विश्वमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ३ करोड नाघ्यो

0
68
[Ads]

मकवानपुर – विश्वभरमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ३ करोड नाघेको छ । जसमध्ये २ करोड १७ लाख ७६ हजार भन्दा धेरैले कोभिडलाई जित्न सफल भएका छन् भने ९ लाख ४४ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । ७३ लाख संक्रमित अहिले पनि उपचारका क्रममा रहेका मध्ये ७२ लाख ४० हजार सामान्य अवस्थामा र ६० हजार संक्रमितको अवस्था गम्भीर प्रकृतिको रहेको वर्ल्डोमिटरले जनाएको छ ।