Home / रास्ट्रिय खबर / अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु फाल्गुन २४, २०७४रासस

अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु फाल्गुन २४, २०७४रासस

सोलुखुम्बु — सुत्केरीलाई बचाउने सोलु अस्पताल फाप्लुका चिकित्सकको प्रयास असफल भएको छ ।  बुधबार सुत्केरी व्यथा लगेर अस्पताल भर्ना भएकी थुलुङ दूधकोशी गाउँपालिका–८ देउसाकी १८ वर्षीया अनिषा राईलाई बचाउन सकिएन ।

सामान्य तरीकाले शिशु जन्माएकी राईको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत डा राजेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
बुधबार अपरान्ह १:४५ बजे छोरालाई जन्म दिएकी राईको सालसँगै पाठेघर योनीमार्गमा आएर अत्याधिक रक्तश्राव भएको डा बस्नेतले बताए । ‘तत्काल उपचार सम्भव नभएपछि जनरल एनेस्थेसिया पद्धतिबाट उपचार गर्नुपर्ने भएपछि थप उपचारको लागि मिसन अस्पताल ओखलढुंगा रेफर गरिएको थियो।’ उपचारमा संलग्न डा दिलीप कोजुले भने, ‘पूरै शरीर बेहोश बनाएर पाठेघरलाई यथास्थानमा राख्ने या शल्यक्रियामार्फत पाठेघर काटेर फाल्नुपर्ने हुन्छ, यो उपचार सेवा अञ्चल अस्पतालमाथि बाहेक अन्यमा उपलब्ध हुँदैन, त्यसैले रेफर गर्नुको विकल्प थिएन ।’
सुत्केरी बचाउन रगतसहित गए पनि करीब २० किमीको दूरीमा पर्ने तिङ्लाको रमितेमा उनको मृत्यु भएको थियो । आफन्तले जिल्लामा स्रोत र साधन नहुँदाको उपज आफूहरूले भोग्नुपरेको प्रतिक्रिया दिएका छन् । बाटामै मृत्यु भएको शंका लागेपछि सुत्केरीलाई पुनः जिल्ला अस्पताल फाप्लु नै फर्काएर इसिजी गरिएको थियो । सुत्केरीको जेठाजु नाता पर्ने थामकुमारले भने, ‘जिल्लामा स्रोतसाधनयुक्त अस्पताल नहुँदा सुत्केरीको अकालमै ज्यान गयो, राज्यले ध्यान दिनु जरुरी छ ।’
(Visited 1 times, 1 visits today)
x

Check Also

एनसेलले लाभांश लैजाँदा मुलुक १८ अर्बले घाटामा

४ चैत, काठमाडौं । एनसेलले लाभांश लैजाँदा मुलुकको घाटा १८ अर्ब पुगेको छ । पुससम्ममा ...