Home / खेलकुद (page 2)

खेलकुद

‘टोली बनाउनै गाह्रो ! दुई-तीन जना भए पनि खेल्छौं’ झण्डै क्रिकेट छाडेकी थिएँ- सबनम रार्इ

sabanam-rai_810

१५ मंसिर, काठमाडौं । पाकिस्तान विरुद्ध ४७ रनमा अलआउट । श्रीलंका विरुद्ध २३ र बंगलादेश विरुद्ध ४१ रनमा अलआउट ।

महिला एसिया कपमा नेपालको यस्तो प्रदर्शन देख्दा धेरैलाई लाग्छ, कस्तो झुर खेलेको ! हामी त धेरै कमजोर रहेछौं !

तर, यो निष्कर्ष निकाल्नुअघि एक पटक सोच्नुस् त, हाम्रा चेलीहरुले कसरी तयारी गर्छन् ?

मिडियम पेश बलर सबनम राई टिम अभावको समस्या राख्दै भन्छिन्, ‘एक जना ब्याट्सवुमन राखेर म बलिङ गर्छु । रुविना दिदीले कुनै बेला फिल्डिङ गरिदिनुहुन्छ, कोही बेला फिल्डिङ गर्नुहुन्छ । त्यसरी खेल्छौं ।’

झापाकी सबनमले विश्वकप छनोटमा डेब्यू गरिन् र अहिले थाइल्याण्डमा एसिया कप खेलिरहेकी छन् । तर, प्रतियोगिता अगाडि हुने छोटो अवधिको बन्द प्रशिक्षणलाई छाड्ने हो भने नेपाली महिला टोलीका धेरै सदस्यले राम्ररी खेल्नै पाएका हुँदैनन् ।

सशस्त्र प्रहरीको एपीएफ क्लबमा आबद्ध भएकाहरुले दैनिक अभ्यास गर्ने मौका पाएका छन् । तर, अरुका लागि अभ्यास गर्न चाहिने न्यूनतम टिम बनाउन नै हम्मेहम्मे पर्ने अवस्था छ ।

***

गृहजिल्ला झापामै १२ कक्षामा अध्ययनरत सबनम राईले क्रिकेट खेल्न थालेको ६/७ वर्ष भयो । बाल्यकालमा उनले ब्याट समाउने मौका पाइनन् । स्कूलमा पनि भलिबल मात्र खेलिन् ।

sabanam-rai

बैंकक उड्नुअघि अनलाइनखबरसँगको भेटमा उनले सम्झिइन्, ‘विरु श्रेष्ठ सरले स्कूलबाट खेल्न भन्नुभो । सुरुमा रहन नै लागेन । तर, साथीहरुको करमा क्रिकेट खेलेँ ।’

त्यसपछि झापाको मिलन क्रिकेट क्लबबाट खेलिन् । पूर्वाञ्चल हुँदै नेपालको राष्ट्रिय टोलीमा परेकी छन् ।

एक समय त यस्तो आयो, अरुलाई सम्झाउने र क्रिकेटमा ल्याउने प्रयास गर्दै हिँडेकी सबनम आफैंले क्रिकेट छाडेकी थिइन्

प्रतियोगिता नभएको बेला उनी झापामै बसेर अध्ययन गर्छिन् । दैनिक एक/डेढ घन्टा क्रिकेट खेल्छिन् । तर, टोली बनाउनै गाह्रो छ । ‘दुई जना, तीन जना भए पनि हामी खेल्छौं । रुविना (क्षेत्री) दिदीले क्याचहरु गराउनुहुन्छ । एक जना ब्याट्सवुमन राखेर बलिङ गर्छु’, उनले भनिन् ।

***

रुविना क्षेत्री र सबनम राईहरुले झापाका स्कूलहरुमा गएर क्रिकेट सिकाएका पनि छन् । तर, आकर्षण छैन । सबनमकै बहिनी क्रिकेट छाडेर फुटबल खेल्न थालेकी छन् । ‘स्पोर्टसमा लागेर काम छैन भनेर परिवारले खेल्न दिँदैनन्,’ तीतो अनुभव सुनाइन् ।

एक समय त यस्तो आयो, अरुलाई सम्झाउने र क्रिकेटमा ल्याउने प्रयास गर्दै हिँडेकी सबनम आफैंले क्रिकेट छाडेकी थिइन् ।

‘अब केही नहुने रहेछ, म पनि खेल्दिनँ भनेर ड्रेस, सुज सबै भाइबहिनीलाई दिएकी थिएँ’, सबनमले भनिन् ।

किन त ? उनले भनिन्, ‘खेल नभएको दुई वर्ष भइसकेको थियो ।’

त्यसपछि रुविनाले कर गरिन् । विश्वकप छनोटअघि ‘खेल्नुपर्छ, यो पटक चान्स छ’ भनेको उनलाई अहिले पनि याद छ ।

आमाले त कर गरेकै थिइन् । त्यसपछि उनी अभ्यासमा फर्किइन् र टोलीमा पर्न सफल भएकी छिन् । खेल्न प्रोत्साहित गरेकोले उनी रुविनालाई ‘थ्यांक्यू दिदी’ भन्न चाहन्छिन् ।
  ***

sabanam-rai_455सबनमलाई क्रिकेट खेल्न परिवारबाट कुनै अवरोध भएन । हुन त उनकी आमाले छोरीसँग क्रिकेटबारे भर्खर बुझ्दै छिन् । चौका भयो भन्दा ‘खै त बल उडेर गएको’ भन्छिन् ।

अलि-अलि बुझे पनि क्रिकेट खेल्न सबनमलाई प्रोत्साहन गरिरहिन् । पछिल्लो पटक छोरी राष्ट्रिय टोलीमा परेपछि उनी खुसी छन् । तर, बुबाले भने अहिलेसम्म छोरी क्रिकेट टोलीमा परेको मानेकै छैनन् ।

सबनमका अनुसार, उनको बुवाले भनेका छन्, ‘जुन दिन विकेट लिएर वुमन अफ दि म्याच हुन्छौ, तब मेरी छोरी टिममा परी भनेर मान्छु ।’

विश्वकप छनोटमा उनले बुवाको यो सपना पूरा गर्न सकिनन्, एसिया कपमा पनि सायदै पूरा होला ।

तर, सबनमको दृढ विश्वास छ, अब निरन्तर क्रिकेट खेल्छु र यो सफलता हात पारेरै छोड्छु ।

अनलाइन खबर बाट साभार

जापानी टोलीमाथि नेपालको जित, नवयुगको विजयी गोल

nepal-vs-japan-1
४ मंसिर काठमाडौं । नेपालले फ्रेन्ड्स अफ जापानमाथि जित हात पारेको छ । शनिबार भएको च्यारिटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १-० को जित हात पारेको हो ।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका नवयुग श्रेष्ठले विजयी गोल गरे ।

nepal-vs-japan

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५८ औं मिनेटमा नवयुगले गोल गरे । बिमल घर्ती मगरको पासमा बिक्रम लामाले प्रहार जापानी गोलरक्षकले बल रोकेका थिए ।

तर, नियन्त्रणमा लिन सकेनन् र त्यही मौकाको सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् ।

team-nepal

नेपाल र जापानबीच दौत्य सम्वन्ध स्थापना भएको ६० औं वर्षगाँठको अबसरमा अखिल नेपाल फुटबल संघ एन्फाले कलरबाथसाग मिलेर मैत्रिपूर्ण च्यारिटी खेल आयोजना गरेको थियो ।

स्रोत : अनलाइन खबर

एएफसी कप विजेता फुटबल टिमलाई नगर परिक्रमा गराइदै

afc-solidarity-cup-malaysia-photo2016-582c76d3478f37-51878863

काठमाडौं: एएफसी सोलिडारिटी कपको उपाधि विजेयता नेपाली फुटबल टिमलाई बुधबार राति नगर परिक्रम गराइएकाे छ । मंगलबार मलेसियामा सम्पन्न एफएसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले पराजित गर्दै च्याम्पियन बनेको नेपाल उपाधिसहित नेपाल आइपुगेपछि नगर परिक्रमा गराइएकाे हो ।

ऐतिहासिक उपलब्धिसहित स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा भव्य स्वागत गरेर नगर परिक्रमा गराएकाे अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएकाे  छ ।

एन्फाका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाली टोलीलाई बाजागाजासहितको विजय र्‍याली सुरु भएकाे छ । बाजागाजा सहितको र्याली विमानस्थलबाट गौशाला, बत्तिसपुतली, मैतिदेवी, पुतलीसडक, घण्टाघर, शहिदगेट, त्रिपुरेश्वर, थापाथली, पुल्चोक, मंगलबजार, ग्वार्को हुँदै एन्फा मुख्यालय सातदोबाटो पुग्ने छ ।

अन्तराष्ट्रिय प्रतियोगितामा उपाधिको खडेरी परेका बेला ३५ वर्षपछि एएफसी सोलिडारिटी कपको उपाधि उचालेको नेपाली फुटबल टिमका प्रत्येक सदस्यलाई सरकारले तीन–तीन लाख दिने घोषणा गरिसकेको छ ।

विजयी नेपाली टिमका सबै सदस्यलाई प्रोत्साहन स्वरुप तीन–तीन लाख दिने घोषणा युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले गरेका हुन् । मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार साँझ भएको खेलमा फिफा बरियतामा १० स्थान तल रहको मकाउलाई १–० गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो।

योसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरेको छ। नेपालका लागि खेलको ३० औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बनेको थियो । भरत खबासले मिलाएको उत्कृष्ट पासमा सुजलले लोभलाग्दो हेडर गोल गरेका थिए।

सोलिडारिटी कपको उपाधि जित्दै नेपालले रच्यो इतिहास

nepal-3

३० कात्तिक, काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाटि्रक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो ।

मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

नेपालको जितमा सुजल श्रेष्ठले निणर्ायक गोल गरे । खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजलले हेड गोल गरेका थिए ।

पानी परेका कारण हिलाम्मे मैदानमा नेपालले मकाउमाथि लगातार दबाव दिएको थियो ।

nepal-champions

नेपालले माघमा बङ्गबन्धु कपको उपाधि जितेको थियो । तर, यो अन्तराष्ट्रिय मान्यता पाएको प्रतियोगिता थिएन । लगतै सागको फुटबलमा स्वर्ण जितेको नेपालको एकै क्यालेेण्डर वर्षमा यो तेस्रो उपाधि हो ।

नेपाल सोलिडारिटी कपको फाइनलमा, किरण बने नायक फोटो फिचर

bimals-goal-celebraion-2

२७ कात्तिक, काठमाडौं । लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो ।

शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

नेपालका तीन खेलाडीले लगातार गोल गरे भने पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जाङले लाओसका खेलाडीको लगातार दुई प्रहार रोके । लाओसको तेस्रो पेनाल्टीले सही दिशा लिन सकेन र नेपाल टाइब्रेकरमा ३-० ले विजयी भएको छ ।

after-penalty-win-2

यसअघि निर्धारित समयको खेलमा भने लाओसले अग्रता लिएको थियो । १७ औं मिनेटमा गोल गरेको उसले पहिलो हाफसम्म त्यसलाई जोगाएर राख्यो ।

तर, दोस्रो हाफको सुरुमा नै नेपालमा नेपालले बराबरी गोल फर्कायो । नेपालका लागि विमल घर्ती मगरले गोल गरेका हुन् ।

दुबै टोलीले केही मौका पाएपनि थप गोल गर्न सकेन र, निर्धारित समयको खेल १-१ को बराबरीमा सकियो । अतिरिक्त समयको खेलको १०४ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई २-१ अग्रता दिलाए ।

तर, अन्त्यतिर नेपालले गोल खानपुग्यो । र,खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

after-penalty-win-1

फाइनलमा मकाउ प्रतिद्वन्द्वी पायो

एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउ प्रतिद्वन्द्वी पाएको छ । शनिबार नै भएको दोस्रो अर्को सेमिफाइनलमा मकाउले ब्रनाईलाई टाइब्रेकरमै ३-१ ले हराएको छ ।

यसअघि निर्धारित समयको खेलमा ब्रुनाईले पहिलो हाफमा अग्र्रता लिएको थियो । तर, दोस्रो हाफमा मकाउ बराबरी गोल फर्काउन सफल भयो ।

९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीले गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा गयो । टाइब्रेकरमा मकाउका सबै खेलाडीले गोल गर्दा ब्रुनाईका दुई खेलाडीको प्रहार विपक्षी गोलरक्षकले रोकेका थिए ।

ananta-goal-celebration-1bimals-goal-celebraion-1nepal-vs-lawos-1nepal-vs-lawos-2
स्रोत : अनलाइन खबर

ब्रुनाईलाई हराउँदै नेपाल सोलिडारिटी कपको सेमिफाइनलमा

nepal

२३ कात्तिक, काठमाडौं । एएफसी सोलिडारिटी कप फुटबलमा नेपालले ब्रुनाईमाथि शानदार जित हात पारेको छ र, समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

मंगलबार मलेसियाको कुचिङमा भएको खेलमा नेपालले ब्रुनाईलाई ३-० गोल अन्तरको जित हात पारेको हो ।

नेपालले पहिलो हाफको अतिरिक्त समयमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । उनको प्रहार ब्रुनईका किपरले रोकेको बल रिबाउन्स भएर आएको बेलमा उनले नै गोल गरेका हुन् ।

 

दोस्रो हाफमा दुई गोल थप्न सफल भयो । ७१ औं मिनेटमा भरत खवासले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएको थियो ।

खेलको ८० औं मिनेटमा नेपालले पेनाल्टी पायो, जसमा युवा स्ट्राइकर विमल घर्ती मगरले सहजै गोल गरे ।

आफ्नो पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपाल ब्रुनाईविरुद्धको जितसँगै ४ अंकसहित समूह एको विजेता बनेको छ । हारका बावजुत ब्रुनाई समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको छ ।

हारपछि ब्रुनाईका प्रशिक्षकले आफूहरुले यो रिजल्ट अपेक्षा नगरेको बताए । साथै चोटका कारण आफ्ना केही प्रमुख खेलाडीलाई आराम दिएकाले पनि हार भएको उनले बताएका छन् ।

नेपालका कप्तान विराज महर्जनले आफ्नो टिमले राम्रो खेलेको भन्दै नजिताप्रति आफूहरु सन्तुष्ट रहेको बताएका छन् ।

नेपाल एसिया कपमा छनोट बधाई छ नेपालि महिला खेलाडी हरु लाइ

nepali-cricket-team-5802068e77a823-35967260

काठमाडौं: विश्व कप क्रिकेट छनोटबाट बाहिरिएको नेपाल एसिया कप क्रिकेटका लागि छनोट भएको छ । आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनोट अन्तर्ग शनिबार भएको खेलमा नेपालले चीनलाई चार विकेटले पराजित गर्यो।

पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८५ रन बनाएको थियो । ८६ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ६ विकेटको क्षतिमा ८८ रन बनाएको थियो । अर्को खेलमा थाइल्यान्डले हङकङलाई सात विकेटले हराई दिएपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको एसिया कप खेल्ने भाग्य जुरेको हो ।

एसिया कप आगामी नोभेम्वर र डिसेम्वरमा महिनामा थाइल्यान्डमा हुनेछ । एसिया कपमा टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश, आयोजक थाइल्यान्ड र नेपालले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल महिला विश्वकप २०१७ को एसियाली छनोटमा दोस्रो भएकोले एसिया कप खेल्न पाएको हो । एसियाली छनोट खेलमा थाइल्यान्ड १० अंक सहित शिर्ष स्थानमा रहँदै कोलम्बोमा हुने विश्व कप ग्लोबल छनोट खेलका लागि छनोट भएको छ ।

यस स्पर्धामा नेपाल ६ अंक जोड्दै दोस्रो भयो । नेपालले खेलेका ६ खेलमा तीन जित र तीन हारको नजिता आत्मसाथ गरेको थियो ।

महिला विश्वकप क्रिकेट खेल्ने नेपालको सम्भावना समाप्त

womens-cricket-nepal

२८ असोज, काठमाडौं । नेपाली टोली आइसीसी महिला विश्वकप क्रिकेटको एशियाली छनौट प्रतियोगिताबाटै बाहिरिएको छ ।

चार टोली सम्मिलित एशियाली छनौट प्रतियोगितामा तेस्रो पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । नेपालले चीन र हङकङलाई पराजित गरेपछि अन्य तीन खेलमा पराजित भएको थियो ।
आज हङकङ क्रिकेट क्लवको मैदानमा भएको खेलमा थाइल्याण्डसँग पराजित भएपछि नेपाल एक खेल अगावै विश्वकप छनौटको अर्को चरणमा पुग्न असफल भएको हो ।

जितपछि समूहको शीर्ष स्थानमा रहेको थाइल्याण्डको ८ अंक छ । थाइल्याण्ड समूसह बिजेता बन्दै अर्को चरणमा पुग्ने लगभग निश्चित बनेको छ । नेपालको चार अंक छ ।

समूहको अन्तिम खेलमा जित हासिल गरेपनि नेपाल अर्को चरणमा पुग्न असफल हुनेछ । एशियाली छनौटको शीर्ष एक टोलीले मात्र विश्वकप क्वालिफायरमा स्थान बनाउनेछ ।

नेपालले दिएको १ सय ९ रनको लक्ष्य थइल्याण्डले १८ दशमलव ४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । थाइल्याण्डको जितमा चानिदा सुथिरुआङले २७ तथा नाताकान चान्तमले २३ रन बनाइन् । नेपालकी करुणा भण्डारीले ४ तथा कप्तान रुबिना क्षेत्री र सीता राना मगरले २-२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय सय ८ रन बनाएको थियो । नेपालकी नेरी थापाले अविजित ३२, इन्दु वर्माले २६, निर्मला कुमारी शाहीले २०, ज्योती पाण्डेले १३ रन जोडिन् । कप्तान रुबिना क्षेत्री १० रनमा अविजित रहिन् । प्रतियोगिताको अन्तिम खेलमा नेपालले चीनसँग खेल्नेछ ।

नेपालको हङकङमाथि रोमाञ्चक जित (फोटो फिचर )

आश्विन २७, २०७३- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा विहीबार आयोजक हङकङमाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ ।

कउलुन क्रिकेट क्लबमा टस जितेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ७५ रनको स्कोर बनायो । घरेलु टिमलाई १७.४ ओभरमा ६९ रनमा अलआउट गर्दै नेपाली महिला टिमले एसियाली छनोटमा लगातार दोस्रो जित दर्ता गरेको हो । डबल लिगको आधारमा आयोजित छनोटमा यसअघि नेपालले चीनलाई मंगलबार २० रनले हराएको थियो ।

नेपालले सुरुका दुई खेलमा भने हङकङसँग ६ विकेट र थाइल्यान्डसँग ३ विकेटको हार बेहोरेको थियो । मंगलबारकै अर्को खेलमा चीनले शीर्षस्थानको थाल्यान्डलाई तीन विकेटले पराजित गरेपछि छनोट प्रतिस्पर्धा रोमाञ्चक बनेको छ । एसियामा शीर्षस्थानमा रहने टिमले विश्वव्यापी छनोटमा अवसर पाउनेछ । लगातार दोस्रो जितसँगै नेपालले पनि शीर्षस्थानमा रहदै ‘ग्लोबल क्वालिफाइर’ खेल्ने संभावना कायमै राख्यो ।

एसियाली छनोटमा तीन जित हात पारेको थाइल्यान्ड ६ अंकसहित शीर्षस्थानमा छ । समान ४–४ अंक जोडेपनि राम्रो नेटरनरेटको आधारमा नेपालभन्दा अगाडि रहेको हङकङ दोस्रो स्थानमा यथावत् रह्यो । चौथो खेलमा आएर पहिलो जित हात पारेको चीन २ अंकसहित अन्तिम स्थानमा छ । अब नेपालले शुक्रबार हङकङ क्रिकेट क्लबमा थाइल्यान्ड र मिसन रोड मैदान, मोङ कोकमा शनिबार चीनसँग खेल्नेछ ।

‘प्राविधक रुपमा र खेलाडीको व्यक्तिगत कौशलको आधारमा सबभन्दा बलियो टिम नेपाल हो,’ नेपाली महिला टिमका मुख्य प्रशिक्षक राजु बस्न्यातले भने, ‘हामीले हङकङसँग हात पारेको जित र चीनले थाइल्यान्डलाई पराजित गरेपछि एसियाली छनोटमा शीर्षस्थानको होड खुला भएको छ । लगातार दुई जितसँगै टिममा आत्मविश्वासी बन्दै गएको छ । अब ठूलो अन्तरले दुई खेल जित्दै ग्लोबल क्वालिफाइरमा पुग्न चाहन्छौं ।’

करुणाको अलराउन्ड प्रदर्शन
करुणा भण्डारीले अलराउन्ड प्रदर्शन गरेपछि हङकङविरुद्ध नेपालको जित संभव भएको हो । आठौं नम्बरमा ब्याटिङ गरेकी उनले नटआउट १९ रनको योगदान गरिन् । उनले २७ बल खेल्दै दुई चौका प्रहार गरिन् । अघिल्लो खेलमा बलिङ गर्ने अवसर नपाएकी उनले विहीबार चार ओभरको स्पेलमा १७ रन दिएर महत्वपूर्ण तीन विकेट लिइन् । उनी वुमेन अफ दि म्याच पनि घोषित् भइन् ।

‘हामीले ब्याटिङमा राम्रो गर्न सकेनौं तर हामीलाई आफ्नो बलिङ राम्रो छ भन्ने थाहा थियो । सबैले राम्रो बलिङ गरेपछि जित संभव भयो । यसले अझ राम्रो खेल्न उत्साहित बनाएको छ, आत्मविश्वास बढाएको छ,’ करिअरकै उत्कृष्ट खेल प्रदर्शन गरेकी करुणाले भनिन्, ‘सबैले थोरै–थोरै रन जोडेपनि राम्रै स्कोर बन्छ, जुन हङकङविरुद्ध देखियो । अब अर्को खेलमा पनि मिहिनेत गरे राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

नेपालले नौ रन जोडासम्म सीता रानामगर, काजोल श्रेष्ठ र अघिल्ला खेलमा भरपर्दा देखिएकी निर्मला शाहीलाई गुमाइसकेको थियो । इन्दु वर्मा (१५ रन) र ज्योती पाण्डे (११ रन) ले चौथो विकेटको लागि २० रनको साझेदारी गर्दै नेपाललाई २०–४ को संघर्षरत् अवस्थामा पुऱ्याएका थिए । नेरी थापा (१० रन) र सरिता मगर (५ रन) रनआउट भएपछि नेपाल ४७–६ को स्थितिमा पुगेको थियो ।

कप्तान रुबिना क्षेत्री पनि ४ रन बनाएर पवेलियन फर्केकली थिइन् । हङकङका चान का मानले तीन र किनु गिलले दुई विकेट लिएर नेपाललाई सामन्य स्कोरमा रोकेका थिए ।

रुबिनाले नेचुरल यिपलाई १ रनमा बोल्ड गरेपछि तेस्रो ओभरमा हङकङ ९–१ को अवस्थामा पुगेको थियो । तर, निर्मलाको बलमा विकेटकिपर ज्योतीले केरी चानलाई १८ रनमा आउट गरेपछि हङकङले सातौं ओभरमा दोस्रो विकेट गुमाएको थियो । त्यसबेला ३३ रन जोडेको हङकङ बलियो स्थितिमा थियो । त्यसपछि भने उसले उस्तै लय कायम राख्न सकेन । नेपाली बलिङसामु हङकङका ब्याटसउमन क्रिजमा टिक्न सकेनन् र उसले ४४ रन जोडासम्म ६ विकेट गुमायो ।

१३ रन बनाएर इनिङ्स सम्हाल्न प्रयासरत कप्तान मरिका हिललाई सरिता मगरले निर्मलाको सहयोगमा पिचबाट हटाइन् । अन्त्यतिर ६ रन जोडेकी चान का मानलाई सवनम राईले एलबीडब्लु धरापमा पारेपछि नेपालले १४ बल बाकी छंदै हङकङलाई ६९ रनमा सीमित पार्दै रोमाञ्चक जित हात पारेको हो । सीताले दुई तथा रुबिना, सबनम र निर्मलाले एक–एक विकेट हात पारे ।

सबै तस्बिरहरु: ओमप्रसाद गुरुङ

 

नेपालले चीनलाई २० रनले हरायो चिन माथि नेपाल को ७ बर्ष पछी सफलता

nepali-cricket-57fcb908e3c5b2-39424082

काठमाडौँ: आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले चीनलाई २० रनले हराएको छ ।

लगातार दुई खेलमा हारेको नेपालले तेस्रो खेलमा नेपालले चीनमाथि जित निकालेको हो । हङकङको कोवलुनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९५ रन बनायो।

नेपालका लागि नेरी थापाले सर्वाधिक ३८ रन बनाइन् । यस्तै निर्मला कुमारी शाहीले १४ तथा ज्योती पाण्डेले १० रन बनाइन् ।

९६ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ८ विकेटेको क्षतिमा ७५ रनमात्रै बनायो । चीनकी वु जुएनले ११ तथा जोउ मिएओ र लि यिङयिङले समान १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी सीता राना मगरले तीन तथा सबनम राईले दुई विकेट लिइन् ।

पहिलो खेलमा नेपाल आयोजक हङकङसँग ६ विकेटले र दोस्रो खेलमा थाइल्याण्डसँग ३ विकेटले पराजित भएको थियो ।

डबल राउन्ड रोबिन लिगका आधारमा भैरहेको प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायर अर्थात विश्वभरिका टिम सहभागी हुने छनोट प्रतियोगितामा भाग लिन पाउनेछ ।

प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, चीन र थाइल्याण्ड सहभागी छन् ।