राष्ट्रियसभाको रिक्त पदमा राष्ट्रपतिबाट बामदेव गौतमलाई मनोनीत

0
96
  • Save

काठमाडौं- राष्ट्रियसभामा रिक्त १ सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम मनोनीत हुनुभएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको सिफारिसका आधारमा तत्कालै नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको हो । गौतमको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्ष हुनेछ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।