‘उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती कार्यक्रम’मा सहभागी हुन कृषि ज्ञान केन्द्रले गर्यो प्रस्ताव आव्हान

0
281
[Ads]

मकवानपुर – बागमती प्रदेशको भुमी ब्यवस्था कृषि तथा सहकारी सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय , कृषि ज्ञान केन्द्र चितवनले उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती कार्यक्रममा सहभागी हुन चितवन र मकवानपुर जिल्लाका कृषि फर्म तथा कम्पनी , कृषक समूह तथा कृषि सहकारीहरुलाई आव्हान गरेको छ । आज प्रकाशित सूचनामा जनाइए अनुसार आउँदो असोज २८ गतेसम्म प्रस्ताव दर्ता गर्न सकिने उल्लेख गरिएको छ । जि आई पाईपको प्लास्टिक घर ( टनेल ) , फलामको पाईपको प्लास्टिक घर ( टनेल ) , एग्री नेट हाउस ( नेट हाउस ) र नेचुरल्ली भेन्टिलेटेड ग्रीन हाउस ( पोलि हाउस ) का लागि प्रस्ताव आव्हान भएको हो । (पूरा विवरण सहित)