मकवानपुरमा एकैदिन १ सय २५ जनामा कोरोना संक्रमण पुष्ठि , मकवानपुरगढी ४ को १ जनामा संक्रमण

0
142
[Ads]

मकवानपुर – मकवानपुरमा आज मंगलबार बिहानै अहिलेसम्मकै सर्वाधिक १ सय २५ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।

यहि असोज २५ गते २९६ जनाबाट लिइएको स्वाब परिक्षण गर्दा १ सय २५ जनामा संक्रमण पुष्ठि भएको हो । जसमा ४८ जना महिला र ७७ जना पुरुष रहेका छन् ।

मकवानपुरगढी गाउँपालिकाका थप पनि १ जनामा संक्रमण पुष्ठि भएको छ । पुष्ठि हुनेमा वडा नम्बर ४ कि २४ वर्षिय महिला रहेकी छिन् ।

संक्रमण पुष्ठि हुनेहरुमा बागमती गाउँपालिकाका १४ जना र ३ जना जिल्ला बाहिरका छन् भने बाँकी सबै हेटौंडा उपमहानगरपालिका भित्रका रहेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो ।