Home / दुर्घटना / यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो, १ को मृत्यु , ९ गम्भीर घाइते

यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो, १ को मृत्यु , ९ गम्भीर घाइते

काठमाडौं, कात्तिक २ काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस मंगलबार साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा एकको मृत्यु भएको छ । ९ गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । घटनाको खबरलगत्तै घटनास्थल पुगेका चितवन प्रहरी प्रमुख बसन्त कुँवरले १ जनाको शब भेटिएको जानकारी दिए ।
बसको आधा भाग त्रिशूलीमा डुबेकाले अन्य यात्रु बेपत्ता भएको हुनसक्ने भन्दै नदी र दुर्घटनास्थल आसपासमा खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

दुर्घटनाग्रस्त बसको चालक र सहचालक सम्पर्कमा नरहेकाले बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन ।

सशस्त्र प्रहरी बल, विपद् उद्धार तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेश थापाका अनुसार बस साँझ ८ः४५ बजे त्रिशूलीमा खसेको हो ।

बसको माथिल्लो भाग पानी बाहिर देखिएको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको उनले बताए ।

मुग्लिन–नारायणगढ सडकखण्ड स्तरोन्नतिको काम भइरहेकाले पटकपटक सवारी दुर्घटनाका घटना हुने गरेका छन् ।

(Visited 1 times, 1 visits today)
x

Check Also

रुकुम जिप दुर्घटना : विवाह गरेको तीन दिनमै प्रहरी दम्पतीको मृत्यु भलिबलका राष्ट्रिय रेफ्री जनक शाह र एकै परिवारका ३ जनाको मृत्यु

मंसिर ९, २०७४-सिस्ने गाउँपालिका-६, का २९ वर्षीय नवीन श्रेष्ठ र इटहरी उपमहानगरपालिका-१७ बालग्रामकी अनिता प्रधानको ...