मकवानपुरमा बिहीबार बिहानै ४२ जनामा कोरोना पुष्ठि , परिक्षण भएको मध्ये ६१% मा संक्रमण

0
312
[Ads]

मकवानपुर – मकवानपुरमा बिहिवार बिहानै ४२ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।

यहि कार्तिक १२ गते ६९ जनाबाट लिइएको स्वाब परिक्षण गर्दा ४२ जनामा संक्रमण पुष्ठि भएको हो । जसमा १९ जना महिला र २३ जना पुरुष रहेका छन् । परिक्षण भएको मध्ये ६१% मा संक्रमण पुष्ठि भएको छ ।

संक्रमण पुष्ठि हुनेहरुमा मकवानपुरगढी ३ का १ जना पुरुष र बाँकी सबै हेटौंडा उपमहानगरपालिका भित्रका रहेको हेटौंडाका कोभिड १९ फोकल पर्सन जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो ।