Home / बिज्ञान प्रबिधि (page 3)

बिज्ञान प्रबिधि

हेडफोनमा R र L किन लेखेको हुन्छ ?

हेडफोन लगाएर गीत सुन्न रमाइलो हुन्छ । आजकल सबैको कानमा हेडफोन देखिन्छ । तर तपाइँले ख्याल गर्नु भएको छ ? हेडफोनमा R र L लेखेको हुन्छ ।

पक्कै गर्नु भएको छ होला । तपाइँलाई लागेको होला R भनेको राइट अर्थात दायाँ र L भनेको लेफ्ट बायाँ हो । तर कुरा त्यतिमा सीमित छैन ।

headphone

हामीले म्युजिक सुनेको बेला फरक कानमा फरक फरक म्युजिक आउने गर्छ । तपाइँ भिडियो हेरिरहनु भएको छ र भिडियोमा कारको बायाँपट्टी कोइ आउँदै छ भने त्यो म्युजिक तपाइँको बायाँ कानमा पहिले आउँछ । दायाँ पट्टी भएका गतिविधीको साउण्ड दायाँ पट्टी आउँछ ।

त्यति मात्र होइन साउण्ड सिष्टममा बायाँ पट्टी हुने सेन्सर बायाँ कानमा हुने हेडफोन र कानका सुन्ने कोशिका सँग म्याचिङ हुन्छ भने दायाँ तिरको भागमा पनि त्यसरी नै मिलाइएको हुन्छ ।

 

राइट र लेफ्ट गलत कानमा परेमा साउण्ड मिक्स हुने हुन्छ । यसले गर्दा तपाइँ साउण्ड क्लियर सुन्न सक्नु हुन्न ।

 

पाइलटले यात्रुलाई कहिल्यै नभन्ने ६ कुरा

विमानमा यात्रा गर्दा कुरा केही यस्ता कुरा हुन्छन् जो पाइलट यात्रुलाई कहिल्यै बताउँदैनन्। जब तपाई विमानमा सवार हुनुहुन्छ, पाइलट तथा फ्लाइट अटेन्डेन्ट केही जानकारी दिने गर्छन्, तर सोझै सबै कुरा भने बताउँदैनन्। यसको एक कारण हो, यात्रुको बिच डर नफैलियोस् र गलत कदम नचालुन्। विमानमा सवार हुँदा पाइलटले यात्रुसंग लुकाउने केही कुरा यहाँ चर्चा गरिएको छ।plane cabin pilot 416716

१. व्यावसायिक विमानमा कुनै एक इन्जिन खराब हुँदा पनि सुरक्षित तवरले उड्न सक्छ। त्यसैले पाइलटले कहिल्यै पनि विमानको इन्जिन बिग्रेको बारे यात्रुलाई जानकारी गराउँदैनन्।

२. पाइलटले कहिल्यै पनि सफा देखिएको छैन भनि यात्रुलाई बताउँदैन्। यसको सट्टा ल्याण्डिङ गर्ने ठाउँमा कुहिरो लागेको भनेर पाइटलले भन्छन्। प्यासेन्जर नडराउनु भन्नको लागि यस्तो भनिने गर्छ।

३. यदि पाइलटले फ्लाइट अटेन्डेन्ट (एयर होस्टेस)लाई बस्ने अनुमति दिए बुझ्नुपर्छ कि विमानमा कुनै गम्भिर समस्या छ। यस्तोमा यात्रुलाई विमानको अवस्थाबारे अवगत नगराइन सक्छ।

४. फ्लाइटको बखत लगाएको हेडफोन हटाउन भनिन्छ भने यसको केवल एउटा अर्थ हुन्छ, पाइलटको निर्देश ध्यानसंग सुन्नु।

५. हावाहुरी वा चट्याङबाट विमान पार गर्दा पाइलटले केवल मौसम खराब रहेको जानकारी सुनाउँछन्।यरा हाइज्याक हुन्छ, जबसम्म सम्भव हुन्छ पाइटल यात्रुलाई हाइज्याकको बारेमा बताउँदैनन्।

नासाको जुनो भूउपग्रह वृहस्पतिमा पुग्यो

577bb6a00b8b30.19763297

एजेन्सी: नासाले पठाएको जुनो भूउपग्रह सबैभन्दा ठूलो गृह वृहस्पतिमा प्रवेश गरेको छ। पाँच वर्षको अथकप्रयासपछि सौर्य परिवारमा रहेको ठूलो ग्रहमा जुनो भूउपग्रहरले सफलतापूर्वक प्रवेश पाएको नासाले जनाएको छ।

नासाका अनुसार ‘जुनो भूउपग्रह’ वृहस्पतिको कक्षमा पुगेको ३५ मिनेटमै इन्जिनमा आगो लागेको थियो। त्यो जलेको पूरै भाग पृथ्वीमा सोमबार आइपुगेपछि ‘जुनो भूउपग्रह’ वृहस्पतिमा पुगेको प्रमाणित भएको थियो।

 

View image on Twitter

‘जुनो भूउपग्रह’ वृहस्पतिमा पुगेपछि नासाको कन्ट्रोल रुममा कार्यरत वैज्ञानिकहरुले खुसियाली मनाएका छन्। उनीहरुले अमेरिकाको अर्को जन्म भएको बताएका छन्।

नासाका प्रशासन प्रमुख चार्ली बोल्डनले भनेका छन्, ‘स्वतन्त्रताको खुसी हामी कहिलेकाहीँ मनाउँछौ । जुन वृहस्पतिमा पुगेको दिन आज अमेरिकाको पुनर्जन्म भएकोले ठूलो खुसी भित्रेको छ।’

उनका अनुसार जुनोले वृहस्पतिमा पुगेपछि त्यहाँको वातावरणबारे अनुसन्धान गर्ने, नयाँ कुराको खोजी गर्ने र विकिरणको अवस्थाबारेमा पत्ता लगाउने मात्र नभइ यसको उत्पति र हाम्रो सौर्यप्रणाली सञ्चालनबारे खोज गर्नेछ। यसका साथै जुनोले प्राप्त गरेको सम्पूर्ण सूचना आफ्नो ल्याब्रोटोरी कन्ट्रोल रुममा पठाउने नासाले जनाएको छ।

यता, ‘जुनो भूउपग्रह’ का प्रोजेक्ट म्यानेजर रिक निब्याकेनले ‘जुनो भूउपग्रह’ वृहस्पतिमा पुगेर उत्कृष्ट काम गर्ने दाबी गरेका छन्। उनले भनेका छन्, ‘जुनोले राम्रो काम गर्नेछ, जसरी तपाईँले आफू चढेको गाडीलाई सही बाटोमा लिएर जानुहुन्छ।’

उनका अनुसार यो उपग्रह वृहस्पतिमा जानु नै सबैभन्दा गौरवको विषय हो । उनले आफ्नो टीमलाई अनुसनधानको काम गर्न त्यतिकै चुनौती पनि उत्तिकै रहको छ। उनले भनेका छन्,’हामी वैज्ञानिकहरुले खोजिरहेको र जान्न चाहेको विषयबारे चाँडै नै जानकारी दिनेछौँ।’

उनका अनुसार अर्को महिना, ‘जुनो’ मिसन र वैज्ञानिकको टीमले संयुक्तरुपमा यसको कामको मूल्यांकन गर्नेछ। यसका साथै वैज्ञानिक उपकरणहरुबारेमा पनि अनुसन्धान हुनेछ।

नासाले सन् २०११, अगस्ट महिनामा ‘जुनो स्पेशक्राफ्ट’लाई फ्लोरिडाबाट १ अर्ब १० करोड अमेरिकी डलर खर्चमा पठाएको थियो।

सावधान ! अध्यारोमा स्मार्टफोन चलाउँदा यो अंगमा असर पर्छ

एजेन्सी ।

कतिपय अवस्थामा तपाइँलाई लुकी लुकी स्मार्टफोन चलाउने अवस्था हुन सक्छ ।

खासगरी घरमा बाबु आमा वा होष्टलमा वार्डेनले नदेखोस् भनेर अध्यारोमा बसेर फोन चलाउनु हुन्छ भने यस्तो बानी आजै देखि छोड्नुस् ।

smart phone in darkness 2
अध्यारोमा स्मार्टफोन चलाउँदा घातक असर पर्ने एक अध्यनले देखाएको छ ।

smart phone in darkness 1

न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक शोधका अनुसार अध्याँरोमा स्मार्टफोन चलाउँदा पहिलो असर आँखामा पर्छ ।

 

अध्याँरोमा फोन चलाउनेहरुलाई दृष्टिको समस्या हुने समेत अध्यनको निष्कर्ष छ । यस्तो रोगलाई ‘ट्रान्जिएन्ट स्मार्टफोन ब्लाइन्डनेस’ को सज्ञा दिएका छन् ।

smart phone in darkness 4

जर्नलमा प्रकाशित रिपोर्ट भन्छ लगातार अध्यारोमा बसेर स्मार्टफोन चलाउँदा केही समयका लागि नदेख्ने अनि फेरि देखिने र पुनः त्यस्तै हुने रोग हुन सक्छ ।

माइक्रोम्याक्सले ल्यायो ६ भाषामा बोल्ने स्मार्टफोन

काठमाडौं: माइक्रोम्याक्सले युनाइट सिरिजको दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। उसले युनाइट ४ र युनाइट ४ प्रो सार्वजनिक गरेको हो।

युनाइट ४ को मूल्य ११ हजार २ सय तीन र युनाइट ४ प्रोको मूल्य १२,००३ रुपैयाँमा उपलब्ध गराएको कम्पनीले जनाएको छ।
यसलाई अफलाइन स्टोरबाट साथै स्न्यापडिलबाट पनि खरिद गर्न सकिने छ।577289821b00d1.85348598

खास कुरा यो छ की यो कम्पनी स्मार्टफोन हुनेछ जसमा इन्डस अपरेटिङ सिस्टम 2.० दिइएको छ। यसमा १२ क्षेत्रीय भाषाहरु समावेश गरिएको छ। यस्तै यसमा एप बजार र इन्डर टु एन्डस फ्री सर्भिस दिइनेछ। यसबाहेक उपभोक्ताले यो अपरेटिङ सिष्टममा ६ भाषा टेक्स र बोल्ने टेक्नोलोजीको महसुस गर्न सक्नेछन्।

यी दुई स्मार्टफोनमा दुई वटा सिम कार्ड सपोर्टका साथै फ्रंगरप्रिन्ट सेन्सर समेत जडान गरिएको छ। यसबाहेक यसमा ८ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ।

पाँच इन्चको एचडी स्क्रिन भएको यो समार्टफोनमा कमवेशी गर्ने स्पेसीफिकेशन राहिएको छ। यता, युनाइट ४ मा १ गिगाहर्ज क्वार्डकोड मिडियाटेक प्रोसेसरका साथमा एक जीबी र्याम समाहित छ।

यस्तै इन्टरनल स्टोरेजका लागि ८ जीबी मेमोरी राखिएको छ जसलाई माइक्रो एसडी कार्डमा ३२ जीबीसम्म बढाउन सकिन्छ। यसमा एन्ड्रोइडको नयाँ भर्सन मार्समेलोको मज्जा लिन सकिन्छ।

त्यसतै युनाइट ४ प्रोमा अलग्गै प्रोससर राखिएको छ। १.३ गिगाहर्ज क्वाडकोर स्पीडट्रम प्रोसेसर तथा २ जीबीभन्दा कम रहेको छ। यो फोनमा इन्टरनल मेमोरी १६ जीबीको रहेको छ।

माइक्रो एसडी कार्डको माध्यमबाट यसलाई ३२ जीबीसम्म बढाउन मिल्ने सुविधा समेत छ। यो सिरिजमा भने एन्ड्रोइडको ललीपप भर्न समावेश छ। कम्पनीले
छिट्टै मार्शमेलोको अपडेट गर्ने जनाएको छ। यसको ब्याट्री ३ हजार ९ सय एमएएच रहेको छ।

भर्ना मापदण्ड सफ्टवेयरमा

असार १०, २०७३- उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ भर्ना हुन तोकेको मापदण्ड– विपरीत विद्यार्थी भर्ना गरिए रजिस्ट्रेसनमा समस्या आउने जनाएको छ ।24062016080845software-1000x0

परिषद् बोर्डले विषय, न्यूनतम जीपीए र ग्रेडको आधार यसअघि नै सार्वजनिक गरिसकेको छ । ‘परिषद्ले तोकेको यो आधारमा उच्च माविहरूले विद्यार्थी भर्ना लिनुपर्ने हुन्छ,’ परिषद्का सदस्यसचिव नारायण कोइरालाले भने, ‘यदि कसैले नबुझेर वा झुक्किएर आधारविपरीत भर्ना लिएको भएमा सफ्टवेयरबाट स्पष्ट हुनेछ ।’ विद्यार्थीले उच्च माविमा जम्मा ६७ विषय छानेर पढ्न पाउने छन् ।

‘कति जीपीए र ग्रेड प्राप्त गरेका विद्यार्थीले कुन–कुन विषय पढ्न पाउने भन्ने आधार बनेसँगै सफ्टवेयरको विकास भइसकेको छ,’ सदस्यसचिव कोइराला भन्छन्, ‘कसैले झुक्काएर फाराम भराए वा भरेको भए पनि छानविन गर्नुपर्दैन, सफ्टवेयर सिस्टमले देखाउँछ ।’ परिषद्को देशभरिमा ११ क्षेत्रीय कार्यालय छन् । उच्च माविले ती कार्यालयमार्फत विद्यार्थी भर्ना भएको रजिस्ट्रेसन गराउने छन् । यदि कुनै विद्यार्थी आधारविपरीत विषय भरेको पाइएमा विषय परिवर्तन गर्नुपर्ने हुन्छ ।

 

फोन नआउँदा पनि घण्टि बजेजस्तो, भाइब्रेसन आएजस्तो महशुस हुन्छ?

कहिलेकाहिँ तपाईँलाई खल्तीमा राखेको मोबाइ
लबाट भाइब्रेसन आएको अनि घण्टि बजेको जस्तो लाग्न सक्छ, तर जब मोबाइल झिकेर हेर्नुहुन्छ, कुनै फोन अथवा मेसेज आएको हुँदैन, यस्तो किन हुन्छ?

चिन्ता नलिनुहोस्- तपाईँ पागल हुनुभएको छैन। केहि नहुँदा पनि मोबाइल भाइब्रेट गरेको जस्तो लाग्नु वास्तवमा स्वाभाविक कुरा हो।Phantom Vibration

हालै भएको एक खोजबाट करीब ८९ प्रतिशत मानिसहरूले १ हप्तामा कम्तीमा १ पटक आफ्नो मोबाइलबाट यस्तो “दैवी भाइब्रेसन’ सुन्ने गरेको पाइएको छ

 

“हामी सँधै यस्ता भाइब्रेसन र सिग्नल सुन्न आतूर हुन्छौँ, जसले मेसेज अथवा फोन आएको सूचीत गराउँदछ।”, प्रमुख अनुसन्धानकर्ता मिसेल ड्रुइन भन्छिन्- “यदि कुनै महत्वपूर्ण कामको लागि तपाईँले कसैको सन्देशको आश गरिराख्नुभएको छ भने, त्यस्तो सिग्नल सुन्ने गरिन्छ।”

कसैको सन्देशको प्रतिक्षा गर्दा अनि कामकाजको थकान र तनावले गर्दा हामीले आफ्नो मोबाइलबाट यस्तो आवाज आएको कल्पना गर्ने उनले बताइन्।

यस्ता झुटा नोटिफिकेशनबाट हैरान हुनुहुन्छ भने, मिसेल भन्छिन्- “हरेक दिन केहि घण्टा तपाईँ आफ्नो फोनबाट टाढै बस्नुहोस् अथवा स्वीच अफ गरेर राख्नुहोस्, केहि दिनमा फरक पाउनुहुनेछ।”

अन्तर्राष्ट्रिय बजारमा आईफोन ओरालोतिर

काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा एप्पल आईफोनको बजार घट्नेक्रम देखिएको छ। सन् २००३ देखि निमार्ण थालेर मोबाइलमा क्रान्ति ल्याउने कम्पनीले १३ वर्षमा पहिलो पटक यसरी बजार गुमाएको हो। Iphone_going_to_Loss_584210970
युरोपको बजारमा आफ्नो आधिपत्य नै जमाएको आईफोनले एक वर्षको अवधिमा २० प्रतिशत बजार अंश गुमाएको छ। २०१४ पछि पहिलो चोटी आईफोनको स्टक भ्यालु घटेर सय डलरभन्दा कम भएको छ।
घरेलु बजारमा पनि आईफोन सामसङभन्दा निकै पछि छ। हुवावेको आक्रामक बजार प्रवद्र्धनको असर पनि आईफोनको व्यापारमा परेको छ। चीनमा उत्पादित चिनिया“ र भारतीय ब्रान्डको पनि बजारमा उल्लेख्य उपस्थिति छ।
आधिकारिक बिक्रेता नियुक्त नगरी नेपालमा उल्लेख्य व्यापार गरिरहेको एप्पले केहीअघि आधिकारिक बिक्रेता पनि घोषणा गरेको थियो। तैपनि बजारमा प्रतिस्पर्धा चर्को छ। सन २०१६ को दोस्रो त्रैमासमा एप्पलको राजस्व १३ प्रतिशत घटेको छ।
‘यसको प्रमुख कारण आईफोनको व्यापार घट्नु हो’ कम्पनीले भनेको छ। उसले सन २०१६ को दोस्रो त्रैमासमा ५० करोड ५६ (५०.५६ बिलियन डलर) लाख डलरको व्यापार गरेको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ८ करोड कम हो। सन २००३ बाट व्यापार सुरुवातदेखि निरन्तर व्यापारमा छलाङ मार्दै आएको कम्पनीले पहिलो पटक यसरी व्यापार गुमाएको हो।
यो वर्ष आईफोनको बिक्री झन्डै १० लाख घटेको छ। कम्पनीले सन २०१६ को दोस्रो त्रैमासिकमा ५१ लाख २ (५१.२ मिलियन) हजार आईफोन बेचेको छ। जुन २०१५ को यही अवधिको तुलनामा १० लाख कम हो।
कम्पनीले सन २०१५ को दोस्रो त्रैमासमा ६१ लाख २ लाख (६१.२ मिलियन) आईफोन बेचेको थियो। यो वर्ष कम्पनीको त्रैमासिक नाफामा पनि कमी आएको छ। कम्पनीको त्रैमासिक नाफा १३ करोड ५ लाख डलर (१३.५ बिलियन) बाट घटेर १० करोड ५ लाख डलर (१०.५ बिलियन) मा झरेको छ।
कम्पनीले सन २०१६ को सुरुवातमानै आईफोनको मागमा कमी आएको जनाएको थियो। त्यसको असर दोस्रो त्रैमासिकमा परेको छ। आईफोन स्मार्टफोनको बिक्रीमा आएको कमीले एप्पल कम्पनीमा नै ठूलो असर परेको छ।
यसले गर्दा कम्पनीले इनोभेसनको अर्को क्षेत्रको खोज्नु पर्ने वातावरण सिर्जना भएको कम्पनीले जनाएको छ। यसरी आईफोनको बिक्री घटे पनि सर्भिसमा भने वृद्धि भएको छ। आईफोनको एप्पल स्टोरबाट डाउनलोड गर्ने, एप्पल प्ले, एप्पल म्युजिको प्रयोगमा भने २० प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।
 चीनमा आईफोनको व्यापार स्वाट्ट घटेका कारण कम्पनीको कुल व्यापार घटेको हो। यो वर्ष चीनमा आईफोनको बिक्री २६ प्रतिशत घट्यो। चिनियाँलाई देखाइने सामग्रीमा आधारित सर्भरमा भण्डारण गर्नुपर्ने गरी चीनको इन्टरनेट कानुन लागू भएपछि आईफोनलाई धक्का लागेको हो।
आईफोनको आफ्नै मेलल्यान्ड छ। साथै बढ्दो डलरको भाउलाई पनि आईफोनको बिक्रीमा कमी आउनुको अर्को कारण हो। डलरको भाउ बढ्दा आईफोन महँगो भयो। अर्को कारणका रूपमा आईफोन र एफबीआई सँगको केषलाई पनि लिइएको छ।
पाकिस्तानी मूलका एक अमेरिकी र उनका छिमेकीले सन् २०११ र १२ मा अमेरिकाको क्यालिफोर्नियास्थित एउटा माध्यमिक विद्यालयमा गरेको आक्रमणमा प्रयोग गरिएको आईफोन ह्याकका सफ्टवेयर निमार्णका लागि आईफोनसँग आग्रह गरेको थियो।
कम्पनीले आईफोन कसैले पनि ह्याक गर्न नसक्ने भन्दै त्यसलाई अस्विकार गर्यो। तर एफबीआईले एप्पललाई गतल सावित गर्दै आईफोन ह्याक गर्यो र आतङ्ककारीलाई समाउन सफल भयो। यसले पनि ग्राहकको आईफोनप्रतिको विश्वासमा कमी आएको अनुमान गरिँदैछ।
आईफोनले यसरी गुमाउँदै गएको बजारलाई लिएर कतिपयले हार्डवएर निमार्णको स्वर्ण युगको अन्त्य भएको जनाएका छन्। सन २००३ मा आएफोनको निमार्ण हुँदा हार्डवेयर निमार्णको दुनियाँमा स्वर्ण युगको विकासका रूपमा लिइएको थियो।
उत्कृष्ट हार्डवेयर निमार्णको निरन्तरतामा आईफोनले एप्पल वाचको निमार्ण गर्यो। त्यस पछिको समयमा भने हार्डवेयर निमार्णमा कुनै ठूलो सफलता हात पर्न सकेको छैन्। विज्ञले स्मार्टफोनको बजार बिन्दु यो भन्दामाथि नरहेको बताउँछन्।
उनीहरूका अनुसार स्मार्टफोनको बजार एउटा बिन्दुमा पुगिसकेको छ र अब त्यो भन्दा माथि अर्को बिन्दु छैन। पछिल्लो समय स्मार्टफोन कम्पनीले निमार्ण गरेको फोनलाई मध्यनजर गर्दा विज्ञको यो भनाइ गलत छैन।
अहिले बजारमा एकपछि अर्को स्मार्टफोन आए पनि तात्विक फरक भेटिन छाडेको छ। पछिल्लो समय आएका स्मार्टफोनमा पहिलेको तुलनामा स्क्रिनको साइज बढाउने, मेमोरी बढाउने, बनावटमा केही हेरफेर गर्ने, र्याम बढाउने भन्दा अन्य ठूलो परिवर्तन पाइँदैन्।
आईफोनले २०१६ मा मात्र कम्पनीकै सबैभन्दा सस्तो फोनका रूपमा ‘५ एसई’ ल्याएको छ। भारत लागायत तेस्रो विश्वका ठूला बजारका लागि ल्याइएको यो आईफोनले व्यापारमा केही मद्दत गर्नसक्ने आकलन गरिएको छ।
उसले आफ्नो बजार विस्तारका लागि विकसित राष्ट्रमा आफ्नै ब्रान्ड स्टोरको निमार्ण गर्ने समेत योजना बनाइरहेको छ। बजार बिस्तार कै विषयमा एप्पल कम्पनीका लगानीकर्ता डेनियल आइभ्सले नयाँ स्थानमा आफ्नो बजार विस्तार गर्न त्यहाँको एउटा कुनै प्रख्यात ब्रान्डलाई आफ्नो कम्पनीमा गाभ्न÷अधिग्रहण गर्न पर्ने बताएका छन्।
आईफोनले गुमाएको बजारको विषयलाई लिएर माइक्रोसफ्टाका पूर्वसीईओ स्टेभेन बलमेरले ‘आईफोनमा राम्रो इमेल सिस्टम नभएकाले मानिस बिस्तारै ब्याकबेरीतर्फ मोडिन सक्ने संकेत गरेका छन्। तर आईफोनले आगामी दिनमा बजारमा ल्याउन तयार गरिरहेको आईफोन ७ बिना हेडफोन ज्याक आउने आँकालन गरिएको छ।
यसले आईफोनको बजारलाई माथि उठ्न मद्दत गर्ने देखिन्छ। तर, यसले हेडफोन निमार्ण कर्ताले आफ्नो बजारबारे भने सोच्नु पर्ने हुन सक्छ। इन्फोयुरोपको बजारमा आफ्नो आधिपत्य नै जमाएको आईफोनले एक वर्षको अवधिमा २० प्रतिशत बजार अंश गुमाएको छ।

 

चीनबाट आउँदै तीब्र गतिको इन्टरनेट, भारतको एकाधिकार तोडियो

नेपाल–चीनबीच जोडियो अप्टिकल फाइबर
काठमाडौं: दुरसञ्चार प्रविधिबाट भारतसँगको मात्रै परनिर्भरता अब तोडिने भएको छ । नेपाल टेलिकमले रसुवागढीस्थित नाकामा चाइना टेलिकम्युनिकेशन कर्पोरेशनसँग अप्टिकल फाइबर जोड्न सफल भएपछि भारतको विश्वजगतसँग दुरसञ्चारबाट जोडिन भारतसँगमात्रै निर्भर नेपालको विकल्प खुल्ला भएको हो । opticl-fiber-internet_Nepal-China_992902547
काठमाडौंबाट बिच्छ्याइएको अप्टिकल फाइबरलाई रसुवागढी नाकाबाट चाइना टेलिकम्युनिकेशनसँग जोड्न सफल भएपछि अब नेपालले चीनबाट तीब्रगतिको इन्टरनेट ल्याउन सक्ने भएको हो ।
यसले नेपाल र चीनबीचको साझेदारी र सम्बन्ध त मजबुत हुने नै छ अर्कातिर नेपाली उपभोक्ताले तीब्रगतिको इन्टरनेट र डाटा सेवा लिन सक्ने भएका छन् ।
‘हामीले रसुवागढीस्थित नेपाल–चीन नाकामा दुई देशबीच तीन दिनअघि अप्टिकल फाइबर कनेक्ट गर्न सफल भएका छौं’, नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘अप्टिकल फाइबर कनेक्ट भएपछि अब हामीले चीनबाट व्यवसायिकरुपमा तीब्र गतिको इन्टरनेट ल्याउन सक्नेछौं । यो अप्टिकल फाइबर काठमाडौंबाट, धादिङको गल्छी हुँदै रसुवाको धुन्चेबाट रसुवागढीसम्म पुर्याए जोड्न सफल भएका छौं ।’
रसुवागढी नाकाबाट नेपाल टेलिकम र चिनियाँ सरकारको स्वामित्यवमा रहेको चाइना टेलिकम्युनिकेसन कर्पोरेसन एकापसमा जोडिनुअघि नै दुबै मुलुका प्राविधिकले फाइबरको सफल परीक्षण गरेका थिए ।
परीक्षणका क्रममा दुबै कम्पनीका प्राविधिकरु रसुवागढी नाकाबाट काठमाडौं र चीनको राजधानी बेइजिङतर्फ ब्यान्डविथ आदानप्रदान गर्न सफल भएपछि दुई देश फाइबरबाट औपचारिकरुपमा कनेक्ट भएका हुन् ।
‘हामीले यसअघिबाटै दुई देशबीच फाइबर कनेक्ट स्थापित गर्न आवश्यक प्राविधिक सामान दुबै नाका र राजधानीमा तयार गरिसकेका छौं’, वैद्यले भनिन्, ‘नेपाल टेलिकमले यसै महिनाभित्र नेपाल–चीन र भारतबीच सिधै डाटा आदानप्रदान गर्ने पूर्वाधार तयार गरिसक्नेछ ।’
प्रवक्ता वैद्यले नेपाल–चीनबीच फाइबरबाट सम्बन्ध स्थापित भइसकेकपछि डाटा र आवाजको गुणस्तरमा धेरै सुधार हुने बताइन । ‘नेपाल टेलिकमले चीनसँग फाइबरटबा सम्बन्ध स्थापित गरी तीब्रगतिको इन्टरनेट ल्याउन सबै पूर्वाधा र प्रक्रिया पुरा गरिसकेको छ’, उनले भनिन्, ‘चीनबाट ल्याइने इन्टर नेट उच्च गतिको र सस्तो हुने भएकाले डाटा सेवा सस्तो हुनेछ भने भ्वाइस म्यासेज तथा भिडियो कलको गुणस्तर पनि बढ्नेछ ।’
चाइना टेलिकम्युनिकेसनसँग जोडिएको नेपाल टेलिकम अब फाइबरमार्फत सिधै एसियाकै दुई ठूला ग्लोबल डाटा सेन्टर रहेको हङकङसँग जोडिने छ । यसले नेपाली उपभोक्ताले अब एक महिनामै तीब्र गतिको इन्टरनेट चलाउन पाउने नेपाल टेलिकमको दाबी छ ।
‘अब नेपाल सिधै चीनमार्फत हङकङको डाटा सेन्ट र भारतमार्फत सिंगापुरको डाटा सेन्टरबाट विश्वव्यापी इन्टरनेट सञ्जालमा जोडिनेछ’, नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘यसले गर्दा यही जुन महिनापछिबाट इन्टरनेट सेवा सस्तो र तीब्र गतिको हुनेछ । चीनसँगको सम्बन्धले अब हामी गुगलदेखि अन्य इन्टरनेट सेयरिङसँग सिधा जोडिएका छौं ।’
भारतको बाटो हुँदै सिंगापुरको डाटा सेन्टरमार्फत जोडिएको नेपाल अब हङकङको डाटा सेन्टरसँग जोडिनुको अर्थ भनेको गुगलदेखि अन्य इन्टरनेट सेयरिङसँग सीधा जोडिनु हो ।
चीनसँग जोडिनका लागि नेपाल टेलिकमले धादिङको गल्छीबाट करिब ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ ।
नेपाल टेलिकमका अनुसार रसुवागढी नाका २०७२ वैशाखको भूकम्पले धेरै क्षति भएकाले त्यहाँ रहेको पूर्वाधार टिमुरेमा सार्न केही समय लाग्नेछ । रसुवागढीमा अझै पनि पहिरो खस्ने सम्भावना भएकाले त्यहाँको पूर्वाधारलाई टिमुरेमा सारिसकेपछि जुलाईबाटै टेलिकमले चीनसँग इन्टरनेटको व्यवसायिक कारोबार थाल्ने भएको छ ।
नेपाल र चीनले गत मार्च २० देखि २७ गतेसम्म नेपालका प्रधानमन्त्रीको भ्रमणका क्रममा इन्टरनेट कनेक्टिभिटीबारे सम्झौता गरेका थिए ।

 

इन्टरनेट विस्तारमा चीनले सघाउने सबै विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट पुर्‍याइने

जेष्ठ १७, २०७३- मुलुकका सबै सामुदायिक विद्यालय, उच्च मावि, क्याम्पस र प्राथमिक स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा पुर्‍याउने सरकारी योजनालाई चीनले सहयोग गर्ने भएको छ । उसले सहयोगको प्रतिबद्धता जनाउदै सरकारसँग विस्तृत प्रस्ताव माग गरेको हो ।30052016085451internet-1000x0

‘चीनले सबै विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट पुर्‍याउने योजनामा चासो देखाएको छ,’ सञ्चार मन्त्रालयका सहसचिव सुरेश अधिकारीले भने, ‘हामीसँग प्रस्ताव मागिसक्यो ।’ उनका अनुसार, चीनियाँ दूतावासका अधिकारीको एक टोलीले सञ्चार मन्त्रालयमा आएरै सरकारी योजनामा सहयोग गर्न इच्छुक रहेको बताएका हुन् । उनीहरुले औपचारिक माध्यमबाट प्रस्ताव पठाए आफुहरु योजनाका लागि भौतिक एवं प्राविधिक सहयोग गर्न तत्पर रहेको बताएका थिए । सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमा पनि सामुदायिक विद्यालय, उच्च मावि, क्याम्पस र सामुदायिक स्वास्थ्य केन्द्रमा नि:शुल्क इन्टरनेट सेवा पुर्‍याउने घोषणा गरेको छ । यसका लागि माइक्रो वेभ ट्रान्समिसनबाट सेवा दिइने बजेटमा उल्लेख छ ।

चिनियाँले चासो देखाएपछि मन्त्रालयले परराष्ट्रमार्फत औपचारिक प्रस्ताव पठाउने तयारी गरेको छ । ‘हामीले प्रस्ताव बनाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई जिम्मा दिएका छौं,’ अधिकारीले भने, ‘प्राधिकरणबाट आएपछि परराष्ट्रमार्फत पठाउछौ ।’ सञ्चारले शिक्षा र स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा प्रस्तावलाई पूर्णता दिने उनले बताए । ‘इन्टरनेट सेवा विस्तार हाम्रो क्षेत्रमा भएपनि यसमा शिक्षा र स्वास्थ्य मन्त्रालयको भुमिका महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘हामीले दुवै मन्त्रालयसँग पनि समन्वय गरेर प्रस्ताव पठाउछौं ।’

चीनले विद्यालय, उच्च मावि, क्याम्पस र स्वास्थ्य केन्द्रमा इन्टरनेट जोड्न लाग्ने उपकरण, कम्प्युटर, सोलार प्यानलगायतका पूर्वाधारलाई आवश्यक वस्तु सहयोग गर्न चासो देखाएको हो । दुई वर्षअघि आएको ब्रोड ब्यान्ड नीति र एक वर्ष अघि आएको सूचना तथा सञ्चार नीतिमा पनि आगामी चार वर्षभित्र सबै सामुदायिक विद्यालय र प्राथमिक स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य राखिएको छ ।

सरकारले ग्रामिण दूरसञ्चार कोषको रकम खर्च गरेर योजना कार्यान्वयन गर्न लागेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले एक महिनाअघि नै ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्न इच्छुक सामुदायीक विद्यालयसँग आशयपत्र समेत माग गरिकेको छ ।

ब्रोडब्यान्ड नीतिले ‘कनेक्ट अ स्कुल कनेक्ट अ कम्युनिटी’ कार्यक्रम लागू गर्ने रणनीति लिएको छ । यो नीतिले सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्य राखेको हो । यसैगरी सूचना तथा सञ्चार नीतिले भने सामुदायीक विद्यालयमा इन्टरनेट सहित आधारभुत सञ्चार सुविधा विस्तार गर्न राष्ट्रव्यापी कार्यक्रम तर्जुमा गरि लागू गर्ने उल्लेख छ । यसैगरी हरेक गाविसमा सूचना केन्द्रको व्यवस्था गर्ने योजना पनि नीतिले अघि सारेको छ ।