अनुदानको मल बिक्री वितरणका लागि ईच्छुक सहकारी , फर्म र कम्पनीबाट आवेदन माग

0
162
[Ads]

मकवानपुरगढी – अनुदानको मल बिक्री वितरण गर्नको लागि मकवानपुरगढी गाउँपालिकाले आवेदन माग गरेको छ ।

‘अनुदानको मल वितरण ब्यवस्थापन निर्देशिका -२०७७ ‘ बमोजिम यस गाउँपालिकाको स्थानीय तह मल वितरण ब्यवस्थापन समितिको आज कार्तिक ४ गते बसेको बैठकको निर्णय अनुसार अनुदानको मल वितरण ब्यवस्थापन निर्देशिका २०७७ अनुसारको परिच्छेद ३ को दफा १५ अनुसार मल बिक्रेता नियुक्ति तथा बिक्री वितरण सम्बन्धि ब्यवस्थाको लागि आवेदन मागिएको हो ।

जसका लागि यस गाउँपालिकामा रहेका ईच्छुक कृषि सहकारी संस्था , अन्य सहकारी संस्था , निजि फर्म वा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । र आवेदन यहि कार्तिक १८ गते भित्र तोकिएका आवश्यक कागजपत्र सहित पेश गरिसक्नुपर्ने छ । (विवरण सहित )