Home / रास्ट्रिय खबर / थानकोटको सिन्डिकेट पनि तोड्दै मयुर, २३ ठूला बसले सेवा थाल्ने

थानकोटको सिन्डिकेट पनि तोड्दै मयुर, २३ ठूला बसले सेवा थाल्ने

६ वैशाख, काठमाडौं । अरनिको राजमार्गमा सिन्डिकेट तोडेर चर्चा कमाएको मयुर यातायातले थानकोटका यात्रुलाई पनि राहत दिने भएको छ । मयुर यातायातले नयाँ २३ वटा बस थानकोट-रत्नपार्क-धुलिखेल/पनौती रुटमा चलाउन तयारी गरेका छ ।

अहिले अहिले रत्नपार्क र रिंगरोडबाट थानकोट जाने रुटमा माइक्रो व्यवसायीहरुको सिन्डिकेट छ । त्यहाँ साँघुरा फोर्स माइक्रोबसको हालिमुहाली छ ।

 

त्यहाँ केही समयअघि साझा यातायातले जाने तयारी गर्दा स्थानीय यातायात समितिले बिरोध गरेका थिए । अब स्थानीय यातायात समितिको सिन्डिकेट तोड्दै मयुर थानकोट पुग्ने भएको हो ।

अहिले थानकोट पुग्न अधिकांश यात्रुलाई उभिएर, कोचिएर र झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ । मयुर यातायात प्रालिका अध्यक्ष मोहन श्रेष्ठले २३ मध्ये ६ वटा बस काठमाडौं आइसकेको र एक-दुई दिनमै सबै आइपुग्ने बताए ।

‘अब थानकोटसम्म पनि मयुरले सेवा दिन्छ । त्यहाँ यात्रुलाई निकै असुविधा रहेको हामीले पाएका छौं,’ उनले भने,’अबको १० दिनभित्र सेवा सुरु हुन्छ ।’

मयुरका ठूला बसले सेवा थालेपछि थानकोट, सतुंगल, नैकाप लगायतका क्षेत्रका यात्रुलाई सहज हुनेछ ।

मयुरका नयाँ २३ बस थानकोटबाट रत्नपार्क आएर धुलिखेल र पनौती पुग्नेछन् । त्यहाँबाट फर्किएका बस सोही रुट भएर पुन थानकोट नै जानेछन् ।

मयुर यातायातले निःशुल्क वाईफाईसहित ठूला बस ल्याएको छ । ठूला बसमा विभिन्न सुविधा पनि छन् ।

निःशुलक वाइफाइ सहितका यि बसमा फराकिला सिट छन् । मयुरले ४२ सिट क्षमताका ठूला बसहरु थानकोटमा चलाउन लागेको हो ।

अहिले चक्रपथ घुमेर धुलिखेलसम्म मयुरका २४ वटा बस चलिरहेका छन् ।

‘यात्रुलाई विकल्प दिन हामी ठूलो संख्यमा बस ल्याउँदैछौं । तत्कालै चक्रपथका लागि ५० वटा अरु बस पनि आउँछन्,’ अध्यक्ष श्रेष्ठले भने,’कसैले अवरोध गर्लान् भन्ने डर छैन । यात्रुलाई स्तरीय सेवा दिन प्रतिवद्ध भएर आएका हौं ।’

मयुर यातायातले बनेपासम्म रुट इजाजत पाएपछि भएको विवादका कारण उत्पन्न परिस्थितिले सरकारले समितिहरुको खारेज गर्नेसम्मको अवस्था सिर्जना भएको छ । सरकारले समितिहरुलाई कम्पनीमा जानैपर्ने बाध्यात्मक व्यवस्था पनि गरेको छ ।

source : onlinekhabar

(Visited 1 times, 1 visits today)
x

Check Also

येसरी पक्राउ परे दीपक मनाङ्गे

६ वैशाख, काठमाडौं । फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का ...