Home / बिज्ञान प्रबिधि

बिज्ञान प्रबिधि

एप्पलका सिइओ भन्छन्- फेसबुकलाई लगाम लगाउन ढिलो भैसक्यो

फेसबुकले आफूलाई धेरै पहिले नै नियमन गर्नु पर्दथ्यो, तर अब ढिला भैसकेको छ । यो भनाइ एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकको हो ।

रिकोड र एमएसएनबीसीलाई दिएको एक अन्तर्वार्तामा कुकले प्रयोगकर्ताका डाटालाई पैसा कमाउनका लागि दुरुपयोग गरेको भन्दै फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गलगायतका फेसबुकका अधिकारीहरुको आलोचना गरेका छन् ।

 

फेसबुकलगायतलाई प्रयोगकर्ताका निजी आँकडाको प्रयोग गरी मानिसहरुको विस्तृत प्रोफाइल तयार गर्न तथा विभिन्न स्थानहरुबाट जानकारी एकत्रित गरी त्यसलाई एकसाथ जोड्ने कार्यमा लगाम लगाउनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘मलाई थाहा छ, सबैभन्दा उत्तम नियमन भनेको आत्म नियमन हो । तर मलाई लाग्छ हामी धेरै ढिलो भैसकेका छौँ ।’

कुक भन्छन्, ‘साँचो कुरा के हो भने हामी ग्राहकका डाटा बिक्री गरी अर्बाैं खर्बौँ डलर कमाउन सक्दछौँ, यदि हामीले आफ्ना ग्राहकलाई उत्पादनको रुपमा लिने हो भने । हामीले यसो नगर्ने बाटो रोज्यौँ ।’

यदि तपाइँ जुकरबर्गको अहिलेको अवस्थामा भएको भए के गर्नुहुन्थ्यो भनी सोधिएको प्रश्नमा कुकले आफू कहिल्यै पनि त्यस्तो अवस्थामा नपुग्ने दाबी गरे ।

कुकले यसअघि पनि डाटा सुरक्षाका सन्दर्भमा सख्त कदम उठाउने विषयमा जोड दिँदै आएका थिए । कुकका अनुसार अवस्था यति खराब भैसकेको छ कि अब राम्रोसँग तयार गरिएको कानूनको आवश्यकता छ ।

एजेन्सीको सहयोगमा

आउँदैछ यस्तो एप, जसले बलात्कारको झुटो आरोपबाट जोगाउनेछ

तपाइँ प्रेमी प्रेमिका वा कुनै पार्टनर सँग डेटिङमा जानुहुन्छ र डेटिंग पार्टनरसँग यौन सम्पर्क राख्ने सहमति बन्दछ । आपसी सहमतिमा भएको त्यस्तो यौन सम्बन्धले भविष्यमा कुनै समस्या सिर्जना नगरोस् र बलात्कार वा जबर्जस्तीको आरोप नलागोस् भन्ने चाहनुहुन्छ भने त्यसका लागि एउटा स्मार्टफोन एप आउँदैछ ।

यस एपमा यौन सम्बन्ध कायम गर्ने दुबैजना पार्टनरले एक अकालाइ यौन सम्पर्कका लागि सहमति प्रदान गर्दछन् । जुन सहमति कानूनी प्रमाणको रुपमा रहन्छ ।

 

यो एपको नाम हो LegalFling यस एपको वेबसाइटमा उपलब्ध जानकारी अनुसार यसमा तपाइँ आफ्नो कन्ट्याक्ट लिस्टमा भएका जोकोहीलाई पनि सेक्सका लागि अनुमति प्रदान गर्ने अनुराध पठाउन सक्नुहुन्छ ।

यो एपको उद्देश्य सम्बन्ध सुरक्षित बनाउनु नै रहेको बताइको छ । यसका सथौ तपाइँ यस्तो सम्बन्धमा आफ्नो शर्त तथा बरियता पनि निर्धारित गर्न सक्नुहुन्छ । यसमा फोटो, भिडियो बनाउने अनुमति, कण्डम प्रयोग गर्ने शर्त, यौन संक्रामक रोगमुक्त रहेको ग्यारेन्टी लगायतका विषयमा दोश्रो पक्षको सहमति लिन पनि सकिन्छ ।

एप निर्माताका अनुसार यो एपले हरेक खाले यौन सम्बन्धलाई सुरक्षित तथा कानूनी दायरमा ल्याउँदछ । दुबैको सहमति पश्चात् यो एपले एउटा कानूनी करार सम्झौता तयार गर्दछ, जसको उल्लंघन गरेमा जरिवाना वा कानूनी कारवाही भोग्नुपर्ने प्रावधान रहेको हुन्छ ।

यो एप इन्क्रिप्टेड भएको हुँदा प्रयोगकर्तालाई गोपनीयताको चिन्ता नहुने बताइएको छ । युजर्स रिक्वेस्टलाई फेसबुक, ह्वाट्सएप वा टेक्स्ट मेसेजको माध्यमबाट पनि पठाउन सकिन्छ ।

यो एप अहिलेसम्म गुगल प्ले स्टोर वा एपस्टोरमा आइसकेको छैन । यसका लागि गुगल र एप्पलको अनुमतिको पखाईमा रहेको छ ।

एजेन्सीको सहयोगमा

गुगल हेरेर आफ्नो उपचार आफैं गर्छन् ७० प्रतिशत मानिसले

गुगल सर्च इन्जिन पछिल्लो समयमा जनस्वास्थ्यका लागि समेत निकै महत्वपूर्ण तथा फलदायी बनिरहेको अध्ययनले देखाएको छ ।

 

बेलायतमा गरिएको एक अध्ययन अनुसार तिन चौथाई बेलायतीहरुले गुगल हेरेरै आफ्नो जिउमा हुने साना तिना स्वास्थ्य समस्याको उपचार आफै पहिल्याउने गरेका छन् ।

शोधकर्ताहरुका अनुसार रोगका लक्षणहरु तथा उपचारका लागि प्रयोग हुने विधि र औषधि इत्यादिको बारेमा इन्टरनेटमा गुगल सर्चमार्फत खोजी गरी सामान्य रोगमा आफ्नो उपचार आफै गर्ने बेलायतीहरु हरेक दश जनामा ७ जना रहेका छन् ।

सामान्य स्वास्थ्य समस्याका लागि समेत डाक्टरकोमा गएर चेकअप तथा उपचार गराउने जम्मा ३० प्रतिशत मात्र रहेका छन् ।

औषतमा सबै बेलायतीहरु अहिले दुई तिहाइ जिवाणु तथा रोगविमारहरुको उपचार कुनै व्यवसायिक चिकित्सा उपचार विना आफै गर्नसक्ने विश्वास राख्दछन् ।

फ्युचर यू नामक संस्थाले गरेको अध्ययन अनुसार धेरै मानिसहरु इन्टरनेटमा विभिन्न खाले रोगहरुका बारेमा जानकारी लिने, अध्ययन गर्ने गरी स्वास्थ्यका विषयमा जागरुक हुने गरेका छन् ।

त्यस्तै विगतमा ७५ प्रतिशत बेलायतीले घरायासी विधिबाट रोगको रोकथाम गर्ने गरेको पनि अध्ययनले देखाएको छ ।

७० प्रतिशत मानिसहरु आफ्नो खानपानमा एक वा केही पटक परिवर्तन गर्दा आफ्नो स्वास्थ्या सुधार आएको विश्वास गर्दछन् र खानपान परिवर्तनको कौशल सिकनका लागि पनि इन्टरनेटको सहारा लिन्छन् ।

शोधले के देखाएको छ भने गुगलमा खोजेर आफ्नो रोग आफै पत्ता लगाउने मध्ये एक तिहाइले मात्र आफुले आफुलाई देखिएको रोगका लक्षणहरुको बारेमा यसअघि नै इन्टरनेटमा खोजतलास गरिसकेको कुरा डाक्टरलाई बताउँछन् । एजेन्सीको सहयोगमा

स्मार्टफोनमा फुलस्क्रिन भिडियो हेर्न युट्युबको नयाँ फिचर

एन्ड्रोइड स्मार्टफोनका लागि युट्युबले पिन्च टू जूम नामक नयाँ फिचर ल्याएको छ । यो फिचरको सहयोगले स्मार्टफोनको पूरै स्त्रिmनभर भिडियो देखिनेछ, अर्थात् किनारामा देखिने कालो धर्सो अब हेर्नुपर्ने छैन । यो नयाँ फिचरले १८ः९ स्क्रिनवाला स्मार्टफोनमा समेत काम गर्ने बताइएको छ ।

 

यसअघि यो फिचर केवल पिक्सेल टू एक्सएल प्रयोगकर्ताका लागि उपलब्ध थियो । जुन १२.४ भर्सनसँगै प्रयोग गर्न सकिन्थ्यो । अब यो एन्ड्रोइडको १२.४४ भर्सनका प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ ।

पिन्च टू जूम फिचर विना सामसुङ ग्यालेक्सी एस एट, एलजी भी ३०, सामसुङ ग्यालेक्सी नोट एटका प्रयोगकर्ताले युट्युब भिडियो पूरा स्क्रिनभर हेर्न पाउँदैनथे । यो महिना आइओएसका लागि यु ट्युब अपडेट गरिएको थियो र यसमा आइफोन एक्सका लागि फूल स्क्रिन भ्युइंग सपोर्टको विकल्प दिइएको थियो । एजेन्सी

मंगल ग्रहको उपग्रहमा नेपालीले बनाए वासस्थल

८ असार, काठमाडौं । मंगलग्रहको उपग्रह ‘फोबोस’मा अन्तरिक्षयात्री बस्न सक्ने वासस्थानको नमूना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियररिङबीच संसारभर गराइएको प्रतिष्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ ।

अमेरिकन इन्ष्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए)ले आयोजना गरेको प्रतिष्पर्धामा चार नेपाली विद्यार्थी (थापाथली इन्जिनियरिङ क्याक्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी) को संयुक्त समूह छनोट भएको हो ।

 

समूहमा थापाथली इन्जिनियरिङ क्याम्पसकाम राजन भण्डारी र सञ्जीव अधिकारी एवं पुल्चोक क्याम्पसका राजकुमार गुरुङ र अर्जुन मगर सम्मिलित छन् ।

प्रतियोगितामा सहभागी हुने नेपाली विद्यार्थीको समूहले ६ वटा नमुना सिलिन्डर आकारका नमूनाको डिजाइन तयार गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सामाजिक सञ्जाल दुरुपयोगः परिणाम गम्भीर

Facebook

९ वैशाख, काठमाडौं । प्रविधिमा सहज पहुँच र इन्टरनेट विस्तारले पछिल्लो समय सामाजिक सञ्जाल लोकप्रिय बन्दै आएको छ । साथीसंगीसँग निकट हुन, आफ्ना भावना अरुसम्म पुर्याउन मात्र नभएर सूचनाको प्रभावकारी माध्यमका रुपमा पनि फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालको भूमिका देखिएको छ । युवकयुवतीमात्र नभई बालबालिका र प्रौढ अवस्थाका सर्वसाधारण पनि सामाजिक सञ्जालमा अभ्यस्त भइरहेका छन् ।

लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन् । यसैको पछिल्लो कडीका रुपमा देखिएको छ, सामाखुसीमा रहेको प्रहरी विद्यालयका छात्र कुन्दन थापाको मृत्यु प्रकरण । उनको मृत्युको कारण सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग देखिएको छ । घटनाको छानबिन गर्न गठित समितिले सहपाठीसँग बदला लिन १४ वर्षीय कुन्दनले फेसबुकमा नक्कली खाता खोलेर अश्लील सामग्री राखेको घटना खुलेपछि आत्तिएर आत्महत्या गरेको निष्कर्ष निकालेको आजको नागरिक दैनिकमा खबर छ ।

नेपालमा हल्ला फैलिएको रातो नम्बरको वास्तविकता

१६ पुस, काठमाडौं।

अहिले जताततै एनसेलको सिममा फोन आउँदा रातो नम्बर आउने र फोन उठाउँदा मान्छे मर्ने भन्ने हल्लाले मोबाइल प्रयोगकर्ताहरु त्रसित छन्। रातो नम्बर के हो? यो हल्लाको रहस्य के हो? इन्जिनियरहरु के भन्छन्? र के अरु देशमा पनि यस्तै भएको छ?mobile-red-number-hoax-344646018

रातो नम्बर के हो?

आफ्नो प्रयोगकर्तालाई एनसेलले विभिन्न सेवा सुविधाको जानकारी दिन फोन गर्ने गर्छ। त्यहि नम्बर राखेर फोटोसप गरि रातो नम्बरबाट आएको फोन उठाए मान्छे मर्ने हल्ला फैलाइयो। हल्ला फैलिएपछि एनसेल प्रयोगकर्ताहरुले नै यसबारे जिज्ञासा राख्ने क्रममा नजिकका नातेदार साथीभाइ र जानेबुझेकालाई सोध्ने क्रममा हल्ला दिन दुगुना रात चौगुना बढ्दै गयो। तर बिडम्बना यसको वास्तविकता के हो र के भइरहेको छ भन्ने विषयमा यथार्थ जानकारी कसैले दिन सकेका छैनन्।

वास्तविकता के हो?

हल्लाको पछि लाग्नु भन्दा पनि वास्विकता के हो? त्यो जान्नु बढी महत्वपूर्ण हुन्छ। रातो नम्बर को हल्ला सन् २००७ अप्रिल १३ मा पाकिस्तानबाट सुरु भएको मानिन्छ। इन्जिनियरहरु भन्छन्, “मोबाइल तथा स्मार्टफोनमा फोन आउँदा उत्पन्न गर्ने ध्वनी तरंगले मान्छेलाई घाइते पार्ने वा मार्नेसम्मको क्षमता राख्न सक्दैन। त्यसैले पनि यो सरासर गलत हल्ला हो । यसलाई पुष्टी गर्ने कुनै प्राविधिक आधार छैन।”

नेपालमा एनसेलका अधिकारहरुले पनि हल्ला निराधार भएकाले यसको पछि नलाग्न आग्रह गरिसकेका छन्।

अरु देशमा पनि यस्तो हल्ला चल्छ?

रातो नम्बर (Red number, cursed phone number, death call)को हल्ला सन् २००७ अप्रिल १३ मा पाकिस्तानबाट सुरु भएको मानिन्छ। ती हल्लाले पाकिस्तानमा ठूलो स्केलमा आतंक फैलाएको थियो। साथै रातो नम्बरबाट आएको फोन उठाएर सुनेमा सो व्यक्ति नपुङ्सक हुने समेत हल्ला चलाइएको थियो।

रातो नम्बरको फोन उठाउँदा मानिस मेरेको भन्दै त्यहाँ गलत खबर सम्प्रेषण गरियो। पाकिस्तानमा चिहानमाथी मोबाइल टावर बनाएकाले पूर्वजहरु रिसाउँदा यसलाई मृतआत्माहरुको काम भन्दै पछि अर्को हल्ला समेत फैलाइएको थियो।

हल्लाले ठूलो रुप लिएपछि सरकार र मोबाइल सेवा प्रदायकले विज्ञप्ती जारी गरेरै यो हल्लाको पछि नलाग्न आग्रह गरेका थिए। तर पाकिस्तानबाट सुरु भएको सो हल्ला एसिया, मध्य पूर्वी देश हुँदै अफ्रिकासम्म पुग्यो।

घानाको सबैभन्दा ठूलो टेलिकम कम्पनी एमटिएन अरिबाले यी सबै हल्लालाई मथ्थर पार्ने गरि एक विज्ञप्ती जारी गरेको थियो। ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुसन्धान पश्चात यी हल्ला पूर्णतया निराधार रहेको र यसलाई पुष्टी गर्ने कुनै पनि प्राविधिक आधार नभएको’ सो विज्ञप्तीमा लेखिएको थियो।

सन् २००४ जुलाइमा फेरी अफ्रिकाको नाइजेरियामा यस्तै हल्ला फैलाइयो। सो समयको नाइजेरीयाको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक ‘भीमोबाइल’ले पनि यी हल्ला निराधार भएको विज्ञप्ती निकाल्नु परेको थियो।

त्यसपश्चात विभिन्न समयमा केन्या, अफगानिस्तान लगायत विभिन्न देशहरुमा यस्ता हल्ला चल्ने गरेको छ। पछिल्लो समय नेपालमा पनि यहि प्रकृतिको हल्ला फैलिएको हो।

मङ्गल ग्रहमा अनौठो बनावट देखियोः प्राकृतिक संरचना कि उच्च वौद्धिक प्राणीको अस्तित्व ?

२९ मंसिर, एजेन्सी।
पृथ्वीको सबभन्दा निकट रहेको र “रक्त ग्रह (रेड प्लानेट)” को नामबाट पनि परिचित मङ्गल ग्रहमा एक बिशाल र अनौठो बनावट देखिएको छ ।

इन्टरनेट सञ्जालको “मुन्डो डेस्कोनोसिडो” नाम शीर्षकको यु ट्युब प्रसारणमा हालै मात्र पोस्ट गरिएको मङ्गल ग्रहको पछिल्लो तस्बीरमा तीन वटा निकै अग्ला धरहरा (टावर) देखिएका छन् ।

झट्ट हेर्दा ती तीनवटै टावर बिशाल भौतिक संरचनाभन्दा कम छैनन् र एउटा टावरको उचाई चार हजार आठसय मिटर (४.८ किलोमिटर) भन्दा कम नरहेको अड्कल गरिएको छ ।

ती तीनवटै टावर ठ्याक्कै सीधा रेखा (स्ट्रेट लाइन) मा निर्माण गरिएको देखिनाले कुनै सिपालु कारिगरले धेरै वर्ष लगाएर बनेका भौतिक संरचना हुन् जस्तो प्रतीत भएको छ ।mars-planet-43533519

एकजना अज्ञात ब्यक्तिले मङ्गल ग्रहको केही पछिल्ला तस्बीरहरु पोस्ट गरेका हुन् । “थ्रि डि” भिजन र बिभिन्न कोणबाट खिचिएका तस्वीरहरु पोस्ट गर्ने ती ब्यक्तिको परिचय भने खुल्न सकेको छैन ।

यस अघि, मङ्गल ग्रहको तस्बीर खिँच्दै प्रसारण गर्ने संस्थाहरुः मार्स ग्लोबल सर्भेयर र मार्स ओडिस्सी मिसनले सम्प्रेषण गर्ने गरेका तस्वीरभन्दा अहिले पोस्ट गरिएका तस्वीरहरु उच्च गुणस्तरका र बढी प्रष्ट छन् ।

पृथ्वी बाहेकको अन्य ग्रहमा पनि अन् आइडेन्टिफाइड फ्लाइङ्ग अब्जेक्ट (युएफओ) को अस्तित्व छ भनी विश्वास राख्ने अनुसन्धानकर्ताहरु माझ भने उक्त तस्वीरले निकै खुल्दुली मच्चाएको छ ।

अन्य ग्रह (बिशेषतः मङ्गल ग्रह) मा पनि मानव भन्दा पनि उच्च बौद्धिक क्षमतावान् अपरिचित प्राणीको अस्तित्व छ भनी विश्वास राख्ने अर्काथरी अभियन्ताहरु (अलाइन इन्थुजियाजिस्ट्स) ले पनि यस तस्वीरलाई देखेर आफ्नो विश्वासलाई झन् प्रमाण सहितको पुष्टि मिलेको दावी गरेका छन् ।

तस्बीर पोस्ट गर्ने सो अज्ञात ब्यक्तिले भने “टावरको संरचना तथा सीधा रेखामा निर्मित वनावट हेर्दा यो एक संयोग मात्र नभएर मङ्गल ग्रहमा साँच्चिकै अत्याधुनिक प्रबिधि छ भन्न कर लाग्ने” भनी टिप्पणी समेत गरेका छन् ।

मङ्गल ग्रहमा उपलब्ध रहने हावा तथा पानीको बलले मात्र तीन तीनवटा त्यत्रा टावर बन्न असम्भव रहेको भनी अनुसन्धानकर्ता र अलाइन इन्थुजियाजिस्ट्सहरु भन्छन् ।

यता, अमेरिकी राष्ट्रिय अन्तरिक्ष अध्ययन संस्था – नासाका बैज्ञानिकहरु भने सो तस्वीर देखेर त्यत्ति प्रभावित छैनन् र उनीहरु यसलाई कुनै नौलो कुरो पत्ता लागेको मान्न तयार छैनन् पनि ।

टावरहरु तस्वीरमा अग्ला र ठूला देखिन गए तापनि नजिकै गएर प्रत्यक्ष हेर्ने हो भने तस्वीरमा देखिए जत्तिकै अग्ला र ठूला नहुने उनीहरुको भनाइ छ ।

टावर भन्ना साथ आँखाले नदेखेमा पनि हामी पृथ्वीवासीहरुले पहिला देखिरहेका अग्ला र ठूला टावरपट्टि झट्ट हाम्रो दिमाग र कल्पना कुदेर जान्छ । यस्तो परिकल्पनाको स्थिति आउनुलाई “प्यारेडोलिया” भन्छन् ।

मङ्गल ग्रहमा देखिएको भनिएको टावर पनि एक किसिमको “प्यारेडोलिया” नै हो – नासाका बैज्ञानिकहरुको टिप्पणी छ ।

७५ जिल्लामै टेलिकमको वाइम्याक्स सेवा

११ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले वाइम्याक्स ‘ब्रोडब्याण्ड इन्टरनेट’ सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ ।

telecom-humlaमुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यसअघिसम्म ७४ वटा जिल्लामा वाइम्यक्स सेवाको पहुँच विस्तार गरिसकेको थियो ।

कात्तिक ७ गतेदेखि हुम्लामा पनि यो सेवा विस्तार गर्दै टेलिकमले सेवाके विस्तार ७५ वटै जिल्लामा सुरु भएको जनाएको छ । नेपाल टेलिकमले २०६९ चैत्र १४ गते देखि आम उपभोक्तालाई यो सेवा उपलब्ध गराउन थालेको हो ।

कम्प्ानीले प्रारम्भमै वाईम्याक्स सेवा कर्णाली अञ्चलवाहेक मुलुकका १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा ल्याई त्यसपछि क्रमशः बाँकी अन्य दुर्गम तथा अति विकट जिल्लाहरुमा विस्तार गर्दै आएको थियो ।

वाइम्याक्स सेवा लिन चाहनेको लागि निम्न अनुसारको डाटा प्याकेज उपल्बध रहेको छ ।

समयावधि भोल्युम (जीबी) महशुल (रुपैयाँमा )
१ महिना ६५०।-
३ महिना १५ १,५००।-
६ महिना ३० ३,३००।-
१२ महिना ६० ५,३००।-
१२ महिना १२० ८,०००।-
१२ महिना २०२ १२,७५०।-
१२ महिना ३३६ २०,४००।-

 

हाल टेलिकमले उपलब्ध गराइरहेको वाइम्याक्स प्रविधिको डाटा वेस सेवाहरु मध्ये सबैभन्दा आधुनिक फोरजी प्रविधिको इन्टरनेट सेवा रहेको दाबी गरेको छ ।

उपभोक्ताले यो प्रविधिमार्फत इन्टरनेट चलाउनका लागि सीपीइ खरिद गर्नुपर्छ । यो उपकरण आउट डोर, इनडोर र युएसबी डोंगल गरी किसिमको हुन्छ ।

टेलिकमको फोरजी मंसिरबाट, काठमाडौं र पोखराबाट सेवा सुरु गरिने ३० एमबीपीएस गतिको इन्टरनेट, महसुलको टुंगो लाग्न बाँकी

270720160848384g-copy-1000x0

कार्तिक १, २०७३- नेपाल टेलिकमले आगामी मंसिरभित्र काठमाडौं उपत्यका र पोखराबाट चौथो पुस्ताको (फोरजी) मोबाइल सेवा सुरु गर्ने भएको छ ।

टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा फोरजी सञ्चालनसम्बन्धी कार्ययोजना पेस गर्दै मंसिर ३० भित्र सेवा सुरु गर्ने प्रस्ताव गरेको हो । प्राधिकरणले कार्ययोजना स्वीकृत गरे उसले प्रस्तावित समयमै सेवा सुरु गर्न पाउनेछ । ‘टेलिकमले सोमबार फोरजी सञ्चालनसम्बन्धी कार्ययोजना पेस गरेको छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘योजनामा मंसिर ३० बाट सेवा सुरु गर्ने उल्लेख छ ।’

टेलिकमले फोरजी सेवामा इन्टरेटको गति ३० मेगाबाइट्स प्रति सेकेन्ड (एमबीपीएस) चलाउन सकिने प्रस्ताव गरेको छ । ‘फोरजीमा उच्च गतिको इन्टरनेट सुविधा हुनेछ,’ टेलिकम प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘हामीले कार्ययोजनामा कम्तीमा ३० एमबीपीएस गतिको डाटा दिने उल्लेख गरेका छौं ।’ उनले कार्ययोजनामा तोकिएको समयभित्रै सेवा सुरु गर्न तयारी थालिसकेको जानकारी दिइन् ।

प्राविधिकहरूका अनुसार टेलिकमले हाल रहेकै पूर्वाधारमा केही ‘हार्डवेयर’ र ‘सफ्टवेयर’ थप गरी फोरजी सेवा चलाउन सक्नेछ । यसका लागि आन्तरिक तयारी पूरा भइसकेको कम्पनीका अधिकारीहरूले बताउँदै आएका छन् । टेलिकमले पेस गरेको कार्ययोजनाअनुसार १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा हाल उसले पाएको १५ मेगाहर्ज फ्रिक्वेन्सीमध्ये ५ मेगाहर्जलाई फोरजीका लागि उपयोग गर्ने प्रस्ताव गरिएको छ । बाँकी रहेको फ्रिक्वेन्सी भने हाल चलिरेहको दोस्रो पुस्ताको (टुजी) सेवाकै लागि उपयोग गरिनेछ ।

टेलिकमले फोरजी सेवाको गाति योजनामा उल्लेख गरे पनि मूल्यका लागि भने प्रस्ताव पेस गरिसकेको छैन । ‘मूल्य कति तोक्ने भन्ने विषयमा हामीले आन्तरिक तयारी गरिरहेका छौं,’ प्रवक्ता वैद्यले भनिन्, ‘प्राधिकरणले कार्ययोजना स्वीकृत गर्ने बित्तिकै पेस गर्नेछौं ।’

कम्पनीले गत असोज १६ गते प्राधिकरणबाट पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा फोरजी सेवा सञ्चालनको अनुमति पाएको थियो । टेलिकमसँगै फोरजीका लागि निवेदन दिएका निजी क्षेत्रका एनसेल र स्मार्ट टेलिकमलमे भने अनुमति पाएका छैनन् । एनसेलको कर विवाद कायमै रहेको र स्मार्टको पूर्वाधार तथा सेवाका विषयमा विश्वस्त हुने आधार नभएकाले अनुमति नदिइएको प्राधिकरणका अधिकारीले बताउँदै आएका छन् ।

करिब तीन महिनाअघि संशोधित दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति– २०७३ ले पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा नयाँ सेवा सुरु गर्न पाइने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार टेलिकमलाई प्राधिकरणले प्रविधि तटस्थता (टेक्नोलोजी न्युट्रल) गरी पहिले नै पाएको १ हजार ८ सय मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीमा फोरजी चलाउन अनुमति दिएको हो ।

प्राधिकरणले फोरजीको अनुमति दिँदा एक साताभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार टेलिकमले कार्ययोजना पेस गरेको हो । नीतिअनुसार प्राधिकरणले सर्त र समयसीमा तोकेर कार्ययोजना माग गरेको हो । कार्ययोजना स्वीकृत भएपछि मात्र टेलिकमले फोरजी सेवा सुरु गर्न पाउनेछ । ‘हामी अहिले कार्ययोजनाको अध्ययन गरिरहेका छौं,’ प्राधिकरण प्रवक्ता अर्यालले भने, ‘अध्ययनपछि उसले स्वीकृति पाउनेछ ।’

नेपालमा हालसम्म फोरजी सेवा सुरु भएको छैन । हालै मात्र टेलिकमले ७५ वटै जिल्लामा थ्रिजी सेवा भने पुर्‍याएको छ । चौथो पुस्ताको ताररहित सेवालाई फोरजी भनिन्छ । यसलाई मोबाइल ब्रोडब्यान्ड सेवा मानिन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को मापदण्डअनुसार मोबाइलमार्फत दिइने १ सय मेगाबिट्स प्रतिसेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेटसहितको सेवालाई फोरजी भनिन्छ । तर, टेलिकमले भने हाल ३० एमबीपीएसको प्रस्ताव गरेको छ । छिमेकी मुलुक भारतमा समेत कम्पनीहरूले ४० मेगाबिट्स प्रतिसेकेन्ड (एमबीपीएस) गतिलाई फोरजीको वर्गमा राखेका छन् ।