कोरोना संक्रमितको उपचारमा रोबोटको प्रयोग गर्दै मध्यपुरथिमी नगरपालिका

0
89
[Ads]

२५ भाद्र २०७७ , भक्तपुर – मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न अब नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना संक्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने तयारी गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

आफ्नो नगर क्षेत्रमा कोरोना संक्रमण रोक्न पीसीआर परीक्षणलाई तीव्र बनाउनुका साथै क्वारेन्टिनदेखि आइसोलेसन, भेन्टिलेटरसहितको आईसीयू तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

अस्पतालमा रोबोटको परीक्षण सम्पन्न गरिसकेको जानकारी दिँदै उनले असोजको पहिलो सातादेखि नै नर्सिङ रोबोट सञ्चालनमा ल्याउने र बिरामीलाई औषधि र खानेकुरा रोबोटले दिने गरी तयारी गरिएको जानकारी दिए । रोबोटमार्फत सेवा दिने यो नेपाल कै पहिलो अस्पताल हुने जानकारी दिँदै उनले नेपालका युवाले निर्माण गरेको तीनवटा रोबोटका लागि करिब रु १५ लाख बजेट खर्च हुने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here