चिनियाँ सोसल मिडियामा अहिले डोनाल्ड ट्रम्प माछा चर्चामा छ । माछा मार्नेहरुले जालमा पारेर समातेको एउटा माछाको मुखाकृतिको बारेमा रोचक बहस चलेको छ र त्यसलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग तुलना गरिएको छ ।
ठूलो र फुलेको मुख सहितको उक्त माछाको भिडियो सोसल मिडियामा भाइरल बनेको छ । यो को जस्तो देखिन्छ ? भन्ने शीर्षकमा अपलोड गरिएको उक्त भिडियो अनलाइनमा आउने बित्तिकै मानिसहरुले त्यो ट्रम्प जस्तै रहेको कुरा ठम्याइहाले । अनि ट्रम्पजस्तै मुख भएका अन्य जनावरहरुका फोटोहरु पनि एकाएक अपलोड गर्न थाले ।
भिडियो हेर्नुहोस्
भिडियोमा मछुवारहरु आफूले समाएको उक्त माछोको बारेमा छलफल गरिरहेका छन् । उक्त माछोको जिउमा पहेँलो चिन्हहरु, ठूलो मुख तथा नाकजस्तो आकृति समेत रहेको छ ।
छटपटाइरहेको उक्त माछाको मुख खुल्ला हुनुका साथै स्वास फेर्ने गिल्स पनि हल्लिरहेको देखिन्छ एक मिनेटको उक्त भिडियोमा ।
चिनिया भिडियो सेयरिंग साइट मियाओपाइमा गत डिसेम्बर ६ मा शेयर गरिएको उक्त भिडियो लाखौँले हेरिसकेका छन् ।