Home / रास्ट्रिय खबर / अमेरिका पुगेका सात नेपाली निष्कासित, चार्टर बिमानमै ल्याएर छाडियो नेपालमा

अमेरिका पुगेका सात नेपाली निष्कासित, चार्टर बिमानमै ल्याएर छाडियो नेपालमा

२५ जेठ, काठमाडौं । अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निष्कासन गरेका छ । निष्कासित ७ जनालाई विशेष चार्टड जहाजबाट बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ ।

जहाज ओर्लनासाथ ती नेपालीलर्य विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो ।

 

निष्कासन हुनेमा रामेछापका टासी शेर्पा, रुकुमका तारक पुनमगर र धनीमान बुढा, कास्की पोखराका केशव थापा, कास्की हेम्जाका चित्रबहादुर थापा, मकवानपुरका रवीन्द्र बलामी र बागलुङका अमर बस्नेत छन् ।

उनीहरु ९ देखि १६ महिनासम्म अमेरिकी हिसासतमा बसेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

(Visited 1 times, 1 visits today)
x

Check Also

थानकोटको सिन्डिकेट पनि तोड्दै मयुर, २३ ठूला बसले सेवा थाल्ने

६ वैशाख, काठमाडौं । अरनिको राजमार्गमा सिन्डिकेट तोडेर चर्चा कमाएको मयुर यातायातले थानकोटका यात्रुलाई पनि ...