Home / अन्तर्राष्ट्रिय खबर / भारतका ५९ कमाण्डो एकैपटक बेपत्ता !

भारतका ५९ कमाण्डो एकैपटक बेपत्ता !

एजेन्सी । भारतमा अचानक एकसाथ ५९ कमाण्डो बेपत्ता भएका छन् । श्रीनगरमा आफ्नो तालिम सकेका उनीहरु बेपत्ता भएपछि निकै हल्लीखल्ली मच्चिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

फाइल तस्वीर

केन्द्रीय रिजर्ब प्रहरी बल (सीआरपीएफ) काउण्टर नक्सल एलिट युनिट कोब्राका ५९ कमाण्डो सामूहिक रुपमा बेपत्ता भएका हुन् । उनीहरु आइतबार राति मुगलसराय स्टेशनबाट बेपत्ता भएको समाचारमा जनाइएको छ ।

पाँच साता लामो आधारभूत तालिम लिएर फर्किएका उनीहरु पहिलो पोष्टिङ बिहारको नक्सल प्रभावित क्षेत्रमा जानुपर्ने थियो । उनीहरु कोही आफ्नो घर कोही अन्यत्रै गएको समाचारमा उल्लेख गरिएको छ ।

उनीहरुले आफ्नो टोलीको कमाण्डरलाई जानकारी नदिएकाले उनीहरुसँग स्पष्टीकरण साेध्ने तयारी गरिएकाे छ ।

 

(Visited 1 times, 1 visits today)
x

Check Also

टर्कीमा बस दुर्घटना, ११ को मृत्यु ४६ घाइते

इस्तानबुल — टर्कीमा भएको एउटा बस दुर्घटनामा ११ को मृत्यु भएको छ । उक्त घटनामा अन्य ...