Home / अन्तर्राष्ट्रिय खबर / भारतमा रहेका आफ्ना नागरिकलाई सचेत रहन चीनको अपिल

भारतमा रहेका आफ्ना नागरिकलाई सचेत रहन चीनको अपिल

एजेन्सी । भारत र चीनबीचको सीमा विवाद उग्र बन्दै गएको छ । सीमा विवादलाई लिएर चीनले आफ्ना नागरिकका लागि परामर्श जारी गरेको छ ।

समाचार एजेन्सी पीटीआइका अनुसार चीनको दिल्लीस्थित दुतावासले भारतमा रहेका आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको हो ।
चीनियाँ दुतावासका एक अधिकारीले पीटीआइलाई भने, यो यात्रा चेतावनी होइन, चीनका नागरिकलाई सचेत रहन सुझाव दिइएको हो ।

चीनले भारतमा रहेका आफ्ना नागरिकलाई सुरक्षाका हर उपाय अपनाउन र सचेत रहन भनेको हो । दुई देशबीच सिक्किमको डोकलाम क्षेत्रमा तनाव उत्पन्न भएको छ ।

(Visited 1 times, 1 visits today)
x

Check Also

पाँचतारे होटल बन्दुकधारीको कब्जाबाट मुक्त एजेन्सी

काबुल — अफगानिस्तानको राजधानी काबुलमा रहेको पाँचतारे होटल इन्टरकन्टिनेन्टलमा ३ बन्दुकधारीहरुले आक्रमण गर्दा कम्तीमा छ ...