

१६ भाद्र २०७७ , आर्थिक वर्ष २०२०–२१ को पहिलो त्रैमासमा भारतीय अर्थव्यवस्थामा २४ वर्षयताकै उच्च गिरावट देखिएको छ। सोमबार जारी सरकारी तथ्यांक अनुसार अप्रिल–जून त्रैमासमा भारतको अर्थव्यवस्थामा २३.९ प्रतिशतको गिरावट आएको हो।
कोरोना भाइरसको महामारीले पूरै विश्वको अर्थव्यवस्थालाई प्रभावित पारेको छ। यस्तोमा उपभोक्ता मागमा कमी र घट्दो निजी लगानीका करण भारतीय अर्थव्यवस्थामा गिरावट आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। एजेन्सी