बागमती प्रदेश दुग्ध विकास बोर्डको कार्यकारी उपाध्यक्षमा काभ्रेका सापकोटा नियुक्त

0
364
[Ads]

मकवानपुर – बागमती प्रदेश दुग्ध विकास बोर्डको कार्यकारी उपाध्यक्षमा काभ्रेका टिकाबल्लब सापकोटा नियुक्त भएका छन् ।

बाग्मती प्रदेश सरकार मन्त्रीपरिषदको आज बसेको बैठकले सापकोटालाई कार्यकारी उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमा लामो समय काम गरि अवकास भएका सापकोटा काभ्रेमा रहेको सेती देवी दुग्ध उत्पादक सहकारी संस्थाको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।

सहकारी क्षेत्रका अभियन्ता सापकोटा केन्द्रिय दुग्ध सहकारी संघमा पनि लामै समय देखि विभिन्न पदिय जिम्मेवारीमा सक्रिय रुपमा रहँदै आउनु भएको छ ।