मकवानपुरमा सोमबार बिहानै थप ४२ जनामा कोरोना संक्रमण पुष्ठि

0
127
[Ads]

मकवानपुर – मकवानपुरमा सोमबार बिहानै थप ४२ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।

हेटौंडामा रहेको किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा गरिएको परिक्षणमा १७ जना महिला र २५ जना पुरुष गरि ४२ जनामा संक्रमण पुष्ठि भएको हो ।

यहि असोज २३ गते २११ स्वाब लिइएको मध्ये १२० स्वाबको परिक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको हो ।

संक्रमण देखिएका ४२ जना मध्ये बागमती गाउँपालिकाका १३ जना रहेका छन् भने बाँकी सबै हेटौंडा उपमहानगरपालिकाका रहेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो ।