Home / स्वास्थ्य (page 12)

स्वास्थ्य

बारम्बार टाउको दुख्छ ? यी हुन सक्छन् कारण

शरिर कहिलेकाहीँ अस्वस्थ हुनु स्व्भाविक हो । तर, निरन्तर शारीरिक रुपमा कम्जोरी वा अस्वथ भएमा चिकित्सकको परामर्श लिनुपर्छ । तपाईँलाई बारम्बार टाउको दुःख्ने समस्या त छैन ? यदि छ भने ख्याल गर्नुहोस् यस पछाडि विभिन्न कारणहरु हुन सक्छन् ।Headache

असमान्य उच्चरक्त चाप

उच्च रक्तचाप एक ‘साइलेन्ट किलर’ नै हो यद्यपी यसको खास लक्षण हुँदैन । यदि तपाईँलाई कडा रुपमा टाउको दुःखिरहन्छ भने तपाईँ केही समयदेखि उच्च रक्तचापले पीडित हुनुहुन्छ भन्ने बुभm्न ढिलाई नगर्नुहोस् ।

सामान्यतया १४०÷ ९० लाई समान्य रक्तचाप अवस्थाको रुपमा लिइन्छ । तर, तपाईँको रक्तचाप १८०÷१२० छ भने खतराको संकेत हो । यसले तपार्इँको कुनै पनि अंगलाई हानी गर्ने सम्भावना हुन्छ । निरन्तर टाउको दुख्छ भने तत्कालै नजिकको चिकित्सककहाँ वा मुटु विशेषज्ञको परामर्श लिनुपर्छ । निरन्तर टाउको दुख्ने मानिसमा उच्च रक्त चाप हुने यसअघिका विभिन्न अध्ययनहरुले पनि पुष्टि गरिसकेका छन् । टाउको दुखाईसँगै धमिलो देख्ने, स्मरण हराउने, रिंगटा लाग्ने, कमजोर महशुस हुने, छात दुख्ने समस्या रक्तचापका अन्य लक्षणहरु हुन् ।

मुटुमा कडा स्ट्रोक

उच्च रक्तचापसँगै ह्दयघात पनि आकस्मिक रुपमा हुन्छ । हृदयघातको प्रमुख लक्षण टाउको दुःख्नु हो । दिमागमा रगतको प्रवाह रोकिनु स्ट्रोकको लक्षण हो, जुन विभिन्न कारणहरुले हुने गर्छन् । नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एन्ड स्ट्रोकका अनुसार हृदयघात हुनुअघि कडा टाउको दुख्ने गर्छ । तपाईँलाई छातीमा पिडा हुन्छ भने तत्काल चिकित्सकीय सहयोगको आवश्यक छ भन्ने बुझ्नुहोस । अतिरिक्त हृदयघात हुँदा टाउको दुख्नुको अगाडि बोल्न अप्ठ्यारो हुने, आँखा धमिलो हुने, सन्तुलन गुमाउने, हिड्न गाह«ो र शरीरको एउटा पाखोमा कमजोर महशुस हुने गर्छ ।

ग्लुकोजको मात्रा न्यून

यदि तपार्इँको शरीरमा ग्लुकोजको मात्र कम भएको छ भने पनि निकै कडा रुपमा टाउको दुख्छ । यस्तो अवस्थालाई चिकित्सकीय भाषामा हाइपोग्लाइसिमिया भनिन्छ । शरिर भित्रका गतिबिधि सक्रीय सञ्चालनका लागि हाम्रो शरिरमा निरन्तर ग्लुकोज प्रवाहको आवश्यकता पर्छ । न्युन ग्लुकोजले सुरुमा दिमागलाई प्रभाव पार्छ र विस्तारै अन्य अंगहरुमा पनि असर देखिन्छ । तर न्युन ग्लुकोजकै कारण तपाईको टाउको दुख्ने गरेको छ भने पर्याप्त तरल पर्दाथ र कार्बोहाइडे«डयुक्त खानेकुरा खानुभयो भने पनि केही हदसम्म मुक्ती पाउनुुहुनेछ । चिनियुक्त खानेकुराबाट टाढै रहनुहोस् तर शरीरको ग्लुकोज तहलाई पनि कायमै राख्नुहोस । हाइपोग्लाइसिमिया निकै खतरनाक अवस्था हो जसका कारण मानिसको अकस्मात् मृत्युसम्म हुुन सक्छ । तपार्इँ लामो समयदेखि भोकाउनु भएको छ र निरन्तर टाउको दुःख्छ भने ब्लड ग्लुकोजको तहलाई कायम गर्नका लागि पनि केही न केही खानेकुरा खानुहोस् । रिंगटा लाग्ने, धमिलो देख्ने, शरिरमा पसिना बग्ने, दिक्क लाग्ने, अनियमित रुपमा धड्कन चल्ने र चिसो महशुस हुनु हाइपोग्लाइसिमियाको अन्य लक्षण हुन् ।

दिमागमा संक्रमण

तपाईँलाई गम्भीर रुपमा टाउकोमा संक्रमण जस्तै मेनेन्जाइटिस भएको छ भने पनि अत्यधिक रुपमा टाउको दुख्न सक्छ । तसर्थ यसबारेमा आजैदेखि बिचार पुयाउनुहोस् । भाइरल अथवा ब्याक्टेरियाका कारण दिमाग ढाक्ने पत्र र स्नायु प्रणालीको स्पाइनल कोर्डमा पीडा बढाउनु मेनेन्जाइटिस हो । यसको समयमै पहिचान गरिएन भने मानिसको ज्यान नै जोखिममा हुने गर्छ । अत्यधिक टाउको दुखाइका अतिरिक्त ज्वरो, शरिरमा रातो फोका आउनु, गर्धन दुख्ने, उज्यालोमा हेर्न नसक्नु, शरिरका मांशपेशी लचकदार नहुनु म्यानेन्जाइटिसका अन्य लक्षणहरु हुन् ।

आन्तरिक रक्त प्रबाह

उच्च रक्तचाप वा अन्य मानसिक समस्याहरुका कारण कहिलेकाही दिमागको रक्तनली फुट्न गई दिमागमै रगत वग्न सक्छ जसका कारण पनि खपिनक्नु टाउको दुख्न सक्छ । दिमागको कुनै रक्त नली च्यातिएमा शरिरको कुनै अंग निकै कमजोर हुनुका साथै गम्भीर टाउको दुख्न सक्छ । आखाँमाथिको भाग दुख्नु, आखाँका नानीहरु केही फराकिलो देखिनु, आखाँका ढकनी कमजोर देखिनु, धमिलो देख्नु, रिंगटा लाग्नु, चेतना गुमाउनु आन्तरिक रक्त प्रवाहका अन्य लक्षणहरु हुन् ।

टाउकोमा लागेको गम्भीर चोट बल्झिनु

यदि कुनै वेला तपाईको टाउकोमा गम्भीर चोट लागेको छ भने पनि बारम्बार यो बल्झिन सक्छ जसका कारण खप्नै नसक्ने गरी टाउको दुख्छ । तसर्थ कुनै दुर्घटनापछि वा घाइते भएपछि तपाईलाई भएको पीडा वा उपचारबारे जीवनकालभर ध्यान दिनुहोस । टाउकोको खप्पर वा दिमागको रक्त नलीमा हुने अशरले दीर्धकालिन रुपमा टाउको दुख्छ । वाकवाकी लाग्नु, कुनै पनि विषयमा ध्यान केन्द्रित गर्न नसक्नु, स्मरण हराउनु, शरिरका कुनै अंगहरु दुख्नु, धमिलो देख्नु, भोक नलाग्नु टाउको चोट बल्झिदाका लक्षणहरु हुन् ।

उमेरसँग सम्बन्धित समस्या

यदि तपाई ५०वर्ष भन्दा बढी हुनुभएको छ र बेग्लै ढंगले टाउको दुखेको छ भने अब उपचार गर्ने बेला आएको छ भन्ने बुझ्न ढिलाई नगर्नुहोस् । टाउकोका कोषहरुमा समस्या वा ब्रेन ट्युमरका कारणले पनि टाउको दुख्ने गर्छ । स्वास्थ्य खबरपत्रिका बाट ।

 

नियमित सेक्सले मृगौलाको पत्थरी निको हुने !

टर्कीमा हालै भएको एक अध्ययनको निष्कर्षले विशेषज्ञहरु नै आश्चर्यमा परेका छन् । उक्त अनुसन्धान अनुसार हप्तामा कम्तीमा पनि ३,४ पटक सेक्स गर्ने मानिसको मृगौलाको पत्थरी स्वतः आफ्नै हट्दछ र पत्थरी रोग निको हुन्छ ।

मुत्र विशेषज्ञहरुले समेत यो निष्कर्षमा सहमत हुँदै सम्भोगका बेला मानिसको सरीरमा उत्सर्जन हुने एक महत्वपूर्ण यौगिक तथा रक्तसंचार र मुटुको स्वास्थ्यमा आउने सुधारले मृगौलाका साना तिना पत्थरीलाई आफै बाहिर निकाल्नका लागि सहयोग गर्दछ ।

मुत्र विशेषज्ञका अनुसार सम्भोगका दौरान मानिसको सरीरमा नाइट्रिक अक्साइडको निर्माण हुन्छ र उत्तेजनाको अवस्थामा मुत्रनलीबाट बाहिर निस्किन्छ, जुन निकै आनन्ददायक हुन्छ । साथै यसले मुत्रनली तथा मृगौलाका स साना छान्ने नलीहरुको मांशपेशीलाई मजबुत बनाउने काम पनि गर्छ ।

टर्कीको अंकारास्थित क्लिनिक अफ अंकारा ट्रेनिंग एण्ड रिसर्च हस्पिटलका शोधकर्ताहरुले शोधमा संलग्न ७५ जना मानिसलाई ३ समूहमा विभाजन गरेका थिए ।

त्यसक्रममा मृगौलामा ५ मिलिमिटर भनदा सानो आकारका पत्थरी भएका मध्ये ८३ प्रतिशत मानिसको नियमित सेक्सका कारण मृगौलाको पत्थरी आफै बाहिर निस्किएर हटेको पाइयो ।

डाक्टरहरुले नियमित सम्भोगले मृगौलाकेा पत्थरी हटाउनमा सहयोग गर्ने सम्भावना रहेपनि यसलाई पुष्टि गर्नका लागि अझै धेरै अध्ययनको आवश्यकता रहेको भन्दै पत्थरीका बिरामीलाई उपचार छाडेर तत्काल सम्भोग तर्फ लाग्न सल्लाह दिन नसकिने बताए ।

पत्थरीका बिरामीले डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्ने, पर्याप्त पानी पिउने तथा अल्कोहलको सेवन नगर्ने जस्ता उपाय अपनाउनु पर्ने सुझाव डाक्टरहरुको रहेको छ ।

 

कति वटा सम्म केरा खान हुन्छ?

केरा धेरै खाँदा पेट दुख्छ, पेट बटारिन्छ अनि आन्द्रामा समस्या आउँछ, धेरै केरा एकै चोटी खान हुन्न ?

यस्तो तपाइले पनि सुन्नु भएकै होला। साँचो के हो?banana

केरा संसारका अधिकांश मानिसले मन पराउने फलमा पर्छ। भिटामिन अनि मिनरल्सको अधिक मात्रा केरामा पाइन्छ। यस्तो फलदायी फल त शरिरको लागि राम्रो हुनु पर्ने हैन र? तर किन केरा धेरै खादा राम्रो हुन्न भन्छन् त?

केरामा पोटासियम पनि पाइन्छ। बढी केरा खाँदा शरिरमा पोटासियमको खतरनाक स्तरसम्म पुग्छ। यो पोटासियम कसरी खतरनाक हुन्छ?

पोटासले कोषहरुलाई सहि ढंगले संञ्चालन गर्न मद्दत गर्छ। प्रत्येक कोषमा पाइने पोटास बाँच्नको लागि निकै महत्वपुर्ण हुन्छ। यसले मुटुको गतिलाई पनि स्थिर राख्न मद्धत गर्छ। साथै रगतमा हुने सुगर र रक्तचापलाइनै नियन्त्रण गर्न निकै सहयोगी हुन्छ पोटास।

के हुन्छ खतरा?
यदि शरीरमा पोटाशियमको स्तर धेरै बढे वा निकै कम भए मुटुको चालमा अनियमितता आउँछ, साथै पेट दुख्ने, पखाला लाग्ने पनि हुन जान्छ।

अमेरिकामा पोटासियम क्लोराइडलाई मृत्युदंण्ड दिने समयमा मानिसमा प्रयोग गरिन्छ, जसले मुटुको चालमा अनियमितता ल्याइ ज्यान जानेसम्म गराउँछ।

केरामा भएको पोटासियमको मात्रा हेर्नेहो भने दैनिक करिब ४०० केरा खाँदा पनि मर्ने सम्भावना कमै हुन्छ। ४०० केरा, ६ हैन। ४००-५०० त अन्य फल खाए पनि पेटले धान्न नसकेर समस्या भने आउनसक्छ।

केरा स्वास्थ्यको लागि निकै फाइदाजनक फल हो। केरा धेरै खाए बिरामी भइन्छ भन्ने सावित गर्ने कुनै आधार छैन। अत्याधिक धेरै त पानीले पनि हानी गर्छ।

ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवाको अनुसार एक वयस्कलाई दैनिक ३५०० मिलीग्राम सम्म पोटासको आवश्यकता पर्छ।

एउटा औसत केराको तौल यदि १२५ ग्रामसम्म हुन्छ भने त्यसमा करिब ४५० मिलीग्राम सम्म पोटासशियम पाइने गर्छ।

यसरी हेर्दा एक स्वस्थ व्यक्तिले साढे सात केरा खाए पोटासियमको स्तर बढ्ने देखिन्छ। तर यो बढ्ने बित्तिकै खतरनाक नै भइहाल्ने भन्ने होइन। जसको दैनिक भोजनमा पोटासियमको मात्रा बढी छ उसले थौरै ध्यान पुर्याउदा राम्रो।

के छ केरा को फाइदाः
दिमागमा सेरोटोनिनको मात्रा बढाउन केरामा पाइने ‘ट्रिपटोफान’ जिम्मेवार हुन्छ। सेरोटिननले दिमागको खुसी हुने न्युरोट्रान्समिटरलाई सक्रिय गर्छ।

रगतमा हुने सुगर लाई नियन्त्रण गर्छ।
पिसाबसंग क्ल्यासियम बाहिर जाने सम्भावना कम गर्छ जसले शरीरको हड्डी बलियो बनाउन मद्धत गर्छ।

तौल घटाउन मद्धत गर्छ, साथै स्नायु प्रणाली मजबुद बनाउँछ।

रक्तचाप लम गर्न मद्धत जसले हृदयघातको सम्भाबना मा कमी ल्याउँछ।

चिसो सँगै कमलपित्त र टाइफाइडको प्रकोप बढ्यो

गाईघाट (उदयपुर), ९ कात्तिक । चिसो बढ्न थालेपछि उदयपुरको विभिन्न स्थानमा टाइफाइड तथा कमलपित्तको प्रकोप बढेको छ । चिसो बढेसँगै जिल्लाको मध्यपहाडी र पूर्वी क्षेत्रमा टाइफाइड र कमलपित्तको प्रकोप सुरु भएको हो । रामपुर ठोक्सिला तथा बबला र बसाहा क्षेत्रमा ठूला उमेरका मानिसमा टाइफाइडले सताउन थालेको छ भने साना बालबालिकामा कमलपित्त देखापर्न थालेको स्थानीय बताउँछन् ।tyfiyd

सुरुमा अनियमित ज्वरो आउने, रुघाखोकी लाग्ने र बिरामी बिस्तारै सिकिस्त हुने गरेको रामपुर–९ शिखरमणिका गोपाल खत्रीले बताउनुभयो ।

त्यस्तै रामपुर बबला तथा सुन्दपुर क्षेत्रमा अधिकांश बालबालिकामा कमलपित्तको प्रकोप बढेको स्थानीयबासी विष्णुदेव चौधरीले बताउनुभयो ।

अहिले दैनिक ५० जना टाइफाइड र कमलपित्तका बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको जिल्ला अस्पतालले बताएको छ ।

चिसो मौसम र प्रदुषित पानीका कारण सो प्रकोप देखिएको चिकित्सकको भनाइ छ ।

 

मानसिक स्वास्थ्यलाभका लागि ध्यान र योग

लन्डन– दिनदिनैको तनाव र दौडधुपका कारणले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित पार्न सक्छ । शारीरिक र मानसिक स्वास्थ्यले पार्ने दीर्घकालीन असर कस्तो हुन्छ भन्नै पर्दैन तर खुसीको कुरा के छ भने केही विशेषज्ञहरुले भनेअनुसार गर्ने हो भने मानिसले आफ्नो फुर्ति ज्यूँका त्यूँ त राख्ने नै भयो शरीर र दिमागमा नयाँ ऊर्जा भर्न पनि सक्छन्।

विशेषज्ञहरुले ध्यान, योग र आफ्नो पुरानो दैनिकी फेर्ने हो भने यसो गर्न सम्भव भएको बताएका छन् ।86368f738fc03d633259aba3fbd3d755_L

दक्षिण क्यालिफोर्नियामा बिहीबार केही मानिसहरु सबेरै पाँच बजे निद्रालाई पाखा लगाउँदै समुद्र तटमा भेला हुन्छन् । भेला भएका यी सबै नाउमा योग गर्न जम्मा भएका हुन् ।

नाउमा गरिने योग जम्माजम्मी ४५ मिनेटको हुन्छ । यसमा गहिरो श्वास लिने र छोडने क्रिया गरिन्छ । यसपछिको दुई घण्टासम्म उनीहरु डेब्रेकर नामक एक किसिमको तीव्र संगीतमा उफ्रीपाफ्री गर्ने कार्यक्रममा सहभागी हुन्छन् ।

यहाँ देखिने उफ्रीपाफ्री हेर्दा गर्मीयामको छुट्टीमा केटाकेटीहरुले गर्ने मस्ती सम्झाउन सक्छ तर यसमा सहभागी केही मानिसहरु भने महिनामा दुई पटक आफ्नो दैनिक काम सुरु गर्नुअघि यसरी उफ्रनुलाई सौभाग्य नै ठान्छन् । डेब्रेकरको अर्थ बिहान तपाईंले पाउने त्यो गतिशीलतासँग सम्बन्धित छ, जुन तपाईंले आफ्नो दैनिकी सुरु गर्न चाहनुहुन्छ ।

यो चलन लस एन्जल्सको मात्र भने होइन । यसको सुरुवात त न्युयोर्क सहरको युनियन स्क्वायरको कफी पसलमा भएको थियो । दुई वर्षभित्रै यो सोच संसारका आठ प्रमुख सहरहरुमा फैलियो । तेल अभिभ, लण्डन र साओ पाउलो तीमध्ये प्रमुख हुन् ।

लस एन्जल्स सहरमा ३० डलर तिरेर तपाईं योग अभ्यास र डान्स पार्टी दुवैमा सहभागी हुन सक्नु हुन्छ ।
दिनको सुरुवात पार्टीबाट !
यसमा सहभागी हुनेहरु यसलाई ‘एक्सट्रिम वेकअप कल’ भन्छन्। यसमा धेरै किसिमका अभ्यासहरु गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि सहभागीहरुले दिनभर ऊर्जाशील महसुस गर्ने गर्दछन् र उत्पादनशील काम भएकोमा खुसी हुने गरेका छन्।

डेब्रेकरका सहनिर्माता आन्द्रे हर्ड भन्छन्, ‘यसको लक्ष्य दिनको रुटिनलाई उल्टो पारिदिनु हो । दिनभरिको व्यस्तता र बैठकहरुभन्दा पहिले केही मोजमज्जा र ऊर्जा अनुभव गर्नु नै यसको उद्देश्य हो।’

यो पार्टीमा योग र मसाज प्रयोग गरिन्छ। यसको सुरुवात लन्डनमा भएको थियो। डेब्रेकरजस्तै यहाँ पनि मस्तिष्क र शरीरलाई नयाँ तरिकाले ताजा अनुभव गर्ने उपाय रचिन्छ।

यसरी अमेरिकामा पनि इन्डोर साइक्लिङ फिटनेस चेन ‘सोलसाइकल’ –आत्माको चक्र) कम्पनीले पाएको सफलताका कारण गएको जुलाईदेखि सेयर जारी गरेको छ। यो कम्पनीको उद्देश्य नै शरीर, दिमाग र आत्मालाई सहयोग गर्नु रहेको बताइएको छ । यसको वेबसाइटका अनुसार राम्रा प्रशिक्षक, कम उज्यालो, मनमोहक ठाउँ र संगीतमय वातावरणमा रमाएर मानिसले आफूलाई सशक्त अनुभव गर्न सक्छन्।
बिहान उठ्ने समय छैन? मोबाइल जिन्दाबाद

तपाईंसँग बिहान उठ्ने समय छैन र डेब्रेकर अभ्यास अथवा मोर्निङ ग्लोरिविलजस्ता संस्थामा गएर उफ्रीपाफ्री गर्न भ्याउनु हुन्न भने, दुई घन्टे समय पनि कतिका लागि सम्भव छैन । यो बेला अधिकांश मानिसहरु बस या रेलमा यात्रा गर्ने, आफ्ना सन्तानहरुलाई विद्यालय पु¥याउने, घरपालुवा कुकुर वा बिरालालाई घुमाउन लैजानेजस्ता व्यस्त बनाउने क्रियाकलापमा हुन्छन् । यस्ता व्यक्तिलाई फुर्सद कहाँ ?

यस्ता व्यस्तहरुलाई ध्यानमा राखेर बनाइएको एउटा स्मार्टफोन वा ट्याब्लेटमा डाउनलोड गर्न सकिने एप तयार पारिएको छ । यो एपलाई हेडस्पेस भनिन्छ र यसका संस्थापक हुन्, एन्डी पुड्डीकोम्ब हुन् । एन्डी भन्छन्, ‘मजस्तो पाँचै बजे उठ्न सम्भव नहुनेहरुका लागि यो एप निकै प्रभावकारी हुन्छ ।’

एन्डीले बौद्ध भिक्षु तालिम लिएका छन् र क्यालिफोर्नियाको सान्ता मोनिका क्षेत्रमा बस्छन् । उनको एप प्रयोग गरेर ध्यानको अभ्यास गर्ने हो भने १० देखि १५ मिनेटमै प्रयोगकर्ताको मस्तिष्क तरोताजा हुन्छ । रेल वा बसमा यात्रा गर्दागर्दै यो अभ्यास गर्न सकिने उनी बताउँछन् ।

‘ध्यान गर्नु भनेको कठिन काम हो र यसका लागि शान्त ठाउँ चाहिन्छ भन्ने भ्रम छ,’ उनी भन्छन्, ‘मेरो अनुभवका आधारमा के भन्न सक्छु भने रेलमा होस्, बसमा या व्यस्त एयरपोर्टमा पनि घरैमा जस्तो ध्यान गर्न सकिन्छ ।’

एन्डी भन्छन्, ‘तपाईंलाई राति राम्रोसँग निद्रा लागेन भने पनि काम सुरु गर्नुअघि मज्जाले केही मिनेट ध्यान गर्नुभयो भने तपाईंलाई ताजा बनाइदिन्छ ।’

उनले यो एप सन् २०१२ मा बजारमा ल्याएका थिए । यो एप अहिलेसम्म ३५ लाख पटक डाउनलोड गरिसकिएको छ । एप डाउनलोड र फाउन्डेसन कोर्स सित्तैमा गर्न सकिने उनी बताउँछन् तर विशिष्ट कोर्सका लागि महिनाको १३ डलर तिनुपर्छ ।

दैनिक ध्यान गर्नाले दिमाग शान्त त हुन्छ नै यो एपका माध्यमले गरिने कतिपय सेसनको सहयोगले काम गर्ने क्षमतामा उच्च वृद्धि हुने उनको दाबी छ । ‘यसले तपाईंको ध्यान र एकाग्रता उच्चस्तरको वृद्धि हुन्छ,’ एन्डी भन्छन् ।

पछिल्ला समयमा आध्यात्मिक अभ्यास र ध्यान गर्ने क्रियाकलाप अमेरिका र युरोपमा निकै लोकप्रिय हुन थालेको छ । यसको मूल कारण चाहिँ ध्यानले दिने सकारात्मक मनोवैज्ञानिक र शारीरिक प्रभाव हुन्छ भन्ने वैज्ञानिक प्रमाण पाइनु पनि हो ।

लस एन्जल्सस्थित क्यालिफोर्निया विश्वविद्यालयका मस्तिष्क अनुसन्धाता डा. फ्लोरियन कुर्थ भन्छन्, ‘जो व्यक्ति आध्यात्म वा ध्यान गर्छन् तिनले एकाग्रता, राम्रो स्मरणशक्ति, तिनको बोलीचाली र काममा निकै ठूलो फाइदा पाइरहेका छन् ।’
मस्तिष्कको ‘रिसेट बटम’
कुर्थ भन्छन्, ‘दैनिक रुपमा ध्यान गर्नाले तपाईंको दैनिक गतिविधिमा कार्य कुशलता आश्चर्यजनक तरिकाले बढ्छ ।’

हेडस्पेस एपका संस्थापक एन्डी भन्छन्, ‘१०–१५ मिनेटसम्म ध्यान गर्नु भनेको तपाईंको मस्तिष्कको कम्प्युटर पुनः सञ्चालन गर्नुजस्तो हो । यसले तपाईंको काम गर्ने क्षमता अविश्वसनीय तरिकाले बढ्छ ।’

विश्वविद्यालयको ब्रेन म्यापिङ सेन्टरमा कुर्थले केही सहयोगीहरुका साथ लामो समयदेखि ध्यानले दिमागमा गर्ने असरका बारेमा अध्ययन गरेका छन् । उनी भन्छन्, ‘ध्यान गर्ने व्यक्तिले छदेखि आठ साताभित्रै मस्तिष्कमा सकारात्मक प्रभाव देखिन थाल्छ ।’

हालै गरिएको एउटा अध्ययनअनुसार ध्यानको अभ्यासले वृद्धावस्थाका कारण मस्तिष्कमा हुने असर, ग्रे म्याटर घट्ने गति निकै कम हुन्छ । ग्रे म्याटर स्मरणसम्बन्धी गतिविधिहरुमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । वैज्ञानिकहरुले वर्षौंसम्म ध्यान गर्ने ५० जना र ध्यान नगर्ने ५० जनाहरुमाझ एउटा अध्ययन गरेको थियो । अध्ययनले के देखायो भने ध्यान गर्ने व्यक्तिमा ग्रे म्याटरको क्षति सुस्त गतिमा हुन्छ भने ध्यान नगर्नेहरुको अलि बढी गतिमा हुन्छ ।

कुर्थ भन्छन्, ‘ध्यान गर्नेहरुले निकै आनन्द महसुस हुने बताउँछन् र वैज्ञानिक शोध र अध्ययनले देखाएको आँकडाले पनि यो कुरालाई प्रमाणित गर्दछन् ।’
ध्यानको बढ्दो लोकप्रियता
त्यसो त ध्यान गर्नेहरुले नगर्ने भन्दा कत्तिको राम्रो काम गर्छन् भन्ने अध्ययन गरिएको छैन तर अफिस आउनेबित्तिकै केही पनि नगरी शून्य भावमा रहनेहरुले सामान्यतः राम्रो स्वास्थ्य देखिने गरेको छ ।

दिनदिनैको दौडधुपका बीच ध्यानबाट निकै फाइदा देखिन्छ । यस्तो अवस्थामा योगको कक्षा होस् या मोबाइल एपको प्रयोगबाट होस्, ताजा महसुस गर्ने बडो गज्जबको सोच हो ।

एन्डी भन्छन्, ‘लामो समयदेखि हामीले शरीरलाई महतव दिँदै आयौं तर अब हामीले मस्तिष्कलाई पनि ध्यान दिनु र त्यसको रेखदेख गर्नु आवश्यक भएको स्पष्ट भएको छ ।

 

स्तनमा सिलिकन राख्‍ने भनेको के हो? किन राख्छन महिलाहरु स्तनमा सिलिकन ?

स्तन साना भएकाले सिलिकन राखेर ठूला बनाउन सकिने उल्लेख गरिएका विज्ञापन पत्रिकामा पढ्न तथा रेडियोमा सुन्न पाइन्छ। स्तनमा सिलिकन राख्ने भनेको के हो? कुन उमेरका महिलाले स्तनमा सिलिकन राख्न सक्छन्? यो राखेपछि स्तन क्यान्सरको जोखिम हुन्छ कि हुँदैन? बच्चालाई स्तनपान गराउन मिल्छ कि मिल्दैन? सिलिकन राखेपछि के–के समस्या आउन सक्छन्?
डा. जसवन शाक्य
मेडिकल डाइरेक्टर, सुषमा कोइराला मेमोरियल अस्पताल

महिलाको सुन्दरतासँग जोडेर हेरिने भएकाले यसको साइजलाई लिएर महिलाहरू चिन्तित हुने गरेको पाइन्छ। स्तनको साइज यति नै राम्रो हो भन्ने मानक हुँदैन। विभिन्न देश र फरक–फरक सामाजिक परिवेशअनुसार कतै ठूला स्तन भएका महिलालाई आकर्षक मानिन्छ त कतै साना स्तन भएका महिलालाई सेक्सी मानिन्छ।

स्तनभित्र सिलिकन राखेर यसको साइज ठूलो देखाउने विधिलाई ‘ब्रेस्ट इम्प्लान्ट’ भनिन्छ। यो बिलकुलै कस्मेटिक कुरा हो। यसले बिग्रेको स्तनको साइजलाई सुन्दर देखाउन मद्दत गर्छ। संसारमा ब्रेस्ट इम्प्लान्ट सुरु भएको लामो समय भए पनि नेपालमा एक दशकअघिदेखि ब्रेस्ट इम्प्लान्ट गर्ने सर्जरी हुन थालेको हो। सिलिकन मानिसको शरीरभित्र ‘एड्जस्ट’ भएर बस्ने र कुनै पनि हानि नगर्ने विशेष प्रकारको रबर हो। यो राख्ने साह्रै कमलाई मात्र यसको एलर्जी हुने गर्छ।Capture426

 

ब्रेस्ट इम्प्लान्ट प्लास्टिक सर्जनले गर्छन्। ब्रेस्ट इम्प्लान्ट गर्दा बेहोस गरेर, स्तनको मुनिपट्टि पाँचदेखि छ सेन्टिमिटरको घाउ पारेर सिलिकन राख्ने गरिन्छ। जसले गर्दा काटेको घाउमा सानो दाग बस्छ। स्तन झुण्डिँदा छोपिने भएकाले यो दाग सजिलै देखिँदैन।

स्तनको आकारलाई कत्रो बनाउन चाहेको हो, त्यही साइजको सिलिकन स्तनभित्र राख्नुपर्ने हुन्छ। सय सीसीदेखि सुरु हुने सिलिकनको साइज ४ सय ५० सीसी वा त्योभन्दा माथि पनि हुनसक्छ। ४ सय ५० सीसी भनेको निकै ठूलो साइज हो। यो पोर्न फिल्ममा काम गर्ने कलाकारले मात्रै प्रयोग गर्छन्। नेपालमा सयदेखि २ सय ५० सीसी सम्मका सिलिकन स्तनभित्र राखेर साइज बढाउने गरिएको छ।

१८ वर्ष उमेर पुगेका किशोरीदेखि ४५ वर्ष उमेरसम्मका महिलाले ब्रेस्ट इम्प्लान्ट गर्न सक्छन्। ब्रेस्ट इम्प्लान्ट गरेपछि छ महिनासम्म धेरै शारीरिक अभ्यास, खेलकुद तथा डान्स गर्नु हुँदैन। उमेर ५० वर्ष पुगेपछि भने शरीरमा हुने परिवर्तनसँगै स्तनको छाला पनि चाउरिने तथा स्तन झोलिने कारणले गर्दा इम्प्लान्ट गरिएको सिलिकन निकाल्नुपर्ने हुन सक्छ।

इम्प्लान्ट गरिएको सिलिकन स्तनको तल्लो भागमा रहन्छ। स्तनको माथिल्लो भागमा बोसो, त्यसपछि मांसपेशी र त्यसभन्दा मुनि इम्प्लान्ट गरिएको सिलिकन बस्छ। इम्प्लान्ट गरिएको स्तनलाई पुरुषले सुमसुुम्याउँदा यौन उत्तेजना पहिलाजत्तिकै आउने र यसले दूध उत्पादनमा केही असर गर्दैन। बच्चालाई मज्जाले स्तनपान गराउन सकिन्छ। इम्प्लान्ट गरिएको सिलिकनले प्राकृतिक स्तनमा भएको मांसपेशी तथा बोसोलाई तलबाट धकेलेर पर्फेक्ट साइजमा देखाइदिने काम गर्छ।

ब्रेस्ट इम्प्लान्ट गर्ने अपरेसन निकै होशियारीपूर्वक गर्नुपर्छ। यो कालिगढले मूर्ति बनाउँदा ध्यान दिएजस्तै हो। इम्प्लान्ट गर्दा सिलिकन डल्लो पर्योै वा राखेको मिलेन भने यसले समस्या निम्त्याउन सक्छ। इम्प्लान्ट गर्दा चिरेको घाउ पाक्न थाल्यो भने तुरुन्त सिलिकन निकाल्नुपर्ने हुन्छ। एक पटक राखेर निकालिसकेको सिलिकन पुनः प्रयोग गर्न मिल्दैन। कहिलेकाहीँ शरीरले राखेको सिलिकनलाई रिजेक्ट गर्न सक्छ। यस्तो अवस्थामा सिलिकन बसेको वरिपरिको भागको मांसपेशी कडा हुन्छ। यस्तो अवस्थामा सिलिकन निकाल्नुपर्ने हुन्छ। सिलिकन राखेकै कारण स्तन क्यान्सर भएको उदाहरण अहिलेसम्म पाइएको छैन। स्तन क्यान्सर स्तनमा सिलिकन राखेका वा नराखेका दुवै थरी महिलालाई हुने गरेको छ। तर, सिलिकन राखेकै कारण स्तन क्यान्सर भएको वैज्ञानिक अनुसन्धानबाट पुष्टि हुन सकेको छैन।

युरोप, अमेरिका र भारतमा स्तनमा सिलिकन भर्ने अपरेसन नेपालको तुलनामा निकै महँगो छ। एक पिस सिलिकनको नेपालमा ७० हजार रुपैयाँ पर्छ। नेपालमा दुई लाखमा हुने अपरेसनमा विदेशमा कम्तीमा पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ।

 

चियाको ६ प्रकार, तपाई कुन चिया पिउनुहुन्छ ?

सबै चिया ‘क्यामेलिया सिनेसिस’ नामक चियाको बोटबाट तयार गरिन्छ। तर विश्वभरमा चियाको हजारौ प्रकार पाइन्छ। चियाको बोट ठाउँ अनुसार फरक फरक हुन्छ। कुन समयमा चियाको पात टिपिन्छ त्यसले पनि चियाको प्रकारमा फरकपन आउँछ। साथै चियाको पातबाट चियापत्ति बनाउने प्रक्रियाले चियाको गुणस्तर, प्रकार अनि स्वादमा फरकपन ल्याउँछ। यी प्रत्येक चियाको स्वास्थ्यमा आफैखालको प्रभाव हुन्छ। यहाँ केही बढी प्रयोगमा ल्याइने चियाको बारेमा चर्चा गरिएको छ।Tea_in_different_grade_of_fermentation

ह्वाइट टी
सेतो चिया सबैभन्दा सुद्ध अनि कम प्रसोधन गरिएको चियामा पर्छ। यसको रंग हल्का हुन्छ अनि मन्द बासना हुन्छ। यो चिया स्वाद र प्राकृतिक मिठासको लागि चर्चित छ।

ग्रीन टी
सबैभन्दा चर्चित चियामा पर्छ ग्रीन टी। विश्वमै हेर्ने हो भने एसियामा निकै पिइन्छ यो चिया। केही ग्रीन टीहरु फुल अनि फल संग मिश्रण गरि तयार पनि गरिएको हुन्छ, जसले यसको वासना निकै मिठो बनाउँछ।

उलङ टी
यो चिया विशेष गरि चीनमा प्रचलिन छ। (oolong tea) चीनका रेस्टुरेन्टहरुमा बढी प्रयोग गरिन्छ।

ब्ल्याक टी
हामीले सानै देखि पिउँदै हुर्केको चिया हो, ब्ल्याक टी। यो चिया अन्य भन्दा कडा स्वादको हुन्छ। दुध र चिनी मिसाएर पनि यसलाई पिउने गरिन्छ।

हर्बल टी

हर्बल टी मात्र यस्तो चियाहो जसमा ‘क्यामेलिया’ प्रजातीका विरुवाको पात प्रयोग हुदैन। हर्बल टी पनि तीन प्रकर को हुन्छ।
रोइबोस टी
मेट टी
हर्बल इन्फ्युजन

रोइबोस टी
दक्षिण अफ्रिकामा पाइने विशेषखालको रातो विरुवाबाट यो चिया तयार गरिन्छ। यसलाई ‘रेड टी’ को नामले पनि चिनिन्छ। फरक स्वादमा पाइने यो चियाको स्वाद निकै मिठो मानिन्छ।

मेट टी
कफिको जस्तो स्वाद हुने भएकाले कफि मनपराउने मानिसले पनि यो चिया मनपराउने गर्छन्। अर्जेन्टीनामा पाइने विशेष जंगली विरुवाले यो चिया बन्छ। मिठो स्वाद अनि बास्नाको लागि यो चिया प्रख्यात छ।

चियाको बारेमा रोचक तथ्य
सबैभन्दा बढी पिइने पेयपदार्थको दोस्रो स्थानमा चिया पर्छ, पहिलोमा पानी।

चिया जति कम प्रसोधन गरिन्छ, त्यतिनै त्यसमा ‘एन्टीअक्सिडेन्ट’ बढी पाइन्छ। त्यसको मतलब ग्रीन टीमा ब्ल्याक टी भन्दा बढी एन्टीअक्सिडेन्ट पाइन्छ।

३ ब्ल्याक टीलाई लामो समयसम्म सुरक्षित राख्न सकिन्छ। त्यसैले चीनले विश्वमा ब्ल्याक टी निकै बेच्न गरेको छ। जहाँ कि चीनमा ग्रीन टी पिउनेको संङ्ख्या बढी छ अनि विश्वमा ब्ल्याक टी पिउने बढी छन्।

दशैंमा मिठो खाँदै स्वस्थ खाने ११ टिप्स

चाडवाडका बेला मानिसहरुको मिठो खान रुचाउँछन् । फ्राइ खाना र मिठाईहरुको प्रयोग आत्याधिक हुने गर्दछ । अत्याधिक क्यालोरी हुने यस्ता परिकारको प्रयोगले मानिसको तौल बढ्नु स्वभाविक हो । घिउ, चिनी र दुध तथा खुवाजस्ता परिकार मिसाएर बनाइएका मिठाईका परिकारले क्यालोरी बढाउँछ । अहिले थुप्रै चकलेट तथा डाई फलफूलले पनि मानिसहरुको ध्यान खिच्ने गरेको छ । तर मानिसले चाडबाडमा जतिसूकै मिठो परिकार खाएपनि यसले मानिसको नियमित रुटिन बिगार्नु भने राम्रो होइन । त्यसैले चाडवाडमा साथिभाई, आफन्त तथा परिवारको आग्रहका बाबजुद ठिक्क खानका लागि केही चलाखीहरु अपनाउँदा राम्रो होला ।nepal-newari-lunch-set-with-takha-sanya-khuna
१. सानो प्लेट लिनुहोस्
सानो प्लेटमा खान लिएको राम्रो , अस्वस्थ खानेकुरालाई कम गर्न सानै चम्चा, सानो ग्लास र सानो कचौराको प्रयोग गर्नुहोस् । यदी तपाईलाई सबै परिकार खान मन मनलाग्छ भने थोरै थोरै गरेको झिक्नुहोस् ।
२. नियन्त्रण राख्नुहोस्
चाडवाडमा खुसीयाली मनाउँदा सकेसम्म सबै थरिका परिकार खाएको राम्रो हुन्छ । तर नियन्त्रण कायम गरेर थोरै भन्दा थोरै खानु राम्रो हुन्छ । क्यालोरी धेरै हुने परिकार लिदाँ फलफूल खाएर त्यसलाई सन्तुलित बनाउने प्रयत्न गर्नुहोस् । एउटा ठूलो कपको खिरमा ३०० देखी ५ सयसम्म क्यालोरी हुन्छ ।

३. ठिक्क खानुहोस्
कसैले आग्रह गर्दैमा खानुपर्छ भन्ने छैन् । यदी साथिभाई वा परिवारले कर गरेमा पनि उनीहरुको मान राख्न थोरै खानुहोस् । यदी मिठाई बढी आएको खण्डमा आफ्नो दैनिक रुटिनबाट अन्य क्यालोरी घटाउनुहोस् । चिया कम गर्नुहोस् र भातमा कमी कमी ल्याउनुहोस् । बरु त्यसको स्टटा रा्ेटी खान सक्नुहुन्छ ।
४. बदामको प्रयोग
मिठाईको बदलामा बदामको प्रयोग गर्नृहोस् । यसमा ६० देखी १ सयसम्मको क्यालोरी हुन्छ र यसले लामो समयसम्म भोक पनि लाग्दैन् ।

५. चिसो पेयबाट टाढा रहनुहोस्
चिसो पेय पर्दाथको प्रयोग कम गर्नुहोस् । यसले तपाईको तिर्खा मेटाएपनि चिनीको मात्राले असर गर्छ । अतिथीहरुलाई बरु नरिवलको पानी वा कागती पानी ट्क्रायउनुहोस् । फलफूलको जुस अर्को राम्रो विकल्प हुनसक्छ ।

६. मिठाईमध्ये स्वस्थ छान्नुहोस्
मिठाईका अनेक परिकारमध्ये स्वस्थ परिकारको बढी प्रयोग गर्नुहोस् । बजारमा पाइने मिठाईको प्रयोग कम गर्नुहोस् ।

७. खानअघि पानीको प्रयोग
कुनै पनि परिकार खानुअघि पर्याप्त पानी पिउनुहोस् । यस्तो गर्दा तपाईलाई धेरै खान मन लाग्दैन ।

८. बिस्तारै खानुहोस्
बिस्तारै खाँदा शरिरले पनि उत्तिकै सहज तरिकाले पचाउँछ । त्यस्तै खानको
स्वाद पनि थाहा हुन्छ ।

९. चिल्लोको प्रयोग कम गर्नुहोस्
खाना पकाउँदा तेलको प्रयोग कम गर्नुहोस् । दैनिक रुपमा प्रयोग गर्नेभन्दा बढी तेल प्रयोग गर्दा स्वास्थलाई राम्रो हुदैँन ।
१०. अभ्यासका लागि समय छुट्याउनुहोस्
चाडवाडमा पनि आफ्नो दैनिक अभ्यासलाई निरन्तरता दिनुहोस् । अभ्यासले पेट तथा शरिरलाई सन्तुलित राख्दछ ।
११. फ्याटजन्य पर्दाथको प्रयोग कम गर्नुहोस्
कम फ्याट भएको दुध तथा अन्य डेरी उत्पादनको प्रयोग गर्नुहोस् । चिनी, मह लगायतका पर्दाथ कम प्रयोग गर्नुहोस् ।

 

पोलेको मासुले क्यान्सर होला है

चितवन : नेपालीले दसैँमा बढी मासु खाने गर्छन् । मासुका विभिन्न परिकार बनाउने क्रममा धेरै पोलेको र भुटेको मासु रुचाउने गरिन्छ । त्यस्ता मासुबाट क्यान्सरको खतरा हुने चिकित्सकले बताएका छन् । sekuwa_Poleko_meat_dashain_meat_641637372
मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ । त्यसले पेट र छालामा क्यान्सर हुन सक्ने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका मेडिकल अङ्कोलोजी विभागका विशेषज्ञ चिकित्सक डा गुरुशरण साहले बताए ।
उहाँका अनुसार मासु पोल्दा मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा बढी पाक्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ । बढी पोलेको मासु प्रयोग गर्ने जापानीमा यो समस्या धेरै रहेको साहले बताए । सो विषयमा जापानमा थप अनुसन्धान पनि भइरहेको उनको भनाइ छ ।
युवावस्थाका यस्ता बिरामी बढी आउने गरेको अस्पतालका मेडिकल अङ्कोलोजी विभाग प्रमुख डा भोलाप्रसाद रौनियारको भनाइ छ । भुटेको र पोलेको मासुबाट ठूलो आन्द्राको क्यान्सर अरु बढी हुने गरेको बताइएको छ ।
पटक पटक पातलो दिसा, पेट काट्ने र कटक्क दुख्ने गरेमा परीक्षण गर्न पनि उनले सुझाव दिए । यस्ता खाले क्यान्सर भएका बिरामीका परिवारका अन्य सदस्यलाई पनि परीक्षणको लागि उनको सुझाव छ ।
उहाँका अनुसार मासु पोल्दा छोपेर पोलेमा अरु बढी हानिकारक हुने गर्छ । दसैँका बेलामा मासु प्रयोग गर्दा राँगा, खसी, बोकाको भन्दा कुखुरा र माछाको मासु प्रयोग गर्न चिकित्सकले सुझाएका छन् । उनीहरुको भनाइमा ती मासु उमालेर खाएमा अरु बढी स्वास्थ्यवर्धक हुने गर्छ ।
यसैबीच भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सन् २०१४ मा एक लाख १२ हजार ४७६ जनाले क्यान्सर रोगको परीक्षण गराएका छन् । तीमध्ये २६ हजार ४३ जना नयाँ रहेको अस्पतालले जनाएको छ । नयाँ बिरामीमध्ये महिलाको सङ्ख्या १६ हजार ६३९ छ ।

सावधान ! पोलेको मासु खाँदा यसरी हुन्छ मानिसको मृत्यु

काठमाडौं । नेपालीले दसैँमा बढी मासु खाने गर्छन् । मासुका विभिन्न परिकार बनाउने क्रममा धेरै पोलेको र भुटेको मासु रुचाउने गरिन्छ । त्यस्ता मासुबाट क्यान्सरको खतरा हुने चिकित्सकले बताएका छन् ।meat-chicken

मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ । त्यसले पेट र छालामा क्यान्सर हुन सक्ने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजी विभागका विशेषज्ञ चिकित्सक डा गुरुशरण साहले बताउनुभयो ।

उहाँका अनुसार मासु पोल्दा मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा बढी पाक्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ । बढी पोलेको मासु प्रयोग गर्ने जापानीमा यो समस्या धेरै रहेको साहले बताउनुभयो । सो विषयमा जापानमा थप अनुसन्धान पनि भइरहेको उहाँको भनाइ छ ।

युवावस्थाका यस्ता बिरामी बढी आउने गरेको अस्पतालका मेडिकल अङ्कोलोजी विभाग प्रमुख डा भोलाप्रसाद रौनियारको भनाइ छ । भुटेको र पोलेको मासुबाट ठूलो आन्द्राको क्यान्सर अरु बढी हुने गरेको बताइएको छ । पटक पटक पातलो दिसा, पेट काट्ने र कटक्क दुख्ने गरेमा परीक्षण गर्न पनि उहाँले सुझाव दिनुभयो । यस्ता खाले क्यान्सर भएका बिरामीका परिवारका अन्य सदस्यलाई पनि परीक्षणको लागि उहाँको सुझाव छ ।

उहाँका अनुसार मासु पोल्दा छोपेर पोलेमा अरु बढी हानिकारक हुने गर्छ । दसैँका बेलामा मासु प्रयोग गर्दा राँगा, खसी, बोकाको भन्दा कुखुरा र माछाको मासु प्रयोग गर्न चिकित्सकले सुझाएका छन् । उनीहरुको भनाइमा ती मासु उमालेर खाएमा अरु बढी स्वास्थ्यवद्र्धक हुने गर्छ ।

यसैबीच भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सन् २०१४ मा एक लाख १२ हजार ४७६ जनाले क्यान्सर रोगको परीक्षण गराएका छन् । तीमध्ये २६ हजार ४३ जना नयाँ रहेको अस्पतालले जनाएको छ । नयाँ बिरामीमध्ये महिलाको सङ्ख्या १६ हजार ६३९ छ ।

पेटको क्यान्सरका बिरामी एक सय ६१ जनाले उपचार गराएकामा महिला ६२ जना मात्रै छन् भने पुरुषको सङ्ख्या ९९ छ । यो तथ्याङ्कले खानपिनका कारण पेटको क्यान्सर बढी हुने गरेको देखाउँछ । रासस