मकवानपुरगढी ३ मा स्थापना हुन लागेको दाना उद्योगमा मेशिनको जडान कार्य शुरु

0
418

मकवानपुरगढी – मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका वडा नं ३ को तल्लो कालिखोला दमारमा स्थापना गरिएको पशु दाना उद्योगमा प्रयोग हुने मेशिनको जडान कार्य यहि पौष ३ गते शुरु गरिएको छ ।

मकवानपुरगढी गाउँपालिका विशिष्टकृत दुग्ध उत्पादक सहकारी संघले उद्योगको स्थापना गरेको हो ।

वडा नं ५ का वडाध्यक्ष जित बहादुर घिमिरे र वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेको उपस्थितिमा मेशिनको जडान कार्य शुरु गरिएको र यहि पौष १५ गते सम्ममा जडान कार्य सम्पन्न गरि पौष मसान्तसम्म दाना उत्पादन शुरु गरिने संस्थाका अध्यक्ष हरि प्रसाद हुमागाँईले बताउनुभयो ।

कार्यक्रममा ३ नं वडा सदस्य मन्जु योन्जन , संस्थाका संस्थापक अध्यक्ष एवम् मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका संचालक सदस्य हरि प्रसाद कँडेल , उज्वल दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बिष्णु प्रसाद घिमिरे , कालिदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन सापकोटा , भुमिचुली टोलविकास संस्थाका अध्यक्ष नेत्र प्रसाद चौलागाईं लगायतकाको उपस्थिति रहेको थियो ।

उद्योगको स्थापना पश्चात् मकवानपुर जिल्लामा पशुहरुलाई खुवाउने दाना सहज र सरल रुपमा उपलब्ध गराइने संस्थाले जनाएको छ ।