मकवानपुरमा आजै मात्र ९५ जनामा कोरोना संक्रमण पुष्ठि , यो संख्या अहिले सम्मकै धेरै

0
150
[Ads]

२६ भाद्र २०७७ ,हेटौंडा – मकवानपुरमा आज सम्ममा सबै भन्दा धेरै ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरु सबै भन्दा धेरै युवा अवस्थाका रहेका छन् । पुष्ठि हुनेमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका छन् ।

यहि भाद्र २४ र २५ गते लिइएको स्वाबको परिक्षण गर्दा यति ठूलो संख्यामा कोरोना पुष्ठि भएको हो । देशैभरिमा पनि आज धेरै जनामा संक्रमण देखिएको छ । मकवानपुरमा पनि कोरोना संक्रमण भएदेखि अहिले सम्म धेरे जनामा संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

यता मकवानपुरगढी ७ का ४३ वर्षका संक्रमित देखिएका ब्यक्ति अहिले पालिकाको क्षेत्र भित्र नभै अन्य ठाउँमा रहेको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख बिदुर लामिछानेले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here