कोरोना न्यूनीकरण र त्यसको व्यवस्थापनमा उल्लेख्य भुमिका खेलेको भन्दै जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं सम्मानित

0
72
[Ads]

मकवानपुर – हेटौंडाका कोरोना (कोभिड-१९) फोकल पर्सन एवं  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईं सम्मानित भएका छन्। 

जिल्लामा कोरोना न्युनिकरण र त्यसको व्यवस्थापनमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै उनीलाई आज हेटौंडामा सम्मान गरिएको हो। जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा बैठकमा आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कदरपत्र र दोसल्ला ओढाएर चौलागाईंलाई सम्मान गरेका हुन।

चौलागाईंले मकवानपुर जिल्लामा कोरोनाको सुरुवाती देखि नै कोरोना न्युनिकरण र त्यसको व्यवस्थापनमा उल्लेख्य भुमिका निर्वाह गर्दै आइरहेका छन् ।