समाज लघुवित्तको आइपीओ बाँडफाँड, ५ लाख ३९ हजार जनाको हात खाली

0
369

१५ भाद्र २०७७ , समाज लघुवित्त वित्तीय संस्थाको आइपिओ सोमबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा आठ हजार ७० जनाले १० कित्ताको दरले शेयर पाएका छन्।

लघुवित्तको आइपीओमा ५ लाख ४७ हजार ३७० जना आवेदकबाट १ करोड १४ लाख ६४ हजार ९२० कित्ता योग्य आवेदन परेको थियो। जसमध्ये ५ लाख ३९ हजार ३०० जना आवेदकको हात खाली भएको छ

आइपीओमा ५ सय जनामार्फत परेको ९ हजार ७६० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात् जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरूका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात् ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो। बाँकी ८० हजार ७०० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो।

आइपीओकाे नतिजा केही बेरमा मेराे लगानीमा हेर्न सकिने छ।  साभार : मेरोलगानी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here