Home / दुर्घटना / मकालु एयरको विमान सिमिकोटमा दुर्घटना

मकालु एयरको विमान सिमिकोटमा दुर्घटना

makalu-air-58254148ef2429-36066777

काठमाडौं: मकालु एयरको विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ । विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

विमानको पाङग्रा पञ्चर भएर दुर्घटना भएको बताइएको छ । सुर्खेतबाट समान लिएर हुम्ला गएको ९ एन एजेजी कल साइनको विमान अवरतणका क्रममा बिहान ८ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनाबाट विमानमा सामान्य क्षति पुगेको छ । अन्य कुनै क्षति भएको छैन । सामान बोकेर गएको कार्गो विमानमा पाइलट र कोपाइलट दुईजनामात्र सवार थिए ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेम ठाकुरले भने-‘दुर्घटनामा परेको भनिएको विमान मकालु एयरको सिंगल इन्जिन कार्गो विमान हो । अवतरणका क्रममा टायर पम्चर भएको हो । यो सामान्य हो । अन्य अवस्थामा पनि भइरहन्छ । अहिले पम्चर भएको टायरलाई मर्मत गरेर नियमित अन्य उडान सुरु भएका छन् ।’

स्रोत : अन्नपूर्ण पोष्ट

(Visited 1 times, 1 visits today)
x

Check Also

रुकुम जिप दुर्घटना : विवाह गरेको तीन दिनमै प्रहरी दम्पतीको मृत्यु भलिबलका राष्ट्रिय रेफ्री जनक शाह र एकै परिवारका ३ जनाको मृत्यु

मंसिर ९, २०७४-सिस्ने गाउँपालिका-६, का २९ वर्षीय नवीन श्रेष्ठ र इटहरी उपमहानगरपालिका-१७ बालग्रामकी अनिता प्रधानको ...