मकवानपुरमा आज थप १९ जनामा कोरोना पुष्ठि , पुष्ठि हुनेमा सबै हेटौंडा नगरका

0
326

१९ भाद्र २०७७ , मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आज एकै दिन १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि हुनेमा पुरुषको तुलनामा महिला धेरै छन् । १७ गते संकलन गरिएको स्वाबको आज १० जना महिला र ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

संक्रमित हुनेमा हेटौंडा ३ का १ जना महिला र ३ जना पुरुष , हेटौंडा ४ का ४ जना महिला र १ जना पुरुष , हेटौंडा ५ का २ जना महिला र २ जना पुरुष , हेटौंडा ८ का २ जना महिला , हेटौंडा ९ का १ जना पुरुष , हेटौंडा ११ का १ जना महिला , हेटौंडा १५ का २ जना पुरुष रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here