Home / स्वास्थ्य / हातको स्पर्शले पीडा घटाउँछ

हातको स्पर्शले पीडा घटाउँछ

मंसिर २३, २०७४-माया र स्नेह दर्साउन पनि हामी अरूका हात स्पर्श गर्ने गर्छौं । यसो गर्नाले मुटु र श्वासको सम्बन्ध मिल्न गई पीडा कम हुने एउटा अध्ययनले देखाएको छ ।

साइन्टिफिक रिपोर्टमा प्रकाशित उक्त अध्ययन २२ जोडीको सर्वेक्षणबाट निकालिएको हो । अध्ययन परिणामअनुसार सँगै बस्ने दुई व्यक्ति अरूभन्दा कम पीडामा हुने गर्छन् । जब दुवै जना एकअर्काको हस्तस्पर्शलाई अनुभव गर्छन् त्यतिखेर उनीहरूको मुटुको सासको गतिसमेत समान हुन्छ ।

जब सँगै रहेर कुनै भावुक फिल्म हेर्छन् भने त्यतिखेर दुवैको मुटु र सासको गति पनि समान हुने अध्ययनले देखाएको छ ।

अनुसन्धानअनुसार, नेता र तिनको समर्थकबीच राम्रो तालमेल हुँदा उनीहरूको सोचाइमा पनि समानता हुन्छ । यस्तै यदि कुनै प्रेमिल जोडी साथै छन् भने उनीहरूको मुटु र मस्तिष्कको गति लगभग समान हुन्छ । प्रसव पीडामा रहेकी पत्नीको हात पतिले समात्दा पत्नीको पीडा घट्ने अनुसन्धानमा उल्लेख छ ।

 

(Visited 1 times, 1 visits today)
x

Check Also

घमाइलोमा हिँडाइ तनमनलाई स्वस्थ राख्ने सबैभन्दा सस्तो र सजिलो स्वस्थकर प्रयास हिँडाइ हो । -डा. ओममूर्ति अनिल

काठमाडौँ — मुटु रोगी वा यससम्बन्धी उच्च जोखिम भएकालाई जाडो याममा ‘मर्निङ’ वा ‘इभनिङ’ वाकले ...