राष्ट्रिय सभा सदस्य बामदेव गौतमद्वारा सपथ ग्रहण

0
146
  • Save

मकवानपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेसँगै बामदेव गौतमले आज अपरान्ह ४ बजे राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाबाट सपथ लिएका छन् । गौतमको सपथ ग्रहण कार्यक्रम अध्यक्ष तिमल्सिनाको कार्यकक्षमा भएको हो ।

गत सोमबार मन्त्रीपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरि राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवि भण्डारीले गौतमलाई सदस्य पदमा मनोनयन गर्नुभएको हो । दाखाक्वाडी – १, प्युठान घर भएका गौतम गत संसदीय निर्वाचनमा बर्दियाबाट प्रत्यक्ष निर्वाचनमा पराजित भएका थिए ।