Home / दुर्घटना / नुवाकोटमा बस दुर्घटना-एक जनाको मृत्यु, पाँच घाइते

नुवाकोटमा बस दुर्घटना-एक जनाको मृत्यु, पाँच घाइते

नुवाकोटः नुवाकोटमा मिनिबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक गम्भीर रहेका छन् । तारुका गाविस १ तारुकाघाटबाट सोही गाविसको जोरचौतारातर्फ जाने क्रममा मिनिबस दुर्घटनामा परेको हो ।

नुवाकोटको दक्षिणी भेगमा रहेको तारुका गाविस वडा १ ढुंगेपाटोमा अपरान्ह वा ३ ख २००० नम्बरको मिनिबस दुर्घटनामा धादिङको कल्लेरी–१ घर भई तारुका गाविस ५ मामाघर जाने लागेकी १७ बर्षीया विमला उपरकोटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनी काठमाडौँमा कक्षा ९ मा अध्ययनरत रहेको जनाइएको छ ।

मिनिबस दुर्घटनामा घाइते पाँच जना मध्ये तारुका गाविस ३ कोलडाडाका ३० बर्षीय विष्णु अधिकारी गम्भीर घाइते भएको घटनास्थलमा उद्दारमा संलग्न प्रहरी चौकी तारुकाका प्रहरी सहायक निरीक्षक सन्तोष रायमाझीले जानकारी दिए ।

बस चालक जीवन विक फरार छन् । तिहारका यात्रुहरु खचाखच सो बस उकालो कच्ची बाटोमा पछाडि हटेर दुर्घटनामा परेको स्थानीवासीले बताएका छन् ।

स्रोत : अन्नपूर्ण पोस्ट

(Visited 1 times, 1 visits today)
x

Check Also

रुकुम जिप दुर्घटना : विवाह गरेको तीन दिनमै प्रहरी दम्पतीको मृत्यु भलिबलका राष्ट्रिय रेफ्री जनक शाह र एकै परिवारका ३ जनाको मृत्यु

मंसिर ९, २०७४-सिस्ने गाउँपालिका-६, का २९ वर्षीय नवीन श्रेष्ठ र इटहरी उपमहानगरपालिका-१७ बालग्रामकी अनिता प्रधानको ...