मकवानपुरगढीका २ वटा कृषि सहकारीलाई धान काट्ने मेशिन (रिपर) हस्तान्तरण

0
301
[Ads]

मकवानपुरगढी – मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका २ वटा कृषि सहकारीलाई गाउँपालिकाले धान काट्ने मेशिन ( रिपर ) हस्तान्तरण गरेको छ ।

आज एक कार्यक्रमका बिच वडा नम्बर ३ को श्रमिक साना किसान कृषि सहकारी र वडा नम्बर ६ को आईपिएम कृषक सहकारीलाई गाउँपालिका अध्यक्ष बिदुर हुमागाँईले मेशिन हस्तान्तरण गर्नुभयो ।

मेशिन हस्तान्तरण गर्दै अध्यक्ष हुमागाँईले कृषिमा आधुनिकीकरण अति आवश्यक रहेकोले त्यस तर्फ गाउँपालिका लागिरहेको बताउनुभयो । परम्परागत प्रविधिले मात्र अब कृषिमा सफलता नपाइने हुँदा समय सापेक्ष मेसिनरी सामानको प्रयोग गरि समय तथा लागत मुल्य घटाउनु पर्नेमा जोड दिनु भयो ।

गाउँपालिकाको कृषि शाखा अन्तर्गत कृषि यान्त्रीकरण प्रवर्द्धनात्मक कार्यक्रम अन्तर्गत ५० % अनुदानमा मेशिन उपलब्ध गराइएको हो । मेशिनको प्रयोग गरि प्रती घण्टा ७-८ कठ्ठा देखि ठुला गराहरु भएको ठाउँमा दक्ष चालक हुँदा १४-१५ कठ्ठा सम्म पनि धान काट्न सकिने कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनु भयो ।

आज हस्तान्तरण गरिएका मेशिन श्रमिक साना किसान कृषि सहकारी संस्था का प्रबन्धक गिता लम्साल र आईपिएम कृषक सहकारी संस्थाका उपाध्यक्ष बद्री प्रसाद दहाललाई गाउँपालिका अध्यक्ष बिदुर हुमागाँईले साँचो हस्तान्तरण गर्नुभएको छ ।