Home / अन्तर्राष्ट्रिय खबर / मेक्सिकोमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु

मेक्सिकोमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु

 

मेक्सिको सिटी — मेक्सिकोमा दुई पक्ष बीच भएको गोली हानाहानको घटनामा परी कम्तीमा १६ जना व्यक्तिको मृत्यु भएको छ ।

प्रहरी र अपराधिक समुहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना अपराधिक समुहका र ६ जना प्रहरी अधिकारीहरु रहेका जनाइएको छ ।
मेस्किकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटिय क्षेत्र झिहाउतानेगोमा भएको भिडन्तमा उनीहरु मारिएका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
गुइरेरोका सुरक्षा प्रवक्ता रोबर्ट अल्भारेज हेरेडियाले सो घटनामा मानवीय क्षति नै मंगलबार दिउसो पुष्टि गरेको बताएका छन् ।
ड्युटीमा खटिएका प्रहरीलाई अपराधिक समुहको तर्फबाट पहिला आक्रमण भएको र पछि प्रहरीले जवाफी कारबाही गरेको सुरक्षा प्रवक्ताको भनाई छ । दुई पक्षकाबीचमा झण्डै ३० मिनेट भिडन्त भएको थियो ।
राज्यका महान्यायाधिवक्ताले घटनाका बारेमा अनुसन्धान गरी यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् ।
गुइरेरो पछिल्लो दुई वर्षमा अत्याधिक धेरै हिंसा हुने मेक्सिकोको राज्य हो । यस अवधिमा यस राज्यमा मात्रै २२ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।
(Visited 1 times, 1 visits today)
x

Check Also

टर्कीमा बस दुर्घटना, ११ को मृत्यु ४६ घाइते

इस्तानबुल — टर्कीमा भएको एउटा बस दुर्घटनामा ११ को मृत्यु भएको छ । उक्त घटनामा अन्य ...