Home / अपराध / करणी गर्ने सशस्त्र प्रहरीलाई १० वर्ष कैद

करणी गर्ने सशस्त्र प्रहरीलाई १० वर्ष कैद

कपिलवस्तु — शारीरिक अपांगता भएकी महिलालाई करणी गरेका सशस्त्र प्रहरीका लोकराज अवस्थीलाई जिल्ला अदालतले १ लाख रुपैयाँ क्षतिपूर्ति र १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको इजलासले उक्त फैसला गरेको हो ।

मुलुकी ऐन जबरजस्ती करणी महल ३ (५) अनुसार ५ वर्ष कैद तोकिएको थियो । उक्त महलको ३ (क) अनुसार शारीरिक अस्वस्थता देखिएकी महिलालाई करणी गरेकामा थप ५ वर्ष कैद सजाय थपिएको स्रेस्तेदार डिल्लीराज शर्माले बताए ।
मुद्दाका अर्का आरोपी सशस्त्र प्रहरीका राजु थारुलाई ३ वर्ष कैद तोकिएको छ । अवस्थीले करणी गर्दा थारुले मद्दत गरेको पाइएकाले उनलाई पनि सजाय भएको स्रेस्तेदार शर्माले बताए। अवस्थी कञ्चनपुर, झलारी पीपलडाँडी नगरपालिका ३ तथा थारु वाणगंगा नगरपालिका १५ चौवाका हुन् ।
०७३ जेठ ३० गते भैंसी चराउन गएकी महिलालाई अवस्थीले करणी गरेको अभियोग लागेको थियो । उनीहरु विन्ध्यवासिनी सशस्त्र प्रहरी गणमा कार्यरत थिए । आरोपित प्रहरीलाई पक्राउ गर्न स्थानीयले चन्द्रौटामा पूर्व पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका थिए ।
(Visited 1 times, 1 visits today)
x

Check Also

ट्वाइलेट पेपर बोकेको गाडीबाट १७ केजी सुन बरामद

२ मंसिर, काठमाडौं । चीनसँगको रसुवागढी भन्सार नाकाबाट प्रहरीले १७ केजी अवैध सुनसहित एक जनालाई ...