सहकारीहरुमा तरलता अभाव हुँदैन ढुक्कसँग कारोबार गर्नोस् – जिल्ला सहकारी संजाल मकवानपुर

0
135
[Ads]

मकवानपुर – कोभिड १९ का कारण सहकारी संस्थाहरुमा तरलता अभाव हुन नदिन मकवानपुरको सहकारी अभियान सक्षम रहेको भन्दै ढुक्क भएर सहकारीबाट नै कारोबार गर्न जिल्ला सहकारी संजाल मकवानपुरले सहकारीका सदस्यहरुलाई अनुरोध गरेको छ ।

बाग्मती प्रदेश सहकारी महाशाखाका सहकारी रजिस्ट्रार विक्रम पाण्डेको उपस्थितिमा जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको अध्यक्षतामा आज बसेको जिल्ला सहकारी संजालको बैठक पछि सहकारी संस्थाका सदस्यहरुलाई सो अनुरोध गरिएको हो ।

‘कोभिड १९ का कारण सहकारी संस्थाहरुमा तरलता अभाव भै सहकारी संस्था नै धरासायी बन्ने संभावना हुन नदिन जिल्ला बचत तथा ऋण सहकारी संघ , रास्ट्रीय सहकारी बैंक र केन्द्रिय बचत तथा ऋण सहकारी संघ सँग तरलता अभावलाई ब्यवस्थापन गर्न छुट्टाछुट्टै ब्यवस्था भएकोले कुनै विषयगत सहकारी संघ र रास्ट्रीय सहकारी बैंकको सदस्यता प्राप्त गरेका सहकारी संस्थाहरुलाई जिल्ला सहकारी संघको समन्वयमा तरलता अभाव पूरा गर्न सहकारी अभियान सक्षम रहेको छ ‘ निर्णयमा भनिएको छ ।

बैठकमा जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री प्रसाद लम्साल , सचीव दिनेश उपाध्याय , संचालक सदस्य राजु गौतम , जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ ,सचीव विरेन्द्र कुमार ढुङ्गाना , जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने , रास्ट्रीय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्याल , केन्द्रिय बचत तथा ऋण सहकारी संघ लि. हेटौंडाका ज्योति महत लगायतकाको उपस्थिति रहेको थियो ।