संस्थागत विद्यालयका शिक्षकलाई पारिश्रमिक तथा सेवा सुविधा नदिने प्याप्सन मकवानपुरको निर्णय प्रती नेपाल शिक्षक महासंघ हेटौंडा नगर समितिको ध्यानाकर्षण

0
243

१८ भाद्र २०७७ , मकवानपुर – प्याप्सन मकवानपुरले भाद्र महिना उपरान्त संस्थागत विद्यालयका शिक्षकहरुलाई पारिश्रमिक तथा अन्य सेवा सुबिधा नदिने निर्णय गरेको प्रती नेपाल शिक्षक महासंघ, हेटौंडा नगर समितीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोरोनाको कारण आर्थिक संकटमा गुज्रिरहेका शिक्षकहरुले बिगतमा अधिकांश संस्थागत बिद्यालयहरुमा शिक्षालाइ सेवा भन्दा पनि मेवाको रुपमा प्रयोग गर्दै गरेको , जीवनको उर्जाशिल समयलाइ तीनै संस्थागत बिद्यालयको शैक्षिक उन्नयनमा बेतित गर्दै गरेका हजारौंको संख्यामा रहेका ती तमाम बौद्धिक श्रमिकलाई विद्यालय सन्चालकलाइ मनग्य मुनाफा हुंदा उक्त मुनाफामा सहभागी नगराईएको र कतिपय त्यस्ता बिद्यालयले सरकारी शिक्षक सो सरह पारिश्रमिक भुक्तान नगरेको तथा ती तमाम बौद्दिक श्रमिकलाई यो विषम परिस्थितिमा अझ बढी आर्थिक तथा मानवीय सद्भाव राखेर उनिहरुलाइ प्रोत्साहन गर्नुको सट्टा पारिश्रमिक तथा अन्य सेवा सुविधा समेत कटाउने निर्णय गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

पत्रमा भनिएको छ – सम्बन्धित निकायबाट प्रेशित यस्ता बक्तब्यले ती बौद्धिक बर्गमा पर्न जाने मनोबैज्ञानिक असर समेतलाइ बेवास्ता गरेको प्रष्ट देखिएको र यस किसिमको रबैया प्रती अझ अनुगमन गर्ने निकाय मूक दर्शक हुनु अत्यन्तै दु:खद हो । यो अवस्थामा पनि विद्यार्थीहरुलाइ बैकल्पिक बिधिबाट निरन्तर शिक्षण गरिरहनु भएका तमाम शिक्षक प्रती आभार ब्यक्त गर्दछ साथै पेशागत हक हीतको लागि गर्नु पर्ने जुन सुकै किसिमका आन्दोलन बार्तामा महासंघ सम्पूर्ण शिक्षक कर्मचारी बिच नै रहने प्रतिबद्दता ब्यक्त गर्दछ महासंघका अध्यक्ष दिपक अधिकारी र सचीव अमित बन्जाराले हस्ताक्षर गर्नुभएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

  • Save

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here