उपाध्याय र कार्की मकवानपुरगढीका श्रोत शिक्षक

0
441
[Ads]

मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिकाको लागि श्रोत शिक्षकमा दासरथी उपाध्याय भण्डारी र ईन्द्र बहादुर कार्की छनौट हुनुभएको छ ।

गाउँपालिकाले आज नतिजा प्रकाशन गरे अनुसार वडा नम्बर २ शिखरकटेरीमा रहेको चण्डिका माध्यमिक विद्यालयका प्रधानाध्यापक उपाध्याय र वडा नम्बर ५ धादिङमा रहेको शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक कार्की श्रोत शिक्षक पदमा चयन हुनुभएको हो ।

गाउँपालिकाले गत २०७७ श्रावण १४ गते प्रकाशित गरेको सूचना बमोजिम सफल भएका उमेदवारको आज नतिजा प्रकाशन गरेको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ ।