Home / अपराध / साढे ३ लाख चोरेर भागेका बोहोरा पक्राउ

साढे ३ लाख चोरेर भागेका बोहोरा पक्राउ

१३ मंसिर, काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले चोरीको आरोपमा तीर्थ बोहोरालार्इ पक्राउ गरेको छ । लोकन्थलीबाट प्रहरी चेकजाँचको क्रममा ल्पा रिमी २ घर भई सुकेधारा बस्ने २१ वर्षीय बोहोरा पक्राउ परेका हुन् ।

chorशंका लागी चेकजाँच गर्दा गल्बन्दीमा लुकाई राखेको  २ लाख १८ हजारसहित उनलार्इ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उनी १२ गते बेलुका  भाटभटेनी फुड प्रोडक्सन प्रा.लि.चुच्चेपाटी बौद्धबाट ३ लाख ५० हजार चोरी गरी भागेको भन्ने पुष्टी भएको भक्तपुर प्रहरीले जनाएको छ ।

उनलार्इ बरामद रकमसहित कारबाहीको लागी महानगरीय प्रहरी वृत्त बौद्ध काठमाण्डौमा पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

स्रोत : अनलाइन खबर

(Visited 1 times, 1 visits today)
x

Check Also

युवती अपहरणमा संलग्न ६ जना कारागार चलान

१४ मंसिर, बुटवल । रुपन्देहीको सैनामैनाकी युवती अपहरणमा संलग्न ६ जना अभियुत्तरु कारागार चलान भएका ...