Home / दुर्घटना (page 3)

दुर्घटना

दाङमा बस दुर्घटना तीन जनाको मृत्यु, २४ घाइते (अपडेट)

bus-accident-dang-585b94c236b2c6-48989171

दाङः दाङमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सतबरीया गाविसका कृष्ण शाही, सौडीयार गाविसका ६० बर्षीय चित्रबहादुर श्रेष्ठ र प्यूठान खालागाउँका ३८ बर्षीय देउरी विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घोराहीबाट बुटबल जाँदै गरेको लु २ ख ७७६ नम्बरको बस लमही–घोराही सडकखण्डको लक्ष्मीपुर १ मुसोट खोलाको उकालोमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त बस सडकबाट एक सय मिटर तल खसेको छ ।

दुर्घटनामा परी घाइते भएका दुई जनाको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । अन्य एकजनाको भने स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

दुर्घटनामा परी अन्य २४ जना घाइते भएका छन् ।

टिपरको ठक्करबाट मृत्यु

death-584ea9ec03dae0-67679997

कावासोतीः नवलपरासीको वेणीमणिपुर गासिव–६ सर्दीमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा स्थानीयवासी ३५ वर्षीय सुरेश काउछा मगरको मृत्यु भएको छ ।

इप्रका नयाँ बेलहानीका अनुसार दुम्किबास–सर्दी सडकखण्डकमा ना ११ प ९३८८ नं को मोटरसाइकललाई दर्ता नं नभएको नयाँ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका मगरको मध्यविन्दु अस्पताल डन्डामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

सहचालकले चलाएको बस होटलभित्र पस्दा दम्पत्तिको मृत्यु

accident-583d4b6a522429-56252922

दुई बर्षीया छोरी र १२ दिनको नवजात छोरा जीवित

जनकपुरधामः पूर्व पश्चिम लोकमार्ग अन्तर्गत धनुषाको लालगढमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मिथिला नगरपालिका ९ लालगढको पूर्वेली होटलमा सोमबार राति काठमाडौँबाट राजविराज जाँदै गरेको बसका सहचालकले चलाएको ना ५ ख ३५९ नम्बरको बस दुर्घटनामा परेको हो ।

बसले ठक्कर दिदा सप्तरी राजविराज हर्दिया ७ का २६ वर्षीय रामकुमार मण्डल र उनकी श्रीमती २३ वर्षीया आनन्द देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यात्रुलाई खाना खान रोकेको अवस्थामा बसका सहचालकले बसलाई पार्किङ गर्न खोज्दा ब्रेक फेल भएर बस होटलको भवन भित्रै पसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गाडीबाट झरेर होटलमा खाना खाँदै गरेका दम्पत्तिलाई बसले किचेको हाे । दम्पत्तिको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

मृतक दम्पत्तिका दुई बर्षीया छोरी र १२ दिनको नवजात छोरा भने जीवित छन् । छोराछोरीलाई भुइँमा सुताएर खाना खादै गर्दा दम्पत्तिलाई गाडीले खिचेको थियो । मृत दम्पत्तिका नाबालक छोराछोरीलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइते मध्ये सुनसरी वराहक्षेत्र ६ बस्ने १७ बर्षीय समीर थापा, मोरङ बरलवारी ४ का २८ बर्षीया सपना कोइराला, पर्सा घर भइ काठमाडौं बस्ने पिया श्रेष्ठलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

अन्य घाइते सिरहा मिरचैया २ बस्ने अशोक कुमार महतो, सप्तरी दउरी मर्मा ५ बस्ने २६ बर्षीय ललित दास, सप्तरीको शम्भुनाथ ४ बस्ने २० बर्षीय सशी चौधरीको लालगढ मोडेल अस्पतालमा उपचार भइरहेको छ । घटनापछि चालक र सहचालक फरार छन् । प्रहरीले उनीहरुको खोजी भइरहेको बताएको छ।

नवलपरासीमा जिप दुर्घटना, ७ को मृत्यु, १८ घाइते

२ मंसिर, नवलपरासी । नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

Jeep-Accidentप्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग१ज ३६३२ नंको जिप दुर्घटना हुँदा डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे, ५२ वर्षीय खिमबहादुर बाचे, ४२ वर्षीय लोकबहादुर बाचे, २२ वर्षीय दीपक फाल, ४० वर्षीय जयबहादुर बाचे, ४९ वर्षीय किशन बाचेको मृत्यु भएको छ । एक मृतकको सनाखत हुन सकेको छैन् ।

बुलिङ्टार चौकीमा गाउँको झगडाको विषयमा भएको घटनामा छलफल गरी फर्किएकाहरु दुर्घटनामा परेका हुन् । मान्छेको भीडमा जिपले ठक्कर दिँदा धेरैजना घाइते भएको र मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।

पहाडी भू–भाग भएकाले दुर्घटनालगत्तै घाइतेको उद्धार गर्न कठिनाइ भएको छ । आज बिहान मात्र घाइतेलाई चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा ल्याइएको छ । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको छ । एउटै गाउँका मान्छेहरु दुर्घटनामा परी ज्यान गुमाएपछि छरछरे गाउँ शोकमा डुबेको छ ।

मृत्यु हुने र घाइते हुने गरी गाउँका अधिकांश घरका मान्छे दुर्घटनामा परेका छन् । जिप चालकसमेत गम्भीर घाइते भएका छन् । दुर्घटनास्थल पूर्वपश्चिम राजमार्गबाट ५० किलोमिटर उत्तरमा पर्छ ।

भीमफेदी दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्– भीरमा वालिका रोइरहेकी थिइन् ‘हामीलाई कमल थापाले तत्कालै उद्धारमा खटिन निर्देशन दिनुभयो’

accident-kamal-2हामी शनिबार बिहान राप्रपा नेपालका अध्यक्ष कमल थापासँगै हेटौडाबाट भीमफेदीको बाटो हुँदै काठमाडौं आइरहेका थियौं । भीमफेदीको जुरखेतमा आइपुग्दा एउटा टाटा गाडी भीरबाट तल खसेको हल्ला चल्यो । नजिकै चिया पसलमा पनि गाडी खस्यो भन्दै  मानिसहरु कराइरहेका थिए । घटनास्थलमा अर्को एउटा गाडी रोकिएको थियो । हामी त्यहाँ आइपुग्दा गाडी भीरमा खसेको केही मिनेटमात्रै भएको रहेछ ।

यस्तो खबर सुन्नासाथ अध्यक्ष थापाले गाडी रोकेर हामी सबैलाई उद्धारमा खटिन निर्देशन दिनुभयो र उहाँ आफैं पनि भीरमा पीडितको उद्धारका लागि अघि बढ्नुभयो । साथमा रहेका उहाँका सुरक्षाकर्मीलाई पनि खटिन निर्देशन दिनुभयो । केही स्थानीयवासी र अन्य यात्रुहरु पनि जम्मा भए ।accident-kamal-4

हामी घाइतेहरु रहेको स्थानमा पुग्यौं । त्यहाँबाट एक व्यक्तिलाई मृत अवस्थामा निकालियो । एक जनाको टाउकोबाट भल्भली रगत बगिरहेको अवस्थामा उद्धार गरियो । अध्यक्ष थापाले पनि घाइतेहरुलाई बोक्नुभयो ।

एकजना ६\७ वर्षकी वालिका गाडीबाट उछिट्टिएर बाँचेकी रहिछन् । उनी मेरा बाबामम्मी खोई भनेर चिच्याइरहेकी थिइन् । हामीले तत्कालै एम्बुलेन्स बोलायौं । अध्यक्ष थापाले नजिकै रहेको प्रहरी कार्यालयबाट सुरक्षाकर्मीहरु तत्काल बोलाउनुभयो । र, हामीले गाडी चालक अनि वालिकालाई एम्बुलेन्समा हालेर हेटौडा अस्पताल  पठायौं ।kamal-thapa

 

काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको निजी टाटा भ्यान करिब दुईसय मिटर तल खसेको रहेछ । गाडीमा पाँचजना मानिसहरु थिए । उपचारका लागि पठाइएका सिरियसमध्ये थप एकजनाको पनि मृत्यु भएको र मृतकको संख्या दुई पुगेको प्रहरीले हामीलाई जानकारी गराएको छ ।

( मकवानपुर निवासी बर्तौला राप्रपा नेपालका केन्द्रीय सदस्य हुन्)

तस्वीरः राजाराम बर्ताैला र टेकराज शाहीको फेसबुकबाट

स्रोत : अनलाइन खबर

मकालु एयरको विमान सिमिकोटमा दुर्घटना

makalu-air-58254148ef2429-36066777

काठमाडौं: मकालु एयरको विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ । विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

विमानको पाङग्रा पञ्चर भएर दुर्घटना भएको बताइएको छ । सुर्खेतबाट समान लिएर हुम्ला गएको ९ एन एजेजी कल साइनको विमान अवरतणका क्रममा बिहान ८ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनाबाट विमानमा सामान्य क्षति पुगेको छ । अन्य कुनै क्षति भएको छैन । सामान बोकेर गएको कार्गो विमानमा पाइलट र कोपाइलट दुईजनामात्र सवार थिए ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेम ठाकुरले भने-‘दुर्घटनामा परेको भनिएको विमान मकालु एयरको सिंगल इन्जिन कार्गो विमान हो । अवतरणका क्रममा टायर पम्चर भएको हो । यो सामान्य हो । अन्य अवस्थामा पनि भइरहन्छ । अहिले पम्चर भएको टायरलाई मर्मत गरेर नियमित अन्य उडान सुरु भएका छन् ।’

स्रोत : अन्नपूर्ण पोष्ट

बस को ढोका बाट खसेर कन्डक्टर को मृत्युु

गोरखा, १४ कात्तिक । फुजेलबाट सदरमुकाम आउँदै गरेको ग १ ख २७८६ नं को बसको ढोकाबाट खसेर सोही बसका सहयोगीको आज बिहान ज्यान गएको छ ।

बसका सहयोगी फुजेल–२ का १७ वर्षीय विकास परियारको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । रासस

नुवाकोटमा बस दुर्घटना-एक जनाको मृत्यु, पाँच घाइते

नुवाकोटः नुवाकोटमा मिनिबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक गम्भीर रहेका छन् । तारुका गाविस १ तारुकाघाटबाट सोही गाविसको जोरचौतारातर्फ जाने क्रममा मिनिबस दुर्घटनामा परेको हो ।

नुवाकोटको दक्षिणी भेगमा रहेको तारुका गाविस वडा १ ढुंगेपाटोमा अपरान्ह वा ३ ख २००० नम्बरको मिनिबस दुर्घटनामा धादिङको कल्लेरी–१ घर भई तारुका गाविस ५ मामाघर जाने लागेकी १७ बर्षीया विमला उपरकोटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनी काठमाडौँमा कक्षा ९ मा अध्ययनरत रहेको जनाइएको छ ।

मिनिबस दुर्घटनामा घाइते पाँच जना मध्ये तारुका गाविस ३ कोलडाडाका ३० बर्षीय विष्णु अधिकारी गम्भीर घाइते भएको घटनास्थलमा उद्दारमा संलग्न प्रहरी चौकी तारुकाका प्रहरी सहायक निरीक्षक सन्तोष रायमाझीले जानकारी दिए ।

बस चालक जीवन विक फरार छन् । तिहारका यात्रुहरु खचाखच सो बस उकालो कच्ची बाटोमा पछाडि हटेर दुर्घटनामा परेको स्थानीवासीले बताएका छन् ।

स्रोत : अन्नपूर्ण पोस्ट

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु घाइते को उपचार हुँदै

१० कात्तिक, लहान । सिरहा, कर्जन्हा–८ स्थित सडकमा गए राति हाइलेक्स गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

motorcycle-accident-clipartना१ज ५०१० नंको हाइलेक्स गाडीले स७प ५०५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिरहा, कल्याणपुर कालाबन्जर–५ निवासी १८ वर्षीय शेखरकुमार शर्माको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका स्थानीयवासी २१ वर्षीय मुकेशकुमार शर्माको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

यस्तै मङ्गलबार साँझ सिरहा, कृष्णपुर–३ मा पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीयवासी कुमार दासकी पाँचवर्षीया छोरी सुमिताकुमारीको मृत्यु भएको छ ।

यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो, १ को मृत्यु , ९ गम्भीर घाइते

काठमाडौं, कात्तिक २ काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस मंगलबार साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा एकको मृत्यु भएको छ । ९ गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । घटनाको खबरलगत्तै घटनास्थल पुगेका चितवन प्रहरी प्रमुख बसन्त कुँवरले १ जनाको शब भेटिएको जानकारी दिए ।
बसको आधा भाग त्रिशूलीमा डुबेकाले अन्य यात्रु बेपत्ता भएको हुनसक्ने भन्दै नदी र दुर्घटनास्थल आसपासमा खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

दुर्घटनाग्रस्त बसको चालक र सहचालक सम्पर्कमा नरहेकाले बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन ।

सशस्त्र प्रहरी बल, विपद् उद्धार तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेश थापाका अनुसार बस साँझ ८ः४५ बजे त्रिशूलीमा खसेको हो ।

बसको माथिल्लो भाग पानी बाहिर देखिएको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको उनले बताए ।

मुग्लिन–नारायणगढ सडकखण्ड स्तरोन्नतिको काम भइरहेकाले पटकपटक सवारी दुर्घटनाका घटना हुने गरेका छन् ।