Home / रास्ट्रिय खबर / गरिबी र वेरोजगारी हटाउन एमाले नेतृत्व आवश्यकः खनाल

गरिबी र वेरोजगारी हटाउन एमाले नेतृत्व आवश्यकः खनाल

९ असार, इलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताएका छन् ।

इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताए । नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भए पनि तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई आग्रह गरे । ‘निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ’, नेता खनालले भने ।

 

उनले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासका लागि संविधान कार्यान्वयनको विकल्प नभएको जिकिर गर्दै एमालेले देश विकासको नयाँ एजेन्डा ल्याएको बताए ।

(Visited 1 times, 1 visits today)
x

Check Also

अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु फाल्गुन २४, २०७४रासस

सोलुखुम्बु — सुत्केरीलाई बचाउने सोलु अस्पताल फाप्लुका चिकित्सकको प्रयास असफल भएको छ ।  बुधबार सुत्केरी व्यथा ...