 

मनाङ्गेलाई स्वयम्भू तिनधारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको परिसरका प्रवक्ता एवं डीएसपी मोहन थापाले बताए ।

गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् ।

प्रहरीले भने रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई पत्रचार समेत गरिसकेको थियो ।

के हो मुद्दा ?

दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्ग्ेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो ।

सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा मंगलबार न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको हो ।

source : onlinekhabar

त्रिभुवन विमानस्थलमा यसरी विदाइ गरियो प्रधानमन्त्रीलाई

२३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने औपचारिक भारत भ्रमणका लागि शुक्रबार बिहान नयाँदिल्ली प्रस्थानगरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा उनी ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै बिहान ९ बजे भारत प्रस्थान गरेका हुन् ।

काठमाडौंबाट प्रस्थान गरेको प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका, मन्त्रीहरु मातृका यादव, रघुबिर महासेठ, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव लोकदर्शन रेग्मी, सांसदहरु, उद्योगी व्यवसायीहरु, कलाकारहरु लगायत छन् ।

 

अजरबैजानमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने उतैबाट नयाँदिल्ली जानेछन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, रक्षामन्त्री इश्वर पोखरेल लगायतले विदाइ गरेका थिए ।

सो क्रममा नेपाली सेनाको टोलीले सलामी दिएको थियो ।

 

जबरजस्ती करणीपछि महिलाको हत्या प्रयास गर्ने युवक पक्राउ

२३ चैत, विराटनगर । प्रहरीले महिलालाई जबरजस्ती करणीपछि हत्या प्रयास गरेको अभियोगमा सुनसरीका अजय झालाई पक्राउ गरेको छ ।

सुनसरी बराह नगरपालिका ७ का २३ वषर्ीय झालाई बिहीबार विराटनगरबाट पक्राउ गरेको हो । स्थानीय महिलालाई जबरजस्ती करणी गरी हत्याको प्रयास गरेको आरोपमा पक्राउ परेका उनलाई शुक्रबार सार्वजनिक गरेको छ ।

 

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण विसीले बराह नगरपालिकाको स्थानीय होटलमा काम गर्ने युवतीलाई बिवाह गर्छु भनी ललाई फकाई पटक पटक जबरजस्ती करणी गर्दै आएका थिए ।

जबरजस्ती करणीबाट ३० वषर्ीया महिला गर्भवती भएपछि अजयले ती महिलालाई तीन साताअघि झापा दमकको डेरामा राख्ने भन्दै लगेर मोरङको भाउन्नेको जंगलमा ज्यान मार्ने उद्देश्यले कुटपिट लछारपछार गरी घाँटीमा सलले बाँधेर अचेत अवस्थामा फाली फरार भएका थिए ।

पीडित महिलाकी श्रीमानले दोस्रो विवाह गरी वेपत्ता भएपछि उनी होटलमा भाडा माझ्ने काम गर्दै आएको प्रहरीले जनाएको छ ।

अजयलाई खोजी गर्ने क्रममा बिराटनगर १३ कोशी प्रोजेक्टको एरियामा लुकी छिपी हिँडडुल गर्दै गरेको अवस्थामा बिहीबार विहान अजयलाई पक्राउ गरेको प्रहरी उपरीक्षक विसीले जानकारी दिए ।

ती महिलालाई दमक लाने क्रममा सहयोग गर्ने अजयका साथी सन्तोष तामाङ भने फरार रहेका छन् ।

तीन साताअघि मोरङ बेलबारी नगरपालिका १० स्थित भाउन्नेको जंगलमा ती महिला बेहोस अवस्थामा फेला परेकी थिइन् ।

उनलाई प्रहरीले उद्दार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको थियो ।

उपचारका क्र्ममा उनको होस खुलेपछि ती महिलाले आफूलाई जबरजस्ती करणी गरी अजयले हत्याको प्रयास गरेको बताएपछि प्रहरी अजयको खोजीमा लागेको थियो ।

ती महिलाको पेटमा रहेको ७ महिनाको गर्भको बच्चाको भने मृत्यु भएको छ । पीडित महिलाका बाबुले अजयविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दिएका थिए ।

अजयलाई ज्यान मार्ने उद्योग, जबरजस्ती करणी र गर्भपतन अभियोगमा प्रहरीले मुद्दा दर्ता गरेको जनाएको छ ।

एप्पलका सिइओ भन्छन्- फेसबुकलाई लगाम लगाउन ढिलो भैसक्यो

फेसबुकले आफूलाई धेरै पहिले नै नियमन गर्नु पर्दथ्यो, तर अब ढिला भैसकेको छ । यो भनाइ एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकको हो ।

रिकोड र एमएसएनबीसीलाई दिएको एक अन्तर्वार्तामा कुकले प्रयोगकर्ताका डाटालाई पैसा कमाउनका लागि दुरुपयोग गरेको भन्दै फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गलगायतका फेसबुकका अधिकारीहरुको आलोचना गरेका छन् ।

 

फेसबुकलगायतलाई प्रयोगकर्ताका निजी आँकडाको प्रयोग गरी मानिसहरुको विस्तृत प्रोफाइल तयार गर्न तथा विभिन्न स्थानहरुबाट जानकारी एकत्रित गरी त्यसलाई एकसाथ जोड्ने कार्यमा लगाम लगाउनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘मलाई थाहा छ, सबैभन्दा उत्तम नियमन भनेको आत्म नियमन हो । तर मलाई लाग्छ हामी धेरै ढिलो भैसकेका छौँ ।’

कुक भन्छन्, ‘साँचो कुरा के हो भने हामी ग्राहकका डाटा बिक्री गरी अर्बाैं खर्बौँ डलर कमाउन सक्दछौँ, यदि हामीले आफ्ना ग्राहकलाई उत्पादनको रुपमा लिने हो भने । हामीले यसो नगर्ने बाटो रोज्यौँ ।’

यदि तपाइँ जुकरबर्गको अहिलेको अवस्थामा भएको भए के गर्नुहुन्थ्यो भनी सोधिएको प्रश्नमा कुकले आफू कहिल्यै पनि त्यस्तो अवस्थामा नपुग्ने दाबी गरे ।

कुकले यसअघि पनि डाटा सुरक्षाका सन्दर्भमा सख्त कदम उठाउने विषयमा जोड दिँदै आएका थिए । कुकका अनुसार अवस्था यति खराब भैसकेको छ कि अब राम्रोसँग तयार गरिएको कानूनको आवश्यकता छ ।

एजेन्सीको सहयोगमा