गाउँपालिका अगाडिको बाटो पक्की बन्दै , आजबाट ढलान शुरु

0
305
[Ads]

मकवानपुरगढी – कोरोना महामारीका बिच यो वर्ष मकवानपुरगढीमा विकास निर्माणका काम आर्थिक वर्षको शुरुवातमै शुरु भएका छन् ।

यसै क्रममा मकवानपुरगढी गाउँपालिका कार्यालय नजिकै रहेको सडकखण्डमा आजबाट पक्की स्ल्याब ढलान निर्माणको काम शुरु भएको छ । बाग्मती प्रदेश भौतिक पुर्वाधार विकास अन्तर्गतको विनियोजित बजेटबाट बाटो निर्माण हुन लागेको हो ।

निर्माण कार्यको शुभारम्भ गर्दै ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरेले अन्य विकास निर्माणका कार्य पनि समयमै शुरु गर्न योजनाको निर्माण समिति बनाउने काम भइरहेको र वर्षा पहिले नै सबै काम सप्पन्न गर्ने लक्ष्य राखिएको बताउनु भयो ।

गएको आर्थिक वर्ष ०७६/०७७ को अन्तिम समय तिर कोरोनाका कारण देशभर गरिएको लकडाउनले गर्दा कतिपय विकास योजनाहरु प्रभावित भएका थिए । विकासका कामको शुरुवात नै अलि ढिलो फागुन चैत तिरबाट मात्रै शुरु गरिने परिपाटीलाई अन्त गर्दै यो वर्ष भाद्र असोज बाट नै कामको शुरूवात गरिएको गाउँपालिका अध्यक्ष बिदुर हुमागाँईले बताउनु भएको छ ।