मकवानपुरमा बुधबार बिहानै २७ जनामा कोरोना संक्रमण पुष्ठि

0
157
[Ads]

मकवानपुर – मकवानपुरमा आज बुधबार बिहानै २७ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।

यहि कार्तिक ११ गते ४६ जनाबाट लिइएको स्वाब परिक्षण गर्दा २७ जनामा संक्रमण पुष्ठि भएको हो । जसमा १० जना महिला र १७ जना पुरुष रहेका छन् ।

संक्रमण पुष्ठि हुनेहरुमा बकैयाका १ जना र मनहरीका १ जना छन् भने बाँकी सबै हेटौंडा उपमहानगरपालिका भित्रका रहेको हेटौंडाका कोभिड १९ फोकल पर्सन जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो ।