मकवानपुरगढीमा उत्पादित अनाज सहकारी मार्फत खरिद बिक्री गर्न पालिकाबाट अनुदान

0
185
[Ads]

मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका भित्र उत्पादन भएको अनाज अब सहकारी मार्फत खरिद बिक्री गरिने भएको छ । त्यसका लागि गाउँपालिकाले सम्बन्धित सहकारीलाई अनुदान उपलब्ध गराउने छ ।

गाउँपालिकाले हिजो एक सुचना जारी गर्दै सहकारी मार्फत अनाज खरिद बिक्री अनुदान कार्यक्रम सन्चालनको लागी ईच्छुक सहकारी संस्थालाई सुचिकृत हुनको लागि निवेदन पेश गर्न भनेको छ ।

मकवानपुरगढी गाउँपालिकाले आ व २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि विकास कार्यक्रम तर्फ अनाज खरिद बिक्री अनुदान कार्यक्रम मार्फत पालिका भित्र उत्पादन भएको धान , मकै , गहुँ , कोदो , फापर लाई सहकारी मार्फत खरिद बिक्री गर्ने ब्यवस्था गर्न लागेको हो ।